पालो गजलको ...................

मुटुको कापकापलाई सलाम
-रजित ओझा
बिस्तारी ढोका घरक्क खोल्दा
संगीत बनी बज्ने पदचाप लाई सलाम
हेरेर हाँस्छ्यौ जसरी तिमी
मुटुमा छोडेको छापलाई सलाम
नाम मात्र तिम्रै देखींछ
मेरो मुटुको कापकापलाई सलाम

.......................................

डोरीएर तिमी मैं तीर आउँदा
भाग्यले मारेको धापलाई सलाम
मुटुमा छोडेको छापलाई सलाम
मेरो मुटुको कापकापलाई सलाम

.......................................

आगोको ज्वाला बोकेकी तिमी
आगोको ज्वाला बोकेकी तिमी
नाजिकिंदाको रापलाई सलाम
नशा पिउंदाको तापलाई सलाम
मुटुमा छोडेको छापलाई सलाम
मेरो मुटुको कापकापलाई सलाम

...................................

लुटाई देऊ तिमी सबै मलाई
मैले गर्ने त्यों पापलाई सलाम
भूल पछिको पश्चाताप लाई सलाम
मुटुमा छोडेको छापलाई सलाम
मेरो मुटुको कापकापलाई सलाम

I have joined too

-Roshan Prasain
Hi,
I am Roshan Prasain.
How is everything ?
I am joining this blog too.
Lets do our best to promote this blog around the globe.
take care
bye

तिमी यौनको मामलामा कमजोर छौ

-मनोज घिमिरे

मैले कार्ड हातमा राखीदींदाको उसको त्यो मुस्कान म कहिल्यै बिर्सन सक्दिन ।

------------------------------------------------------------------------------------------------

के म मात्र तिम्री ओछ्यानकी दासी हुँ ?यस्तै केहि भनेकी थिई, एकदिन उसले मलाई । अचानाकको उसको यस प्रश्नले, थाकेर उसको छातीमा टाउको राखेर सुतेको मैले, टाउको मात्र उठाएर उसलाई सोधेथें, किन, के भो र?

केहि भएन, त्यसैले त !

कस्तो केहि भएन ? फेरी के भनेको दासी ? मैले कहिले तिमीलाई दासको जस्तो गरें र ?

जहिल्यै गर्छौ !

कहाँ ?

यहीं, यसै खाटमाथी !

कसरी ?

त्यो दास नै त हो नि, जसको इच्छा, चाहानाको ख्याल नगरी आफ्नो स्वार्थ मात्रै उसमाथी लादीन्छ !

मतलब ? के यो सबै हामी दुबैको इच्छामा भएको हैन र ?

त्यसपछि उ केही बोलीन । जानेबेलामा चै तिखा सुईराहरुले मेरो मुटुमा घोपेर गई,

तिमी यौनको मामलामा कमजोर छौ !

------------------------------------------------------------------------------------------

त्यसपछी उसको र मेरो पहिलाजस्तो सम्पर्क भएन । भेटघाट त हुन्थ्यो दिनहुँ जसो नै, तर मैले ठाडो भएर उसलाई हेर्न सकिन । लघुताभासले मलाई पलपल सताइरहयो । किन, कसरी जस्ता प्रश्नहरुले मलाई सधैं ऊ संगका संपर्कहरु केलाउन बाध्य पार्दथे । के मैले चुम्बन गर्न जानीन ? गर्ने त त्यसरी नै हो जसरी म उसलाई अंगालोमा बाँधेर उसका माथील्ला ओठलाई आफ्ना ओठहरु बिच दाबेर जीब्रोले खेलाउँथें । त्यसपछि तल्लो ओठ, त्यसपछि माथील्लो ! समय ?? ५-७ मिनट, त्यो भन्दा बेसी कति गर्ने ? हैन मेरो चुम्बनमा कसैले खोट लगाउन सक्दैन !! त्यसोभए ?? त्यसपछी म उसका बक्षहरु एक एक गर्दै खेलाउन थाल्थें । अँ, त्यसबेला ऊ चैं मेरो टाउकोलाई अँठयाएर मेरो मुख उसका क्षहरुको बिचमा गाडथी । म पनि झन उत्तेजीत भएर साथ दिन्थें । हो त, मैले त साथ पो दिएँ त, कसरी उसले दासी बनाएको भनी ?

त्यसपछी ?? हामी बिभीन्न आसनमा समागम गर्थ्यौ । आसन ?? के हामीले सल्लाह गर्यौ ? हैन, त्यसमा चै म उनलाई चाहेअनुसार मिलाउँथें । के यो मेरो गल्ती हो ? मन नपरेको भए उसले त्यसबेला नै मलाई रोक्न सक्थी । त्यसोभए ?? मेरो लींगको आकार ? सानो त हैन, तर भएपनि यसले फरक नपार्नुपर्ने ! उसोभए मेरो शरीर ?? हो, होचो, दुब्लो त छु, तर मेरो यही शरीर उसलाई मन परेको थीयो । कसरी पहिलो भेटमै हामी आशक्त भएर एकअर्कामा समाहीत भएका थीयौं । ऊ भन्ने पनि त गर्थी, होचा मान्छे गँठीला हुन्छन् ! त्यसोभए के त ? के ? के ? प्रश्नहरु आइरहन्थे तर ठोस उत्तर मैले कहिल्यै पाइन ।

--------------------------------------------------------------------------------------------

