आत्मा उज्यालो माँग्दै थियो ।(भाग-८)

भाग-७ बाट अघि

"अनि ?" भारि मनले मैले सोधेँ ,मलाई त्यो आफ्नो सोधाई औपचारिकता मात्र लाग्यो , फगत औपचारिकता ,कथा मा बाँकि केहि बचेकै छैन झैँ लाग्यो ।तर उ गम्भिर भएर ठिंग उभिएको थियो ।काँधको राइफल भारले गलेर होला तल झारेको थियो । अनि त्यहि राइफलको चुच्चोले खुट्टा छेउको माटोमा केहि कुराको आक्रिति बनाईरहेको थियो गहिरो गाडेर । बल प्रयोग गर्नुपर्ने आवश्यकता थिएन त्यो बलौटे माटोमाँ ,आक्रिति बनाउन पनि सजिलो ,मेटाउन पनि सजिलो हर्के को मन जस्तै ! त्यो अँध्यारोमा तिँ माथि बालुवा मा कोरेको आक्रिति ! हुन त त्यो आक्रिति देखिदैन थियो होला तर पनि उ अनवरत कोरिरहेको थियो ।
"तँ मलाई सारै नराम्रो मान्छे हो बनेर दाँज्छस् है ?"अचानक उसले प्रसङ्ग बेगर को प्रश्न राख्यो ।
"होईन !"मैले हतारिएर उत्तर दिएँ । म उसलाई हिनताबोध गराउन चाहन्न थेँ । कुनै कुनै सत्यहरु पिडादायक हुन्छन् भन्ने मैले पनि बुझेको छु ।अझ आत्मा मा आफ्नो परावर्तन खोजेर आफु नराम्रो लागेको सत्य त सबै भन्दा पिडादायक हुन्छ ।मान्छे ले आँफैलाइ घ्रिणा गर्नु भनेको उसको अन्त्य हो करिब करिब । त्यसपछि उसले जिउन छोड्छ उ मात्र जिवन काटिरहेको हुन्छ । हर्के आफुले छोड्ने छाप कस्तो हुन्छ जान्न खोजिरहेको थियो ,मैले उसलाई त्यो मौका दिइन ।
"कल्पना को जीवन बर्बाद गरिदिएँ भनेर त पक्कै पनि सोचिरहेको होलास् हैन ?"
तर ढिटले झैँ उसले फेरि प्रश्न राख्यो त्यहि सेरो फेरोमाँ । यसपालि भने हैन भन्ने शब्द मेरो मुख बाट निक्लेन । म झुट बोल्न चाहन्थेँ तर सकिन ।मैले नदेखेकि मेरी नायिका को उसले कोरिदिएको धमिलो तस्विर झलझल्ति मेरो अगाडि आइरह्यो ।
उ मुसुक्क हाँस्यो अनि फेरि आफ्नै कथामा फर्कियो ।

"करिब दुई महिना हामीले हरेक हफ्ताको अन्त्य उसैको कोठामा बितायौँ ,शायद मेरा जीवनका स्वर्णिम पलहरु थिए ति जस्लाई मैले अझै मुटुका कुना काप्चामा साँचेर राखेको छु । हरेक रात उहि नशा ,उहि मादकता ,उहि प्राप्ति र उहि त्रिप्ति बोकेर गुज्रिए ! मेरो जीवनमा ति प्रत्येक रातमा उ एउटा नयाँ आयाम थप्दै गई ,उसको ओठ नयाँ स्वाद थप्दै गयो ,उसको अँगालो नया उष्णता थप्दै गयो ,अनि उसको सन्तुष्टि नै मेरो लक्ष बन्यो त्यति खेर । उ कहिल्यै पुरानि लागिन बरु अझ निखारिएकि ,अझ अभ्यस्त लागि ,अझ पारङ्गत लागि ! मानौँ उ मेरो लागि मात्र बनेकि हो ! उ मात्र पग्लिन जान्दछे मेरो आत्मा भिज्ने गरी ,मेरा दिनहरु कल्पनामा डुबाउने गरी ति रात हरु गुज्रन्थेँ ।"

"तैँले सिकाएर होला नि !" उसको वर्णन मैले सहन सकिन ,उसको रास लिला को कथाहरु सुन्नु मात्रै मेरो रातचर्या भए जस्तो , उसको अभिमान बिजय भएकै कथा रह्यो यो पनि मैले सोचे जस्तै ! आखिर के नयाँ छ यसमाँ ? केहि पनि त नयाँ छैन न शुरुवात न अन्त्य । ,उसले अचम्म मानेर मलाई हेर्यो मेरो मुहार पढ्न खोज्यो ,मेरो ब्यङ्ग्यको जरा पत्ता लगाउन खोज्यो ।

"संसार सबै तैँ जस्तै सन्तात्मा हरुले भरिएको भए कति सुखि हुन्थ्यो होला ! तँ हरेक कुरा आफ्नो ढंगबाट सहि गलत छुट्याउँछस् तर एउटा कुरा नबिर्सि , यो संसार मा साँचो झुटो हुन्न ,यो संसारमा केवल सत्य हुन्छ ,कुनै हामीले मान्ने हुन्छन् कुनै हामी मान्दैनौँ ,अनि हामीले नमान्ने सत्यलाई हामी झुटको मुकुण्डो लगाईदिन्छौँ ,स्वार्थको जसले त्यो शुषुप्त सत्य पनि आफसेआफ झुटो हुन्छ ।" उसले खुइय सुस्केरा काड्यो ।

"मलाई लाग्न थाल्यो म कल्पना माथि ठूलो अन्याय गर्दै छु ,मैले वास्तविकता बताउनु पर्छ ।"
"के ? यहि कि तैँले उसलाई प्रयोग गरेको थिइस् ?त्यो तैँले वास्तविकता बताएको होईन ,उ बाट छुटकारा पाउने बहाना खोजेको होस् । " म अनायसै चिच्याएँ ।अब के हामी कथा कस्तो थियो गर्नु हुन्थ्यो र हुन्न थियो को मात्र समिक्षा गरिरहेका थियौँ त ? यता उता हेरेँ , पसिना ले लतपत भइसकेको रहेछु त्यो बंकड भित्र । अनि आफ्नो पसिना पुछेँ ।
"तँ पहिला पुरा कथा त सुन्" उसले मेरो आवेश ठण्डा बनाउने प्रयास गर्यो ।अनि फेरि आफ्नो कथा सुनाउन तिर लाग्यो ।
"अनि सोचेँ यो माया हो ,जस्ले गर्दा मलाई लागिरहेको छ कि म कल्पना माथि अन्याय गर्दै छु । म उसलाई आजै बिहाको प्रस्ताव राख्नेछु !"

मलाई मेरो कानमाँ बिश्वास लागेन ,साँच्चै नै हर्के ले भनेजस्तै त्यो कथा पुरा भएको रहेनछ ,यो कथाको नयाँ मोड मेरो लागि पटक्कै पनि विश्वास योग्य थिएन ।हर्के ति रातका बिताएका पलहरुको लागि विवाह गर्ने सोचमाँ गयो । हरेक नारी सँगको अनुभुति फरक फरक हुने रहेछ आखिर क्रिया त्यहि हो अन्त्य त्यहि हो तर पनि मान्छेको मुटुमा फरक फरक असर छोड्ने रहेछ त्यसले । पक्कै पनि अलौकिक हुनुपर्छ कल्पना उसकि कल्पना मेरी नायिका जस्ले ढुंगामा मुटु जोडिछे त्यतिखेर ,उसले हर्केमाँ उमारेको मुल साँच्चै अचम्म थियो ,परिभाषा भन्दा बाहिरको थियो ।

"म सँधै को हफ्ता को अन्त्य झै त्यो हफ्ताको अन्त्य पनि बेलुका कल्पनाको कोठामा गएँ फटाफट ,उसका साथिहरु भोलिपल्टको छुट्टि मनाउन घर तिर लागि सकेका थिए सँधै जस्तै ! कोठा नितान्त एक्लो थियो ,अनि धमिलो प्रकाशमा उ मलाइ नै कुरेर बसिरहेकि थिई । म पुग्ने बित्तिकै उ झम्टिहाली हफ्ताभरिको प्रतिक्षा उसलाई सँधै धेरै भोको बनाउँथ्यो । उसले बोल्ने समेत मौका दिईन ,उ जे जे चाहन्थि बिस्तारै बिस्तारै म गर्दै गएँ ।
सुस्ताएको बेला मैले उसको नग्न शरिर माथिको फैलिएको लामो कपाल लाई खेलाउँदै उ सँग विवाहको प्रस्ताव राखेँ । उसले अचम्म मानेर मेरो अनुहार हेरी । अनि सोधि तिमीलाइ थाहा छ ओछ्यान ,आवश्यकता ,सम्बन्ध र भावना फरक फरक कुरा हुन भनेर ? मैले उसको गोल गोल घुमेको कुरा बुझिन । म विवाह को कुरा गर्दैछु ,मैले उसलाई थोरै अरु स्पष्ट गर्न खोजेँ । म पनि त्यहि नै कुरा गर्दैछु । हामी अहिले जे गर्दैछौँ त्यो मात्र साटासाट हो आवश्यकताको साटासाट , भावना अर्को कुरा हो सम्बन्ध अर्को कुरा हो जुन शायद म तिमीसित कल्पना पनि गर्न सक्दिन । त्यति खेर उ ढुङ्गा जस्तै भएर अनुहार मा भाव परिवर्तन सम्म नल्याई जवाफ दिईरहेकि थिई । एकछिन त म अवाक भएर उसका शब्दहरु सुनिरहेँ त्यस्तो कलिलो शरिरबाट निक्लेका त्यस्ता रुखा शब्दहरु कहालि लाग्दो म निस्सासिएर त्यति नै खेर त्यहिँ नै ढलौँला जस्तो । त्यतिन्जेल सम्मको मैले गरेका कुराहरु मै माथि फर्किए ,पहिलो चोटि मलाई कसैको अगाडि हात फैलाएको अनुभव भयो । एक छिन हामी बिच भनाभन भयो । परास्त भएको मैले सहन सकिन । आधारातमै उसको कोठा छोडेर म बाहिर निस्किएँ ।"

क्रमश:

आत्मा उज्यालो माग्दै थियो (भाग-७)

