उसको एक टक हेराई

-रजित ओझा
मैले उसको शरिर देखेको छु मिलेको छ,उचाइ औसत छ , गोरि छे , एक दुइवटा खतहरु छन् नाकको डाँडिको छेवैमा ,नाकको नथ्थि ले तर त्यो छोपिदिन्छ।ठुला आँखामा गाजल पनि सुहाएकै हुन्छ । आवश्यकता भन्दा धेरै लिपिस्टिक पोत्छे नत्र त राम्रि नै छे ।उसका बाहुला नभएको कुर्ता माथी सम्म काटिनाले कम्मरको सेतो छाला प्रष्ट देखीन्छ शायद यो उ आफ्नो आकर्षण बढाउनलाइ गर्छे । त्यो बाध्यता वा रहर मैले आहिले सम्म खूट्याउन सकेको छैन । कुरा गर्नमा स्पष्ठ छे । शायद तिरस्कार अङ्गाल्नु अब दिनचर्या बनिसकेको छ उसको त्यसैले त उ हरेक कुरालाइ हलुका लिन्छे र त उ स्पष्ठ छे । जति मान्छेको गहिराइ बड्दै गयो त्यति बढि उ कालो र बुझीनसक्नु को हुन्छ ।उसँग कुरा गर्न रमाइलो लाग्छ । कुरै कुराको सिलसिला मा एक दिन मैले उसलाइ प्रश्न गरेँ ।
"तिमीले कहिल्यै आत्माको आवाज सुनेकी छ्यौ?"
"अहँ"
"त्यसो भए तिमीले आत्मा पनि बेची सकिछौ।"
"म मात्र शरिर बेच्छु ,को सुत्न चाहन्छ र आत्मासँग? "सँधै जस्तै उस्ले पनि यो कुरा ठाडै गरी ,उसको र मेरो सम्बन्ध अनौठो थियो । थाहा छैन किन म उसमा र उ म मा अल्झिरहेका थियौँ किन कि हामी एक अर्का का लागि अनावश्यक थियौँ मेरो बिचारमाँ । साथीहरुले दुई तिन दिन छिराइदिएका जबर्जस्ति , त्यति खेर म गफ मात्रै गरेर बाहिर निस्केको पछि पछि म जान थाले प्रितीकोमाँ ,हुन त म यतिखेर पनि गफ मात्र गर्थेँ उ सँग र उ गफ गरेको मात्रको पैसा लिन्नथी ,उसको पेशाको बेइज्जत हुन्छ रे गफ गरेको पैसा लिँदा ,केहि कुरा बेचेपछि मात्र पैसा लिनुपर्छ अरे ,जब ग्राहक आउँथे म बाहिर निस्किदिन्थेँ उ बाहिर निस्केपछि प्रिती दश मिनट जति सुस्ताउँथी अनि फेरि गफ गर्न मलाई भित्र बोलाउँथी ।धेरै जसो उ ओछ्यान मै पल्टीरहन्थी सुकिली भएर म पुग्दा, हिँड्ने बेलासम्म पनि कहिले सुकिली नै हुन्थी तर त्यो दिन उसको पेटको हिसाब ले नराम्रो दिन हुन्थ्यो । कहिले भने उसको सरसफाई हराएको हुन्थ्यो उसको कोठाको कुनै कुनामाँ ,उसको डस्टबिन सँधै ति गनाउने खोलहरुले भरिएका हुन्थे तर भोलि पल्टको म पुग्दा को डस्टबिनको रिक्तता देखेर म सन्तुष्ट हुन्थेँ अनि सोच्दथेँ उसले फोहोर मेटाउन जानेकि छ ।
उ सँधै भन्थी"देखीने चिजमै हो सबैको आँखा जाने ,तपाईँ जस्तो नदेखिने चिजका कुरा गर्ने मान्छे हुँदैनन आजकल ।"
म खीस्स हाँसिदिन्थे ।दुईवटा कोठा लिएकी थिई त्यो घरमाँ ,एउटामाँ किचन थियो ,म उसको काम हुँदा प्राय त्यहिँ बस्थेँ काम नहुँदा मात्र उसको कोठामाँ छिर्थेँ । उसले खास मेरै लागि भनेर किचनमाँ एउटा कुर्सि र पत्रिकाहरु राखिदिएकी थिई ।उसका ग्राहक हरु प्राय एकै थिए ,अरु भन्थे उ सस्ति छे अरु हेरी तर उसको बिग्यापन कम छ नत्र त प्याक हुनु पर्ने रे !उ भन्थी म धान्न सक्दिन यो भन्दा , मेरो पनि त शरिर नै हो नि ।
"म तँपाइ लाइ के भनौ कुवा को छेउमा आएर कुवा लाइ ऐना ठानेर अनुहार हेरेर त्रिप्त हुने मुर्ख ?" एक दिन उसले मलाइ प्रश्न गरी ।
"होइन कुवा त पानी पिउन कै लागि हो तर तिमीले आफुलाइ चिनेकी छैनौ ।"
"कुरा त्यस्तो होइन कुरा मात्र आवश्यकता को हो ,कसैको आवश्यकता पुरा गर्नु मेरो अर्को आवश्यकता हो म मात्र आवश्यकता साट्छु ।"
"म त तिम्रो आवश्यकता होइन नि ! के को लागि त हाम्रो सम्बन्ध !"
"कुनै कुनै प्रश्नहरु अनुत्तरित नै राम्रा हुन्छन्" उसले कुरा लाई त्यो दिन त्यति भनेरै बिट मारी ।