त्यसोभए तिमी मसंग बिहा गर्न राजी हैन ? मैले यसरी सोद्धा मेरी हुनेवाली श्रीमतीले मुन्टो हल्लाएर स्वीक्रीती दिएकी थिइ । हो म आबेसमा आएर हतारमा बिहे गर्दै थिएँ । मलाई तिमी यौनको मामलामा कमजोर छौ भनेर हिंडेको केही महीनामै ऊ फेरी मेरोमा आई र हातमा कार्ड थमाउँदै भनी अर्को महीना मेरो बिहा हुँदैछ, आउनु ल । वहाँलाई पनि भेटेर जानु ! भनाइ सुन्दा यस्तो लाग्थ्यो ऊ यौनको मामलामा एकदम आदर्श केटोसंग बिहा गर्दैछे र मलाई पनि देखाउन चाहान्छे । म चै के कम, के म बिहा गर्न सक्दिन ? केटी खोजी, कुरा छिनी मेरो बिहा उसको भन्दा एक हप्ता अगाडी नै हुने भयो । म पनि उसलाई बोलाउन गएँ । हो, त्यसैबेला त हो, मैले कार्ड हातमा राखीदिंदाको उसको त्यो कुटील मुस्कान म कहिल्यै बिर्सन सक्दिन । जीस्क्याएजस्तो, खिसी गरेजस्तो, भनीरहेजस्तो, बिहा गरेर के भो त ? तिमी यौनको मामलामा कमजोर नै छौ !

-------------------------------------------------------------------------------------

मलाई आफैं थाहा छैन, यस्तो दिनमा यो सब म किन सोचीरहेछु । आज मेरो बिहा ! तल पार्टी हलबाट बिदावारी भएर म आफ्नो कोठातर्फ लम्कदैछु, तर सधैं हींडने यो बाटो आज किन यती लामो ! साथीहरुकै करमा आँट आउँछ भनेर १-२ पेग पनि लगाएकै हो, फेरी किन यी खुट्टा काँम्दैछन् ? हो, तर मैले त्यो सँग बदला भनें पक्कै लिएँ, त्यसको भन्दा चाँडो बिहा गरेर । ऊ पनि त भुटभुटींदै होली ! तर किन ? न हामी प्रेमी-प्रेमीका, न हाम्रो बिहा गर्ने योजना ! हामी त मात्र एक अर्काको, अझ उसको अनुसार त मेरो मात्र, शारीरीक इच्छा पुरा गर्दै थीयौ । ऊसलाई केही हुँदैनभने मलाई चै किन यस्तो ? ए, अँ, हो त, मैले त उसलाई म यौनको मामलामा कमजोर छैन भनेर देखाउनु छ !

घड्याङ !!! धत्तेरीका, मैले त सधैकै जस्तो पो ढोका खोलेंछु, यादै नगरी कि आज त यहाँ मलाई कोही कुरेर बसेको छ । छ्या, यो बिहा को दिन पनि के के सोचेर बसेको म पनि, होसै उडने गरी ! ऊ शायद निदाएकी थीइ, झसंग भइ अनी सक्पकाउँदै उठी । मधुरो बत्तीमा पनि कती उज्यालो अनुहार, आहा ! चौडा निधार, सुलुक्क परेको नाक, टुपुक्क गाला, आहा मेरी श्रीमती, मेरी मायालु, कती राम्री ! प्रतिशोधको पर्खालले कस्तरी छेकेछ मेरो आँखा, मेरी श्रीमती, तिमी यती राम्री रैछौ, मैले देखेकै थीइन । एक्कासी मेरो मनमा उनका प्रती अपार माया उर्लेर आयो !!!

-------------------------------------------------------------------------------------

बिहानीको सुर्यको किरणमा जब मैले मेरी श्रीमतीको तृप्त अनुहार देखें, मनैबाट नीस्कीयो, मेरी रानी, I Love You। त्यसै बेला याद आयो, तिमी यौनको मामलामा कमजोर छौ। अहो, त्यसबेला ऊ संग मैले शारीरीक संपर्क त गरें, तर माया ?? अहँ !! साँच्चै नै हो रैछ उसले त्यसबेला भनेको तिमी यौनको मामलामा कमजोर छौ

ऊ, म र पौल्सर

-रजित ओझा

ट्राफिक सिग्नल जस्तै थियो उनको लिपस्टिक पनी, परै बाट रातो ! किन दल्छन् केटीहरु यती धेरै लिपस्टिक ? कृत्रिमता, कृत्रिमता अनी मात्र कृत्रिमता !!! म छक्क पर्छु !

"अहो मनोज सर, आरामै ?" उसले म कुर्सिमा बस्ने बित्तिकै अनायासै मुस्कुराउँदै भनी अहँ तिमीलाई देखे पछि फेरी मेरो ब्लड प्रेसर बढ़न थाल्यो भन्न मन लागेको थियो तर सकीन ........