भाग-६ बाट अघि,

"के बिषयमाँ हो त कथा ?" लामो समय को मौनता पछि पनि उ अड्किरहेकोले मैले थोरै मेलो सार्ने प्रयास गरेँ ।
"भन्छु साथी भन्छु , तैँले गर्दा नै त हो मैले मुटुमा एक ढिक्का जमेको रगत लाई थोरै थोरै गर्दै पगाल्ने प्रयास गरेको !" उसले खूइय सुस्केरा काड्यो पारि बसेको मैले समेत सुन्ने गरी ! उसको सुस्केरा धेरै गाँठो परेका रहस्यहरुमा एउटा अर्को गाँठो थपेर गयो ।
"उसको र मेरो सम्बन्ध एउटा अनौठो बिन्दुमा आइपुग्यो जहाँ पहिले आओस् भन्ने म चाहन्थे र उ त्यो चाहना बाट अनभिग्य थिई तर त्यहाँ ल्याई पुर्याउनु अहिले उसको चाहना थियो र शायद अहिले त्यहाँ आइपुग्दा भने भने मेरो चाहना अष्पष्ट भइरहेको थियो मलाई !"
"के शब्दहरु घुमाईरहन्छस् ? प्रष्ट भन न !"उसको कुराहरुको जालो बुनाई मन परेन ।
"उसको परिक्छ्या सिध्धियो ,हाम्रो भेट छुटेको करिब एक हफ्ता भइसकेको थियो । मलाई उ सँग बिछोडका अन्तराल अन्तराल थाहा छन् । कुनै दिन थिएन जुन दिन मैले उसलाई सम्झिन । मेरो मोबाईलमा उसले फोन गरी ,त्यो दिन उ खुशि थिई असाध्यै खुशी ,आवाज बाटै प्रष्ट झल्किरहेको थियो ,उ मलाई भेट्न चाहन्थि , म भने घर जाने भनेर त्यस दिनदेखि सात दिन को छुट्टि लिइसकेको थिएँ । बल्ल बल्ल मिलेको छुट्टि भनेर मैले सम्झाएँ पनि तर उसले एक चोटि भेटेर जाउ न त भनेर जोड गरि ,करिब तिन बजेको हुनुपर्छ त्यो बेला !"
उ एकछिन अडियो ,मैले आकाश नियाले अघिको बन्दि चन्द्रमालाई बादलहरुले स्वतन्त्र बनाई छोडिसकेका रहेछन् ,चन्द्रमा आफ्नो स्वतन्त्रतामा मुस्कुराईरहेको थियो । किन मुस्कुराउँछ चन्द्रमा घडि दर घडि उसको आयु छोट्टिरहेको बेला ? शायद उ म्रित्यु मन पराउँछ ,वा अर्को जीवन को आश मरेको छैन ।
"उ र मेरो भेट भएपछि उसको कोठामा गएर खाजा खाने आग्रह गरी ,मैले घडि हेरेँ !" उसले मेरो सोच को बिचमा रोकिएको कथालाई निरन्तरता दियो ।
"उ थोरै ठुस्किए झैँ गरी ,मलाई लाग्यो उ म माथि आधिपत्य जनाउन चाहन्छे ,म बुज्थेँ उसका ईशारा हरुलाई उ मलाई तिम्रो समयमा थोरै मेरो पनि हक छ भनेर जनाउनलाई न रिसाएकि थिई ।"
"अनि ?"
"मैले हत्तपत्त घडिलाई बेवास्ता गरेँ अनि उसको कोठा तिर लागेँ । उसको कोठा उ जस्तै सामान्य तर चिटिक्क थियो । सबै कुरा ठिक ठीक ठाउँमा राखेको ,स्टोभ थियो कोठाको एउटा कुनामाँ । कालो नलागोस् भनेर भित्ता मा साप्ताहिक को कुनै सुन्दरि को अर्ध नग्न तस्बिर टाँसिराखेको ,तिनवटा खाट थिए ,तिनवटा साथिहरुका होलान् । एउटा टेबल र कुर्सि पढ्नलाई , उसले मलाई बस्ने इशारा गरी । अनि बोकेर लिएर आएको चाउचाउ पकाउन आफु स्टोभमा दम दिन थाली । स्टोभको ज्वालाले साप्ताहिक को त्यो अर्धनग्न तस्विरलाई अझ रापिलो बनाईरहेको थियो । "
"अनि उसका साथिहरु नि ? थिएनन् त्यो दिन ?" मैले उत्सुक हुँदै प्रश्न सोधेँ ।
उ हाँस्यो मुसुक्क ।
"मैले पनि उसलाई त्यति खेर त्यहि प्रश्न सोधेको थीएँ उ एक छिन मुस्कुराई मात्र रहि अनि धेरै बेर को मौनता पछि मात्र उ आज कोठामा एक्लै रहेको साथिहरु जाँच सिध्धिएकोले घर हिँडिसकेको बताई , उ मलाई एउटा कुरा बताईरहेकि थिई म मतलब अरु नै निकालिरहेको थिएँ । उसले बनाएको चाउचाउ पिरो थीयो ,मलाई पिरो स्वाद मन पर्छ , मैले स्वाद लिएर पसिना पसिना भएर पनि खाएँ । मैले फेरि घडि हेरेँ ,हुन त त्यति खेर सम्म मेरो पनि घर जाने रहर हराइसकेको थियो तर म यति मात्र चाहन्थेँ कि उ मलाई रोकोस् । अनि म खुशि खुशि रोकिउँ । आखीर मा मेरो चाहना पुरा भयो । म त्यो रात उसैको कोठामा बस्ने भएँ । करिब एक महिना को प्रयास मा मैले यो सफलता हाँसिल गरेँ ,थोरै झुठो लाग्यो मलाई मेरो सफलता त्यो दिन सम्म मैले जे गरेँ रहरले गरेँ तर त्यो दिन रहर र असमन्जस्यता को दोसाँध मा उभ्भिएर त्यो सम्बन्ध लाई नाम दिने वा नदिने निर्क्यौल गर्न खोजिरहेको थिएँ शायद । तँलाई म आडम्बरि लागुँला किनकि मेरो भित्रि मन तैँले बुझेको छस् र मैले सफलता झूठो लाग्यो भन्नु पानी माथिको ओभानो हुनु मात्रै हो भन्ने पनि मलाई थाहा छ तर ऊसैको कसम खाएर साँचो भन्छु त्यो दिन मलाई के भइराखेको थियो अझै सम्म मलाई थाहा छैन । "

मेरो ढुकढुकि बढे झैँ भयो ,शायद कथाको अन्त्य आउँदै थियो किनकि उसको बिजयध्वज म यहिँ बाट नियाल्न सक्थैँ अब । अब त्यो बिजय पश्चात त पक्कै पनि कथा थिएन होला ।

"मन भरि के के उकुसमुकुस भए झै भएपछि , म बाहिर निस्किएँ बरण्डामा निस्सासिने वातावरण बाट मुक्तिको लागि । रेडियो नेपाल को टावर ठिङ्ग्रिङ्ग ऊभिएर मेरै पहरेदारि गरिरहेझै लाग्यो । म फेरि भित्र छिरेँ । भित्र छिर्दा उसले लुगा फेरेर खाना बनाउने तैयारि गर्दै रहिछे ।पहिलो चोटि जस्तो देखेको थिएँ ठ्याक्कै उस्ति नै देखिइ ,पहिरन पनि खासै फरक थिएन । उहि सेतो पातलो टि-शर्ट , भि गला भएको , तल भने हाफ पायन्ट लगाएकि थिई । म उसलाई नियालिरहेँ । के हेरेको , अचानक उसले प्रश्न गरि ।सबै केटिहरुको यो प्रश्न मलाई अचम्मको लाग्छ हेरोस भन्ने चाहन्छन् अणि हेरिराख्यो अचानक के हेरेको भनेर प्रश्न आउँछ । त्यति राम्रि देखिन्छ्यौ हेर्न मात्र मन लाग्छ मैले उत्तर फर्काएँ । उ फेरि खाना बनाउनमैँ ब्यस्त भइ । मलाई त्यो उसले खाना बनाउने समय एक दम नै लामो लाग्यो । छेवैमा म्यागजिन रहेछ त्यहि पढ्न थालेँ ।"

म चुपचाप उसको कथा सुनिरहेँ । अलग्गै संसारमा डोरिँदै गएँ ।
"उसले बनाएको खाना मैले मिठो मानेर खाएँ । खाना खाइसकेपछि करिब आधा घण्टा हामी गफ मैँ अलमलियौँ ,कलेजका साथिहरुका दुइचारवटा फोटो देखाई जस्मा मलाई खासै मतलब थिएन । उ धेरै नजिकै थिइ फोटाहरु चिनाउने बेला उसको कपाल मेरो छातिमा खसिरहेको थियो ।अनौठो आकर्षण हुन्छ जुन झरेका कपालको स्पर्श ले दिने गर्छ । मेले झ्वाट्ट उसलाई पक्डेँ , म निष्फिक्रि थिएँ उ बाट प्रतिवाद आउँदैन भनेर । उ लल्याकलुलुक भइ मेरो पक्डाईमाँ ,आँखा समर्पण देखाए जस्तो गरेर झुकाई ,त्यो रात उ पल प्रत्येक पल त्रिप्त हुँदै गई ,सम्पुर्णता पाउँदै गई ,शायद म एउटा माध्यम बनेँ उसले सम्पुर्णता प्राप्त गर्ने । उ कुमारि थिई वा थिइन त्यो मलाई थाहा छैन तर उ त्यो रात पछि कुमारि रहिन । "

क्रमश:

आत्मा उज्यालो माग्दै थियो(भाग-६)

भाग-५ बाट अघि,

"अनि के भनी त कल्पनाले ?" मैले उत्सुकता का साथ उसलाई सोधेँ ।
"त्यसको पनि समय आउनेछ भनी ।" उ मुस्कुरायो ,गम्भिर देखियो उ यसपालि सँधै भन्दा । मलाई थाहा छ उसको यो घटना अरु केटी हरु सँगको घटना भन्दा भिन्न छ ।किनकि आजको उसको बोलि नै भीन्न छ गहिरो ,गढेको जति जति उ कथा मा डुब्दै थियो त्यति त्यति म उसको आयाम को खोजिमा थिएँ ।

"तैँले के मतलब निकालिस त ?" मैले पछाडि पट्टिको पर्खाल मा अडेस लाग्दै सोधे । मलाई साँच्चै उसले निकालेका अर्थहरु अर्थपुर्ण र कुनै पारङ्गत ले केलाएका झैँ लाग्न थाल्यो ।एउटा पारङ्गत खेलाडिको खेल जस्लाई दुवै कुरा को हेक्का हुन्छ ,उसले चलेका चाल सफल भए के गर्ने र असफल भए के गर्ने भनेर । एक चोटि अनायासै सोचेँ म र उ अघि नै साथि भएका भए उसको सल्लाहले नै पनि मेरो माया बचाउन सक्थेँ होला म । तर फेरि लाग्यो उ त मात्र झूट रोपिरहेछ ,माया त मैले गरेको पो हो त ? हार्ने हरुले बनाएको शब्द " साँचो माया " मलाई कहिले काहिँ आफू देखि अचाक्लि हाँस उठ्छ ,ऐनामा आफ्नो अनुहार हेरेर आफ्नो हार सम्झीन्छु अनि धित मरुन्जेल हाँस्छु ,कहिले काहिँ आँशु झर्न खोज्छ हाँस्दा तर आँशु रोकेर पनि फेरि अट्टहास गर्छु ।

"म ठीक ट्र्याकमा थिएँ ,किनकि उ यात्रामा म सँगै नै हिँडिरहेकी थिई ,मलाई अब उसलाई टाढा लान मात्र सक्नु पर्ने थियो समाज बाट ,नैतिकता बाट । थोरै बाटो त मैले हिँडाईसकेको थिएँ ,थोरै अझै डोर्याउन सके उ म सँगै टाढा टाढा पुग्ने निश्चित थियो ।"

"अनि ?" मेरा मनमा हजारौँ सोच हरु पौडिरहेका भए पनि मेरो मुखबाट यत्ति मात्र निस्कियो ।

"हामी दुईजना फिलिम हेर्न भनेर बाहिर निस्कियौँ हिँड्दै हिँड्दै ,उसले हाईवे नै हाइवे हिँड्दै जाउँ भनी ,त्यो बाटो सुनसान हुन्छ घरि घरि फाट्ट फुट्ट हिँड्ने धरान-हिले चल्ने माइक्रो र बसमात्रै हुन्छ त्यो बाटोमा ।सल्लाको सुकेको पातहरु ले चिप्लो भएको त्यो रोडमा मज्जा चाहिँ आउछ ।" उसले गाला कन्याउदै भन्यो ,मच्छडले टोकेछ क्यारे ।
"ति माथि कल्पना सँग ! मोज भयो होला है तँलाई ?"मैले प्रश्न राखेँ ।
"के को मोज नि ? मलाई लाग्यो खाना पाकेको छैन ,त्यति नै खेर हतार गरेको भए म काँचो मा पनि त पर्न सक्थे ।"
उ ङिच्च हाँस्यो ।उसले मेरो मोज को गलत अर्थ लगायो तर मैले प्रतिवाद गरिन । म चुपचाप उसका कुरा सुन्न थाले फेरि । आजको उसको कथा मलाई घर मा सानो हुँदाको कथा सम्झना दिलाइरहन्छ ,केटाकेटी हरु सबैजना गालामा हात राखेर चुपचाप सुनेर बस्ने । मेरो करिब करिब दुई चार चोटिको आङ्ग तन्याई बाहेक त्यस्तै त्यस्तै अवस्था थियो ।

