म भित्रका महरु

भाग-२ -रजित ओझा
काठमाण्डौ ,बानेश्वर
बिहानको -९:३०
मोबायल भाईब्रेट हुँदापनि मैले गोजिसम्म हात पुर्याउन सकिन ।त्यति भिड थियो नेपाल यातायात ,कल पक्कै पनि सुमनको नै हुनुपर्छ बल्ल आइपुगेछ ,म भने त्यत्रो बेर पर्खे ,कल लागेन अनि आज नआउने होला भनेर न हिँडेको हुँ । जोशका साथ कन्डक्टर भिँड चिर्न खोज्दै थियो । "उसको पेटमाँ माड छिराउने" भीड ।
"ए भाइ त्यो दुईवटै खुट्टा मेरो हो ।" मेरा दुई खुट्टाको बिचबाट उसले बाटो बनाउन खोजेपछि म आत्तिदैँ कराएँ ।
"चप्पल खस्यो क्या" मैले सोचे जस्तो होइन रहेछ ।

"कल उठाउँदा पनि नउठाउने हाम्रो त यार ,बिराटनगर माँ ट्रेनिङमा कोहि भेटिस् कि क्या हो?"
"नेपाल यातायतको भीँड देखेको भए भन्दिनथिस्"
"प्रतिकले को भेटेको अरे ?" शर्मिला पनि मेरै टेबल अगाडी आइ ।
"के मतलब जो भेटे पनि ,यस्ले गफ गर्ने होइन क्यारे "
मलाई झल्याँस्स निशा अनि ऊसले "तिमी असाध्यै कम बोल्छौ ।"भनेको याद आयो ।यसपालि बिराटनगरबाट धेरै याद बोकेर आएँ म ।यस्ती केटि भेट्टाएँ जस्ले बिजुलीको गतिमाँ मनमा छाप छोडी । के निशासँग फेरि भेट होला ? थाहा छैन , सन्सार सानो छ भन्छन् ।
"होइन यो त टोलायो त !"सुमनले मेरो तन्द्रा भङ्ग गर्यो ।
"काम गर न गएर ,खालि मेरो टेबल अगाडी गफ चुटेर बसिरहन्छ ।"
मेरा शब्दहरुले दुवैलाई काम गरे ।दुवै आ-आफ्ना टेबलमाँ ब्यस्त भए।
फेरि उठेर शर्मिला सँग गफ गर्दै थियो सुमन ,एकछिन मात्रै हो सुमन एक ठाउँमा बस्न सक्ने , धैर्यता बाँड्ने बेलामा अलिकति कन्जुसि गरेछन् भगवानले ,साथि भनेपछि मरिमेट्छ । तिनजनाको च्याम्बर टाँसिएको छ , उ साधारणत: कुहिनो स्पेसिङको माथि राखेर बोलीराखेको हुन्छ ।हामी तिनै जना "IOE" माँ सँगै पढ्यौँ ,शर्मिला भने फ्र्याङ्क मलाई दुवैजना कम बोल्छस् भन्छन ।
"थाहा पाइस बन्द भएछ ?"
"हो र ? तेरो बाइक छँदै छ नि !"
म शर्मिलालाई पुर्याएर आउँछु तँ कृष्णमन्दिर अगाडि बस ल ।
"ल ल जा"
आजको यो अचानकको काठमाण्डौ बन्दले म कृष्णमन्दिर तिर लागेँ ।

कृष्णमन्दिर ,सँधै जस्तै भिँड थियो । बन्द बाट अनभिग्य थियो । अचानक पर मैले चिनेको आकृति देखेँ । "निशा"
के म नजिक गएर बोलौँ ?यो भन्दा अगाडी एकचोटि त हो भेट भएको , तर हरेक भेट कुनै न कुनै बेला त पहिलोपटक नै हुन्छ ।"Is this the frequency or depth in the talk that matters?"