"हेर्नुस न हिजो भर्खर कभर फिल्ड पुगेर आएको, खुट्टा सुन्नीएर मेरो त बिजोग यो नी मनोज सर!" उसले मलाई फेरी पनि बोल्ने मौका दिईन ।

पेशा ले उ एउटा इन्भाइरोमेन्टलीस्ट र म इन्जीनीयर उसलाई जती फिल्ड जाँदाको अनुभव छ, मलाई पनी छ ! तर पनि उसले सुन्निएको खुट्टा देखाउन मलाई खुट्टा तेर्स्याइ, किन हो थाहा छैन........
"
स्यान्डल राम्रो छ !" म सीधै पोइन्ट म आएँ, आखिरमा उसले खोजेको पनि त्यही हो क्यारे ! अनी मलाई काम पनि त गर्नु छ ।
"
हेर्नुस न मेरो वहाँ ले अस्ती मेरो बर्थडे मा गिफ्ट दिनु भएको तर मलाई त कलर मनै परेन, न्न मलाई जे पनि सुट गर्छ र मात्रै !"
कस्तो ओभरकन्फीडेन्स, म मनमनै मुस्कुराएँ ..........
"
शीला मलाई थोरै काम गर्नुछ, एकछीन पछी गफ गरौंला नी हुन्न ?"
"
हुन्छ नि, किन नहुनु !"
शायद उसको मसंग को गफ को कोटा सिद्धिएको थियो, आजलाई ! म काम मा ब्यास्त भएँ, ऊ भने अर्को कुनै कुर्सी चाहार्न तीर लागी, अर्को श्रोता को खोजिमा..........

"मनोज सर, आज त निकै चीटीक्क परेर आउनु भएछ नि ! भाउजुले धेरै मेहेनत गर्न थाल्नु भएछ अचेल तपाईको सरसफाइमा ! कान्छी ल्याउनुहुन्छ भन्ने पनि डर नभै त ......"
"
किन तिम्रो बुढो झुम्रे भएर हिंडछ र ?" मलाई झनक्क रिस उठ्यो, थाहा छ मलाई, म अली कालो छु, थोरै होचो छु, तर पनि के एपियरेन्स नै सबै कुरा हो र ?
"
होइन रिसाउनु पो भयो सर त ! मैले त जोक मात्रै गरेको ! तपाई सारै सिरीयसली लिनु हुन्छ क्या कुरा ! "
कति बोल्छे बोल्छे यो ! बुढो त पक्कै बहीरो होला !
"
अनी हिजो सपींग मा के के किनियो त ?" मिले हिजो उसलाई सपींग मॉल मा भेटेको थिएँ, एक्लै थिइ । किन नहोस, उसको सपींग देख्द्दै सातो जन्छ होला बिचाराको ! एलिज़बेथ की बहिनी, हरेक कुरा इम्पोर्टेड चाहिन्छ ।
"
होइना हिजो त वहाँ को लागी मत्रै हो किन्न गएको !"
"
वहाँ को लागी किन्न गएको, वहाँ नै हुनुहुन्न थियो त !" म हाँसें, पहिलो चोटी उसलाई गिज्याएर हाँस्न पाएको, कहाँ छोड्थें र म !
"
होइन, हिजो बीजी हुनुहुन्थ्यो क्या !"
"
सेक्रेटरी संग ?"
"
छ्या ! कस्तो सोझो हुनुन्छा वहाँ !"
मलाई थाहा छ केटाहरु कस्ता हुन्छन्, मलाई पनि मेरी श्रीमती सोझो नै सोच्दी हो !


"
आज नि मनोज सर, म साह्रै खुशी छू !"
मानु उसको सुख दुख सुन्ने मैले मात्र
ठेक्का लिएको छु । गएर रामेलाई बहाना भन्दिन मन लाग्यो, तर सकीन ।
"
किन नी ?" अनायासै मेरो मुख बाट प्रश्न फुत्कियो ...
"
मैले सोचेको थिएँ, बिहे पछी प्रेम कम हुन्छा होला भनेर तर आज हामी नगरकोट जाने, डेटींग मा !"
जोइटीङग्रे मोरो काम छैन, कहीं नभाकी त्यसकी बुढी !
"
अनी हाकिम ले छुट्टी दिए त ?"
"
आजलाई !"
दिइहल्छ नि, मुसुक्क हाँस्दी होला किन नदिनु ? ऊ बहिर निस्की, मैले झ्यालबाट हेरें, पौल्सर बाइकमा चपक्क टाँस्सिएर दुबै जना हुईँकिए ।


घर पुगने बित्तीकै श्रीमतीले सोधीन, "कस्तो गलेको जस्तो देखिनु भाको ! काम धेरै थियो हो ?"
"
अँ, त्यस्तै त्यस्तै, गाड़ीमै गलें, अबा इन्स्टलमेन्टमै भएपनि एउटा बाइक चै किन्नु पर्ला !"
"
ए, ल एकदम राम्रो बिचार, साँची कुन किन्ने ?" उ साँच्चै खुशी भई ।
"
पौल्सर नै ठीक होला नी होइन ?" म संग किन पौल्सर ठीक त्यसको भने जवाफ थिएन ।

मेरी हुन नसकेकी श्रीमती (भाग - ३)

भाग-२ बाट क्रमश ..........................

-मनोज घिमिरे

मेरी हुन नसकेकी श्रीमती बाइकबाट ओर्ली, संगै ओर्ली उसकी मायालु । हेल्मेट खोलेर उसकी मायालुले एक हातमा झुन्ड्याइ अनी ज्याकेट खोलेर त्यसैमाथी झुन्ड्याइ । उनिहरु दुबै गोदावरी जाने मुख्य गेटतर्फ लागे । घुम्दा मैले दुबैको अनुहार पुलुक्क देखें । किन किन मेरी हुन नसकेकी श्रीमतीभन्दा उसकी मायालुतर्फनै आँखाहरु केन्द्रित भए । मनमनै सोचें कस्ती केटा जस्ती केटी !!!