"फीलिम हलमाँ अँध्यारोमा मैले उसको सिटमा हाथ राख्ने निहुँ ले काँधमा हात राख्न खोजेँ । प्रयास मा सफल पनि भएँ तर पहिलो चोटि जीवनमा मलाई यस्तो काममा डर लाग्यो शायद उ मलाई पवित्र लागि त्यतिखेर तेरो शब्दमा भन्नुपर्दा र थोरै आफुमाँ घ्रिणा पनि जाग्यो किन मेरो मन खालि एउटै मात्र कुरा सोच्छ भनेर ।तर फेरि लाग्यो यो बराबरि को नै सम्झौता हुनेछ , जति प्राप्त मैले गर्नेछु त्यति नै प्राप्त उसले पनि गर्नेछे होलि ,मेरो पुरुषत्व र उसको नारित्व नाप्ने कसि त एउटै नै हो नि आखिर । तर पनि डरले घरि घरि हात यता उता चलाईरहेँ ,उसको काँध भन्दा ज्यादा मेरो हात त्यो दिन बढ्न सकेन । हुन त उसले प्रतिवाद गरिन तर कसै कसै ले स्विकार गर्दा पनि डर लाग्छ ,उसले स्विकार गरेको पनि मलाई अनौठो लाग्यो । आखिर किन उसले प्रतिवाद गरिन ? के उसको र मेरो सम्बन्ध त्यो मोड सम्म आईसकेको छ त जस्मा उ मैले उठाउने हरेक कदम प्रति राजि हुनेछे ? हुन त म यस्तो कुराको लागि कमजोर हैन तर त्यो दिन मलाई अफ्ठ्यारो भयो उ तिर बढ्न । उ मलाई ढोका मै कुरेर बसे झैँ गर्दैथिई , मैले दोबाटो बाटै अर्को बाटो रोजेँ त्यो दिन । फिलिम सिध्धीए पछि पनि उ आलेटाले गरेँ झै गर्दै थिई म भने हतार हतार उसलाई डोर्याउँदै सल्लेरि तिर लागेँ ।"

मलाई उ अचानक सन्त झैँ लाग्यो अनि उसका कुराहरु प्रवचन झैँ । किनकि पहिलो चोटि लगभग लगभग केटीको स्विकारोक्ति हुँदा पनि आफुलाई उसको पवित्रता ले गलाएको कुरा गर्दै थियो हरेक मान्छे अवस्थाका बन्दि हुन्छन् ,जीवनका मोडहरुका कमारा हुन्छन् । अघि सम्म यो कथा उसको र मेरो हार जित को झैँ लागिरहेको थियो जस्मा उ ,म र मेरी अन्जान नायिका कल्पना थिई तर अब बिस्तारै उसको कथा विश्वत्व प्राप्त गर्दै थियो ।म उ र मेरो कथा भन्दा पनि उसको कथामा सम्पुर्ण जीवन जगतको शाष्वत सत्य देखीरहेको थिएँ । शायद यहि नै त्यो घटना थियो यहि नै त्यो कथा थियो जस्ले उसमाँ बुद्धत्व जन्माएको थियो ।अँध्यारोको साम्राज्यमा एउटा मैन रोपेको थियो ।होला त्यो दिपशिखाको आयु छोटो होला तर उसले आखिर लामो समय देखी प्रभूत्व मा रहेको पुरुषत्वलाई परास्त गरे झैँ लाग्यो मलाई । उ बग्दै गयो ।

"त्यस पछिको भेटहरु फेरि सामान्य भए ,शायद म आफ्नै स्वरुपमा आएँ उ आफ्नै स्वरुपमा आई ।" उ एक छिन चुप लाग्यो मानौँ उ आफ्ना शब्दहरु बाट मात्र होईन उ आफ्नो ह्दयलाई पनि बिस्राम दिन चाहन्थ्यो । मैले त्यसमाँ कुनै आपत्ति जनाईन उसलाई सुस्ताउन दिएँ ।

"त्यसबीचमाँ उसको परिक्छ्या आयो ,उसले दुई चार दिनलाई हाम्रो भेट पातलो बनाउँ भनि ,मैले पनि नाई भन्न सकिन ,शुरुवात देखी जहाँ सम्म मलाई लाग्छ म उसको शरिर बाहेक अरुकुराको पछाडि लागेको होइन ,न उसको परिवार ,न उसको परिक्छ्या ,न उसको आत्मा तर पनि उसका कुरा हरु नकार्न सक्दिनथेँ ,त्यो एउटा छ्यणीक अनुभुति जस्मा उसले मलाई आफ्नो शरिर दिनेछे , म उसलाई भोग्नेछु उ मलाई भोग्नेछु , म पनि खुशि उ पनि खुशी , त्यसपछि म आफ्नो बाटो लाग्नेछु , उ आफ्नो जानोस् यति नै त हो मैले सोचेको थिए ,तर किन मेरो सोच मा ढिलासुस्ति हुँदा खेरि मैले नकार्ने प्रयास सम्म गरिन यो चाहिँ अचम्म थियो ।"
"त्यो अचम्म हैन ,माया हो साथि , माया भोग चलन हैन नि त समर्पण हो बुझिस् ?" मैले बिचमा उसको बाक्य काटेँ ।
"कथा यो बिषयमा होइन कि माया के हो ,अथवा उसको र मेरो सम्बन्ध कहाँ सम्म गयो । कथा अलग्गै बिषयमा छ । " उ अचानक गम्भिर भयो ,म उसको गम्भिरता ले कथा कता लाने कुरा को सोचमा ब्यस्त भएँ ।

क्रमश:

ब्वाइफ्रेन्ड

-Manoj Ghimire

तिम्रो नाम के हो नानी ?

प्लस टु पछि कलेजको पहिलो दिनको पहिलो क्लासमै सरले यो प्रश्न गरेपछि सिता झसंग भइ, रिस पनि उठयो । हो, उमेर अनुसारको उसको जिउडाल छैन । संगैका ढ्याग्रे साथीहरुको कुम-कुम मात्रै छे ऊ ! घरमा त सानैदेखी नै हो, नानु भन्ने, अहिले पनि भन्छन । तर सानी भन्दैमा यो सरले पनि नानु भन्न मिल्छ ? रिसलाई मुठ्ठीभित्रै दबाएर उसले भनि, सिता !

सिताको बारेमा भन्नुपर्दा ऊ लगनशील र अनुशासित छात्रा हो । आफु पढेका कक्षामा उसले कहिल्यै दोस्रो हुनु परेन । उ चित्र बनाउन र कबिता लेख्न पनि मन पराउँछे । उसको एउटा बानि, राम्रो भन्ने कि नराम्रो, असाध्यै कम बोल्छे । त्यही हुनाले घरबाहिर उसका धेरै कम साथी छन् । तर जति छन्, उनीहरु सितालाई एकदमै माया र बिश्वास गर्छन ।

सितालाई श्रींगार पेटारमा कुनै रुची छैन । उ सोच्दछे, जो आफुलाई प्राकृतिक रुपमा कुरुप ठान्छन्, तिनीहरुले गर्ने हो, श्रिंगार ! क्रिम, पाउडर, नेलपलीस, ग्लस जस्ता कुराको उसले कहिल्यै प्रयोग गरिन, गर्न पनि आउदैन । लुगा पनि प्यान्ट, टिसर्ट वा सर्ट मात्र हो, रफ ड्रेशअप भन्छन् साथीहरु ।

यी सब कुराहरु उसले सोचेर वा योजना अनुसार गरेको होइन, ऊ त सानैदेखी यस्तै हो, सानैदेखीको बानी । उसले त आजसम्म यो पनि बिचार गरेकी छैन कि ऊ अरु केटीहरु भन्दा फरक छे र किन फरक छे !!

मेरो नाम रश्मि, तिम्रो ??

टिफीनको घन्टी लागेर कक्षाबाहिर निस्कदै गर्दा उसंगै बसेकी केटीले हात बढाउँदै सोधी ।

सिता !

ए, हो त हगी, अघी क्लासमा पनि भनेको, म त कस्तो हुस्सु !

सिता मुसुक्क मुस्काएजस्तो मात्र गरी ।

अनि तिमीले प्लस टु कहाँबाट गरेको ?

लर्ड बुद्ध

तिम्रो प्लस टु का कोही साथी आएनन् यो कलेजमा ?

अहँ

मेरा पनि छैनन्, उस्तै उस्तै परेछौ, अब हामी साथी ल !

फेरी हात बढाउँदै रशमीले भनि । सिताले पनि हात बढाइ । साथी हुने भनेर हात मिलाए पनि सितालाई लाग्यो, कस्ती बोलक्कड केटी, के साथी बनाउनु !!!

छुट्टी भएर घर जानेबेलामा पनि रश्मी सितासंगै निस्कि, गेटमा पुगेपछि सोधी,

तिमी कहाँ बस्छौ ?

शान्ती नगर !

ए ! ल रमाइलो भो !! हात पडकाउँदै रश्मीले भनि, म पनि बानेश्वर बस्छु, आउँदा जाँदा पनि साथी हुने भो !

सिताले फेरी मुसुक्क मुस्काएजस्तो मात्र गरी ।

तिमी किन यती कम बोल्छौ ?

माइक्रो चढने बित्तीकै रश्मीले फेरी सोधी ! सितालाई झर्को लाग्न थालीसकेको थियो, उसलाई भन्न त मन थियो, तँ चै किन यती धेरै बकबक गर्छेस ? तर फेरी मुस्काउँदै भनि,

खै !

म संग डर लाग्यो कि क्या हो, म केटा हैन त हौ?

फेरी हात पडकाउँदै रश्मीले भनि । सिताले मनमनै सोची, केटासंग किन डराउनु ? बाहिर चै फेरी पनि मुसुमुसु हाँसी ।

एकैछिन चुप लागेर रश्मी फेरी बोली,

तिम्रो ब्वाइफ्रेन्ड छ ?

सितालाई झनक्क रिस उठयो । के नचाहींदो कुरा गरेकी, कती बोलेकी यो केटी ! तर फेरी पनि रिस दबाएर मुन्टो हल्लाउँदै भनि

छैन !

हो, एकदम राम्रो, बनाउनु पनि हुँदैन ! सबै केटाहरु उस्तै हुन्छन, पहिला आकाशका तारा झारिदिन्छु भन्छन्, पछि परेपछि केही न केही !

सितालाई झर्को लागीसकेको थियो । सुन्नेलाई चाख छ कि छैन, कती बकबक गरेकी यो केटीले ! गाडी सातदोबाटो, ग्बार्को, बालकुमारी हुँदै कोटेश्वर पुगिसकेको थियो । कोटेश्वर चोक पुगेपछी रश्मी फेरी बोली,

हेरन, आफ्नो त परिहालो, परेपछी त माया लाग्दोरैछ । यहाँ भेटन बोलाको छ, म जान्छु ल, भोली कलेजमै भेटौ, बाई !!

सिताले पनि हात हल्लाइदिइ । जाँदै गर्दा गाडीमै सिताले सोची, रश्मीले किन लभ गरेकी हो ?? अर्को केटामा परनिर्भर भएर, उसले भनेको मानेर के खुसी पाउने हो उसले !!!

-------------------------------------------------------------------------------

एक हप्ता यस्तै प्रकारले बित्यो । रश्मी बोलेर कहिल्यै थाक्दिनथी । सितालाइ पनि बिस्तार-बिस्तार बानी पर्न थाल्यो, सोच्थी, जे जस्ती भएपनि यो रश्मीको मनमा पाप चै छैन है । ऊ रश्मीलाइनै कलेजको एकमात्र साथी मान्न थाली । उनीहरुको बोली पनि तिमीबाट अझ नजीक भएर तँ-तँ भैसकेको थियो ।

आज फिल्म हेर्न जौ ल, गुणमा, राम्रो फिल्म चलेको छ रे !

शुक्रबारको हाफ छुट्टी पछि गेटबाट निस्कँदै गर्दा रश्मीले सितालाई भनी !

नाइ, घरमा केही भनेको छैन, म त जान्न, तँ जा !

के तँ स्कुल पढने बच्चा होस् र जे कुरा पनि घरमा भन्नु पर्ने ? सोधे रश्मीकोमा थिएँ भन्दिनु, नभए अहिले नै फोन गरेर एकछीन रश्मीकोमा बस्छु भन्दे !

उपायका खजाना थिए रश्मीसंग, सिताले नाइ भन्न सकीन । घरमा फोन गरेर ढिलो हुन्छ, रश्मीसंग फिल्म हेर्न जान्छु भनि ।

टिकट काटन जौ न त !

रश्मी काउन्टरको सिंडी तलै उभिएको देखेर सिताले भनि ।

पर्दैन !

किन, तेरो हल हो र यो ?