"अरे प्रतिक तिमी ?come on lets have some spice there "उसको ईशारा छेवैको पसलको पानीपुरि तिर थियो । उस्को बोलिमा परिवर्तन थिएन ,मानौ हामीले जहाँ बाट यात्रा टुंग्याएका थियौँ उ त्यहिँबाट शुरु गर्न चाहन्थी ।उस्ले यसपाली पनि मलाइ रिएक्ट गर्ने मौका दिइन ।
"सरि , मलाइ कोल्डको एलर्जि छ ।"
"केटी सँग हिड्न डराएको ?"
"होइन ।"
"I am masters in psychology ,बिर्सेको त छैनौ नि?" उ हाँसी ।
"साँच्चै , मलाइ कोल्डको एलर्जि छ ।"
"come on ,एक चोटी पानीपुरि खाएर तिम्रो जात भ्रष्ट हुँदैन के " उस्ले अझै जिद्दी गरी । त्यस्पालि भने मैले त्यो आग्रह टार्न सकिन ।
"अनि तिमी कसरि नि यहाँ " मैले प्रश्न गरे ।
"बिराटनगरको काम सिद्दियो , so back to home .तिमी नि?"
"अफिस बाट फर्केको ,बन्दले गर्दा यता बाट हिँडेको ।"
"बन्द ,for good reasons."
"किन?"
"नत्र तिम्रो र मेरो भेट हुन्थ्यो त ? See , I have added spice in your tongue ,त्यसको बदला तिमीले मलाई खाजा खुवाउनु पर्छ ।"
म आज बिहानको सोच , काठमाण्डौ बन्द , कृष्णमन्दिर र मेरो भाग्य सम्झेर हैरान भइरहेको थिएँ । हात कमाउँदै , कमाउँदै मैले मोबायलको स्वीच अफ गरेँ ,नत्र सुमन फर्केर नभेटेपछि त कल गरि हाल्थ्यो ।तर मैले किन त्यस्तो गरेँ आफैलाई थाहा हुन सकेन । अनि हामी दुवैजना खाजा खाने ठाउँको खोजिमाँ लाग्यौँ ।
क्रमश:

म भित्रका महरु

-रजित ओझा
"यो सिट मेरो हो शायद"
झ्यालमाँ बसेको सिटप्रति इशारा होला भनेर म सर्न मात्र खोज्दै थिएँ , बोली फेरि बदलियो ।
"होइन ,तपाइँलाई अफ्ठ्यारो हुन्छ भने त्यतै बस्नु भए पनि हुन्छ ।"
आवाज मधुरो थियो , मेरो फर्की फर्की केटीको अनुहार हेर्ने बानि छैन त्यसमाथि 'पल्पसा क्याफे' बाट ध्यान हटाएर मैले उस्को अनुहार हेर्न खोजेँ भने त्यो आवाज मधुरो हुनै पर्छ ।
" स्पेस कम भयो ब्याग छिर्दै छिरेन !" म सँग सहायता माग्दै थिई शायद । उस्को अनुहार दुई हातले छेकिएको थियो ब्याग मिलाउन खोज्दा ,अनि कपाल लामो रेशमी सिटसम्म झर्ने, म उठेको मात्र थिएँ , कन्डक्टर आएर त्यो मौका म बाट खोस्यो ।अनि बसे पछि उ मुस्कुराई मानौ म उठेको मात्रलाई पनि उ धन्यवाद दिन चाहन्छे ।पल्पसा क्याफे चरमोत्कर्षमाँ भएर होला मेरो उ तिर ध्यान कम नै थियो ।बाटोको गोलघुम्तिसँग रिस पनि उठ्दै थियो मन नलागि नलागि भएपनि उ र म ठोक्किरहेका थियौ ।बिस्तारै बिस्तारै अँध्यारो आफ्नो साम्राज्य फैलाउने होडमा थियो । मोबायल को एयरफोन कानैमाँ मिठो धुन गुन्गुनाईरहेको थियो ।एक्कासी उ मेरो अगाडि आएर कानको एयरफोन हटाउन ईशारा गरी ।
"लामो यात्रामाँ परिचय जत्ति चाँडो भयो त्यत्ति राम्रो होइन र ?"
म फगत मुस्कुराएँ , केटीहरु सँग खुलेर गफ गर्न सक्दिन भनेर भन्छन् साथिहरु ,शायद साँचो बोल्छन् ।
"तपाइँको भोलि एक्जाम छ हो ?"
" किन ?" यसपाली मेरो उत्सुकता बढ्यो ।
"you seem so much into this book !" उ हाँसी।
"राम्रो छ नि त ।" मैले पाना पल्टाउँदै भने ।
" एउटा कुरा भनौँ ?"
" के कुरा भन्नुहोस न !"
" यसमाँ पल्पसा मर्छे नि !"
मलाई एकचोटी झनक्क रिस उठ्यो । उ कसरि यस्तो गर्न सक्छे । एकै चोटि त्यो किताब रस निचोरिएर खोस्टा मात्र बाँकि भए झैँ लाग्यो । उ भने पेट मिची मिची हाँसिरहेकि थिई । पहिलो भेट ,how dare she ......?
"सरि , मैले यत्ति नभनेको भए तपाइँ किताब छोड्नु नै हुने थिएन ।हाम्रो परिचय अधुरै रहन्थ्यो । "
"मेरो नाम प्रतिक , प्रतिक रेग्मी ।"
"मेरो पल्पसा" उ फेरि हाँस्न थाली । "सरि सरि मेरो नाम निशा "
"बिराटनगर कुनै खास कारणले हो ?"
"ट्रेनिङ छ ।तपाइँ नि ?" प्रश्न सोध्नु जरुरि थियो ।
" रिसर्च हो ! i m doing masters in criminal psychology , किड्न्यापिङ केसहरु सँग रिलेटेड रिसर्च हो ।"
"Really ? need guts !!!!!!!!! ,तर नेपालमाँ त criminal psychology पढाइ हुन्न नि , होइन र ?"
"म भख्खर हो आएको , सरे युनिभर्सिटि बाट ,its in UK , चिप्स? " उसले आफुले भख्खर खोलेको चिप्स म तिर तेर्स्याई । मैले उस्को अनुहार हेर्दै अफ्ठ्यारो मान्दै दुई वटा चिप्स उठाएँ । she was too young to do the research !" i have to show something to you "
"के हो ?" म उत्सुक भएँ ।
मोबायल उठाएर उस्ले पर्तिरको सिटको माथि देखाई । ७ र ८ नम्बर भन्दा माथी "अपरिचित ब्यक्तिले दिएको कुनै पनि बस्तु सेवन नगर्नुहोला" भनेर लेखिएको थियो ।
"Now........ you are in danger !"
"stop" म हाँसे ।उ हरेक भेटमाँ जिउन खोज्छे एउटा जीवन जस्तो लाग्यो मलाई ।
" May i call u तिमी" मलाई थाहा छैन मैले किन यस्तो भनेँ । मैले यत्ति धेरै अपरिचित केटिहरु सँग बोलेको छुइन अहिले सम्म ।
"sure .........गफ गर्न सजिलो हुन्छ , तर म पनि तिमी नै भन्छु नि !"
" तिमी फ्लाइटबाट किन नआएको ?"
" मलाई बसको यात्रा एकदम मन पर्छ । नयाँ नयाँ सहयात्रि पाइन्छ । तिमीसँग भेट हुन जुरेको रहेछ ,त्यसैले होला "