उनीहरु भीत्र छिरिसकेका थिए, म पनि बिस्तारै गेटतर्फ बढें, टिकट काटें र भीत्र छिरें । गेटमा उभिएका एक जना दाइ अचम्म संग मलाइ हेर्दै थिए, हुनपनि गोदावरिमा एक युवक टिकट काटेर एक्लै छिरेको उनले बिरलै देखेको हुनुपर्छ । बीचमा सुरक्षीत दुरी बनाएर म उनिहरुलाइ पछ्याउन थालें । कुर्ता सुरवाल लगाएकी, सर्लक्क ढाडसम्म झरेको कपाल, छिनेको कम्मर, फुकेको नितम्ब, मलाइ मेरी हुन नसकेकी श्रीमतीको सुन्दरतामा उसदिन पानि शंका थिएन । उसलाइ अंगालो मारेर हिंडेकि उसकि मायालु चैं फुल टिसर्ट र जिन्स लगाएकी, अग्ली, कस्ती कस्ती ! पछाडीबाट त सबैले केटा नै भन्छन् ल ! कपाल पनि छोटो काटेको, केटाको लागी भएत लामै हो तर केटीको लागी छोटो । एउटा ढीस्को छेउ पुगेर उनिहरु म भएतिर फर्के र त्यहि ढिस्को माथी बसे । म चैं उनिहरुलाइ फर्केको देखेर फुत्त एउटा रुखको आड लिएर लुकें । एकछीनपछी बीस्तारै अगाडिको ढिस्कोमाथी चढें जहाँबाट म त उनिहरुलाइ प्रस्ट देख्न सक्थें तर उनिहरुले मलाइ देख्न गाह्रो थीयो ।

माथी पुगेर रुखको आड लींदै चीहाएर हेरेको त, अरे ! कस्तो अचम्म ! मैले आँखा मीचेर फेरी हेरें ! द्रीश्य फेरीएन ! मेरी हुन नसकेकी श्रीमतीको छेउमा त कपाल पालेको जखमले केटो पो छ त !!! टिसर्ट, पेन्ट, ज्याकेट र हेल्मेट देखेपछी पो प्रस्ट भएँ, मैले अघीदेखी केटी भनेको उ त केटो पो रहेछ । दिमाग फनन्न घुम्यो, केही सोच्न सकिन, फर्केर थचक्क बसें । एकछीनमा फेरी हेर्न मन लाग्यो, उनिहरु त आलींगनमा बाँधीएर अधरका माध्यम बाट माया साटासाट गर्दै रहेछन् । अहँ, अब यहाँ बस्नु ठीक छैन, तर किन हो कुन्नि मलाइ त्यस केटीका अगाडी देखापर्न मन लाग्यो, उसलाइ लज्जित पार्न मन लाग्यो, उसको भन्डाफोर गर्न मन लाग्यो । शायद यसैलाई मैले आफ्नो उसदिनको अपमानको बदला मानें । म घुमेर उनीहरुको पछाडी गएँ र केही थाहा नभएजस्तो गरी सुरुसुरु बाटैबाट आएँ । उनीहरुको ढीस्को मुन्तिर पुगेपछी उतै फर्केर आश्चार्य मीश्रीत स्वरमा भनें, अरे, तीमी !!! यहाँ ???

उनलाइ अंगालोमा बाँधीरहेको Boyfriend ले एक्कासी हात हटायो । उनी एकटक मलाइ हेर्दै थीइन् । आश्चार्य, शंका र भयका रेखाहरु उनको मुहारमा कुदेको म प्रस्टै देख्न सक्थें । मलाइ ठुलो आत्मसन्तुष्टीको अनुभब भयो । “Sorry” भनेर म आफ्नो बाटो लागें । त्यसपछी उनीहरुले के के गरे, उनीहरुबिच के कस्ता कुरा भए, मलाइ थाहा हुने कुरै भएन ।

साँझमा टिभीमा समाचार हेर्दै गर्दा माबाईलमा नचिनेको फोन आयो ।

हेल्लो

हेल्लो, हजुर रजित हैन ?

हो, म रजित नै हो ! श्वर सुन्दा त चिने चिने जस्तो तर को ? को केटीले फोन गर्न सक्छे मलाइ यती राती ? मेरी हुन नसकेकी श्रीमती ???

को ? इशा हो ?

हजुर, ठीक चिन्नुभो !

ए, के छ त ? किन फोन गरी मलाइ यसले आज, दिउँसोको कुरालाई लिएर गाली गर्ने त होइन ? ल बाबै गाली खाइयो आज !

मैले तपाईसंग एउटा कुरा गर्न फोन गरेको !

के कुरा ?

अस्ति हजुर मलाइ हेर्न आउँदा मैले आफ्नो बारेमा जे भनें, त्यो ठीक होइन ।

ए धन्न गाली हैन रैछ । अब त आनन्दले बोल्दा हुन्छ । आज मेरो पालो !

कुन चै कुरा ? मलाइ त याद भएन, हामीले त धेरै बारेमा कुरा गरेका थीयौ !

त्यही मेरी केटी साथी छ भन्ने कुरा !

बल्ल ठेगानमा आईजस्तो छ, यस्का म !!!

तिम्रो केटी साथी ?? ए ! ए ! त्यो कुरा ??

भो भो, सम्झेजस्तो नगर्नुस, मलाइ थाहा छ, तपाइले त्यो कुरा बिर्सिन सक्नुहुन्न !

“……………………………………” अब के बोल्नु र मैले ?

मलाइ थाहा छ, मेरो त्त्यो कुरामा तपाईले अपमानित भएको अनुभब गर्नुभयो, तर मेरो उदेश्य त्यस्तो पक्कै थिएन । खासमा मेरो Boyfriend छ, तपाइले आजै देखीहाल्नुभो । त्यो बेला मलाइ हाम्रो हुन लागेको सम्बन्ध टार्नु थीयो, त्यसैले त्यस्तो भनेको !