त्यसै भने पनि हुन्छ, मैले यो हलमा फिल्म हेरेको पैसा तिर्नु पर्दैन !!

यसो भन्दा रश्मीको मुखमा कुटील मुस्कान थीयो । त्यत्तीकैमा माथी काउण्टरबाट एउटा केटो मुस्काउँदै तल झर्यो, रश्मी पनि मुस्काउँदै भनि,

उ, बिकास, मैले भन्थें नि के , मेरो साथी ! अनि बिकास, उ चै सिता, मेरो कलेजकी साथी !

हाइ, बिकासले मुस्काउँदै भन्यो ।

हाइ, सिताले रश्मीको ढाड चिमिटदै भनी !

ऐया, के गर्छे, ढिलो भैसक्यो होला, जौ भित्र !

सितालाई मन त थिएन, पहिल्यै सबै कुरा नभनेकोमा रश्मीसैग रिस पनि नउठेको हैन, तर फर्कने अवस्था थिएन, तानिएर दुबैको पछि लागी ।

फिल्म सुरु भएको केही छिनमै खासखुस हुन थाल्यो । अँध्यारोमा यसो फर्केर हेर्छे त, अहो !!! लाज पचेकाहरु ! उसलाइ यती रिस उठ्यो, तर सधैझै रिस दबाएर बसि । सकेसम्म त्यता नहेरी फिल्म हेर्न खोजी, तर आँखा उसको बसमा कहाँ !

कस्तो लाग्यो ?

निस्कँदै गर्दा रश्मीले सोधी ।

ठिकै !

सिताले बिस्तारै उत्तर दिइ, के थाहा र उसलाइ ??

---------------------------------------------------------------------------------

घर पुगेर सितालाई लाग्यो, आज केही भिन्न छ, केही परिबर्तित भएको छ । मनमा कुराहरु खेलिरहेको छन्, यस्ता कुरा जसमा उसलाई आजभन्दा अगाडी कुनै लगाब थिएन । हो, आजभन्दा अगाडी, आज त उसलाइ एकान्तमा बसेर के-के सोचीरहन मन लागेको छ ।

आजसम्म सिताको हेराइ सगोल थियो, केटा होस या केटी, उ सम्पुर्ण हेर्थी । तर आज उ टुक्रयाउदै छे । उ रश्मीको सुन्दरता केलाउँदै छे ।

उ सोच्छे- गोरो बर्ण, चौडा निधार, काला-काला बाटुला आँखा, सुलुक्क मिलेको नाक, पोक्चे-पोक्चे गाला, सुरीलो गर्धन ! रश्मीको अनुहारमा खोट लागाउने कुनै ठाउँनै रैनछ, कस्तो बिचार नगरेकी ! त्यसमाथी हाँस्दा गालामा पर्ने त्यो खोबिल्टो, झन् कती खुलेको । पाखुरा, बक्ष, कम्मर, नितम्ब, पिंडुला, कति मिलेका, कति राम्रा !

यस्तो सोच्दा-सोच्दै उसलाई आफैलाई केलाउन मन लाग्यो । ऐना हेरी । हानो चेहडा अनुसारको सानै अनुहार, चुच्चो नाक, मिलेका दाँत, फक्रेका ओठ, अनुहारमा त उसलाई आफु रश्मी भन्दा केही कम लागेन ।

सिता जुरुक्क उठी, कोठाको चुकुल लगाइ, अनि सम्पुर्ण निर्वश्त्र भएर आफुलाई ऐनामा हेर्न थाली । यि बक्ष, यो कम्मर, यो नितम्ब, यि तिघ्रा, पिडुंला । के कुरामा के कमी छ र उसमा । मनमनै सोची, आखिर को भन्दा के कम छु र म ??

-----------------------------------------------------------------------------

भोली कलेजमा सितालाइ कस्तो-कस्तो लागीरहयो । आफ्ना अगाडी आउने सबैलाई नियाल्थी, अंग-अंग केलाउँथी ।

रश्मी छिटो-छिटो पाइला चाल्दै आएको देखि सिताले, सोची आज पनि पक्कै केहि खबर बोकेर आएकि हुनुपर्छ यो । सारा संसारको सबै कुरा थाहा हुन्छ रश्मीलाई ।

थाहा पाइस् ? रिनाको पनि हाम्रो सिनियर दाईसंग परेछ नि ! अब त तँ मात्र बाँकी रहिस, यो क्लासमा !

सितालाई चसक्क भयो । के ले घोचेको ? किन घोचेको ?

रश्मी सधैझै एकोहोरो बोलिरही, सिता सधैझै चुपचाप सुनिरही ।

छुट्टीपछि घर फर्कने बेलामा गेटबाट निस्केपछि सिताले रश्मीको हात समाउँदै भनि,

रश्मी, एउटा कुरा भन्छु, नरिसा ल ! आज तँ एक्लै जा ल, मेरो अन्तै जाने काम छ

के काम ?

मलाई यस्तो कुरा गर्न मन लाग्दैन, अपठ्यारो लाग्छ, त्यसैले आजसम्म तँलाई पनि नभनेको । मेरो दरबारमार्ग जानुछ क्या, कसैलाई भेटन !

कसलाई ??

मेरो ब्वाइफ्रेन्ड !

यती भन्ने बित्तीकै सिता बाटो लागी । रश्मी एकछिन त हेरेको हेर्यै भइ, अक्क न बक्क । एकछिनमा हात उचाल्दै भनि,

ए, पख पख । सबै कुरा त बता !

भोली ! भन्दै सिता बाटैबाट बस स्टप तिर लागी ।
उसको हिंडाइमा आज बेग्लै तेज थीयो ।

आत्मा उज्यालो माग्दै थियो ।(भाग-५)

भाग-४ बाट अघि

म चुप भएँ ,अनि उ पनि । मेरा कहिल्यै खाटा बस्न नसक्ने घाउलाई पनि सेलाउने उसको यो निमेष भरको प्रयास होला ,सानो सानो कुराले धेरै महत्व राख्छ ,एकै छिनको मौनताले पनि उसले म प्रतिको ठूलो भावना दर्शायो ।
"अँ अनि ?" मैले नै आखिरमा क्रमभंग गरेँ ।
"कल्पना बुझिस त ? कल्पना गर् कल्पना मा देखिएका सुन्दरि हरु कति राम्रा हुन्छन् ,त्यो कल्पना पनि त्यस्तै थिई ।धेरै दिन देखि कल्पे जस्तो !"

कल्पना मा देखिएका सुन्दरि हरु मेरो कल्पना माँ उसको जस्तो बहुबचन छैन , मेरो कल्पना एउटैमा सन्तुष्ट छ ।

"यहाँ कसरि नि ? मैले अहिले सम्म देखेको थिएन यतातिर ! सामान्य गफ शुरु गर्ने मौका पाउने बित्तिकै मैले प्रश्न गरेँ ,मेरो प्रश्नमाँ औपचारिकता मात्र थियो फगत औपचारिकता ,कसैले कुराको शुरुवात मौसम बाट गर्छन् ,कसैले घटनाहरुबाट ,मेरो निम्ति उ आफै भन्दा राम्रो शुरुवात अरु थिएन । पढ्दैछु कलेजमाँ ,फर्स्ट यियर हो ,कहिल्यै कलेज तिर घुम्न सम्म आउनुभएको छैन होला अनी कसरि देख्नु त ? उसले आफु कलेज गएको धाक छाडी ।"

म हाँसे , सामान्यतय हामीलाई पढ्न नसकेका ,बलैको भरमाँ जागिर खाएका भन्ने जान्छ धेरैजसोलाई ,त्यो बिचरि कलिली केटीको के दोष ,भख्खर एस.एल.सि. दिएकि थिई होली त्यति खेर ,आर्मिको ड्रेसमाँ एउटा हरिलठ्ठक क्वारक्वार्ति हेर्दै जे पाए त्यहि सोधिरहेको थियो , डराई पनि होली बिचरि ! हर्केलाई त्यति भन्दिई त के धाक छाडेको भो ? हर्के आइ.ए. पढेको थियो , जुन उसको पदको लागि , मेरो पदको लागि चाहिने भन्दा पनि पर्याप्त थियो । त्यहि भएर थोरै बिचलित भएको होला उ । उ कथा लाई गुडाई नै रहेको थियो ।

"तर उसँग गफ गर्न सजिलो छ भन्ने मैले त्यति मात्रै बाट पनि पत्ता लगाएँ ,किन कि असाधारण रुप भएकि उसको कुरा गराई अन्य सामान्य केटीहरु जस्तै नै थियो । जस्ले गर्दा उ सँग मैले सम्बन्ध बढाउन नयाँ नयाँ बाटो पहिल्याउनु पर्छ जस्तो लागेन मलाई त्यति बेला !" उ एक छिन फेरि चुप लाग्यो यति भनेर ,बादल ले चन्द्रमा लाई ढाकेछ यति बेला ,दुईवटा बादलहरुको बिचमा चन्द्रमा निसास्सिए जस्तो थियो । कालो बादल हुनु पर्छ । हुन त रातको अँध्यारोमा बादल कालो हुनु र गोरो हुनु ले महत्व पनि राख्दैन । त्यो त उनको लागि मेरो सरुवा पुर्व हुनु अथवा पश्चिम हुनु जस्तै हो ,औचित्यहिन । रातको त्यो गुण मलाई मन पर्छ । मलाई लाग्छ रात सबै माथि समान ब्यवहार गर्छ , उ मात्र अन्धकार मा अरुका दोष लुकाउन जान्दछ समान रुपले ,चियो चर्चो त दिनलाई हुन्छ ।

"मैले पनि उत्तर फर्काईदिएँ ,तिमी जस्तो राम्रा केटीहरु देखिन्छन् त्यहाँ छन् भन्ने के थाहा ? थाहा पाएको भए किन आउँदिनथेँ र घुम्न भनेर । " हर्के हाँस्यो । यसपालि सँगसँगै म पनि हाँसे तेरो सुखमा म पनि सरिक भइरहेको छु भनेर देखाउने मौका पनि त थियो त्यो ।

"उ हाँसि ,मेरो गफ अझ सजिलो हुँदै गयो ,त्यहिँ छेवैमा बस्दिरहिछे ,चोर औँला ले आफु बस्ने घर पनि देखाई मैले नियालेर घर हेरेँ,अनि औँला पनि ,साई बाबाको फोटो भएको पहेँलो औँठी लगाएकि थिई आधा भाग खुइलिएर सेतो भइसकेको । रेडियो नेपाल बाट देब्रे तेस्रो घर ,मैले मनमनैँ दुई चोटि याद गरेँ । त्यस दिन पनि माइक्रो दुईजना बिचमाँ आयो ,हाम्रो बढिरहेको गफलाई निर्मोहि माइक्रोले कोशी राजमार्गको बिचैमा कुल्चेर गयो । उ म गएँ है भन्दै माइक्रोमाँ चढेर कलेज तिर लागि !"