"तिमी असाध्यै कम बोल्छौ ।" एक छिनको मौनता चिरेर उ फेरि शुरु भई । मलाई उङ लाग्न थालिसकेको थियो ।
"अनी तिमी असाध्यै धेरै ।" मैले आँखा चिम्लीचिम्ली जवाफ फर्काएँ ।
"तिमी अरु भन्दा भिन्न छौ ।" उसको इशारा शायद मेरो एप्पियरेन्सतिर थियो ।
" भिन्न भन्नाले ?"
" भिन्न भन्नाले भिन्न , असाधारण , भिँडमाँ बेग्लै ।"
"राम्रो मा कि नराम्रो मा ?" मैले हाँस्दै भने ।
"राम्रो मा नि यार ।केटाहरुमा यस्तो लजालुपन धेरै कममाँ हुन्छ ।"
"मलाइ थाहा छ म कति राम्रो छु ।"
"मान्छेले आफुलाई अरुको आँखाबाट पनि हेर्न सक्नुपर्छ ।"
। म धेरै बेर आशय बुझ्न ती शब्दहरु खेलाइरहेँ ।बिहान बस बाट ओर्लिँदै गर्दा उस्ले मलाई हेरेर हाँसी ।
"always think that you are a gem.............तिमी सँग यात्रा रमाइलो रह्यो ।" यो अन्तिम वाक्य थियो उस्को । ऊसको टि-शर्टको पछि "dont stare at me" लेखिएको थियो तर किन किन मैले उबाट नजर हटाउन सकिन ।
क्रमश:

प्रिये तिमीले यो पत्र नपाएपनि(भाग-३)