“Boyfriend नै छ भनेको भए पनि मैले जबरजस्ती त गर्दिन थीएँ होला !

हो, मलाइ थाहा छ, तर त्यो बेला तपाइ एकदम नर्भस हुनुहुन्थ्यो । तपाइलाइ रातो पीरो देखेर त्यत्तिकै जीस्कन मन लागेर भनेको ! भनीसकेपछी मलाइ पनि गलत भएको अनुभब भयो, तर तपाइँत झन् नीलो कालो भएर जुरुक्क उठेर हिंडनुभयो । मैले सच्याउने मौकै पाइन । आशा छ तपाइले मेरो कुरा बुझेर मलाइ माफि दिनुहुन्छ !!!

अक्क न बक्क !!! आखीर एउटी केटीले जीवनमै पहिलोपटक माफी माग्दै छे, कसरी नदिनु ??

ल ठिकै छ, तर आइन्दा यस्तो मजाक नगर्नुहोला !

“So Friends ??”

“Ok, Friends !!!”

साँच्चै त्यस दिनदेखी हामी साथी साथी नै भयौ । ऊ साह्रै चुलबुले खालकी रहीछ । पहिला त मलाइ कसरी एउटी केटीले आफ्नो सम्बन्धको बारेमा कसरी यस्तो जीस्कन सक्छे जस्तो लाग्थ्यो, तर संगत गरेपछी थाहा पाएँ, उसले चैं सक्ने रहिछे । एकदमै चुलबुले, बोलक्कड र Frank.

त्यसपछीका मेरा दिनहरु साधारण नै बिते । अफीसमा रश्मीलाइ सधैं म नै हाँसेर “Good Morning” भन्थें, ऊ पनि आजकल म संग खुलेर कुरा गर्छै । साँच्चै एउटा सानो घटनाले मानीसको जीबनमा कस्तो प्रभाब पार्दो रहेछ । त्यसपछी धेरै पटक राकेश र मैले संगै बसेर धेरै समय बितायौ, रेष्टुरेन्टमा खायौ, फर्केर एउटै खाटमा पनि सुत्यौ । उसले मलाइ तिघ्रा पनि बोकायो, तर मलाइ उसको नियतमा कहिल्यै शंका लागेन, न कुनै दिन मैले शंका गरेको कुरा आत्मग्लानीले गर्दा उसलाइ भन्न नै सकें ।

मेरी हुन नसकेकी श्रीमती (भाग - २)

भाग - १ बाट क्रमश ...............
--मनोज घिमिरे

नहुनुपर्ने, तर त्यस दिनदेखि म चिन्तित हुन थालें । आखिर कारण पो के हो र ! मेरो के दोष ? कुरा आयो, गफ गर्न लगाए, गफ गर्दा केटी त त्यस्ती पो ! गफै नगरेको भए त झन !! गफै नगरी हाम्रो बिहा भएको भए ! यस्ता मानिसको मनोबिज्ञानमात्र फरक हो कि अंगहरुनै बेग्लै हुन्छ ? अंगहरु सकुसलनै भएको भए त बिहापाछि पनि मैले थाहा नपाउने रैछु । खोजेको कुरा पाएपछि म त त्यसैमा रमाउँथें होला नि ! तर के उनमा म नारित्वको भाबना जगाउन सक्थें होला ? धत् के सोचेको होला ! लायकको छु, सामान्य केटी नै पाइहाल्छु नि ! आफ्नो निश्कर्षप्रति आफैं हाँस उठयो, म बिहा गर्न सामान्य केटी पाउन संघर्षरत छु

एउटा सानु घटनाले मानिसको मनोबिज्ञानमा कस्तो फरक पार्छ ! आजकल म हरेक केटीका बारेमा ससंकित हुन्छु । लाग्छ यिनीहरु पनि यस्तै हुन के बेर ! हुन पनि हो ! यो बिचित्रको संसारमा जो जस्तो पनि हुन सक्छ ! कसैको निधारमा लेखीएको हुँदैन क्यारे, यो यस्तो हो है भनेर !

के छ साथी? बरन्डामा आफ्नै धुनमा मग्न मलाई राकेशको बोलीले झस्काउँछ । राकेश, मेरो हितैषी, सानैदेखी संगै पढेका, अहिले जागीर पनि एकै ठाउँमा छ ।

त्यतीकै, जाडोमा घाम तापेर बसेको । मैले सोझै ढाँटें, म त अहिले पनि त्यहि अस्तिको घटनाको बारेमा सोचेर बासेको थीयें ।

अनी के भो त? शुक्रवार केटी हेर्न हिंडेको साथी, खोज खबर नै छैन त ! केटी मन परेन ?

अब के भन्ने, साथी नै भएपनि उसलाई साँचो भन्न मन लागेन ।

अँ, त्यस्तै त्यस्तै

तैंले बिहा गर्लास जस्तो छैन !

छाडदे त्यस्ता कुरा, आज मुड पनि छ, मौसम ले पनि च्यालेन्ज गर्यो, के छ बिचार ?

मैले किन पो नाइ भन्नु छ र !

हामी रेष्टुरेन्टतीर लाग्यौं । नशाले त मलाई अस्तिको घटनाको छटपटीबाट मुक्त गर्ला !

धेरै पीयौ, अझ मैले त झन धेरै नै पीयें । नशाले असर देखाऊँदै गयो, म मा त्यो छटपटीको ठाऊँमा एकसुरे रमाइलोपन (मात) चढदै गयो । कोठा फर्केर दुबै गर्लम्म खाटमा ढल्यौ ।

अर्धनिन्द्रामा थीयें, निदाउने क्रममा, अलिक असजिलो जस्तो महसुस भयो । अरे, राकेशले त पुरै तीघ्रा मलाइ बोकाएर हातले मेरो पाखुरा सुम्सुम्याउँदै पो छ त ! धत्, हैन ! मलाइ आफैं बिश्वास लागेन । आखीर सानैदेखीका साथी हौं, यसअघी सयौं चोटि संगै सुतीयो होला ! के यो सपना हो त ? मैंले आफैंलाई चीमोटें, अहँ, हैन । मैले थाहा नपाएको पो रैछु त ! आखीर म सुतेपछि काटेको पनि थाहा नपाउने मान्छे ! डाकाले मेरो बानीको फाइदा पो लीएछ । मैले पर सार्न खोजेको त झन पो ढेपिन्छ ! अरे, मेरो पछाडी यस्को अंगले छुँदैछ कि क्या हो ! अब त अति भो ! त्यसलाइ पर हुत्याएर अर्को खाटमा गएर सुतें । आखीर कस्को पो बिश्वास हुन्छ र ! सानैदेखीको साथी त यस्तो रैछ, थाहै थिएन । तर भोगाइले मलाइ सिकाएको छ । डाका!, म मनमनै सराप्दै निदाउन खोजें, तर निद्रा के लाग्थ्यो र ! जाँडको नशा पनि उडिसकेछ ।

तपाइलाई आजकल चिन्तीत देख्छु, किन हो ? अफिसको टेबलमा झोक्राइरहेको मलाइ रश्मीले एक्कासि सोधी । रश्मी, मेरो अफिसकी कनीश्ठ कर्मचारी !

केही बोल्नु न ! कि हामीसंग बोल्न नहुने हो ?

केही भएको छैन ! फेरी तिमीलाई के को चासो ! खुरुक्क आफ्नो टेबलमा गएर काम गर । "

म अनायस जंगीऐ, पछि आफैंलाई ग्लानी भयो । के पो गल्ती थीयो र बिचरीको, मलाइ झोक्राएको देखी, अनी के भएछ भनेर सोधी । मैले यो राम्रो गरीन । आजसम्म म रिसाएको अफीसका कसैले देखेका थिएनन् । म किन यस्तो भएको ? हैन यो भएन, हुँदै भएन । मैले अठोट गर्दै मुठ्ठी कसें । एकछिनमा गएर रश्मीसंग माफी माग्छु ।

थकीत शरीर लीएर अफीसबाट फर्कदै थियें, बाटोमा त्यहि केटी देख्छु । हो, मेरी हुन नसकेकि श्रीमती, बाइकको पछाडी बसेकि । अगाडी चैं ?? त्यही केटी त होला, उसकी मायालु । उत्सुकताबस मलाइ उसको पिछा गर्न मन लाग्यो ! यस्तो कुरामा अल्पज्ञानी मलाइ केहि ज्ञान पो मीलीहाल्छ कि ! बाइकमा भएका उनीहरुलाइ पछयाउन म ट्याक्सीमा चढछु र बाइकको पीछा गर्न भन्छु । ट्याक्सीवाला मलाइ एकतमासले हेर्छ र कुदाउँछ, उनीहरुकै पछिपछि । म भने पछाडीबाट त्यो बाइक चलाउनेलाई हेर्दै त्यो कस्ती होलि भनेर बिचार गर्न थाल्छु । अनायस म त्यसलाई आफ्नो प्रतीद्वन्दी बनाउँछु । केटी भएपनि ठुलो डाल परेकि, पछाडीबाट चौडा-चेप्टो छाति, तिघ्रा-पाखुरा पनि ठुला ठुला, केटाका जत्रै ! यस्तो केटी-केटीको सम्बन्धमा दुबैजना केटी भएपनि एउटी केटाको रुपमा र अर्की केटीको रुपमा ब्यबहार गर्छन भन्ने सुनेको थीयें, यी दुइमा केटा चै पक्कै यो बाइक कुदाउनेनै हुनुपर्छ । बाइक कुदाउनुले पनि त त्यसको पुस्टी गर्यो नी, जीउडाल हेर्दानै केटाको जस्तो छ । यो मेरी हुन नसकेकी श्रीमतिलाई पनि केटाले नभएर केटाजस्ती केटी चाहीएको !

गोदावरी पुगेर बाइक रोकीयो । मैले ट्याक्सी अली वरै रोकें, देख्लान कि भनेर । म यीनीहरुलाई आज दिनभर के छोडथें र ! के सोच्याछन् मलाई, एउटा पनि नछुटाइ James Bond को फिल्म हेरेको मान्छे पो हो त, म !!!

क्रमश ………

पानाकी मिस्सी

-- रजित ओझा
एक दाऊ होइन , दुई दाऊ होइन , सबै बाजी मारछिन
जब उत्रिन्छिन उनी खालमा सबैलाई धुलो पार्छिन
मेरी माया कस्ती राम्री राती अनी हिस्सी
जीवन भरी माल परेकी मेरी पानाकी मिस्सी
……………………………...........