हर्के यति भनेर खैनि माड्न थाल्यो ,खैनि खुब खान्छ उ अनि पिच्च पिच्च थुकिरहन्छ । शायद यसैले गर्दा होला हर्के का दाँतहरु पहेँला देखिएका , केटीको छेउमा त गम्भिर हुन्छ होला नहाँसि ,जति कम्ति दाँत देखियो उत्ति नै उसको लागि फाईदा होला ।


"त्यसपछि तेरो भेट कहिले भयो त कल्पना सँग ? कि यत्ति नै हो तेरो कथा !" म थोरै ब्यग्र भएँ । किनकि उ कथा लम्ब्याईरहेको थियो ,उसले तसरि कथा ब्याख्या गरिरहेको थियो कि त्यो कथा त्यहि अध्यारो मा झलझल्ति देखे झैँ भइरहेको थियो मलाई । कल्पना को त अनुहार नै बनिसकेको थियो मेरो आँखामा पक्कै पनि हर्के ले भेटेका अरु केटीहरु भन्दा यो प्रिथक थिई ।

"कस्तो कुरा गर्छ यो , यति मात्रै भएको भए मैले के खान तँलाई सुनाउने कल्पनाको बारेमाँ ? कहिले भेट भयो भन्नाले ? त्यसपछि त सँधै हुनथाल्यो नि उसको बाटो त्यहि मेरो ढुकाई त्यहि ,समय थाहा नै थियो , दुई चार भेट पछि त उ पनि परैबाट हाँस्न थाली म पनि उ आउँछे भनेर पर्खिन थालेँ । मलाई उ बसेको दिन माइक्रो नै नआइदिए हुन्थ्यो जस्तो लाग्थ्यो ,बोलक्कड स्वभाव कि बोलिरहने ,धेरै जसो केटीहरु जस्तै नै , जो सँग समय बितेको पत्तै हुँदैन । उ कहिले आफ्नो घरको ,कहिले कलेजको कुरा गर्थि । घर सिधुवा रहेछ ,त्यहाँ बाट करिब ३० कि.मि. उत्तर । कलेजकै लागि मात्र डेरा लिएर तिनजना केटिहरु बसेका रहेछन् त्यो घरमाँ । तर मलाई न उसको घर सँग मतलब थियो न कलेजसँग । मलाई त मात्र उ सँग मतलब थियो । "

मैले धेरै बेर सम्म उसका कुराहरुको मतलब खेलाउन खोजेँ ।किनकि उसको मतलब ले नै कथाको अन्त्य निश्चित गर्ने थियो । कथा कता तिर जाँदैछ भन्ने दिशा देखाउने थियो ।हुन त यो कथा पक्कै पनि उसको हिसाबले सफल थियो र त उ मलाई सुनाइरहेको थियो तर पनि मलाई भित्र भित्रै कल्पना उसकि नहोस भन्ने चाहना थियो ! तिन घण्टा अघि सम्म मैले उसलाई चिनेको पनि थिइन अब म उसको भलो चाहने भएको थिएँ ,किन थाहा छैन तर कल्पना हर्के कि भएको कथाको अन्त्य स्विकार्न मलाई अफ्ठ्यारो हुँदैथियो । म हार्छु भन्ने थाहा भएको युद्द लड्न युद्दरत थिएँ । तर उ मलाई हराउँदै गयो ।

"दिनहरु रमाईला हुन थाले उसको सम्झना मा मेरो , कि उसलाई हेर्ने कि घडि हेर्ने यति मात्र काम हुँदै थियो । एक दिन मैले उसलाई सिनेमा हेर्न जाने प्रस्ताव राखेँ ।त्यो शुक्रबारको दिन थियो ,मैले क्याम्प बाट ६ घण्टाको बिदा मिलाएको थिएँ । उसको कलेज लाग्ने दिन मैले जानी जानी उसलाई त्यो प्रस्ताव राखेँ । हुन त म उसलाई शनिबार नै सिनेमा हेर्न जाउँ भन्न पनि सक्थेँ तर त्यसले उसको र मेरो सम्बन्ध को गहिराहि थाहा हुँदैन थियो । सम्बन्ध त्यतिखेर गाढा हुन्छ जत्तिखेर अरुको लागि गलत काम गरेको पनि थाहा हुन्न । उ प्रस्ताव सुनेर मौन रहि अनि म कपि किताब राखेर आउँछु नि त भनेर आफ्नो कोठा तिर लागी । तिमी आफ्नो कोठा तिर लान्नौँ भनेर मैले जिस्क्याएँ पनि !"

"अनि के भनी त कल्पनाले ?" मैले उत्सुकता का साथ उसलाई सोधेँ ।
"त्यसको पनि समय आउनेछ भनी ।" उ मुस्कुरायो ,गम्भिर देखियो उ यसपालि सँधै भन्दा । मलाई थाहा छ उसको यो घटना अरु केटी हरु सँगको घटना भन्दा भिन्न छ ।किनकि आजको उसको बोलि नै भीन्न छ गहिरो ,गढेको जति जति उ कथा मा डुब्दै थियो त्यति त्यति म उसको आयाम को खोजिमा थिएँ ।




क्रमश:

आत्मा उज्यालो माग्दै थियो ।(भाग-४)

भाग-३ बाट अघि-
"मेरो अनुमान सहि निस्कियो ,उ भोलि पल्ट पनि त्यहि समयमाँ त्यहिँ नै निक्लि ।"हर्के एक छिन चुप लाग्यो शायद बोल्दा बोल्दै गलेछ क्यारे,हुन त उ बोलेर गल्ने मान्छे होइन तर पनि उ सुस्तायो एकै छिन , अनि घडि हेर्यो , करिब डेढ बजेको थियो ।यस्को मतलब हामीले करिब अझै दुई घण्टा भन्दा बढी सँगै बिताउनु पर्ने छ भन्ने थियो । तिर्खा लागेछ तल राखेको भाँडा मा पानी खोज्यो । उसको भाँडोको पानी सिध्धिएको रहेछ ।

"ओई ,पानीको भाँडो फ्याल त यता !" उसले मेरो टुमलेट तिर ईशारा गर्यो ।
"अघि खान्न भनेको होइनस् ? " मैले उ माथी रिस पोखेँ ।अघिका एक दुइ वटा मलाई बिझेका वाक्यहरुको प्रतिशोध भनौँ ।साँच्चै न म सामान्य मान्छे भन्दा भिन्न छैन ।

"कस्तो किचकिचे भएको ,तिर्खा अहिले लाग्दैछ ,म अघि नै पानी किन पिउँ ?"उसका कुरा हरु पनि जायज थिए । मैले टुमलेटको बिर्को कसेर उ तिर हुत्याईदिएँ ,दाहिने हात लम्काएर उसले हावामैँ त्यो टुमलेट समात्यो । त्यसमा मलाई धेरै आनाकानी गर्न मन लागेन ।किनकी त्यो बिना अर्थको हुने थियो ।एकै सासमा मेरो टुमलेट पनि रित्तो बनायो अनि फेरि शुरु भो ।

"बुझिस् ,उ भोलि पल्ट पनि त्यहि समयमैँ निक्लि। " उसले पहिले भनेकै कुरा दोहोर्याएर भन्यो । हुनसक्छ उसले त्यो कुरालाई प्राथमिकता दिन चाहन्थ्यो अथवा भनौँ उसको अनुमान सहि भएको गर्व ।

"अघि सुनिसकेँ ।" मैले फेरि आङ्ग तानेँ ।
"त्यो दिन मेरो ड्युटि रातिको थियो शायद ,अथवा भनौँ म दिउँसो फ्री थिएँ ,म उसलाई नै कुरेर चौतारिमैँ बसिरहेको थिएँ ।उ उकालो चढी अनि सामान्यरुपमाँ चौतारिमैँ बसि ,मैले उसलाई परै बाट देखेँ म त उ हिजो जतातिर बाट आएकी थिई त्यतै नै मुख फर्काएर बसेँको थिएँ । म उसलाई हेरेर हाँस्न खोजेँ तर उसले वास्ता नगरी मुण्टो बटारी ।" उ रोकियो फेरि थोरै बेर ।

"भनेपछि उसले तँलाई मतलबै गरिन ? कसरि त्यस्तो भयो यार ?" मैले उसलाई फेरि ब्यङ्ग्य गरेँ । हुन त म उ सँग पर्तिष्पर्धा गर्न चाहन्न ,तर पनि मलाई उ त्यसपल्ट पराजित भएको उसकै मुख बाट सुन्दा रमाईलो लाग्यो । किनकी त्यो उसको मात्र होईन उसको अहं को हार थियो त्यति बेलाको ।थोरै त उसको भनाईको पुरुषार्थ डगमगाएको थियो होला त्यति बेलाको !
"त्यो सामान्य कुरा हो साथी , पहिलो भेट मैँ धेरै मतलब गर्ने केटी हरु चाहिँ असामान्य हुन्छन् । यो मेरो अनुभव हो ख्याल राखेस् ।" उ अनि उसका अर्तिहरु ! उ हारेको रहेनछ मैले उसको अनुहारबाटै पत्ता लगाएँ ।थोरै खिन्न पनि भएँ ।

"अनि ?"मैले उसको रोकिएको कथालाई घचेड्ने प्रयास गरेँ ।
"आज पानीमा भिज्ने होइन ?मैले उसलाई प्रश्न राखेँ ,उ फगत मुस्काई यसपाली मलाई हेरेर ,लाख रुपियाँको मुस्कान त्यत्ति नै खेर उ सँग बिहे गरिदिउँ जस्तो !तिर जस्तो नजर घोच्ने खाले ! सरि मैले तँपाई लाई बिर्सेछु ,हिजो त भेट भएको हाम्रो है ?उसले स्वाङ्ग पारी ,म ठोकेर भन्न सक्छु उसले त्यो भेट बिर्सेकी थिइन ,जब मैले उसलाई बिर्सेको छैन ,उसका प्रत्येक कुरा हरु छापिएका थीए मेरो मनमाँ शिलालेख जस्तो भने उ मलाई कसरी बिर्सन सक्छे ?"

"हुन सक्छ तेरो नजरमाँ उ असाधारण थी तर उसको नजरमाँ तँ साधारण ,मान्छे दिनभरिमाँ कति मान्छेको अनुहार देख्छ सबै याद हुनुपर्छ भन्ने त छैन नी ?" मैले तर्क गरेँ । उसले थोरै नाक खुम्च्यायो ।

"हुन सक्छ तर त्यो पनि अनुमान को कुरा हो हेर ,यदि तँ आफ्नो सहजताको लागि अनुमान लाउँछस् ,आफ्नै पक्छ्यमा भएर सोच्छस् भनेँ तेरो आत्मबल बढ्दै जान्छ ,तँ आफु बिफल हुने तिर सोच्छस भने त तँ आफ्नै बिरुद्धमा लडिरहेको छस् नि , तँ त्यत्तिकै बिफल भइहालिस नि होइन र ?" उसले मेरो प्रश्न मै तिर फ्याँक्यो ,म फेरि आफुलाई नियाल्न बिवश भएँ ,के उसले मलाई स्विकारिन त्यो मेरो कमजोरि थियो ?मेरो अन्तर्हिनता थियो त ? मैले आफुलाई चिन्न नसकेर उसका सामु प्रस्तुत हुने सहि बाटो नरोजेको हुँ त ! जे सुकै होस् आन्तिम सत्य त उ म सँग छैन भन्ने न हो ।र शायद त्यो मात्र एउटा सत्य हो उसको र मेरो सम्बन्धमाँ बाँकि रहेको !
"कता हराईस ?"उसले मलाई फेरि म बाट बाहिर निकाल्यो । मैले उसको कथा सुनिदिनै पर्ने थियो किन कि म त उसलाई मेरो कथा सुनाउँने अवस्थामा थिइन ,म त मात्र सुन्न सक्थेँ ,नियाल्न सक्थेँ ,चियाउन सक्थेँ ।

"कहिँ होइन ,भन न म सुनिरहेको छु ।"मैले औपचारिकता निभाएँ ।

"त्यस्तै हो कसैलाई एक भेट काफि हुन्छ जादु गर्न ,कसैलाई धेरै भेटहरु चाहिन्छन् मात्र परिचय गर्न । मैले उसको तारिफ माँ पहिलो तिर फ्याँके यहि वाक्यको रुपमाँ । केटीहरुको सबैभन्दा ठूलो कमजोरि थाहा छ ? म भन्छु ध्यान दिएर सुन् , तारिफ का भोका हुन्छन् अनि बिश्वास आफुमा त झन हुँदै हुन्न , रतिभर पनि हुन्न ,यति भोका हुन्छन् कि साँचो झुटो खुट्याउन सम्म सक्दैनन् । तँ एउटा असाध्यै नराम्री केटीलाई तिमी असाध्यै राम्रि छौ ,परि जत्तिकै भन् ,अथवा यो कपडा राम्रो छ तिमीलाई सुहाउँछ भनेर तारिफ गरिदे , उसले यो झुठो हो भन्ने बुझ्दिन उ मस्किन्छे अवश्य मस्किन्छे र त्यसको ठिक बिपरित कुरा पनि त्यत्ति नै लागु हुन्छ । कुनै राम्रि केटीलाई तँ सारै नराम्रि छेस् भनेर भनिदे उसलाई बिश्वास हुन्न होइन म त राम्रो पो छु त भनेर ,उसले ऐना अवश्य हेर्छे के म नराम्रि छु भनेर ,र त्यसैको फाईदा हामी उठाउँछौँ । " उ फेरि बिजयी हाँसो हाँस्यो , अनि फेरि शुरु भयो ।

"झन त्यो त साँचो तारिफ थियो ,ए मेरो नाम कल्पना उसले हाँस्दै भनी । उसको नाम पत्ता लाग्यो मेरा त्यत्ति शब्दले ! मेरो तिर सहि ठाउँमा लाग्यो । "

कहिलेकाहिँ लाग्छ उ सहि छ , आखिर चाहेको तर नपाएको कुरामा चित्त बुझाउनु भन्दा त पाएको तर नचाहेको कुराको फाईदा उठाउनु ठिक हो नि , तर फेरि किन किन उसको मुस्कान सामु आउँछ ,उसका याद हरुले मेरो पाइला जकडेर रोके जस्तो लाग्छ ,अनि म आफ्नो एक्लो दुनियाँ मा फेरि फर्कन्छु जहाँ केवल म र उसका यादहरु छन् ।

"तँ फेरि हराइस् ,त्यहि पर्सवालि त सम्झेर बसेको होलास् नि ,हेर हेर त्यसैको अनुहार हेर धित मरुन्जेल !"