धेरै कुरा भुल्ने हुँदै गएको थिएँ । कहिले डायबिटिजको दबाई खान ,कहिले मर्निङ वाकमाँ जाँदा मफलर ओढ्न तर शायद यस्तो मलाई भगवानले तिमीलाई बिर्सोस भनेर बनाएको थियो , म त्यसमा अटेर गरीरहन्थेँ । एक दिन मैले बेडरुम लक गर्न बिर्सेँ ।त्यसको सरसफाई भने म आफैँ गर्थेँ । रेश्मालाई मैले मेरो एकान्तमाँ प्रवेश गर्ने मौका दिएको थिइन । म कोठा फर्किदा रेश्मा मेरो कोठाभित्र थिई । मैले धेरै पछि होला कसैलाई गाली गरेको ! वा पहिलो चोटि , तिमी त मेरो स्वभाव चिन्छौ ।उसले आँशुले टिलपिल भरिएको आँखाले मलाई हेरी अनी टेबलतिर फर्की ।भित्ताको मुस्काइरहेको तिम्रो तस्विर टेबलमाँ थियो ,हिजो मैले धेरै बेर हेरेपछि भोलि पुछ्नु पर्ला भन्ने सोचेको थिएँ ,बिर्सेछु ।ढोकाबाटै मैलो देखेर मात्र भित्र छिरेकी रहिछ ।पछि सोध्दा मात्र थाहा लाग्यो । तिमी मेरो बेवकुफि प्रति तस्वीर भित्रैबाट मुस्कुराईरहेकी थियौ ।मैले सकी नसकी सरी भनेँ । उ चुपचाप किचनतिर लागी ।पछी चिया ल्याउँदै भनी "आन्टी सारै राम्री देखिनुहुन्छ त्यो फोटोमाँ ।"मैले चिया सुरुप्प पार्ने बित्तिकै पत्तो पायेँ चिया खल्लो थियो ।रेश्माले प्रेस्क्रिप्सन पनि हेर्न भ्याईसकीछे ।तिम्रो रोग रेश्मामाँ सरेछ ।त्यहि दिन म बगैचामाँ डुल्न गएँ , चार वर्ष अघि तिमीले रोपेको एउटा बोट शिशिरभरि खङरङ्ग थियो बसन्तको आगमनले थाहै नपाई हरियो पालुवा आएछ ।तिमी देख्ने भए सारै खुशी हुन्थयौ होला !
म र रेश्मा भयेर चार दराजको छान मारेर भए पनि त्यो तिमीले बुनेको स्वीटर खोजेरै छोड्यौँ । तिमीले सपनामाँ मलाई पहिले जस्तै देख्न चाहेको बतायौ ।भोलिपल्ट मैले त्यो कुरा रेश्मालाई सुनाउँदा उ मुसुक्क मुस्काई ,उ हत्तपत्त मुस्काउँदिन तर मुस्कान गहिरो हुन्छ । अनि हामी दुवै त्यो स्वीटरको खोजिमाँ लाग्यौँ ।त्यो स्वीटर सँगै रेश्माले तिम्रो कुर्तासुरुवाल पनि भेट्टाईछे ,लगाउँछु भनेर जिद्दि गरी मैले नाई भन्न सकिन ।धेरै पछी त्यो स्वीटरको न्यानोपन फर्केछ । तिमीले यो रात सपनि हो म बिपनिमा हुन्न मात्र भनेको भए ,म जाग्ने दुस्साहस गर्दिनथेँ ।
रेश्मामा तिम्रो कुर्ता तिमीमाँ जस्तै सुहाएको थियो । तिमी जस्तै सालिनता ,कम बोल्ने अनि गहिरो मुस्कान शायद म एउटा लत छुटाउन अर्को लतको शीकार हुँदै गईरहेको थिएँ । एकदिन मैले हिम्मत जुटाएर रेश्मालाई मसँग बिहे गर्छौ भनेर सोधेँ । रेश्मा त केहि बोलिन तर उस्का आँखाले ऊ प्रतिको सहानुभुति र ऊ आफु बेचिएको स्विकार्य नहुने बताईसकेको थियो । त्यो दिन देखि रेश्मा मेरो मा आउन छोडी ।मैले किन जान्ने साहस जुटाउन सकिन ।मेरो बिवशतामा अरुले स्वार्थ देखे । तर अरुलाई के थाहा त्यो तिम्रो छायाँ थियो जस्ले रेश्मालाई मेरो निम्ति असाधारण बनायो ।प्रिये तिमीले यो पत्र नपाएपनि लेख्दै छु ।

पृय तिमीले यो पत्र नापएपनी (भाग-२)