मलाई थाः छ माया साथी केवल एउटा झमेला हो
तर जीवन उनी बेगर नपचेको टनेला हो
उनी संगै बांचौला म सकेसम्म आठ हाथ खाउँला
मायाको जुवामा डर कीन ? हद भये गोल जौंला
मेरी माया कस्ती राम्री राती अनी हिस्सी
जीवन भरी माल परेकी मेरी पानाकी मिस्सी
……………………………………………

जुट भयी सँधैं सँधैं संगै संगै हिनौंला
कलर सबै जीवनका संगै संगै चिनौंला
भागी भागी हिंदैनौं रन को के भाऊ छ ?
एक बर्शमैं जुट बाट ट्रायल बन्ने दाऊ छ
मेरी माया कस्ती राम्री राती अनी हिस्सी
जीवन भरी माल परेकी मेरी पानाकी मिस्सी
………………………………………

हीरा मोती दिन्न अहं म हूँ त्यस्तो एक्का
तिमी संग मैरिज़ गर्ने मात्र हुन्छ हेक्का
मेरी माया कस्ती राम्री राती अनी हिस्सी
जीवन भरी माल परेकी मेरी पानाकी मिस्सी
मेरी माया कस्ती राम्री राती अनी हिस्सी
जीवन भरी माल परेकी मेरी पानाकी मिस्सी
.........................................

मेरी हुन नसकेकी श्रीमती

-- रजित ओझा

मेरो अगाडी एउटा टेबल थियो कामिराखेको गोडाहरू लुकाउन , अनी भुईमा रखियेको बिदेशी कार्पेट ले मेरा औला हरु कोतर्न ब्यस्त थिए । म मेरो मोजा गनाई रहेको छ/छैन, त्यस्प्रती पनि सतर्क थिए । कोठा शांत थियो, मौनता पल प्रति पल ब्याप्त थियो | नहोस पनी कसरी ? उनको लागी त थाहा छैन, मेरो लागी भने यो अनुभब पक्कै पनी नयाँ नै थियो | हामी दुई जनाको कुरा छिन्न केटा र केटी ले गफ गरून भनेर रखिएको थियो एउटै कोठामा !
आख़िर मा मैलेनै आफू केटा हुनुको बोध दर्शाउने बिचार गरे ।
"
तिम्रो नाम के हो ?"
कस्तो अवास्ताबिक प्रश्न ! मानौं म प्रश्न सोध्नलाई मात्र प्रश्न सोधिरहेछु ! पक्कै पनी मेरो यो प्रश्न प्रति उनिलाई हाँसों उठ्यो होला ! शोलेमा "तुम्हारा नाम क्या है बसन्ती ?" भने जस्तो !
"
बिबाह गर्न आउनु भएको नाम नै थाहा नभई त ? "
उनले मलाई प्रतिप्रश्ना गरिन । उनको बोली स्पस्ट थियो, एउटा साहसी युवक को जस्तो! म छक्क परें , प्राय केटीहरु लजाउने खालका हुन्छन् भन्ने मेरो सोचाई थियो , तर मेरो सानो प्रश्न माथी पनी प्रतिप्रश्ना ? किन ? उन्लाई मलाई उनको नाम संध्या हो भन्ने थाहा हुंदाहुँदै पनी उनले दोहोर्याएर पनी त भन्न सक्थीन । के यो उनको अहम् हो ? वा अरु नै कुनै कुरा ? मैले पहिलो चोटी उनिलाई नियालें । साधारण भएर पनी असाधारण थिइन् उनी । बिवाह को लागी पहिलो भेटघाट ने भए पनी खास श्रृंगार थिएन उनको अनुहारमा, तर बिछट्टै राम्री . के ले गर्दा हो मलाई पानी थाहा छैन ! शायद उनको चुच्चो नाक, शायद एउटा रहस्य बोकेको जस्तो अनुहार, शायद अरु नै केही ! " तपाईको यो पहिलो पटक हो ? "
उनले मलाई फेरी एक पटक झाटारो हानिन । म अकमक्क परे । उनी पक्कै पनी साधारण होइनन, नभए पहिलो भेट , त्यो पनी बिबाह्को उदेश्यले , केटी ले यस्तो प्रश्न सोध्नु त पक्कै पनी साधारण मनिदैना ।
"
किन ? तिम्रो होइन र ? "
मैले पनी एकछिन उनलाई जिस्काउने प्रयास गरे ।
"
म तपाँई जत्तिको नर्भस भएको छैन नि, छू र ? "
उनी पहिलो चोटी हासीन . एउटा स्वछन्द हाँसो, रोकटोक नभएको ! कोठा भित्र चिया को ट्रे छिर्यो, हामी अली सतर्क भयौ । ट्रे बोकेरा आउने अधबैसे आईमाई ले हामिलाई चियो को नजरले हेरिन अनी चुपचाप बाहिर निस्किन । ढोका ढप्क्याईदियीन । यो कती बेर सम्म हुने हो सोच्दै मैले पसीना पुश्ना रुमाल बाहिर निकाले ।
"
मंसिरमा काठमान्डौ मा पसीना ? "
उनी फेरी हासीन ।
"
तिमी हास्दा असध्य राम्री देखिन्छ्यौ , एकदम निस्फिक्री हासे जस्तो !"
मैले पहिलो चोटी उनको प्रसंसा गरे तर साँचो भन्छु प्रसंसा मेरो मुटू बाट साँचो निक्लेको प्रसंसा थियो । हुनसक्छ , मलाई देखावटीपन मन पर्दैन ।
"
तपाई चीनी कती चम्चा लिनुहुन्छ?"
"
अरु बेला दुई चम्चा , आज एक चम्चा मात्र !"
"
किन?"
"
एक चम्चा चीनी को काम त तिम्रो हातले पनी गर्ला नि!"
"
मलाई यस्तो नहुने कुरा गरेको मन पर्दैन !"
पहिलो चोटी प्रसंसा मन नपर्ने केटी देखियो, तर किन हो किन मलाई त्यही प्रसंसा मन नपर्ने केटी नै मन पर्दैछ ।
"
कस्तो भौतिकतावादी तिमि ! प्रसंसा पनी मन नपर्ने !"
"
होइन ! म यथार्थ वादी छू ।"
"
एउटा कुरा सोधौ?"
"
सोध्नुहोस न ! त्यसैका लागी त तपाँईलाई यो कोठा भित्र छोडिएको!"
"
तिमि यती राम्री, फ्रैंक पनी ! कलेजमा केटाहरुसंग affair भएन कहिल्यै ?"
यो प्रश्न मैले अली ज्यादा नै सोधे जस्तो लागेको थियो तर उनको हासो ले म परिधि भित्रै छू जस्तो लाग्यो ।
"
अहं मैले कहिल्यै पनी केटा हरुलाई खासै भाऊ दिइन । तपाँई पनी त handsome हुनुन्छ, कोही girlfriend बनेनन?"
"
थिए तर प्रतिस्पर्धा मा तिमिलाई जित्न सक्ने कोही पायीन । "
"
मलाई प्रतिस्पर्धी बनाएर आफुलाई पुरस्कार बनाउन खोज्नु भएको ! भो मलाई चाहिएन पुरस्कार !"
पहिलो चोटी मलाई यो युद्ध हरेको अनुभव भयो । मैले अफ्नो अन्तिम अस्त्र फ्याल्ने प्रयास गरें ।
"
तिम्रो जीवन मा कोही छ भने भन । म बाटो छोडीदिनेछु ।"
"
तपाँई राम्रो केटा हुनुन्छा, तर म तपाईलाई मात्र साथी बनाउन सक्छु ।"
"
जीवनसाथी किना बनाउन सक्दिनौ , कोही केटा छ ,के उ म भन्दा राम्रो छ ? caring ? "
"
मलाई सानै देखि केटा हरु कहिल्यै मन परेनन् , उ केटा होइना केटी हो !!!"
मैले मुन्टो उठाउने साहस गरीन, तलको कार्पेट मलाई गीज्याऊँदै थियो ।

एउटा कबिता

It was a good early morning. Bright sun in winter days.. I was just trying to create something because Jaggu had asked me for something from my side to post in his blog. He was saying KABITA but it had been long that I had written any KABITA. So I told him that I would write some post, rather than a KABITA. But the romantic morning changed my mind, I thought of giving a try and this was created. This is just for the refrence, the original place of this is Jaggu's Blog. Please read and feedback..


पाइलाहरू

--मनोज घिमिरे

रक्तिम उशाका स्वर्णिम किरणमा
म जब आफुलाई नुहाइरहेको पाउछु
म मा शक्ति संचारित हुन्छ
अणि नौलो दिन को द्रिड सुरुवात
म नयाँ जोश
, नयाँ योजना र नयाँ अठोटका साथ गर्छु |

हींडदैगर्दा म देख्छु ,
बाटोभरी धुलो को मुस्लो छ
मेरी आमालाई खोकी लाग्यो होला !
नयाँ योजना फेरी थपिन्छ
,
हो , अब मैले भूलो छान्न छान्ने बनाउनु पर्छ
पर क्षितीज सम्म सफा देखिने आकाश बनाउनु पर्छ
म अठोट गर्छु
, द्रिढताकासाथ मुठी कस्छु
अहँ
, मैले खुट्टा कमाउन मिल्दैन
मेरी आमा रोगले छटपटाइरहेकी छन !

हिडदाहिडदै सबै टक्क रोकिए
प्रगतिसिल पाइलाहरु अनायस छेकिए
अहो
, पुल त झरेछ
खाँबाहरु बाढीले लगेछ
तर अहँ
, मैले हार्न मिल्दैन, मैले थाक्न मिल्दैन !
देखें
, माथि हावाइजहाज उड्दै छ,
पुल झर्नाले उस्को बाटो छेकिंदैन !
एक्कासी आशा पलायो !
हो
, यसै हावाइजहाजमा कोही त पक्कै
पुल बनाउन सिक्न गयो वा सिकेर आयो!
अत्मबिश्वास बढ्छ
,
म अनायस आफ्न दुई हात उचाल्छु
मलाई विश्वाश छ
,
मेरा पछाडि हजारौं हातहरु
हात्तेमालो गर्न उचालिएका छन
र हामी हाम्रा काँधमा
त्यो खाँबोबिनाको पुल थेगेर
प्रगतिसिल पाइलाहरु सुचारु गर्नेछौ!!!

हाम्रो यात्राको शुरुवात भएको थियो तलको गीत बाट

तिम्रा लागी अन्तिम सास अझै मैले रोकेको छू
तिमि आउने झिनो आस अझै मैले बोकेको छू
भिजेका ती परेलिलाई बल्ल तल्ल कसेको छू
आऊदैनौ थाहा छ , पर्खेर म बसेको छू
आये तिमि यो जीवनमा ,
खुशी छाउथ्यो मेरो यो मनमा .

Hello Dudes

Hello,
We are Manoj Ghimire and Rajit Ojha. We have recently collaborated in writing a novel. We are continuing our collaboration in this blog. From near future there will be continuous posts. Please keep visiting.....

Manoj & Rajit