अर्को दिन उ ब्यस्त थिइन तर उसको भनाइ मा उसले हिजो ओभर टाइम गरी अरे । उ अस्तब्यस्त पल्टिएकि थिइ ।म पुग्दा पनि उस्ले उठ्ने जाँगर देखाइन ।
"आज रेस्ट लिएको ।" उसले आङ्ग तान्दै भनी ।
मैले उत्तर फर्काउनु जरुरि ठानिन ।
"तँपाइ को घरमाँ को को छन् ?"एक छिन पछि उसैले शुरुवात गरी । हुन त यो धेरै अघि नै सोधिनु पर्ने प्रश्न हो । मैले त पहिलो भेटमाँ नै उसलाई सोध्न खोजेको थिएँ तर उ नराम्ररि झर्किइ मलाई सहानुभूति मन पर्दैन भनेर ,मैले खूट्याउन सकिन "तिम्रो घर कहाँ हो ?"भनेर सोध्नु कुन अर्थमा सहानुभूति दर्शाएको हो भनेर ।
"स्रिमति छ ,छोरि छे तर घरमाँ यहाँ त एक्लै छु म ।"
"छोरि पनि छे ?"
"छे त किन ?"
"तँपाई मान्छे हेर्दा सन्यासि जस्तो लाग्छ त्यसैले !एउटा कुरा सोधौँ ?"
"सोध न !"
"यहाँ किन आउनुहुन्छ ?"
"तिम्रो उत्तर को खण्डन गर्न ,सबै कुरा आवश्यकता होइन भनेर देखाउन ।"
"मलाइ तँपाइ कहिले काहिँ मुर्ख ,कहिले काहिँ सनकि ,साँचो भन्दा असन्तुलित लाग्नुहुन्छ ।"
"यति धेरै तारिफ नगर मेरो ।" म हाँसे ,उसले आफ्नो अर्धनग्न शरिर म तिर फर्काइ अनि एक टक मलाइ हेरिरहि ।


"म तँपाइ सँग गफ गरिरहन सक्दिन, थाहा छ तँपाइ लाइ हिजो मैले दुइ जना ग्राहकलाइ फर्काएँ ।"एक दिन उसले म सँग झर्किँदै भनी ।
"किन हिजो त म आएकै थिइन नि ?"
"त्यहि भएर त दुइजना लाइ नै फर्काएँ मैले ,किन किन आलस्य जागे झैँ भयो ।"
"म नआउँनाले?"
"हो तँपाइ नआउनाले ,मलाइ तपाइको लत लागिसकेको छ ,मलाइ थाहा छ यो घातक हो मेरो लागि तर कसरि छुटाउँ म ?"
"म जस्तो मुर्ख ,असन्तुलित र सनकि को पनि के लत लागेको त !"
"लत त लत हो लगाएर लाग्ने त रुची हो लत त अन्जान मा लाग्छ ।" उसको एक टक हेराइ मलाइ मन पर्छ थाहा छैन उ के खोज्छे म भित्र मा थाहा हुने भए सघाउँथे होला त्यो खोजमाँ ।


पानीले ल्याफ्फ भएर भिजेर पुगे म त्यो दिन ।
"किन यस्तो मरिहत्ते नि ?"उसले टावल दिँदै मलाइ प्रश्न गरी
"हाम्रो कुराकानि को आजको भाग बाँकि छ ।"
"एउटा कुरा सोधौँ?"
"सोध न ।"
"तँपाइ कहिल्यै मेरा सपना देख्नुहुन्छ ?"
"म सपनाहरुमा विश्वास गर्दिन ।"
"कहिल्यै एउटै ओछ्यान मा सुतेको कल्पना गर्नुभएको छ ?"
"मैले तिमी लाइ त्यो नजरले हेरेको छैन ।" म अलि असन्तुलित भएँ ।
"केहि कमि देख्नुहुन्छ म मा?"
"तिमी किन त्यस्तो भन्छौ ?"
"अहिले सम्म जसजस्ले मलाइ भोगे मैले औँलो ठड्याउने मौका दिइन ,तँपाइ लाइ के मन पर्छ मैले बुझ्न सकिन ।म हारे तँपाइको अघि ।मलाइ लाग्छ त्यो छोरि पनि तँपाइकि होइन कति पत्निव्रता पुरुष र छोराछोरिका बाउ मैले नाड्गिएको देखेको छु तर म हारेँ तँपाइको अघि ।" उ विवश देखीइ ।म चुपचाप मुर्तिवत भएर उसको विवशता हेरिरहेँ ।
"तँपाइ आज देखी नआउनुहोस यहाँ । म तँपाइको अस्तित्वमा अरु खोट देखाउन सक्दिन ,एउटा दाग ले अरु दाग देखाएको सुहाउँदैन । तँपाइ आज देखी नआउनुहोस यहाँ ।" म बिस्तारै पछाडि फर्किएँ अनि ढोका ढप्क्याइदिएँ । ढोका ढप्क्याउनु अघि उ मलाइ एक टक हेरी रहेकी थिई ।

मलाई नलागेको रोग(अन्तिम भाग)

-रजित ओझा
चुपचाप नै रह्यौ हामी दुई धेरै बेर सम्म मानौँ समय करेन्ट दौडाइरहेछ र हामी त्यसबाट बच्न प्रयत्नरत छौँ ।
"तँपाईलाई पछुतो भएन ?" डक्टरले धेरै बेरको मौनता चिरेर मलाई प्रश्न राख्यो ।
"के को पछुतो मैले त मात्र उस्को अभिमान मार्ने प्रयास गरेको थिएँ ,उ आफैँ त जिवित पनि त्यति नै सुन्दर देखीन्थी र म्रित पनि ! मैले अझै उसको शरिर मेरै कोठामा राखेको छु ।उसको सुन्दरता त निमेश को लागि पनि परिवर्तन भएको छैन ।"
म मुस्काएँ उसको म्रित शरिरको शालिनता सम्झेर ,चुपचाप ढलेकी उ सम्झेर ,मान्छे आफैँ कहिल्यै कुरुप हुँदैन रहेछ ।कुरुपता त पछि थपिने गुण हो ।अझ भनौँ कुरुपता भित्र हुन्छ मान्छेहरु आवरण बेर्दछन् ,मान्छे वास्तवमा बन्दाकोपि हो फरक यति मात्र छ जति जति उ नाङ्गिदै जान्छ त्यति त्यति उ कुरुप हुँदै जान्छ ।
"तै पनि हत्या त हत्या हो ,समाजको नजरमाँ कानुनको नजरमाँ !"डक्टर आवेशमा करायो ।
"म कहिल्यै रचनालाई अरुको नजरबाट हेर्न चाहन्न ।"यसपालि पनि म अडिग थिएँ ।
"यो कुरा कस कसलाई थाहा छ ?"
"धेरै लाई थाहा छ ,तर जस जसले रचनालाई हेरे मलाई पागलको संग्या दिए ।"
"मलाई पनि शालिन रचना देखाउनु हुन्छ त ?"
उसले मलाई अनुरोध गरको वा ब्यंग्य गरेको मैले खुट्याउन सकिन !
"किन देखाउने मैले तपाईँलाई !रचना बजारमा प्रदर्शनिमा राखेकी गुडिया हो र?उ मेरी रचना हो जिवित म्रित दुवै स्वरुपमाँ !"
"मलाई हेर्न मन छ ,तँपाईको ब्याख्याकि रचना ,अभीमानी रचना अनि शालिन रचना ,के फरक छ मात्र मलाई त्यति हेर्न मन छ ।"
मैले मनमनै रचनालाई भनेँ "तिमी यसलाई अहं ठान्छ्यौ तर कोहि तिम्रो लागि यति ब्याकुल छ त्यो पनि मेरो कारणले हेर तिमी म बाहेक केहि होइनौ ,केहि पनि होइनौ !!!!"
"के सोच्न थाल्नु भयो ?" डक्टरले मेरो क्रमभङ्ग गर्यो ।
"केहि होइन !मात्र तपाईँको गम्भिरता दाँजेको अरु सँग , तँपाई साँचै नै गम्भिर हुनुहुन्छ वा फगत मलाई पागल भन्ने मान्छेको नाममा एउटा अरु नाम थप्ने होडमाँ हुनुहुन्छ त्यत्ति मात्र सोचेको !"
"जाने होइन त ?"
डक्टर जुरुक्क उठ्यो ।म पनि उस्को पछि पछि क्लिनिक बाट बाहिर निस्केँ ।
धेरै दिन पछि आकाश देखेको थिएँ तै पनि आकाश निलै थियो ,हावा आफ्नै गतिमा दौडि नै रहेको थियो ,सबै कुरा सामान्य नै थिए ,त्यहि एउटा घटनाले मलाई असामान्य बनायो ,जुन कुरा मैले देखे अरुले देखेनन् भने म कसरि पागल भएँ ??अन्धाको शहरमा द्रिष्टि पागल हुँदो रहेछ मैले निष्कर्श निकालेँ ।
मलाई मेरो ढोकाको आवाज देखी डर लाग्छ ,मैले त्यहि भएर चाबि डक्टरलाई दिएँ ,महिनौँ देखी उकुसमुकुस भएको अँध्यारो पनि आज खुला आकाशमाँ आए झैँ लाग्यो ।
"खोइ त रचना ?तँपाईकी रचना देखाउनु हुन्न मलाई ?"
"उ त्यो टेबलमाँ हेर्नुहोस त !"
उसले टेबल माथीको बत्ति बाल्यो ,धेरै बेर घोरियो ,रगतै रगत बिचकी रचनालाई पनि हेर्यो अनि आश्चर्य मिस्रित भावमाँ मलाई सोध्यो
"खोइ रचना ??रचना खोई ,यो त कलम हो तँपाईको ,भाँच्चिएको कलम र पोखीएको मसि ,मात्र त्यति हो ?रचना खोइ त?"
"तँपाई पनि अन्धाको भिँडमा थपिनु भयो यस्तो चिसो रगतलाई मसि भन्नु हुन्छ ???रचनालाई भाच्चीएको कलम भन्नुहुन्छ !साँच्चै अन्धाको शहरमाँ द्रिष्टि पागल हुन्छ ।"म आवेशमा कराएँ , उस्को कलर समात्न झम्टिएँ । पछि का पछौटेले डक्टरबाट बिस्तारै बिस्तारै गर्दै मलाई टाढा तानेँ ।
समाप्त ।।।।।

मैले नभनेका ऊनका कथाहरू।।।३

अन्जान शर्मा, २०६४/१२/२० शुभम्॥॥

खै कसरी सुरु गरौँ मेसो पाई राखेको छैन। कुरा धेरै अगाडि को पनि हैन, जस्लाई भुल्न पनि सकियोस र जस्लाई जरूरी ठान्दिन म । ऊनिहरू मेरो जिवनमा पालै पालो आए जस्तो लाग्छ तर त्यस्तो पनि हैन।
हामि तीन थियौँ। म, उनि-१ र उनि-२। हाम्रो भेटघाट सधैँ जस्तो हुन्थ्यो । ऊनि-१ सँग सँधै भेट हुन्थो, दैनिक, ऊनि-२ सँग बिरलै। तर हामी तीनजना सँगै हुँदा एक अर्काका राम्रा र सराहनिय साथी थियौँ । लाग्थ्यो एक अर्काका परिपुरक। ऊनि-१ ले मलाई औधि मायाँ गर्थिन् र ऊनि-२ ले त झन धेरै मायाँ गर्थिन, ऊनि-२ कै आधारमा। ऊनि-१ मलाई ठुलो सहारा मान्थिन्, र मलाई बिस्वाश गर्थिन् । ऊनि-१ लाई लाग्थ्यो, म जस्तो मान्छे सन्सारमा बिरलै जन्मन्छन् । ऊनि- २ मलाई ideal person मान्थिन् ।मेरो दोस्ति, ऊनि-२ का लागि प्रेरणाको श्रोत मिले जस्तै लाग्थयो। ऊनि-१ र ऊनि-२ पनि एक आपसमा ह्रदयश्पर्शी साथी थिए ।
म केन्द्रबिन्दु थिएँ, दुबैजनाको । मेरा पनि प्यारा थिए। मलाई लाग्थ्यो हाम्रो जीन्दगी यसरी नै कट्ने छ, सधैँको परम् मित्रताका साथ। तर मैले कायम राख्न सकिन। मैँले दुवै जनासँग धोका गरेकी जस्तो लाग्छ। तर ऊनिहरु त्यस्तो मान्दैनन्। मेरो सामाजिक रिति अनुसार अर्कै सँग जीवन गाँठो बाँधियो।
अब पनि हाम्रो भेटघाट त हुन्छ तर बिरलैमात्र। तर जुन ऊत्साह ऊमङ्ग बिगतमा थियो त्यो छैन। अब मैले समय दिन सक्दिन। मलाई लाग्छ मेरै बाटो हेरिरहेका छन्, ऊनिहरु। मेरै पर्खाईमा छन्। मैले केहि गर्न सक्दिन। म ईस्वर सँग यतिमात्र प्राथना गर्न सक्छुकी, म बाट कुनै भुल भएको भए माफ गरिदे।॥

मैले नभनेका ऊनका कथाहरु॥॥१


अन्जान शर्मा, २०६१/०९/२५ शुभम्॥॥


म एक व्यक्ती, जो समाज, शस्कार अनि आफ्नो जीवन प्रतिको दायित्व बुझेको एक निरिह हुँ। मलाइ थाहा थियो, ऊनि सफल हुन्नन् भन्ने। तर ऊनले मलाई असफल बनाउने र आफु सफल हुने कोसिसमा पनि थिईनन्। हुनत सबै दोश ममा आयो होला तर मैले आत्मालाई ढाँटिन र सकिन पनि। ऊनले मलाई औधि प्रेम दर्साइन्, मेरा लागी आँशुपनि बगाईन्। मैले ऊनको प्रेमको मुल्य बुझिन, अमुल्य प्रेम सम्झेँ। शायद केहि खोट ममा पनि थियो होला। म ऊनिसँग प्रतिस्पर्धा गर्न चाहन्न थेँ। यदि ऊनको चोखो प्रेम थियो भने, ऊनले पनि त्यसो गर्थिनन् होला।
ऊनको चाहना र मेरो सोच भिन्न बन्दै जान थाले। हाम्रो जीवन रेखा बिपरित ध्रुब तिर जान थालीसकेका थिए। तैपनि हामी सम्झौताको सँघारमा उभिने कोसिसमा थियौँ। सम्झौता गर्दा गर्दै पनि, एकले अर्कोलाई बुझ्दा बुझ्दै पनि, मैले र ऊनले हाम्रो जीवनरेखालाई मिलाउन सकेनौ, र समानान्तर रेखा बन्दै जान थाले।
ऊनले एक निरिहलाई मेरा सामु ऊभ्याइन। म एक निरिहले, अर्को निरिहसँग प्रतिस्पर्धा गर्नु गल्ति सम्झेँ र आफुलाई युध्द मैदानबाट टाढा लगेँ।त्यो निरिह जीवन ऊनिसँग फेरि कुश्ति खेल्दै छ। जुन उनको मनोरञ्जन नबनोस् मैले बुझेको छु। हार ऊनकै हुन्छ, किनकी, फेरि त्यो निरिह जीवन पनि युध्द मैदान छोडेर भाग्ने छ। ऊनले फेरि अर्को निरिह जीवनलाई ऊभ्उने छिन्। उनि यस मामिलामा कुशल खेलाडी हुन्। म जस्ता निरिह जीवनहरु कुनै श्रीङ्खलाका पात्र जस्ता हुने छौँ। त्यो पनि अतिथि पात्र जस्ता। क्रमश पात्रहरु बदलिने छन्। जहाँ ऊस्को भुमिका स्मरण योग्य हुने छैन।