मलाई त्यो दिन झल्झलि याद आउछ जुन दिन राहुलले बाहिरैकी केटीलाई हाम्री बुहारी बनाएको खबरले म झोक्राएको थिए । साच्चै जीवन सोचे जति सजिलो छैन । नसोचेका कुराहरु बारम्बार भईरहनु नै जीवन हो जस्तो लाग्यो मलाई त्यतिखेर । राती तिमीलाई याद होला हामी धेरैबेर मौन रह्यौ । मैले राहुलको रिस सबै टिभीको रिमोटमा पोखे ।अनि धेरै बेरपछि मात्र तिम्रो काखमाँ सुस्ताएँ । तिमी भन्दा म चाडैँ नै टुक्रिन्थेँ जब जीवनले ठक्कर दिन्थ्यो , अनी निपुण तिमी मेरा टुक्रा टुक्रालाई जतन गरी गरी जोड्थ्यौ एउटा दरो म बनाउने प्रयासमाँ ।
भाग्य कठोर निस्केकै हो । उसलाई मेरो बानी पचेन ।तिमीलाई निको नहुने बिमार लागेको पनि मेरो कानले सुन्नु पर्यो ।जब जब तिमी विवश आँखाले मलाई हेर्थ्यौ , म तिम्रो आँखाबाट तिमी आफु जानुको भन्दा म एक्लो रहनुको पीर छछल्किएको पाउँथे । राहुलले एक चोटि उतै लगेर उपचार गरौँ भन्दा पनि तिमी मानिनौ ।तिमीलाई अन्तिम पटक ओढेको सेतो घुम्टो उठाएर हेर्नुको पिडा पोख्ने काख मैले भेटिन किनकि मलाई बानि परेको काख त मात्र तिम्रो थियो ।राहुल त्यतिखेर यहि थियो । उस्ले मलाई जाउँ नभनेको पनि होईन तर मलाई बिदेशी बुहारिको देशभन्दा आफ्नि प्रियेको गाउँ प्यारो लाग्यो ,चसक्क बिझ्ने भए पनि तिम्रो याद आफ्नो लाग्यो अनि तिमी पछी अँध्यारो कोठाको एकान्त आफ्नो लाग्यो ।मैले त्यहि नै रोजे ।राहुलले पनि आफ्नो कर्तब्य निभाउने बाटो निकाल्यो ।मेरो खाना र स्याहारसुसार रेश्माले गर्ने भई । रेश्मा तिमी चिन्छौ ,हाम्रो अफिसको घनश्याम काकाकी छोरी ।
सचिवको प्रबल दावेदार हुँदाहुँदै पनि मैले तिन वर्ष अघिनै जागिर छोडे । खोई किन हो मलाई खाएका नमस्कारहरु खोक्रा लाग्थे , भिड देख्दा पनि ति सबै समय समात्न एक्लाएक्लै ,छुट्टाछुट्टै दगुरिरहेको भान हुन्थ्यो । अनि म मेरो त्यो दौडको औचित्य देख्दिनथेँ । तिम्रो साथ एउटा लत बनेर बसेछ जीवनमा मलाई गारो पर्दैथ्यो त्यो छुटाउन । स्वीटर थियो तर तिम्रो स्पर्श हराएको थियो ,मेरा आँशुहरु थिये तर तिम्रो अँगालो हराएको थियो , म थिएँ ,,,,,,,,,,,,,,,,,खोई म थिएँ पनि के भनौँ तिमी हराएकी थियौ ।
क्रमश:

पृय तिमीले यो पत्र नपाएपनि

-रजित ओझा
तिम्रो आगमनले भनेको थियो माया बानी हो भनेर ।पटक पटक ए‍कै अनुहार देखेपछी त्यहि अनुहार पहिला दिमाग अनि मनमा बस्छ भनेर ।म अहिले सम्झन्छु , तिमी सारै कम बोल्थ्यौ तर धेरै बोल्ने म पनि कम बोल्ने तिम्रा अघि कम बोल्ने देखिन्थे‍ । मलाई तिम्रो बोलि सुनिरहु लाग्थ्यो ।त्यसैले जब जब तिमी बोल्थ्यौ म सुनिरहन्थे । जब जब तिमी चुप हुन्थ्यौ म मौनता बिचमा तिम्रा शब्दहरु केलायीरहन्थे , निफनिरहन्थे बारम्बार‍ , अनि त तिम्रा शब्दहरु साचा लाग्थे ,आफ्ना लाग्थे । अनि म सारान्श निकाल्थे त्यति धेरै काटेका पलको माया साच्चै नै बानि हो ।
मलाई याद छ राहुल जब जन्म्यो म अस्पताल आऊन सकिन त्यो दिन । बिराटनगर आउनु परेको थियो । कार्यालयको काम ,आर्थिक बर्षको अन्त्य र शाखा अधिक्रितको जिम्मेबारि शायद यी नै पर्खाल बने ।जब म हतार गरेर फर्के तिमी मेरो लागि स्विटर बुनेर बसिरहेकी थियौ । मैले सधै जस्तै तिम्रा आखा छोपे अनि तिमी सधै जस्तै मुस्कायौ अनि त्यहि हात तानेर तिमीले दिएको स्विटरले मलाई अझै न्यानो दिइरहेछ । शायद त्यो तिम्रो स्पर्शको ताप थियो जीवन भर नसेलाउने मलाई बानी परेको न्यानो ।
एक्लो छोरो सात क्लासमा एक दिन घर फर्केन । शायद जनआन्दोलनको बेला थ्यो त्यो । तिमी रोएर बाटो बाटो दगुरेकी थियौ । राति जब राहुल आयो घरमा उस्को अघि त म थिए तर पनि दगुर्दै तिम्रो काखमा बुर्कुसि मारेको थियो त्यसले ।शायद उसलाई पनि म जस्तै तिमीबाट छुट्टिन नसक्ने रोग लागेको थियो । जहा उसले मुन्टो लुकाउदा आशु परिवर्तन भएर मात्र हिक हिक रहन्थ्यो अनी तिम्रा शब्द सुन्ना साथ हिक हिक परिवर्तन भएर हासो । पक्कै पनि जादु हुनुपर्छ तिम्रो काखमा अथवा भनौ राहुल र मलाई तिम्रो काखको बानि लागेको थियो ।
एयरपोर्टमा तिमी र राहुल सारै रोएका थियौ ।म भने मर्द भयेर रुन सकिन । आशु त झरेको हो तर ट्वाईलेटमा गएर पुछेको थिये । राहुल को बिदाइ पछि तिमीले मेरो रुमाल माग्यौ अनी अन्गालो मार्यौ । तिमी मेरा आशु चिन्थ्यौ खुशि चिन्थ्यौ ।
क्रमश:

बिराटनगर सँग माया लाएर हेर

--रजित ओझा
रोडशेष मा ढुकेर हेर
खाऊ पान थुकेर हेर
traffic चौकमा आएर हेर
बिराटनगर संग माया लाएर हेर
............................................

हरेक पानिपुरी को ठेलाले यही भन्छ
साँझमा हुने भेलाले चियाका गीलास गन्छ
चाट यहाँको चाटेर हेर
spice यहाँको साटेर हेर
traffic चौकमा आएर हेर
बिराटनगर संग माया लाएर हेर

.........................................

गुद्री बाज़ार अनी तरकारी
यहांका रिक्सा सबै सरकारी
एक चोटी चढेर हेर
जोगमुनी सम्म बढेर हेर
traaffic चौकमा आएर हेर
बिराटनगर संग माया लाएर हेर

................................

गफ ले चिया मा स्वाद बुन्छ
मधुमारा मा "त्यही सब हुन्छ"
क्रिश्नास्टमी रथ तानातान हेर
शहीद मैदानको शान हेर
traffic चौकमा आएर हेर
बिराटनगर संग माया लाएर हेर

आँशु बिक्री हुने भए

-रजित ओझा
जिउँदो लाश रोएको हेर तिमीलाई फिक्री हुने भए
म बिल गेट्स हुन्थे, आँशु बिक्री हुने भए

..........................................................

तिमी बसेको चोक धाएकै हो....
मायामा ज्वरो आएकै हो.....
१०४ पुग्थ्यो होला ...१०४ पुग्थ्यो होला
मायामा डिग्री हुने भए
जिउँदो लाश रोएको हेर तिमीलाई फिक्री हुने भए
म बिल गेट्स हुन्थे होला आँशु बिक्री हुने भए

...................................................

हार्ने म, जीत्ने तिमी.....
मर्ने म मार्ने तिमी .....
हाँसी हाँसी फाँसी लाग्थेँ.....
हाँसी हाँसी फाँसी लाग्थेँ.....
अंगालो सिक्री हुने भए
जिउँदो लाश रोएको हेर तिमीलाई फिक्री हुने भए
म बिल गेट्स हुन्थे होला आँशु बिक्री हुने भए

...................................................