"के गर्ने यार केहि केहि कुरामा धित मर्दैन रहेछ ,तँ आफ्नो कथा सुना न म सुनिरहेको छु ।" मैले बिवश हुँदै भनेँ ।

क्रमश:

आत्मा उज्यालो माँग्दै थियो(भाग-३)

भाग-२ बाट अघि।।।।।।

"त्यहाँ पुगे पछि मलाइ उसको रुपले यस्तरि तानि कि म उसलाई सघाउन धारा बन्द गर्न गएको भनेरै बिर्सेँ ।"
"तँ त्यहा सघाउन पो गएको थिइस् ?" मैले ब्यङ्ग्य गरेँ । हर्के फेरि खिस्स हाँस्यो ।रमाइलो लाग्छ मोरोको हाँसो मलाई ! चन्द्रमा को प्रकाशमा उसको अनुहार हो कि हो कि जस्तो मात्र देखीएकोले मैले टर्च बालेर उसको अनुहार हेरेँ ,उसको खिस्स हाँसेको अनुहार ।
"के गर्छ यो ?"एक्कासि आँखामा प्रकाश परेकाले थोरै रिसाएँ झै गर्यो ।हुन त उसको आँखा दुख्ने गरी त मैले गरेको थीइन तै पनि उ थोरै झर्कियो ।
"केहि होइन !"मैले टर्च निभाएँ ,टर्च बाल्दिराख्नु उसको सलल बगिराखेको कथा रोक्नु झैँ हुन्थ्यो ,किन कि मान्छे रातमा ,अँध्यारोमा जति खूल्छ त्यति प्रकाशमा खुल्न सक्दैन मेरो बुझाईमाँ ,प्रकाश उद्विग्न हुन्छ जस्ले सपनाको जग पखालेर लान्छ त्यहि भएर सपना जहिल्यै रातमाँ देखिन्छ । भावनाको आँगन ,कल्पनाको बँगैचा जहिल्यै अँध्यारोमा गोडमेल हुन्छ ।
"साँच्चै बिर्सिस त ?"
"मैले जे देखेँ उसमाँ म बर्णन गर्न सक्दिन !"
"थोरै त अघि नै बर्णन गरिसकिस् त ! ।टि-शर्ट भित्रका आक्रिति हरु पनि धमिलो धमिलो गरि देखिन थालिसकेका रहेछन्। "म हाँस्न थालेँ जोड जोडले !रातको निस्तब्धतामा हामी दुइ आपसमैँ मस्त थियौँ ।
"त्यति मात्रै कहाँ थियो र ?परि थि परि बुझीस् ! रातो ओठ ,लिपस्टिक नलाए नै पनि लगाएझैँ देखिने ,गोरो अनुहार कपाल लामो कम्मर मा ठोक्किरहेको !"
"भनेपछि तैँले त्यत्ति नै खेर अनुहार देखि कम्मर सम्म हेर्न भ्याईस् चाँडो छस् तँ , अनि?"मैले उसकी उर्वशि ,मेनका को बर्णन बिचमा काट्दै सोधेँ ।
"उसले मसँग सहायता माँगेपछि मात्र म धरातलमाँ आएँ ,मैले धारा बन्द गरिँदे ।उ मुसुक्क मुस्काई !"
"तँ त मख्ख परिस होला है !"
"हर्के मुस्कानले मात्र मख्ख पर्ने भए त तँ र म मा के फरक छ र ? हर्के त मर्द हो मर्द ,उसको खुशि तराजुमा जोख्नु हो भने धेरै भारी हुन्छ बुझीस् ?कसैको फोटो हेरेर ,कसैलाई सम्झेर मन बुझाउन हर्केलाई आउँदैन । "उसले आफ्नो पुरुषार्थ पोख्यो ।किन मानिस सँधै वासना लाई आत्मसम्मान सँग जोड्दछन् ? अनि एक भन्दा धेर जना सँगको सम्बन्धलाई पुरुषार्थ सँग । के महिला सँधै ओछ्यान कै लागि मात्र हुन्छे ?के मेरो पर्स भित्रको कथा बिफल नै भए पनि प्रेम कथा होइन ?यहिँ आएर मेरो सत्य हर्केको सत्य सँग बाझीने गर्छ ।
"म पनि नामर्द होइन ।"मैले बिस्तारै भनेँ ,सानो आवाजमाँ ! मानौँ म मात्र मलाई बिश्वास दिलाउन चाहन्थेँ ।
"होइनस तँ पनि होइनस् !" उसले आफ्नो गल्ति सुधार्ने प्रयास गर्यो ।रुख का पातहरु बिचबाट उज्यालो चन्द्रमा हामी दुवैलाई नियाल्दै थियो ।सुकेका पात हरु खस्थे घरि घरि खस्रयाक खुस्रुक आवाज बडो रमाईलो आउँथ्यो हामीले कहिले काहिँ थोरै पाइला चलाउँदा पनि ।
"थ्यांक यु भनेर उसले चौतारोमा राखेका किताबहरु टिपी , अनि माइक्रो मा चडेर बाटो लागि ,पछाडि बाट समेत उसको रुपमा कुनै परिवर्तन देखीदैन थ्यो ।" छिचरो हाँसो हाँस्यो हर्के ।
"भनेपछि तेरो पहिलो भेट त्यत्ति मैँ सिध्धियो ?" मैले त्यो भेटको संक्छेप जान्न चाहेँ ।
"त्यत्तिनै हो शुरुको भेट त ,तर धेरै कुरा अनुमान को भरमाँ चल्नुपर्छ बुझिस ,जब केटिको कुरा आउँछ ।अनुमान सहि चाल सफल ,अनुमान गलत चाल असफल !"
"ए।।।।।।।।।।।" लाटोले जस्तो त्यत्ति मात्र भन्न सकेँ म ।एकछिन आफ्ना हराएका शब्दहरु यता उता खोजे जस्तो गरेर अडिएँ ।थोरै आफ्नो धरातल नापेँ ,गहिराईमा डुब्न खोजे आफुलाई खोज्ने प्रक्रियामा ! मात्र यति रहेछ सत्यता मैले लगाएको अनुमान सहि थिएन रहेछ मैले निर्क्योल निकाल्न खोजेँ ।वा मैले मायालाई चालको रुपमाँ लिईन ,मैले त बिशुद्द माया गरेँ ,मात्र माया ,अनुमान रहित ,चाल रहित त्यहि भएर शायद म असफल भएँ मायाको मामलामा भन्दा पनि प्राप्ति को मामलामा ।माया त गर्नु थियो मैले गरेकै थिएँ ,सफलता असफलता त प्राप्ति मा न आउने हो ।
"के के अनुमान लगाइस त ?"हुन त उसका अनुमानहरुले मलाई प्रतक्छ्य रुपमा फाईदा पुर्याउनेछैनन् कहिल्यै तर पनि मैले सोधेँ ।
"पहिलो त उ कलेजकि केटी हुनुपर्छ भन्ने अनुमान लगाएँ ,कपि मात्र बोकेकि थिई उसले ,त्यो अनुमान ले मेरो खोज धेरै सजिलो बनायो ,दोस्रो त मलाई उसलाई खोज्न जानुपर्छ झैँ लागेन ,उ फेरि आउनेछे त्यहि चौतारिमा किनकि उ कलेज जान त्यहाँ बाट चढेकि होला भनेपछि त उ त्यतै कतै छेउछाउमै बस्छे होला ,यसले गर्दा मेरो तेस्रो अनुमानको पनि ढोका खुल्यो मैले त्यतिन्जेल सम्म उसलाई देखेको थिईन ,उ पक्कै धनकुटा मा नयाँ हुनुपर्छ ।"
उसले शरलक होम्सले झैँ एक एक गरेर रहस्यका पर्दा च्याते झैँ गरेर बिजयी स्वरमाँ भन्यो ।
क्रमश:

आत्मा उज्यालो माग्दै थियो (भाग-२)

भाग -१ बाट अघि
"हो धनकुटा ,दुई बर्ष अघी !"
मेरो उत्तर थाहा भएको प्रश्न सोधाईले राम्रै काम गर्यो ।
"अघि बढ न त !"
"मेरो त्यहाँ पनि हफ्ताको दुई दिन ड्युटि गेट मा नै थियो ।मलाई ति दुई दिन एक दम रमाइलो लाग्थ्यो ,यहाँको जस्तो अलि कोल्टे पर्ने खालको छैन ,बजारमैँ नभएपनि मान्छेको घुइँचो भइरहन्छ त्यो बाटोमाँ ।"
"सिधै केटीहरु धेरै हिँड्छन् त्यो बाटोमाँ भन् न ,के कुरालाई यता उता घुमाईरहन्छस् ?"मैले उ माथी ठाडो प्रहार गरेँ ।उसका कुराहरुको आशय त्यहि नै थियो । उ हाँस्यो ,मैले उसलाई चिनेको छु ।
"त्यहाँ चौतारो पनि छ ,अनि छेवैमा बिराट धारा पनि ,तँ गाको छस् ?"
"छैन यार मेरो धनकुटा पोस्टिङ्ग भएको छैन अहिलेसम्म !" अहिले भने महेन्द्र राजमार्ग सुनसान थियो ,जङ्गल छेवैमा भएर होला अनौठो अनौठो ध्वनिहरु आइरहन्छन् यहाँ रातै भरि ,किराहरु कराएका ।
"बिराट धारा त्यहिँ कुनै आर्मि मरेको थियो माओवादि सँगको भिँडन्तमाँ त्यसैको नाम मा बनाएको धारो हो ।" उसको कथा भनाई अरु दिनको भन्दा प्रिथक थियो आज साना साना कुराहरु केलाईदिएर मलाई सोच्न माँ सजिलो होस पर्दा बनेर ति चित्रहरु कुदुन् भन्ने चाहन्थ्यो उ शायद नत्र एउटा सानो धाराको के महत्व ?
"तैले एउटा केटीको कथा सुनाउँछु भनेको होइन ?कथा केटीको हो कि धाराको ?"मैले अधैर्य हुँदै भनेँ ।गर्मिले असिनपसिन भएका रहेछौँ हामी । छेवै राखेको टुमलेटको पानी निकालेर पिएँ ।उसलाई टुमलेट देखाएँ , उसले खान्न भनेर टाउको हल्लायो अनि फेरि शुरु भयो ।
"पहिलो भेट महत्वपुर्ण हुन्छ साथी ,पहिलो नजर जुधेको समय महत्वपुर्ण हुन्छ ,स्थान महत्वपुर्ण हुन्छ ,त्यो कुरा त मैले तँलाई भन्नु नपर्ने ।" थोरै गम्भिर भयो उ ।किन थाहा छैन ,मैले उसलाई धेरै जसो गम्भिर देखेको छैन ।त्यहि आफु भन्दा सिनियर छेउछाउ मा भएको बेला मर्यादा पालन गर्ने मात्र हो उ ।नत्र त छिचरो ,उरण्ठेउलो छ उ ।
"भनेपछि तैले उसलाई त्यहि बिराट धारो मा भेटिस् ?"
"तँ मात्र कथा सुन्दै जा न ! भन्ने काम त मेरो हो नि!"
"ठिकै छ ,भन न त "मैले आङ्ग तन्काउँदै भनेँ ,बङ्कर मा जिउ कुँजिए जस्तै हुन्छ ,उभिरहनु पर्छ ,तर सबै कुरा बानी हो ,अनि अपरिहार्यता हो जब बिकल्प छैन भन्ने थाहा लाग्छ त्यतिखेर नराम्रा कुरा लाई पनि राम्रो मान्नु पर्छ ।
"एकदिन म पोष्टिङ्ग मैँ थिएँ ,छेवैका साथिहरु तँ जस्तो गफ सुनेर बसिरहने थिएनन् । एकाएक मेरो नजर को सिमा भीत्र एउटि केटी देखीइ ,चिटिक्क परेकी , गुडिया जस्ति ! माथि सेतो पातलो टि-शर्ट भी-गला काटेको र तल जिन्स लगाएकी थीई ,पछाडिको गोजिमा फूलको चित्र भएको । उमेर करिब सत्र अठार हुनु पर्छ ,उस्को चन्चलताले पनि त्यहि भन्थ्यो , खुट्टा हल्लाइ हल्लाई बसिरहेकी थिइ ।चप्पलको कलर सँग मिल्ने नेलपोलिस पनि लगाएकि रहिछ । पारी बिराट धारा को छेवैको चौतारोमा मा उ बस पर्खिरहेकी थिई ,मैले धेरै बेर उसलाई हेरिरहेँ ,खाली भएको भए उ सँग गएर गफ गर्न थालीहाल्थेँ तर ड्युटिमा थिए त्यत्रो जोखीम उठाउने आँट आएन मलाई ।"
"अनि ?" उसको कथाको शुरुवातले मलाई बाँध्यो ।
"गर्मि थियो ,उसलाई तिर्खा लागेछ क्यारे ।उ धारा मा पानी खान गई ।धाराको टुटि एकदम छिल्लिएको थियो म जस्तै ,कमला हातहरु परे भने खुल्न त खुल्ने तर बन्दै नहुने ! मेरो पनि त्यहि नै होस् भन्ने चाहना थियो । उसले बन्द गर्न सकिन र प्रयासमाँ उ भिज्दै गई । म अघि देखि उसलाई नियालिरहेको थिएँ रमाईलो लागिरहेको थियो मलाई , खटपटि पनि भइरहेको थियो । मैले अधैर्य भएर घडि हेरेँ करिब पाँच मिनट जति बाँकि थियो मेरो ड्युटि सिध्धिन ।अर्को सिफ्ट को दाई आउने बित्तिकै म धारा बन्द गर्न कुदिहाँले ,शरिर भिजेको भएपनि अनुहार भरि मेहेनत ले पसिनै पसिना भएकी रहिछ उ ।टि-शर्ट भित्रका आक्रिति हरु पनि धमिलो धमिलो गरि देखिन थालिसकेका रहेछन् । "
म जोरले हाँसे ,उसक शब्दहरु आखिर घुमिफिरि त्यहिँ नै आए ।
"किन हाँस्छस् ?तँ जत्ति सुकै नै साधु किन न हो ?केटि लाई पुजा गरेर राख्दैनस् क्यार ! जे जे महत्वपुर्ण हुन्छ त्यसमा त ध्यान जान्छ नि !"उसले आफ्नो सफाईमा स्पष्टिकरण दियो ।हुन सक्छ उसको लागि शरिर नै त सबैभन्दा महत्वपुर्ण थियो ,म जसलाई भोक भन्छु उ माया भन्थ्यो । चिसो सिरेटो एक्कासि हाम्रो पसिना सुकाउने प्रयास गरेर गुज्रेर गयो । म फेरि हर्केका शब्दहरुमा केन्द्रित भएँ ।

क्रमश:

आत्मा उज्यालो माग्दै थियो ।

"कति हेर्छस् त्यहि मोरीको फोटो ,यसो उसो गर्यो पर्स निकाल्यो त्यहि फोटो हेरि हाल्यो । यतिन्जेल सम्म त परिवार नियोजन नगरेकी भए चारवटा छोराछोरीकी आमा भइ सकी होली ।" गेट पारीको बङ्करमा ड्युटिमा बसेको हर्केले मैले पर्स झिकेको हेर्न भ्याईसकेछ ।
"तँ बुझ्दैनस्।"म भने गेट वारि थिएँ ,मैले पर्स गोजिमा नैँ फर्काउँदै भने ।
"हो । साँचो बोलिस् ,म त माया प्रेम बुझ्दिन ,म मात्र केटीहरु राम्रा हुन्छन् तर हेर्दै जाँदा भोगचलन गर्दै जाँदा खीइदैँ जान्छन ,नराम्रा हुँदै जान्छन् , त्यसैले ति फेरिरहनुपर्ने खालका जन्तु हुन भन्ने बुझ्छु ।बुझीस ?" खिस्स हाँस्यो हर्के , दिउँसो भएको भए उसको पहेँलो दाँत देखिन्थ्यो होला तर रातको निष्पट्ट अँध्यारोमा उ हाँस्न स्वतन्त्र थियो ।हाँस्नलाई हुन त उसलाई दिन र रातको मतलब थीएन । हँसिलो थियो मोरो । लाईट हाउस बाट घुमिरहेको प्रकाश घरि घरि हामीलाई पनि गस्ति गर्दै थियो ।
आज मङ्गलबारको राती , उ र म ड्युटिमा सँगै परिने एक मात्र रात । बाह्र देखी चारको समय रात पुर्ण जवान भए देखी बुधबार बिहानीको जन्मसम्म हामी सँगै हुन्थ्यौँ प्रत्येक हफ्ता ,शायद छिप्पीएको रातले होला सँधै जसो कुरा केटीहरुका नै हुन्थे म त ज्यादा बोल्न मन पराउने मान्छे होइन उ नै आफ्ना सफलताका कथा हरु सुनाउँथ्यो । तर सबैलाई आफ्नै कथा ब्यथा बोकेको नै भए पनि प्यारो लाग्छ , आफ्नो लाग्छ । मलाई त मेरै बिफल कथा प्यारो थियो । आफ्नो पर्स भित्र सँगालेको बिफल कथा ।तस्विरमा मुस्काइरहेकी मेरो बिफल कथा ।
सँधै जस्तै उसलाई शायद आफ्ना सफल कथाहरु सुनाउन मात्र बहाना चाहिएको थियो ,अनि मैले आफ्नो पर्स खोलेर एक छिन एक टक अड्किएर त्यो बहाना दिएँछु उसलाई ।हुनसक्छ उ शुभचिन्तक हुनाले चाहन्थ्यो म ति कुरा हरु बिर्सुँ । हुन त म पनि चाहन्थेँ म ति कुराहरु बिर्सुँ तर वश मा थिएन मेरो चाहना ।
"अनि आज के सुनाउँछस् त?"मैले आफ्नो कुहिना थाक थाक गरी थुपारेका , हाम्रो सुरक्छ्या का लागि राखेका बालुवाका पहेँला प्लाष्टिक बोरामा राख्दै भनेँ । कहिले काहिँ सोच्छु कस्तो दुखी जागिर ,क्याम्फोलाईज भएर कहिले यता र उता धस्रिदैँ हिनेको छ ,कहिले डोरिमा झुण्डिएर पुरुषार्थ देखाउनु पर्छ अनि समाजको सबै भन्दा घ्रिणित पुरुष हुनु पर्छ कहिले काहिँ ।फेरि सोच्छु सबैको जीवन यस्तै हो तँ पनि बाँच्दै जा कहिले न कहिले त तैँले सोचे जस्तै दिन आउला ।
"ल आज तँलाई मैले संसारमै भेटेकी सबैभन्दा च्वाँक मैयाँ को कथा सुनाउँछु ।"
उ उत्साहि हुँदै भन्दै थियो । मैले हेरे उसको अनुहार मा चमक आइसकेको थियो सँधै जस्तै । म उसका कुरा हरु पत्याउँछु पनि किनकी छोटो समयमैँ पनि मैले यहाँ का उसका चर्तिकला देखीसकेको छु ।मैले गएको मङ्गलबार सम्झेँ उ यसरि नै उत्साहि हुँदै त्यतिखेरकी संसारकी सबै भन्दा च्वाँक मैयाँ को कथा सुनाउँदै थियो मलाई ।उसको पोष्टिङ्ग दाङ्ग हुँदाको कथा थीयो शायद त्यो । मलाई थाहा छैन च्वाँक को परिभाषा के हो ?उसको च्वाँक शब्द भने हफ्तै पिछे परिभाषा बदल्थ्यो । यो एउटा सौन्दर्य प्रतियोगिता जस्तै थियो मेरो बुझाईमा । जस्मा प्रतिस्पर्धि हरु मध्ये हफ्तै पिछे नयाँ बिजयी घोषित हुन्थे ।
"सुना न त ।"मैले उसको कथा सुन्ने निर्णय गर्दै भनेँ ।नसुनि सुखै थिएन। तर ठिकै छ , रातको यो प्रहरमा प्रणयका कुरा हरु रमाइलै हुन्छन् उसको ब्याख्याको शैलि रमाइलो नभए पनि ।महेन्द्र राजमार्ग मा एउटा गाडी पश्चिम तिर बाट हुइँकिदै काँकरभिट्टा तिर लाग्यो ।काठमाण्डौ बाट आएको डे बस होला । आज बाटोमा ढिलो भएछ ।सरकार ले चेकिङ्ग त छोडिसकेको छ कतै बाटोमा बन्द थियो होला मैले मनमनैँ सोचेँ ।
"यो त्यति खेर को कुरा हो जतिखेर म सल्लेरि ब्यारेक मा थिएँ ।"
गाडिको आवाजमाँ पनि उसले मेरा कुरा सुनेछ ।
"धनकुटा ? २ बर्ष अघी ?"हुन त त्यो मलाई थाहा थियो ।म निश्चित हुनको लागि उ सँग सोधेको पनि होइन । त्यो त म तेरो गफ दत्त चित्त भएर सुन्दै छु भनेर उसलाई बुझाउने एउटा अप्रतक्छ्य माध्यम थियो ।मान्छे साँच्चै नै ढोङ्गि हुन्छ ।कहिल्यै आफ्नो आत्मा अनुसार चल्दैन । उसका हरेक कुराहरु अरुलाई देखाउनलाई गरिएका हुन्छन् ।फगत काँचुलि देखाउँछ । किनकि भित्रबाट त उ मैलो हुन्छ ,कुरुप हुन्छ । अनि त्यो कुराको उसलाई ग्यान पनि हुन्छ । थोरै फरक अवश्य हुँला तर म पक्कै पनि अपवाद थिइन ।
क्रमश:

जीवन ब्रित्तमा घुम्दैछ

भाग-२बाट अघि,
" पहिला पनि बुढो नै देखीन्थ्यौ ,गम्भिर आदर्शका कुरा गर्ने ,थाहै छैन पहिलो भेटमाँ मैले तिमीलाई के देखेर मन पराएँ ।

सोच्न थालेँ के म पहिले देखी नै बुढो देखीन्थेँ त?तन मात्र हो बुढो हुने मन बुढो हुन्न भन्छन् ,अनि मान्छेको मनले नै मान्छे बुढो भएको नभएको निर्धारण गर्छ पनि भन्छन् के मेरो मन नै पहिले देखी नै पाको थियो त ?खोई थिएँ होला उसको नजरमाँ ,तर म सकेसम्म वफादार बन्ने प्रयत्न गर्थेँ ,यो कुरा मलाई थाहा छ अनि मेरो आत्मा लाई थाहा छ ,उसले नै हो मेरो आत्मा भीत्र को उज्यालो नदेखेको वा मैले देखाउन सकिन । म उसको नजर बदलिन पनि त सक्दिन । त्यति सामर्थ्य भए त उ मलाई छोडेर नै जान्न थी नि ।
हात गोजि भित्र हालेर चुरोट निकाल्दै थिएँ । बाहिर निकाल्ने बेलामा पो झसङ्ग सम्झीएँ ओहो उसले त मलाई चुरोट नखानु भनेर कसम पो दिएकी थिई त । म अझै सम्झीन्छु त्यो दिन क्याफेमा धेरै बेर भनाभन भो ,उ सँधै मलाई तँ केटाकेटि नै रहिरहने भईस् , क्याफेभन्दा बाहिर तेरो सन्सार नजाने भो , नौ दश हजार को जागिर खाएर सन्तुष्ट भएर साँघुरिएको आफ्नो दुनियामा देशभक्ति काखी च्यापेर निदाउँछस् भन्थी । उ बाहिर जाने कुरा आयो कि सानो तिनो झगडा शुरु भइ हाल्थ्यो ।त्यसपालि त एप्प्लाई गरेर लेटर आएपछि मात्र सुनाएकी थिई मलाई ! मैले पनि रिसमा धेरै कुरा भनेँ ।
उ सँग छुट्टिएर बाहिर निक्लने बित्तिकै मैले चुरोट किनेर सल्काएँ ,शायद त्यो मेरो अहम् थियो वा पिडा पोख्ने साधन ।छ बर्ष पछाडि हात लगाएको थिएँ उ सँग छुट्टिएको दिन चुरोट , उसले नखानु भनेर कसम दिएको चुरोट कसम को के अर्थ जब उ नै म सँग रहिन भन्ने भावना आएर फुके थेँ ,बाहिर धुवाँ उड्दै थियो त्यो दिन खोइ चुरोटको थियो वा मेरो मुटु जलेको ।
"कहाँ हरायौ ?"उसले मलाई प्रश्न गरी ।
आ घर गएर खाउँला ।गोजि भित्र समातेको चुरोटलाई गोजिमै छोडिदिएँ ।
"यो क्याफे भीत्र हराउन मिल्ने सम्झना धेरै छन् ,तिमीले बिर्स्यौ होला तर मैले त जतन गरेर राखेको छु ।"
"दिमागमा भए पो बिर्सन मिल्छ ,सम्झना त मुटुमा बस्दो रहेछ ।म सँग पनि छन दुइ चार ओटा त ! "
म तिर पुलुक्क नियाल्दै उ चूप लागि । घरि घरि मेरो आँखामा उ के हेर्न चाहन्थी मैले पत्ता लगाउन सकिन । दोस्रो कप मा चिनि हाल्न बिर्सेको रहेछु ,बल्ल खल्लो लाग्यो । सेलाएर तर बसेको चियालाई एक चम्ची चिनि हालेर घोलेँ ।
"तिम्रो चिया सेलाएर खाने बानी कहिल्यै नजाने भो ।"
"खोइ कहिल्यै बदलिन जानिएन ।न समय ले बदलियो न ।।।।।।।।।।" मैले आफ्ना शब्दहरु रोकेँ अनि मुस्काएँ ।
"के तेस्रो ट्रिप पनि जाने हो हाम्रो ?"
"हुन्छ ,खाने भए । भेट भएको खुशियालीमाँ ।"मलाई नाई किन पो भन्नु थियो र । उ सँगको भेटको लागि के के छोडिएन ती दिनमाँ आज त उ नै मलाई रोकिउँम भन्दै छे ।
"मालिक मख्ख हुने भो ,यो क्याफेको ।" उ मुस्काइ ।हुन त साडिको सप्को खसेको थिएन तर पनि मिलाए झैँ गरी मैले देख्दा देख्दै तेस्रो पटक थियो त्यो ।
पर्दा थोरै खुलेको थीयो । मैले झ्याल बाट बाहिर नियाँले । पानी रोकिएछ ।बादलहरु पनि फाटिसकेछन क्यार ।सडक मा पानीका थोपा हरु टल्किरहेका थिए पानी को प्रकाशमा । सडक मा थोपा थोपा पानी टल्किँदा सारै राम्रो देखीन्छ ।सबै रिस राग पखालेर मुटुमा फूल रोपे जस्तो । सात रंग पनि देखीएको हुन सक्छ आकाशमा । यस्तै बेला त हो नि आकाशमा इन्द्रेणी देखा पर्ने ।बेहुली भएको होला अहिले त आकाश ।
"आफ्नो बारेमा केहि भन्दिनौँ ?"मैले फेरि प्रश्न गरेँ ।
"के सुन्छौ ?"
"जे सुनाउ सुनिदिन्छु नि म त ।"
"क्यानडा मै फर्दर स्टडि गरेँ ,मैले मास्टर्स गरेको कलेजको रिसर्च युनिटमा वहाँ हुनुहुन्थ्यो त्यहिँ बिहे गरेँ ,त्यहिँ सेटल भएँ ।"
"आफ्ना छोराछोरीको बारेमा केहि भन्दिनौँ ?"
"हाम्रा छोराछोरी भएनन् ।के भएको हो बुझ्नलाई बिहे भएको तिन बर्ष पछि डक्टरको मा गएका थियौँ । डक्टरले मलाई अन्फर्टाईल छौ भन्यो । वहाँले टेष्टट्युब बेबि एडप्ट गर्न मान्नु भएन ।"
"भनेपछि तिमी अहिले एक्लै छौ ?"
यसपाली भने मैले आफ्नो आस्चर्य र असन्तुष्टि रोक्न सकिन । साँचै ठुलो दण्ड दिएछ उसलाई समयले ।तर उसको गल्ति नै के थियो र दण्ड दियो समयले ।त्यो पक्कै पनि निसाफ थिएन ।
"तिमी कुनसा दुक्लो छौ र ?छोरा सँग त तिम्रा कुरा हरु मेल खाँदैनन् ।हरेक मान्छेको जीवनमा कमजोरि हुन्छन् ! लिभ इट । अब जौँ , पैसा तिमी तिर्छौ कि म तिरौँ ?"उसले उठ्दै ठट्टा गरि । म भारिमन लिएर बिस्तारै उठेँ ।
"पैसा तिर्ने हक म बाट नखोस प्लिज ।" मैले यत्ति मात्र भन्न सकेँ ।
उसले पुलुक्क म तिर हेरी , म बाहिर निस्किउन्जेल पर्खी अनि बिदा भएर आफ्नो बाटो लागि । म धेरै बेर त्यहिँ अडिरहेँ । अनि हिँडेर टाढा पुगे पछि पनि फर्किएर उ च्यातिएको बाटो हेरेँ ।
शायद यो कथा बिट मार्ने बेला भो ।

जीवन व्रित्तमा घुम्दैछ

भाग-१ बाट अघि,
"सरि ,शायद नसोध्ने कुरा सोधेछु ।"
"ठिकै छ ,तिमीलाई हक पनि त छ नि !"मैले उसलाई हिनताबोध हुने मौका दिइन ।
"अझै पनि छ र ?"उ जिस्किई ,मुस्काउँदै ।
"सँधै हुनेछ , कुनै कुरा मा हिजो ,आज र भोलि लागु हुँदैन ! खाजा पनि खाने हो ?"मैले प्रसंग बदलेँ ।
"छाडदेउ ,बरु चिया नै थपुम् ।"उसले चिया प्रति नै आफ्नो लगाव देखाइ ।चियाकि शौकिन हो उ ,हामी कहिले काहिँ घण्टौँ चिया मात्र खाएर यहाँ बसिरहन्थ्यौँ । हुन त त्यति खेरका भेटमाँ समय कटाउन बहाना मात्र त चाहिन्थ्यो अनि उसले राम्रो बहाना पाएकी थिई चियाको रुपमाँ ।
बानेश्वर चिसो थियो बाहिर ,मैले बाहिर नियाँले ,गाडि हरु पातला थिए अनपेक्छित कुनै बन्द शुरु हुन आँटे जस्तो । सिमसिम पानि पर्न थालेको थियो ।मैले छेवैको उसको ब्याग नियाँले । पुराना दिन जस्तै उसको छातासंगको लगाव छुटेको रहेनछ ,छाताको डोरि ब्यागबाट चिहाइरहेको थियो बाहिर , मलाई भने शायद उसैको संगतले होला छाता बोक्ने रहर जागेन कहिल्यै , किनकि एउटा छाता मा दुइजना हिँड्नुको मजा मलाई थाहा छ अनि मेरो बिगतलाई थाहा छ ,उस्को आभाष दिने छोएर निस्कने बतासलाई थाहा छ अनि मेरो शरिर लाई थाहा छ । आधा भीजेको सम्म पछुतो हुन्न र शायद पछि त्यहि नै बानि बन्यो मेरो , उ छैन भन्ने थाहा हुँदा हुँदै पनि म छाता बोक्दिन ।चिया लिएर वेटर फेरि आइपुग्यो ।टेबलमाँ राखेर अरु नै काममा उ फेरि ब्यस्त भयो ।
"अनि तिमीले छोराछोरिको बारेमा केहि बताएनौ !कि छोराछोरि नै नभइ तिम्रि स्रिमति एक्स्पायर भएको ?" उसले फेरि कुराको शुरुवात गरी ।
"तिमी मेरो छोराछोरिको पछि कत्ति लागेको ?तिम्रा छोराछोरि बिहे गर्ने उमेरका भए कि क्या हो ?"म फेरि जिस्किएँ ।
"तिमी जस्तै भए त सोच्नै पर्छ ।"उसको अनुहारमा पनि थोरै मुस्कान आयो ।सारिको सप्को थोरै मिलाए झैँ गरि उसले ।
"छोरो छ ,२२ बर्षको भयो अहिले।"
"तिमी जस्तै छ ?"
"छैन ,प्र्याक्टिकल छ ।तिम्रो भाषामा भन्दा।सँधै बिदेश जाने सोचिरहन्छ। म नजा भन्छु मनाउनलाई गारो परिसक्यो । " म चिया पिउन थालेँ ,उ चुप भइ ,शायद मैले अलि धेरै उत्तर दिएँ ।
"बाउ आमा छोराछोरी आफ्नो ऐना होस् भन्ने चाहन्छन् भने त्यो त गल्ति हो नि होइन र?त्यो त तिम्रो इच्छा उसमा कसरि लाद्न सक्छौ र ?तिमीले कहिल्यै अर्काको भावना बुझ्न जानेनौ ,न पहिले न अहिले !" मलाई चसक्क बिझ्यो ,शब्दहरु मानौँ घोचेर पार भए ।
"होला ,तिम्रो सोचमा तिम्रो भाषामा । सत्य त शाश्वत हुन्न नि ,तिमी जे कुरा गलत देख्छौ त्यो कुरा सबै को नजर मा गलत हुनु पर्छ भन्ने कुरा छ र!"
"छैन ,सबै जनालाई एउटै कुरा सत्य हुने भए त विवाद के का लागी ? त्यो त मलाई र तिमीलाई भन्दा कसलाई थाहा होला र ?" उ मुस्काइ ,उस्को इशारा मै तिर त थियो होला ,मेरो आँखामा आँखा जुधाउने प्रयास गर्दै थिइ । मैले हत्तपत्त आँखा हटाएँ ।
छेवैको भीत्तामा सामान्य भीत्ता हरु जस्तै मोनालिसा आफ्नो रहस्यमयी मुस्कान मुस्कुराईरहेकि थिइन ,त्यस देखी पर्तिर थीन्ले सन्तुष्ट भएर हाँसेको जस्तो लाग्थ्यो अर्को पेन्टिङ्गमा ,नयाँ रङ्ग पोतिनलाई पुरानो रङ्ग छायाँ मा पर्ने रिति नै हो ।थोरै भए पनि बदलिएको थियो यो ठाउँलाई ।
"अनि तिमीले आफ्नो बारेमा केहि भनेनौँ ,जागिर ?"
"जागिर छ सरकारि ,मन्त्रालयमा छु । अहिले त रिटायर पनि हुन लागियो ।करिब ५ बर्ष बाँकि होला ।"
"बुढो भएछौ ।"
"सँधै तिमीले देखे जस्तै त कहाँ हुन्थेँ र ?"
"पहिला पनि बुढो नै देखीन्थ्यौ ,गम्भिर आदर्शका कुरा गर्ने ,थाहै छैन पहिलो भेटमाँ मैले तिमीलाई के देखेर मन पराएँ" उ हाँसिरहि ,म उसलाई नियाली रहेँ अनि शब्दहरु घुमिरहे " पहिला पनि बुढो नै देखीन्थ्यौ ,गम्भिर आदर्शका कुरा गर्ने ,थाहै छैन पहिलो भेटमाँ मैले तिमीलाई के देखेर मन पराएँ ।
क्रमश: