बौलाहिको बिहे

धनकुटा
बेलुकि ५ बजे
चुवा बोटमाँ चिया खाँदै गर्दा मैले फेरि देखे त्यसलाई ,एकदमै घिनलाग्दी ,नारी भन्न पनि असुहाउँदि ,जुम्रा परेकाले होला कपाल कन्याइरहेकी थीई ,नकन्याओस पनि किन?त्यस्तो खस्रो कपाल बालुवाको कण परै बाट देखिन्थे कपालमाँ ,ननुहाएको धेरै भयो होला ,फेरि काम पनि त बजार बजार धुलोमा चाहार्ने बाहेक अरु त छैन नि यस्को !"सुनकेस्रि "भन्थे क्यार नाम ,साँचै यहाँ नाम अनुसार को आवरण हुँदैन ।
"यस्को बारेमाँ सरहरु मध्ये कसैलाई केहि थाहा छ ?"
मैले सरकारि कर्मचारि हरुको अनौपचारिक चिया गफमाँ एउटा नयाँ विषय पस्केँ शायद ,कार्यालय पछिको यो समय धेरैजसो साथिहरु देशको बारेमाँ चिन्ता गरेर बिताउँछन् मधेशका जातिय संगठनको बन्द कहिले कहिले ?पहाडका को कहिले?पेट्रोल कहिले लाईन नलागि पाइने हो देशमाँ आदि इत्यादि ,उस्को विषय नितान्त नयाँ थियो ।एउटी बौलाहिको बिषय!
"पोइला जान नपाएर बौलाएकी रे! "भिँड मध्येकै कसैको उत्तर थियो ।हाँसोको फोहोरा छुट्यो ।
"यस्ति लाई कस्ले लान्थ्यो होला र?"अर्को हाँसो का लागि यी शब्द हरु पर्याप्त थिए।
अर्काको रुपलाई लिएर उडाएको हाँसो ।वास्तवमा नै सत्य सापेक्छिक हुन्छ ,तरल हुन्छ मैले नजिकैको होटेलवाला सँग माँगेर बुनियाँ कपाकप चबाइरहेकी उस्लाई हेर्दै सोचेँ ,के उ पहिले पनि नराम्रि नै थीई त ?उस्का औँलाहरु पर बाट लामा र सलक्क नै देखिन्थे ,तर फुटेका होलान चरचरि ,कपाल लामै थियो तर खस्रो। त्यो त तेल नपुगेर न हो,अनुहार पनि गोलो ,नाक चुच्चो पेन्सिल ले तिखारेर बनाए जस्तो ,अङ्गमाँ भौतिक रुपमाँ काहिँ केहि कमजोरि छैन तर पनि आज उ नराम्रि छ ,यो पनि सत्य हो ।
"कता टोलाउनु भएको सर?"
"कतै होइन"मैले यसपालि भने विषय लुकाएँ ।
एकछिन पछिको आँखा डोहोर्याई ले त्यो होटेल अघि सुनकेस्रि लाई भेटेन ।शायद बुनीया चबाएर कतै लागि सकेकी थीइ ऊ !


धनकुटा ,म आएको धेरै भएको छैन तर सानै देखि "सुन्तला र बिस्कुटको शहर" भनेर सुनेको , त्यसैले नचिने पनि चिने झै लाग्छ ।पहिलो पोस्टिङ रमाईलै भइरहेको छ जे होस मेरो।चुवाबोट छेवैमाँ खाना खाने ठाउँ थियो मेरो ।आज खाना खान जाँदा सुनकेस्रिको नजिकै बाट गुज्रिएँ म ,पर बाट हुल्लड केटाहरु ढुङ्गा हान्दै रहेछन उसलाई जोगाइदिन नजिकै बाट हिँडेको ढुङ्गाले हान्लान र मलाई नै लाग्ला भन्ने पिर ।उ अनभिग्य थिइ ,धेरै कुरा बाट अनभिग्य छे नि उ ,लगाएको शर्ट पनि नधोएको त थियो थियो पाखुरा माँ च्यातिएछ ,हुन त स्रिंगार अरुका लागि हो जस्का अरु नै हुन्नन् उस्लाई स्रिंगार के आवश्यक ।
खाना खाउन्जेल पनि उस्को स्म्रिति मानसपटल मा कुदिरह्यो !

"दाई यो सुनकेस्रि छे नि, बौलाहि कसरि भइ?"एकदिन मैले खाना खाँदा खाँदै होटेल वाला लाई प्रश्न राखेँ ।
"लामो कथा छ सर,म यसको पुरै परिवार चिन्छु ।"
"सुनाउनुहोस न त "आज उत्तर पाइने भइयो भनेर म खुशि र उत्सुक भएँ ।
"यस्को बिहेको कुरा थियो धेरै अघि देखि चलेको!"
"अनि?"
"बेहुला राम्रो थियो ,पढेलेखेको सुशिल ,जेठमा थियो कि क्या हो लगन!"
"अनि?"मेरो उत्सुकता बढ्यो ।
"त्यतिखेर खोइ पन्डितले के भने ,पहिला ग्रहशान्ति नगरे अनिष्ट हुन्छ भने कि क्या हो ,कि बेहुला को जिवनमाँ असर गर्छ भने जे होस बिहे जेठमाँ नगर्ने भए ।"
"अनि?"
"पछि त्यसैका घरपट्टिका छुस्के कसैले कुरा लाइदिएछन अर्को केटो छ भनेर ,अगाडि नै टाँस्सी टाँस्सि हिन्थि भनेर ,बिहे नभाको नभएको नभइ नै भयो , तर सुनकेस्रि त्यस्ती थीइन सर ।त्यहि पिरले बाउ पनि मरे अनि सुनकेस्रि पनि बौलाहि भइ ।"
सुनकेस्रि बिहे नगरेर बौलाहि भई , म निराश भएँ । बेहुलीको जोडा सुहाउँथ्यो होला ,हरेक केटि हरु राम्रा देखिन्छन् त्यति खेर। त्यो पनि राम्रि नै देखीन्थि होला।
खाना खाएर ओछ्यान माँ पल्टे पछि मैले सुनकेस्रि बेहुलीको पहिरनमाँ कस्ती देखिन्थि सम्झिन खोजेँ ।रातो घुम्टोमा अलौकिक देखिने रहिछे मोरी, सोचले मात्रै पनि मेरो मुहारमाँ मुस्कान ल्यायो ,म त्यहि मुस्कान काखी च्यापेर त्यो रात मिठो निन्द्रा निदाएँ ।

"सर सुनकेस्रिलाई त राती पल्लो गाउँका केटाहरु मिलेर बसस्ट्याण्ड छेउको झाडिमाँ **********"एउटा मेरो कानलाई अप्रिय लाग्ने कुरा सुनायो होटेलको साहुले । म थचक्क बसेँ ।
"साँच्चै हो?"बल गरेर सोधेँ मैले ,हुन त त्यो खबर दुई चोटि सुन्नु मेरो मनमाँ दोहोरो चोट पुर्याउनु हुन्थ्यो तै पनि कहिले काहिँ कान झुक्किने आशमा!
"पिशाच मोराहरु,बौलाहि सम्म लाई छोडेनन् ,चौध पन्ध्र जना थिए भन्छन् बाँच्दिन होला बिचरि ,हस्पिटल त बोकेर ल्याका रे होश सोस थिएन भन्दै थिए"
मलाई त्यो पछिको गाँस रुचेन ।भारी पाइलाले कोठा फर्किएँ।मनमाँ अस्ती सम्झेकी बेहुलि याद आइरही ।

बिहान होटेलमै थाहा भयो सुनकेस्रि रहिन अब यस संसारमाँ भनेर ।साथ साथै अर्को हल्ला पनि आएछ ,त्यो घटनाँ उस्कै बिहे भाँड्नेहरुले गराएका भनेर ।मलाई अरु हल्लाहरु सुन्ने रहर भएन ।आज बिदा लिनुपर्ला मनमनै सोचेँ । टाउको दुखे जस्तो भयो ,त्यसै त्यसै रिमोट खेलाउँदै थिएँ एउटा समाचारमाँ टक्क आँखा अडियो
"सम्बिधान सभाको चुनाव चैत्र २८माँ पनि नभए प्रतिक्रियावादी र बाहिरि तत्वको चलखेल यस देशमाँ बढ्न सक्ने ********द्वारा धारणा ब्यक्त"

प्रिये तिमीले यो पत्र नपाएपनि(दोस्रो पत्र)

भाग-१
कथाको शिर्षक मात्र पुरानो पात्र र घटनाक्रम सम्पुर्ण रुपमाँ नयाँ हुन् ।
माफ गर यदि मैले चिठ्ठिमाँ गरेको प्रिये सम्बोधन मन परेन भने!
तिमी मेरी थिइनौ ,कहिलै थिइनौ । तर कहिले काहि कुनै सम्बन्ध हरु नबनेका कारणले राम्रा देखिन्छन् । पराइ हुने बाध्यताले आफ्ना लाग्छन । चन्द्रमा टाढा छ त्यसैले त त्यो शितल लाग्छ ।पर बाट ज्वारभाटा देखिन्नन् ,नजिकिदै जादा त्यहि उथलपुथल दँशै माँ खेलेको पिङ झैँ लाग्छ ,मच्चिरहुँ लाग्छ । तिमी मेरो बन्न सकिनौ त्यसैले मैले तिम्रा सम्झनाहरुलाइ आफ्नो मानेँ ।तिमीलाई साँचेको मुटुको कुनामा बिस्तारै तिम्रा यादहरु बसे ।
लोडसेडिङ को दिनमाँ झर्र मैनबत्ति कोरेर लेख्न बस्दा तिम्रो आक्रिती टेबल पछिको भित्तामाँ झ्वाट्ट देखा पर्यो अनि बिस्तारै हराएर गयो ।बिग्यान शायद यसलाई अवचेतन मनको परिकल्पना मान्दछ । मेरो पनि त्यो मान्नुको अरु बिकल्प थिएन ,तिमी नभइकन पनि देखिन्छौ भने त्यो मेरो भ्रम नै हुनु पर्छ ।किनकि मेरा सम्झना हरुमाँ त्यति शक्ति छैन जस्ले तिमीलाई तानेर त्यहाँ ल्याओस् ।"होइन यो लोडसेडिङको बेला निन्द्रा बिगारी बिगारी के लेख्नु पर्या हो हजुरलाई !" शीला(मेरी पत्नि) जब यो पत्र मैले लेख्न थाल्दै थिएँ कराउँदै थिई ।उसलाई विषयको ग्यान पनि थिएन । तर मेरो मनमाँ ,कलममाँ उकुसमुकुस , अटाइनअटाई भएर बसेकी तिमी जब म लेख्न थालेँ बिस्तारै पोखिदै गयौ मेरा पन्ना पन्नामाँ मेरा शब्द अनुसार ,हरफ हरुको मापदण्डमाँ र बल्ल म नयाँ यात्राको यात्रि भएँ ।

मेरो चिठ्ठी मात्र अतित माँ दौडिएको छ ,तिम्रो लागि यो ऐना हुन्थ्यो तिमी कस्ती थियौ भनेर थाहा पाउनलाई,तर अफसोच तिमी यो चिठ्ठी पाउँदिनौ । तिमीलाइ थाहा छैन ,पाटन छुन जुन शङ्खमुलको गल्लि गुज्रिनथ्यौ तिमी त्यहि बाटोमाँ मेरो कोठा थियो । मेरो बार्दलिबाट पहिलो चोटि तिम्लाई देखेँ ,त्यसपछि बानि पर्यो ।हर सन्ध्या हावा जब तिम्रो सुवाष बोकर आउँथ्यो म बाहिर निस्कन्थे तिम्रो दर्शन गर्न ।कुनै एक निमेषमाँ अधिकतम पाउन सक्ने खुशि त्यति नै हुन्छ भन्ने कुरामाँ म अझै सम्म विश्वस्त छु। त्यतिखेर तिमी धर्म गर्थ्यौ नथापाई नथापाई भए पनि ।खालि खालि मेरो आँखालाई त्रिप्तता दिन्थ्यौ अनि लगामहिन विषयहिन मेरा सपना लाई विषय ।

पढाई सिद्दियो म बानेश्वर तिर सरेँ । पानी रातिको तिन बजे आउँथ्यो , तिमी र मेरो एउटै घरपेटि भएको त्यहि दिन त हो थाहा भएको ! पुषको रातमाँ तिमीले मुख मफ्लर ले छोपेकि थियौ । जब मफ्लर झीक्यौ तब मात्र पत्ता लाग्यो तिमी तिमी थियौ भनेर ।
"लाइटर छ ?"मुखमा चुरोट को ठुटो सहितको पहिलो प्रश्न मलाई । मैले तिमीलाई नियाँले पहिलो पटक नियाल्न पाएको बार्दलिबाट बाहेक ।नियालाई कोण कोण बाट फरक हुन्छ तर जता बाट नियाले पनि फूल फूल नै रहन्छ काँडा काँडा नै ।काँडा कहिले काहीँ फूलको काँचुलि ओढ्न खोज्छ तर फूल सदैव फूल नै रहन खोज्छ,आफ्नो अस्ति्व उसलाई त्यति प्यारो हुन्छ ,आफ्नो अस्तित्वको अभिमान हुन्छ फूललाई ,किन थाहा छेन तर तिमी अपवाद थियौ काँडा बन्न प्रयासरत फूल ।खस्रो तर सुरिलो बोलि ,सुख्खा आँखाहरु तर गहिराई समुन्द्रको जस्तो!!!!!!!! कुनै दिन पानी नभएको समुन्द्रको कुरा आए मेरो मनमाँ तिम्रो आँखा झ्वाट्ट देखा पर्नेछ । गाजल बिनाका राम्रा तर ज्वारभाटा बोकेका , ।पर बाट ज्वारभाटा देखिन्नन् ,नजिकिदै जादा त्यहि उथलपुथल दँशै माँ खेलेको पिङ झैँ लाग्छ ,मच्चिरहुँ लाग्छ ।मलाई तिमी राम्री लाग्यौ । मैले खुरुक्क लाईटर झिकेर तिमीलाई दिएँ ।त्यसपछि तिमीले बोल्न जरुरी ठानिनौ र धुवाँ बीचमाँ हरायौ ,मेरो मनमाँ अचानक तिम्रो लागि एउटा उपमा आयो "धुवाँ बीचकी सुन्दरी"
त्यसपछिका दिनमाँ मलाई तीन बजे उठ्न एलार्म चाहिएन तिम्रो पदचाप काफि थियो ,सँधै जस्तै तिमी मेरो नजिकै हुन्थ्यौ धूवाँमा हराइरहेकी ,अनी म तिम्रो नजिकै हुन्थेँ तिमीमाँ हराइरहेको । तर फरक यत्ति मात्र थियो की पछिल्ला दिनमाँ तिमीले मेरो उपस्थितिलाई प्राथमिकता दिइनौ ,तिमी आफ्नै लाइटरको ज्वालाले निकालेको आफ्नै धुवाँ को परिधिमाँ हुन्थ्यौ जुन परिधिभित्र मेरो कुनै अस्तित्व थिएन,म क्लेश भर पनि थिइन । म भने भख्खर जिब्रो काटेर फड्फडाए जस्तो तिमी भित्रका ज्वारभाटा मुक भएर नियाल्न खोज्थेँ हर रात!!!!!!!!!!!!!!!!!!!!!!!!
क्रमश:

म भित्रका महरु

भाग-३ बाट अघि
भाग-४
मैले फोनमा म पनि जाने कुरा बताउन पनि आफ्नो बढीरहेको सास को गतिलाई normal मा ल्याउनु पर्यो । फोन राखि सकेपछि आफै भित्र एकदम उकुसमुकुस भएझै लाग्यो । धेरै बेर सम्म बुरुक बुरुक उफ्रिरहेको मुटु लाई समातेर बसे । सुमन अचानक भित्र छिरेपछि मात्र मैले आफुलाई controll गर्ने प्रयास गरे।
"तँलाई एउटा कुरा भने तँ रिसाउन त रिसाउँदैनस नि है ?"
"त्यो कुरा कस्तो हो त्यसमाँ depend गर्छ , अब तैँले तेरो girl friend कै नाम अहिले सम्म लुकाएको रहिछस भने त रिसाउनै पर्यो नि ! कि कसो?"
उस्ले आफ्ना परेला पुलुक्क म तिर उठाउँदै , मुसुक्क हाँस्दै जवाफ दियो ।
"भयो त्यसो भए त म भन्दिन ।"
"साले ,,,,,,,,,,, indirectly भन्छ , तँलाई मैले मङ्गलबजार मै देखेको ! कहिले भन्लास भनेर पर्खेर बसेको ,बल्ल भन्यो ।"
साँच्चै म झुठ बोल्नमाँ कमजोर छु ।मैले ङिचिक्क दाँत देखाएँ अनि एउटा निर्लज्ज हाँसो हाँसे ।
"नाम के हो ,के गर्छे भन न त ,अझै हाँसेर बस्छ केटी जस्तो"
मैले उस्लाई सबै कुरा बेलिबिस्तार लगाएँ ।अनि आफुलाई त्यो केटी मन परेको पनि बताएँ । केटीहरुको psychology को बारेमाँ पक्कै उस्लाई म भन्दा धेरै थाहा छ । धेरै बेर गमेर उस्ले चिना हेरेपछि पन्डित ले दिने भाका माँ आफ्ना कुरा भन्यो ।
"केटी frank हुनु भनेको यो होइन कि तँ झ्याप्पै purpose गर ,अनि झ्याप्पै accept हुन्छ ।"
"अनि के हो त?"
"यो training माँ नभन , त्यसपछिको भेट माँ भन्नु ।"
"किन नि?"
"give time..........dude ,केटिहरु बाहिर जस्तो देखिए पनि भित्र लजाउँछन ,अनि मायामा maturity खोज्छन् । thats why you have to give time !"
उसले आफुले जाने जति मलाई अर्थ्यायो । म पनि बोधिसत्व प्राप्त भएपछिको बुद्द जस्तो रमाइ रमाइ घर फर्केँ ।

बिराटनगर

training भन्दा मलाई training पछि का पल हरु रमाइला लाग्थे ।हामी दुवै रिक्सामाँ डुल्न जान्थ्यौँ । उ कुरा गरिरहन्थि तर म सुनिरहन्थेँ । पानीपुरि कि शौखीन उनी ठेला देख्ने बित्तिकै रिक्सा रोकेर शुरु भइहाल्थि । अनि म उन्को बालापन माँ साथ दिन्थे ।हामी त्यहाँका अरु सहभागि चिन्दैनथ्यौ तर त्यो त झन मेरो लागि सहयोगि सावित भयो ।मैले धेरै मौका पाए हामी बिचको एकान्तमाँ तर सुमनका शब्दहरुले मलाइ रोके । हुन पनि एक महिना नै त हुँदैछ भेट भएको । केटिहरु बाहिर जस्तो देखिए पनि भित्र लजाउँछन ,अनि मायामा maturity खोज्छन् । त्यो training त्यत्ति चाडै कसरि बित्यो मलाई पत्तै भएन ।
अन्तिम दिन म आफ्नो room माँ कपडा मिलाउँदै जाने तयारिमाँ थिएँ अचानक निशा मेरो कोठामाँ छिरी ।
"मलाई तिमी सङ्ग केहि कुरा गर्नुछ ।"उ आफ्नो t-shirt को फेर माँ दुई औँला चलाईरहेकी थिई ।
"भन न ।"मैले स्वीक्रितीमाँ टाउको उठाउँदै भने ।
"तिमी असाध्यै सोझो छौ ।" उसले मेरो कोठाको ढोकामाँ ढेसिँदै भनी ।
के उसले भन्न खोजेको कुरा यहि थियो ?
"किन नि?" मेरो उत्सुकता बढ्यो ।
"बिराटनगर को बसाइमाँ मैले एउटा असाध्यै राम्रो सोझो साथी पाएँ ,जस्को साथमाँ दिन हरु कसरि बिते थाहै भएन ।"
"सोझो मान्छे पाएँ भन्दैमाँ जिस्काउनै पर्छ त ?" म अझ कपडा नै मिलाए झै गर्दै थिएँ ,तर मेरो ध्यान कपडामाँ थिएन ।
"I m serious .now I think I can move further ,म अलि लोभि छु ।मलाई त्यो साथीको साथ जीवनभरिलाई चाहियो ।"
उ मेरो नजिकै आई ,आफ्ना पैँतालाहरु थोरै उठाएर मेरो निधारमाँ चुमी अनि बाहिर निस्कि ।म भने सुमनका शब्दहरुको बिचमाँ आफु यन्त्रवत खडा भइरहेँ ।
क्रमश:

म भित्रका म हरु

भाग-३
-रजित ओझा
बानेश्वरतिर आकाश कालो थियो ,धूवाँको मुस्लोमा । टायरकै हुनुपर्छ । "यो देशको ज्वरो पनि कहिले निको हुने हो खोइ ?"उसले सुस्केराका साथ आकाश नियाल्दै भनी । सुमनले भने जस्तै केटीहरु रहस्यमयी हुन्छन् । अहिले सम्म मैले यो केटीलाई यस्तो गफ गरेको सुनेको थिएन ,यसपालि सुनेँ , मैले पुलुक्क उ तिर नियाँले । उ यसपालि गम्भिर थिई मेरो नियालाई प्रति अनभिग्य ।"बाहिर बसेको मान्छेलाइ पनि नेपालको कति माया लागेको ?""क गर्नु मन न पर्यो ,माया को कुरामा वशमैँ रहदैँन।""तिम्रो काठमाण्डौमाँ कोहि साथि छैन ?""तिमी छौ नि के त?""छन त छु ।""यो शहर मेरो निम्ति तिमी जस्तै नयाँ छ । पहिलेका साथि छैनन् , नयाँ साथि हरु बनाउने प्रयासमाँ छु ।"पुलुक्क उठेका ठुला आँखाहरुको मेरो तर्फ नै इशारा थियो शायद ।उसले शब्दहरु लाई गोल घुम्ति घुमाई ।म सँग शब्द हरु थिएनन उ सँग प्रतिस्पर्धा गर्न , थोरै समय हामि मौन नै रह्यौँ ।साँझको बेलामा भित्रको पहेँलो प्रकाश मौनताको पर्यायवाचि बन्यो।
"तिम्रो रिसर्च कहाँ पुग्यो त ?" मैले मौनता चिर्दै प्रश्न राखेँ ।"भइ राखेको छ , टपिक्स कम्प्लेक्स छ सजिलै कहाँ सिद्दिन्छ र?"म तिर हेरेर मुसुक्क हाँस्दै भनी।"रिसर्च भने पछि मैले सम्झे ,I have to go now."रिसर्चको टपिक्स मेरो लागि खासै फलदायी रहेन । ऊसको त्यहि सिलसिलामा एउटा वकिल भेट्न जानु रहेछ ।"ठिकै छ नि त ,अरु दिन पनि यसरि नै भेट होला नि त ।""यसरि किन ?अब त फिक्स गरेर हुन्छ , अचानक त एक चोटि हुन्छ दुई चोटि हुन्छ तेस्रो चोटि पनि खोजेर हुन्छ ? म विश्वास गर्दिन यस्तो सम्योगमाँ !""संसार सानो छ ।""मोबायल नम्बर देउ त , एउटी राम्री केटीले मोबायल नम्बर माँग्दैछे ,सोच तिमी कति ह्यान्सम छौ ,"उसले आफ्नो वा मेरो तारिफ गरेको मलाई छुट्याउन गारो भयो ।"ओके ,बाई । " मोबायलमाँ आँखा भए पनि ध्यान म तिरै रहेछ ,बिल पे गरे पछि हामी दुवै बाहिर निस्कियौँ अनि उ बिस्तारै भिँडमाँ हराई ।

"ओइ ,हिजो तँ कहाँ हराएको?"भोलिपल्ट अफिस पुग्नासाथ सुमनले खाउँला झै गर्दै सोध्यो।तर यो प्रश्न यस्तो थीयो जस्को लागि म हिजै देखि तयार थियेँ।अनि धेरै वटा बहानाहरु बाट सर्ट सेलेक्सन गरेर मैले अन्तिम बहाना निकालेको थियेँ ।"मम्मी क्रिष्ण मन्दिर आउनु भएको रहेछ ,मम्मी सँगै आएँ ।""मोबायल स्विच अफ गरेर मम्मी सँग ! तँ त त्यस्तो छैनस् भनेको तँ पनि?"मैले रात भरि सोचेर निकालेको बहाना उसलाई विश्वासिलो लागेन ।म झुट बोल्न माँ साँचै कमजोर छु ।कतै यस्ले मलाई देख्न त देखेन?मनमाँ उब्जिएको पहिलो शंका नै त्यहि थियो तर मैले आफुलाई दरो बनाउनै पर्ने थियो ।
"मेरो मोबायल स्विच अफ थिएन "म थोरै झर्किएँ ,झुट लुकाउन मैले झर्किनै पर्ने थियो ।"किन रिसाको त ? यो एन टि सि ले पनि धुरुक्कै पार्छ कहिले काहिँ "मैले मनमनै एन टि सिलाई धन्यवाद दिएँ ।मेरो कमजोरि को एक मात्र साथि !"अनि एउटा खबर पाइस ?""के?" मेरो प्रश्नमाँ कौतुहलता भन्दा बढी औपचारिकता थियो ।"तैंले बिराटनगर फेरि जानुपर्ला जस्तो छ ।एम्नेसटि को ह्युमन राइट सँग रिलेटेड सेमिनार छ रे ।मोज गर"के मोज गर्नु ?यस्पालि यात्रा कटाउन निशा हुन्न ।
निशा धेरै बाँच्छे होला ,मैले सम्झिदा सम्झिदै ऊसको फोन आयो । हुन त मैले ऊ सँग भेटे पछि उसलाई बिर्सेको नै कहाँ छु र !"खाजा खायौ?" यो यस्तो प्रश्न हो जस्माँ आत्मियता हुन्छ ।निशा बाहेक मलाई फोनमाँ "खाजा खाइस "भनेर मात्र मेरो आमाले भन्नुहुन्छ।"खाइसकेँ"मैले यता उता नजर डुलाउँदै जवाफ फर्काएँ ।सुमन नजिक थिएन ।"मलाई दुई चार दिन भ्यालि बाहिर जानु छ ,तिमी सँग भेट्न मन थियो त्यहि भएर फोन गरेको ।""कहाँ जाने हो र?""एम्नेसटि को ह्युमन राइट सँग रिलेटेड सेमिनार छ रे बिराटनगरमाँ ,फेरि बिराटनगर जानुपर्ने भयो ।किड्न्यापिंग इस्युको बारेमा धेरै कुरा इन्टरिएक्ट गर्न पाउँछु भनेर मैले त्यहाँ जाने प्रोग्राम मिलाएँ ।"मलाइ मेरो कानमाँ बिश्वास भएन ,उसले फोन नगरेको भए हाम्रो तेस्रो भेट पनि एउटा सम्योग हुने थियो ।खोइ किन हो बारम्बार ठोक्किरहेका थियौँ उ र म?



क्रमश: