पेट्रोल को लाईन

"बुधबारको दिन। अफिसमा थुप्रो काम थियो। के गर्नु? हिजो नै राखेको त हो नि। हिजो बेलुका नै पाउनु पर्ने।" मनमनै गम्दै थिए । पछाडिको स्कुटरले हल्का ठक्कर दिएपछि झल्यास्स भँए। हल्का मुन्टो बटाँरे। उनी मुसुक्क हाँसिन।

वरिपरि हेँरे। मेरो जस्तै समस्या भएका धेरै छन जस्तो लाग्यो। सामिप्यता महशुश गँरे। मैले जानिजानि छाडेको हो र। हाकिम पनि त बाईक नै चढ्छ त। त्सले चाँहि बस्नु पर्देन र लाईन?

लाईन बस्नु कुनै नौलो कुरो होइन् , लाग्दैन पनि। लाइन बस्दाको सोडाको चुस्कि, भुँईकट्हर, कहिलि काँहि त्यसै पनि मिस हुन्छ ।
न्यूरोडको सोडाको स्वाद फरक छ।

लाइन धेरै बेर अडेपछि म ओर्ले। पछाडिबाट लाइन काट्दै उनलाई सोडाको प्रस्ताब राखेँ। उन्ले स्वीकार्छिन जस्तो लागेको त थिएन। तर मुस्कानले त उनले नै बाटो खोलेकि थिइन।

"सोडा खानुहुन्छ? यहाँको सोडा साह्रै स्वादिलो हुन्छ्?"
"खुवाउनु हुन्छ?"
"अफ कोर्स।"

उनीपनि स्कुटर छाडेर मेरै साईडमा बसिन। सामान्य प्रशासनको पर्खाल,डेढ ईन्छको पेटि सकि नसकि टाँसिएको थिएँ म। उनि पनि त्सै गर्दै थिइन सायद।
म उनलाई नियाल्दै थिँए।
"गोरो मुहार। सर्लक्क मिलेका दाँत। लामो कद। लामा औँला। बिना नङपालिस नै राम्रा। उत्सुक ओठ। ग्लस हुनुपर्छ। " आकर्सन नै थियो उनीमा।
राम्रा केटीहरु मिजासिला हुँदैनन्। मेरो अनुभव। तर उनी अपवाद थिइन। मलाई सङ्कोच थिएन।

लाईन आफ्नै गतिमा अगाडि बढ्दै थियो। गेट अगाडि प्राय जसो भिडनै हुन्छ र भिडन्त पनि। कमिशनमा तेल भरिदिने पुलिस र पछाडिका लाइन वालाहरुको। अगाडिका लाई त बाईक सार्दैमा ठिक्क हुन्छ। पाँउछु भन्ने लागेपछि त झन बालै हो। औचित्यहिन लाग्दै थियो प्रश्न। तर रोक्न सकिन। यसो हेरेँ। आवेशमा देखिन्थ्यो। मलाई पनि पहिले तेस्तै हुन्थ्यो। तर अरुले गरेपो पुलिसको आश। पुलिसले नै गरेपछि त सहनु बाहेक उपाय नै भएन।
"के भएछ दाई?" मैले सायद कुनै उत्तरको अपेक्छ्यानै राखेको थिईन। मात्र बाहाना थियो। म उस्लाई मेरा झग्डाका किस्सा सुनाउन चाहन्थेँ। अनि सम्झाउन चाहन्थेँ। किनकि मलाई थाहा थियो त्यो रोक्नु असम्भव छ। म अर्को एउटा म लाई लज्जाबाट बचाउन चाहन्थेँ।

"तेल सकियो रे"। अपर्त्यासित उस्को उत्तरले म झसँग भए। बेकार सोधेछु जस्तो लाग्यो। नसोधिको भए तेल पाईन्थ्यो कि?


तिन बजे देखि बसेको। तीन घन्टा त् भैसक्यो। कोहि प्यासीहरु लाइन छाडेरपनि गए। तर मनले मानेन् । अगाडि गँए ।
"आज आँउदैन?"
"आँउदैछ ।"
"अघिनै आउनुपर्ने । कलँकिको जाम ।"
"एक घन्टापछि मात्र आउँछ रे।"

अलिक हौसला मिले जस्तो भयो ।

"जाँऊ कतै ।"
मेरो मनमा पनि तेहि थियो । तर मैले फुटाउन सकेको थिइन ।
आफैंलाई लाज लाग्यो । कस्तो कातर त म?
नेत्रितो उनैले लिइन । हेलमेट लक नगरिकन नै हिड्औ । पाटन लाग्ने गल्लि । यसैको पछाडि मेरो जिवनको लामो अंश बितेको छ । अजै भन्दा यसैले दिएको जिन्दगि म जिउँदै छु । तर कति गोप्य छ जिवन । नभएको भए सायद अहिले ऊनि मसंग हुँदिन्थिन होला ।
"उस्को पनि त गोप्य नै छ नि ।"
...........................................................क्रमश...........................................................................

फूल बेच्ने केटी(भाग-१)

भन त म आज कस्ती देखिएकि छु होला ?

फोन सुधाले नै गरेकी थि ।बिहानै त मैले उसलाई देखेको हो ! अब तिन घण्टा मै के परिवर्तन आयो होला र उसमा ? उ अझै पनि गोरी चौडा निधार भएकै होली , त्यहि निधारमाथी सानो टिका लगाई होली । सँधै जस्तै स्ट्रेट गरेको कपाल लाई खुल्लै छोडेकै होली , अनि कुनै हिन्दि सेरियलको रोमान्स हेरेर त्यसैमा डुबेर भावुक भएर मलाई फोन गरेकी होली । मलाई भने यस्तो प्रदर्शन देखि झर्को लागेर आउँछ । अब अफिसमा काम गरिरहेको बेला पनि के म आफ्नो प्रेमको प्रदर्शन गर्दै चिच्याउँ म तिमीलाई एउटा मुर्ख जत्तिकै माया गर्छु , पक्कै तिमीलाई सहने मान्छे मुर्ख नै हुनु पर्छ भनेर ?

एकदमै राम्री देखिएकी छौ होला। मैले बिस्तारै भनेँ यता उता हेर्दै । मलाई आफ्नो रिस देखाएर उसको चित्त दुखाउन पटक्कै मन लाग्दैन । नजिकैको टेबलको नारद मलाई क्वारक्वार्ति हेर्दै थियो। उसको ध्यान भने आफ्नो टेबलका फायल र कामहरु भन्दा अर्काका सेलमा आएका कलहरु , बोल्दाखेरिको एक्स्प्रेसन मा हुन्छ । त्यसबाट उनि कस्ले कससँग गफ गरेको हो त्यसमा हुन्छ । त्यसमा उनलाई पारंगत हाँसिल छ ! तर म यसमा उसको दोष देख्दिन । उसले उसको बुढि बाट माया पाएको छैन र नपाएको चिजको इर्ष्या सबैलाई हुन्छ ।

तिमी कति खेर आउँछौ कोठा ? उसले सँधै जस्तै यहि प्रश्न राखी ।

म अफिस सिधि्धिने बित्तिकै कोठा आउँछु । मैले पनि सँधै जस्तै जवाफ फर्काएँ । म मुस्कुराउने कोशिस गरिरहेको थिएँ मानौँ फोन बाटै भए पनि मैले सुधालाई मेरो मुस्कान देखाउनु पर्छ । मैले बुझिसकेको थिएँ अब यो वार्ता लामो हुनेवाला छ , मैले अब उसको तिन घण्टाको सारान्श कम्तिमा पनि पन्ध्र मिनट लगाएरै भए पनि सुन्नु पर्नेछ । त्यसैले मोबायल काँध र बाङ्गिएको टाउकोको भरले समातेर फायल हेर्नु मेरो बाध्यता थियो । साँच्चै बिहे पछि केटाहरु मल्टि डाईमेन्सनल हुन्छन् ,ढाँट्न सिक्छन् , बाहिरका समस्याहरु साना लाग्न थाल्छन किनकि घरभित्र नै उसले सबैभन्दा ठूलो समस्या सँग सम्झौता गरेको हुन्छ । तर जब जब त्यहि समस्याले सिन्दुर लाएर मेरो अगाडि आएको , चुरा बजाउँदै किचन मा चर्को नै भए पनि साग पकाएको र खुवाएको राति मेरो अँगालोमा त्यहि साग जस्तै लपक्क भएर हराएको अनि जाडोका बिहानमा पनि सरक्क मेरो न्यानो अँगालो छोडेर मेरो लागि चिया बनाएको पाउँछु त्यो समस्या पनि आफ्नि लाग्छे प्यारी लाग्छे ।

कहिलै चाँडो आउनु छैन ,कहिले काहिँ त चाँडो आएर मलाई सर्प्राईज दिए पनि त हुने नि ! कत्ति न अफिस को सबै काम गर्ने ठेक्का नै उसैले लिए जस्तो । उ थोरै लाडिई ,यदि उसको मुड भरे सम्म पनि बिग्रिएन भने त्यो मेरो लागि बोनस नै हुनेछ मैले मनमनै सोचेँ ।

तिमीलाई थाहा नै छ भने सर्प्राईज कसरि हुन्छ त ? आफ्नो कुर्सि मा ढल्किएर फाईल टेबलमा थाँति राख्दै एउटा हातले घडि हेर्दै मैले सुधालाई सोधेँ ।

थाहा छैन मलाई , म बुझ्दिन तिम्रा कुरा ! मलाई थाहा छ उ रिसाएकि होईन मात्र थोरै घुर्कि लगाएकि हो । कहिले काहिँ हाँस उठेर आउँछ मलाई उसको स्वभाव देखि !

एकछिन सम्म उहि साधारण हामीलाई बोल्न झर्को नलाग्ने अरुलाई सुन्न झर्को लाग्ने गफ भएपछि सुधाले फोन राखि । मैले कम्प्युटरको आफुले काम गर्दै गरेको एक्सेल फायल सेभ गरेँ अनि सोचेँ यो काम पर्सि सम्म सक्नु पर्ने भने पछि म सँग अझै पुरा भोलि बाँकि छ ।

....................... ............................ .......................... ...........................

बहाना बनाएर हाकिम बाट कोठा जान स्विक्रिति लिए पछि म आफ्नो कोठा तिर लागेँ । पानी सिमसिम परिरहेको थियो बाइकको सिट भिजेको रहेछ डिक्कि मा राखेको कालो कपडाको टुक्राले पुछेँ अनि रेनकोट लगाएर आफ्नो कोठा तिर हुईँकिएँ । बाटो आज पानी परेकाले होला ट्राफिक त्यति धेरै थिएन । बाटामै पर्ने नयाँ खोलेको फूल पसलमा मेरो आँखा गयो , अनि सोचेँ सुधालाई रातो गुलाफ असाध्यै मन पर्छ , बाइक रोकेर भित्र छिरेँ ।

लम्बाई भन्दा चौडाइ कम भएको कोठा थियो धेरै लामो ! पर पर सम्म फूल राखेको । एउटा रातो गुलाब काउन्टरको को एउटा कुनाको ठिक्क माथि राखेको थियो ।

त्यो गुलाब सजाउनलाई मात्र हो or is it for sale ?” मैले आफ्नो हेलमेट काउन्टरको अग्लो काठले बनाएको भागमा राख्दै औँलाले त्यो गुलाबलाई देखाउँदै सोधेँ ।

“It is for sale “ काउन्टरमा भएकि केटीले जवाफ फर्काई । आवाज मधुरो थियो । यति मधुरो कि अघि सम्म ध्यान नदिएको अनुहारमा म फेरि एक चोटि पुलुक्क हेर्न बाध्य भएँ । कालो कालो तर पनि हिस्सि परेको मुस्कुराउँदा उज्यालो देखिने अनुहार ,गला सम्म आउने घुम्रिएको कपाल अनि कपाल फैलिन रोक्न जडेको रातो चम्किलो चिम्टि , सिधा टपक्क मिलेको नाक , नाकको सानो फूलि लिपस्टिक बिनानै पनि पर्याप्त रातो अनि ग्लसले गर्दा अझ चिल्लो भएको ओठ त्यो अनुहार हत्तपत्त बिर्सिने खालको अनुहार पक्कै पनि थिएन ।

मलाई त्यो फूल निकालिदिनुहोस् न त ! मैले आफ्नो ध्यान फेरि गुलाफको फूलमा लगेँ ।

आफैँ झीक्नुहोस् न ल प्लिज , आज काम गर्ने मान्छेहरु पनि छैनन् दोकानमाँ !

मैले पुलुक्क उ तिर हेरेँ । अचम्म लाग्यो त्यो गुलाफ काउन्टरको भित्रबाट नजिक पर्थ्यो मैले त्यो झिक्न बाहिर बाट अलि बल लगाएरै लम्किनु पर्थ्यो भने उ उठ्दा मात्र पनि भेट्टाउँथी । यस्तो मान्छेले दोकान किन गर्नु होला मलाई झनक्क रिस पनि उठ्यो ।

तँपाई बसेको ठाउँ बाट नजिक पर्छ र पो भनेको त ? कस्टोमरलाई कसरि ट्रिट गर्ने पनि थाहा छैन तँपाईलाई ? म थोरै झर्किएँ ।

सरि तँपाईको इन्कन्भेनियन्सको लागि , मेरो दाहिने खुट्टा प्यारालाइसिस् भएको छ तँपाईले ठिकै भन्नु भएको हो हुन त म रिसेप्सन मा बस्नु नहुने हो मैले साधारण मान्छेहरुले गर्ने जब नगर्नुपर्ने हो । उसको अनुहार मा मुस्कान यथावत थियो ।

क्रमश:

कल्पनाकुञ्ज(अन्तिम भाग)

दश मा थिएँ म जब मैले स्कुलको ट्वाईलेटमा चुरोट शुरु गरेको थिएँ ।मलाई लाग्थ्यो केटाहरु खान्छन् मैले किन हुन्न ? उनिहरु त्यसबाट मजा लिन्छन् भने What’s stopping me ? केटि हुनु के सिमा मा बस्नु मात्र हो वा स्वच्छन्द आकाशमा उनिहरुको पनि हक हुन्छ ? होला मैले गलत बाटो लिएँ तर शायद मेरो सोच ठिक थियो । तर सबै साँचो कुरा सबैले बिश्वास गर्नुपर्छ भन्ने रहेनछ ।

म एक छिन चुप भएँ बरण्डा बाहिर चरा छिरबिर चिरबिर कराईनै रहेको थियो उ त बोलि पनि त बुझ्दैन हाम्रो , मेरो कथाको औचित्य के उसलाई ? फगत एउटा प्रदुषित ध्वनि न हुँ म उसको लागि त । सुधा पनि नजिकैको कुर्सिमा बसिनै रहेकी थिई परिवर्तन उसमा पनि थिएन उ उत्तिकै दत्तचित्त थिई मेरो कथा सुन्न र कथाको निष्कर्ष निकाल्न ! परिवर्तन त मात्र म मा थियो । लामो समय देखी चट्टान बनेर जमाएर राखेको आफ्नो मुटुलाई पगाल्दै थिएँ कोहि आफ्नो सुन्ने पाएर । म फेरि शुरु भएँ ।

मलाई तिम्रो जस्तो औँलामा नेलपोलिस लगाउन , थोरै खस्केको कुर्ताको सललाई पनि एउटा कला लाई मुर्तरुप दिए जस्तो गरेर आफ्नो ठाउँमा ल्याउन , चौडा निधारमा सानो टिका लगाएर आफूलाई पुर्ण बनाउन कहिलै आएन तै पनि साथिहरु भन्थे म रफ स्केच नै भए पनि पर्फेक्ट थिएँ , कलेजमा आएपछि मेरा फाटेका ,खूईलिएका जिन्स and a pair of sneakers को अलग नै मौलिकता थियो ,अनि मैले खोपेको ट्याटुको चर्चा बारम्बार भईरहन्थ्यो केटाहरुको सर्कल मा । जुन मेरो attitude सँग match गर्थ्यो रे ! हुन त मलाई आफु कलेज को सेलिब्रिटि बन्ने रहर थिएन तै पनि धेरै चिन्थे मलाई शायद प्रिथक भएर शायद बिग्रेकि केटी भनेर !

अनि ? मेरो निमेश भरको मौनता पनि सुधाले सहन सकिन । म थोरै हाँसे उसको ब्यग्रता देखेर !

सेकण्ड यियरको फेयरवेलको प्रोग्राम थियो , नकिन अन हेभन्स डोर मा As a guitarist play गरिसकेर म स्टेजबाट तल झर्दै मात्र के थिएँ कसैको हात मेरो अगाडि तेर्सियो ।

“you play guitar really well , कस्को थियो त हात ?

जस्ले शायद मलाई म सँग चिनायो उसैको , नाममा के राखेको छ र उसलाई तिमी उ नै भनेर बुझ न ! मेरो सम्पुर्ण कथाभरिको उ सम्बोधन उसकै लागि मात्र हुनेछ । उसले म सँग अटोग्राफ माग्दै हात बढाएको थियो । उ कमर्स बाट रहेछ मेरो संगत बाट टाढा , म उसलाई चिन्दिनथेँ तर उसको नोटिसमा म धेरै दिन देखि परेको रहेछु ।

“sorry , I don’t like unnecessary showing off , मैले उसको हात पर सार्दै जवाफ फर्काएँ । मैले उ तिर ध्यान दिन जरुरि ठानिन केटाहरुको सबै केटिहरुलाई एउटै तराजुमा तौलने बानि मलाई पहिले देखिनै मन पर्दैन थियो ।

अनि ? सुधाको कौतुहलता कायम थियो , मैले एकछिन बाहिर हेरेँ । बाहिर आकाश कालो थियो । पर्खाल छेउको पारिजातको हल्का हल्का बासना मेरो बरण्डामा आईरहेको होला , किन उसलाई महकिनु पर्छ होला राति मात्रै ? फरक मानवमा र अन्य बाँचेका हरुमा यति मात्र छ कि मान्छे जे गर्छ अरुलाई देखाउन मात्र गर्छ । जंगलको बिचमा फुल्ने फूलहरुलाई के मतलब उनिहरुलाई हेरिदिने कोहि छन् वा छैनन् भनेर , रातमा सुगन्ध छर्ने पारिजातलाई के मतलब उसको सुगन्ध कसैसँग पुगिरहेको छ वा छैन भनेर ।

बाहिर बरण्डामा निस्किने हो ? मलाई यहाँ उकुसमुकुस भयो । मैले प्रसङ्ग बदलेँ ।

“As u wish ! “

सुधाले नजिकैको दुईवटा कुर्सि बाहिर लिएर अघि लागि ! हामी बाहिर बरण्डामा बस्यौँ । गार्ड हाउसको धमिलो प्रकाश मेरो कोठाको बरण्डा सम्म आईरहेको थियो । मैले बाहिर बत्ति जलाउन आवश्यक ठानिन ।

भन न त कथा किन रोकेको ? सुधाले फेरि कथामा फर्कन आग्रह गरी ।

तर उसले हात हटाएन , उसको भनाईमा उ म सँग बोल्न खोजेकै करिब चार पाँच महिना भइसकेको थियो रे त्यतिबेला र सारै हिम्मत जुटाएर आएको थियो रे उ त्यतिबेला , मैले उसको अनुहार हेरेँ थोरै नै भए पनि सत्यता देखे ! म थोरै हाँसे अनि के जान्दछौ तिमी मेरो बारेमा भनेर सोधेँ , म सँग त्यो बाहेक उसलाई सोध्न अरु प्रश्नहरु थिएनन् । जे सोध ! उसले मेरो आँखामा आँखा मिलाउँदै जवाफ दियो । उसको आफु प्रतिको बिश्वास यति धेरै देखियो कि मलाई पनि उसलाई बिश्वास गर्न कर लाग्यो उ मेरो बारेमा सबै जान्दछ भनेर !

अनि ? यसपालि सुधा सुस्तरि बोली ।

मैले उसको हातमा अटोग्राफको सट्टा मेरो मोबाइल नम्बर लेखिदिएँ हाम्रो सम्बन्धलाई बढावा दिन मलाई लाग्यो उसका आँखाहरु विश्वास गर्न योग्य छन् , सबै केटीहरु जस्तै मैले पनि यहिँ गल्ति गरेँ ।

पहिलो भेटमैँ तिमी त्यति अघि बढ्यौ ?

म सम्बन्धहरु नापतौल गरेर बनाउँदिन जे गर्छु एउटा नशा मानेर गर्छु ,That’s Why I am an addict ! “

“ok ! अनि ?

सबै सम्बन्ध हरु जस्तै हाम्रो सम्बन्ध पनि चरमोत्कर्ष मा पुग्यो मैले उसलाई कहिँ पनि हामी बिचको लक्ष्मण रेखाको अनुभव हुन दिईन , coz I trusted him र यस्ता कुरामा हिच्किचाउनु मेरो स्वभावमा थिएन ! मैले उसलाई व्हिस्कि ,चुरोट देखी उसको बेडरुम सम्म साथ दिएँ ।

म एकछिन चुप भएँ ।

अनि एक दिन हामी विचको सानो misunderstanding मा He said I was cheap , If I can sleep so easily with him I can sleep with another guy too रे ! That created our break up ,मलाई पछि लाग्यो उ चाहन्थ्यो म उसको बाटो बाट हटुँ किनकि उसले चाहेको नै त्यहि थियो , मलाई थाहा छ केटाहरुको बिचारमा मेरो सोचका केटीहरु सँग जिवन गुजार्न सकिँदैन !

मलाई यो घटना ले केटाहरु प्रति बचेकुचेको बिश्वासलाई पनि चिहानमा गाड्यो ।

सुधा यसपालि चुप नै रहि , उसले केहि पनि बोल्न सकिन । मैले आफ्नो कथालाई निरन्तरता दिइराखेँ ।

उ सँग को बिछोड अरु कुराहरु सँगको सामिप्यताको कारण बन्यो शायद म चुरोट व्हिस्कि बाट एक स्टेप माथि चढे त्यहिँबाट ! जब घर परिवारको बारेमा सोचेँ ! म धेरै टाढा आइसकेको थिएँ , मेरो लागि कल्पनाकुञ्ज का ढोका खुलिसकेका थिए !

म रोकिएँ एकछिन सुधा मेरो नजिकै थिई कुर्सिमा ढल्किरहेकी म थोरै उठेँ ।

मलाई लाग्छ तिमीले कथा मात्र भन्यौ यो तिम्रो कथा तिम्रो मुटु हलुका बनाउनलाई मात्र थिएन ! तिमी मलाई अरु पनि केहि भन्न चाहन्छौ ! भन न प्लिज ! for gods sake ! “

धेरै पछि कल्पनाकुञ्जमा कोहि साथि जस्ति कोहि आफ्नि जस्ति तिमी भेट्टाएँ ! तर जब मैले तिमीलाई कोहि केटा सँग देखेँ मलाई मेरो अतित याद आयो । मलाई थाहा छ तिमी यस्लाई गलत ठान्नेछौ ,तर म तिमी सँग यति जोडिएको छु आजकल कि तिमी सँग जोडिएका अन्यहरु देखी इर्ष्या लागेर आउँछ । मैले आफ्ना आँशुले भरिएका आँखाले सुधालाई हेरेँ सुधाले धेरै बेर मौनता को बिचमा मेरो हात सुम्सुम्याई अनि केहि नबोलि जुरुक्क उठेर बाहिर बिस्किई ।

म ओछ्यानमा पल्टिएँ , तन्नाका फूलबुट्टा हरुसँगै काँडाहरु पनि पोतिएछन् क्यार ! धेरै बेर सम्म सुत्न सकिन । केहिले घोचे जस्तो भईरह्यो । सुधाको अनुहार धेरै बेर आँखामा आईरह्यो । अनि सोचेँ उसको मौनताले नबोलिकन पनि धेरै कुरा बोलेर गयो ।

भोलिपल्ट

सँधैजस्तै म बरण्डामै थिएँ । साँझका सिरेटाहरु यथावत थिए । मलाई छोईरहेकै थिए शायद भित्र भित्रै म जलिरहेको ऊनिहरुलाई पनि थाहा थियो । सुधा बिस्तारै गेटबाट भित्र आई । सँधै भन्दा उसको चाल ढिलो थियो । मैले घडि हेरेँ उ करिब दश मिनट ढिला भइसकेकी थिई । छ बजे देखि उसको ईभिनिङ्ग सिफ्ट शुरु हुने गर्छ कल्पनाकुञ्जमा । सँधै उ पंक्चुउल नै हुन्छे बेलुका तिर डेटिङ्ग गएपनि । उ कामलाई नै धेरै प्राथमिकता दिन्छे रोहनलाई भन्दा जस्तो लाग्छ मलाई कहिलेकाहिँ ! उ भित्र छिरि , म पनि बरण्डा बाट भित्र छिरेर गिटार लिएर आएँ , बजाउन खोजेँ । थोरै मेलोडिमा प्रोब्लेम आए झैँ लाग्यो , थोरै स्ट्रिङ्गस कसेँ एक छिन बजाउन खोजेँ । बजाउँदै जाँदा खासै रमाईलो नभए झैँ लाग्यो फेरि भित्र गएर गिटार थन्क्याईदिए अनि बाहिर राखेको चियरमा ढल्किएँ । हिजोका याद हरु यथावत थिए । चित्र बनेर मेरो वरिपरि घुमिरहेकै थिए ।

बेलुका रुटिन चेक अपमा सुधा भित्र छिरी । मेरो अनुहारलाई धेरै बेर सम्म हेरी ।

के हेरेकी ? मैले उसको आँखामा आँखा जुधाउँदै सोधेँ ।

थाहा छैन यार , अनडिसाईडेड भएकी छु ! उसले बाहिर हेर्दै जवाफ फर्काई , शायद उ मेरो आँखामा आँखा जुधाउन चाहन्न थी ।

मैले हिजो जे भने त्यसले प्रोब्लेम दिएको भने लिभ ईट ! एउटा साथि पाएकि छु अरु कारणहरुले गुमाउन चाहन्न ।

बाहिर बस्ने हो एकछिन ? सुधाले प्रसंग बदलि ।

जौँ न त त्यसोभए म कोठा मा भएका दुईवटा कुर्सि बोकेर बाहिर बरण्डा तिर लागेँ ।

बत्ति बालौँ ? मैले सुधालाई एक चोटि सोधि टोपलेँ ।

छोडदेउ ,के फरक पर्छ अँध्यारो र उज्यालो को तिमीलाई र मलाई ?

तिमी शायद मलाई केहि भन्न खोज्दैछौ !

त्यस्तै केहि ,कहाँ बाट शुरु गर्ने नै थाहा छैन !

भन न प्लिज !

हिजो यहाँ बाट हिँड्ने बित्तिकै रोहन को फोन आएको थियो ! सुधाले मलाई नियाल्दै भनी ।

अनि मैले कुर्सिको खुट्टाको रङ्ग नङ्ले कोट्याउँदै सोधेँ । कुर्सिमा रङ्ग लगाएको धेरै समय भईसकेको रहेछ । अलि अलि खुईलिन थालेको थियो ,अलि अलि उक्किन थालेको थियो । ऊक्किन लागेको लाई त कोट्याउने सामन्यतय जस्को उपस्थिति कमजोर देखिन्छ त्यसैमा त हो दुनियाँले प्रहार गर्ने !

आज भेट्नको लागि कल गरेको रहेछ !

भेट्यौ त ? मैले उसको कुरामा रुचि कौतुहलता देखाउन आवश्यक थियो । नभए उसले सोच्नेछे म उसको कुरामा ध्यान दिन्न भनेर !

उसैलाई त भेटेर आएकि बेलुका !

तिमी आज दश मिनट ढिलो थियौ ! मैले उसलाई नियालिरहेको जानकारि तेर्स्याएँ ।

मलाई थाहा छ तिमी बरण्डाबाट हेरीरहेकी थियौ । उसले म तिर नियाल्दै जवाफ फर्काई ।

म थोरै हाँसे झैँ गर्न खोजेँ । आजकल बिवश भएको छु म उसको सामु । थाहा छ उ अरु कसैकी हो र उसको र मेरो बिचको भावनाको साटासाटको आयु लामो छैन । तै पनि आफ्ना मुटु र दिमाग लड्दैछन् उसका लागि । म चाहन्छु उसको र मेरो बिचको सम्बन्ध रहिरहोस् । र यो पनि थाहा छ थोरै दुरि आवश्यक पनि छ उसको र मेरो सम्बन्धको निरन्तरताको लागि । तै पनि किन किन मन अनायासै युध्द मचाउन पनि तत्पर हुन्छ उसको लागि । हिजो देखि उ सोचिरहेकि होली मैले उसलाई एउटा उत्तर नभएको प्रश्न दिएकी छु तर उसलाई के थाहा त्यो प्रश्न मलाई कति अघि देखी पिरोलिरहेको छ भनेर ! अझ म त तिरस्क्रित भईसकेकी केटी !

आज मलाई रोहनले पर्पोज गर्यो , उ मसँग बिहा गर्न चाहन्छ रे ! उसले चन्द्रमा नियाल्दै अघि रोकिएको गफलाई गति दिई । मैले केहि पनि बोल्न सकिन ।

तिमीकेहि पनि किन बोल्दिनौ ? सुधाले म तिर फर्किदै प्रश्न राखि ।

के भनौँ ? म स्वार्थि बन्न चाहन्न ।

खोई , कहिलेकाहिँ मनमाँ साँचेका सपनाहरु पनि पुरा नभइकन त्यसै बीहान भइदिओस् झै लाग्छ । रोहन को यो प्रस्तावलाई कुरेर म करिब तिन महिना देखि बसेकी थिएँ , आज उसको यो प्रस्ताव पछि पनि मैले मलाई दुई चार दिन समय देउ भनेर समय माँगे । किन थाहा छैन !

उसले आफ्नो आँखाको आँशु पुछि । मलाई उसको आँखाबाट आँशु पटक्कै कहिल्यै पनि नझरोस् झैँ लाग्छ ।

तिमीलाई पनि थाहा छ यो भावनाको आयु छोटो छ । मैले भित्रबाट रुमाल ल्याईदिँदै उसलाई भने ।

थाहा छ तर मनलाई बुझाउन सकिरहेकि छैन ।

तिमी भोलि नै गएर पर्पोज एक्सेप्ट गरिदेउ ! म पनि शायद यहाँ धेरै बस्दिन होला ,चिफले अब धेरै भए दुई तिन हफ्ता भन्दै थियो ।

मैले उसको अनुहार पट्टि पिठ्युँ फर्काएर जवाफ फर्काएँ , मलाई आफ्नो आँशु उसलाई देखाउन मन थिएन तर उ मेरो अनुहार हेर्न खोजिरहेकी थिई ।

उ बिस्तारै निस्किई । उसले भोलिपल्ट नै मैले भनेको मानेर पर्पोज एक्सेप्ट गरेको खबर रोहनलाई पनि दिई । मेरो निस्किने दिन को पर्सिपल्ट उसको बिहाको साईत तोकियो । म भने आउन नसक्ने उसलाई मैले जानकारि दिएँ । म हिँड्ने दिन उ मेरो कोठामा आएकि थिई । म धेरै बेर उसको काँधमा टाउको राखेर रोएँ । उसले मलाई अब फेरि कल्पनाकुञ्ज नआउने गरी निको भएर जाँदैछु भनेर वाचा खुवाई । तल बुवा आमा मलाई लिन आउनु भएको थियो । टाढा पुगुन्जेलसम्म कल्पनाकुञ्ज ,त्यसको पर्खाल र पर्खाल भीत्र थुनिएकि मेरी सुधालाई हेरिरहेँ ।

यो कथा यत्ति मैँ बिट मारेँ ।

कल्पनाकुञ्ज (भाग-५)

सुधा फर्केर आउन्जेल सम्म पनि म बरण्डामै थिएँ ,साँझ मा बरण्डामा चिसो हावा चल्दो रहेछ । छोएर जाने हावा मध्ये कुनै न कुनै सिरेटोले म सन्चै भएको खबर घरसम्म पुर्याइ दिने हो कि झैँ लाग्ने रहेछ । " कन्ट्रि रोड टेक मि होम " घर बाट टाढा भएकाले मेरो अर्ध चेतन मनले नै होला त्यसका धुनहरुलाई बजाएको , औँलाहरु त आँफै नाचिरहेका थिए स्ट्रिङ्ग्समा ! धेरै समय बितिसकेको थियो आफ्नो गिटारसँग जिस्किँदै ! सुधा को अनुहार मा चमक हुनुपर्छ अहिले त धेरै ,मलाई पनि थाहा छ सन्तुष्टिको चमक कस्तो हुन्छ ! त्यो एउटा जीवन थियो जुन रमाईलो थियो ,आजकल त सम्झनाले पनि पोल्छन् र मात्र बाडुलि दिएर जान्छन् ।

"Boyfriend ?" मैले सुधा मलाई दवाई खुवाउन मेरो कोठा भित्र छिर्ने बित्तिकै प्रश्न गरेँ ।
"को ? कस्को ? " सुधाले मुस्कुराउँदै बुझ पचाई ।
"तिमीलाई थाहा छ को कस्को Boyfriend हो भनेर!" मैले बाहिर खुलेर हाँसिरहेको चन्द्रमा बरण्डाबाट नियाल्दै उत्तर फर्काएँ ।
उ फेरि हाँसि अनि केहि नभनि दवाई लिएर नजिकै आई ।

"के हो यो ? एन्टिडोज हो कि के हो ? सिरिन्ज बाट लिन मिल्दैन र ?सिरिन्ज बाट पानी नै हाल्न पाए पनि एकछिन को तलतल निको हुन्थ्यो जस्तै भइसक्यो !"
"तिमीले यस्तो कुरा गर्न सुहाउँछ ?भोलि देखि मेडिटेशन गर्न थाले पछि सब ठिक हुन्छ ,अनि तिमी गिटार एकदम राम्रो बजाउँदिरहिछ्यौ ! मैले बाटोमा आउँदै गर्दा सुनेको ! म भित्र छिर्ने बित्तिकै बन्द भयौ नि ?" सुधा एक छिन रिसाएझैँ गरी ।
"थ्यांक्स !त्यसले गर्दा बन्द भएको हैन ! त्यो केटाको बारेमा केहि बताईनौ ,आफुलाई भने साथी जस्तो लागेर मात्र सोधेको है । " उसले कुरा बदल्न चाहेको थाहा पाउँदा पाउँदै पनि मैले प्रसङ्गलाई आखिरमा त्यहिँ डोर्याएँ ।
"खोई के हो के हो अहिले सम्म बुझ्नै सकेकि छैन , नाम चाहिँ रोहन हो ! मलाई उ मन पर्छ । जहाँ सम्म लाग्छ उसलाई पनि म मन पर्छ । तर यो कुरा मैले भन्ने कुरै आएन , उ पर्पोज गर्ने नाम नै लिँदैन , कस्तो लाग्यो त तिमीलाई रोहन ?"

उसको अनुहार लाजले गुलाबि भयो ,गोलो ,गुलाबि लजाएको अनुहार पर्फेख्ट चन्द्रमा ! बल्ल बल्ल उसले सिध्याएकी थिई आफ्नो वाक्यलाई त्यति भन्दा पनि !

"मलाई त हरेक केटाहरु नाम मात्र फरक भएका एकै किसिमका जन्तु हुन जस्तो लाग्छ !" मैले आफ्नो नङ्गमा छिरेको मैलो सिंकाले झिकेर बरण्डाबाट बाहिर फ्याक्दै जवाफ फर्काएँ ।

उ एकछिन चुप लागी , थोरै खीन्न भई जस्तो लाग्यो उसको अनुहार देख्दा ! म पनि कस्तो बुद्दु ! भख्खर सपना डुलेर आएकिलाई वास्तविकतामा फुल छेउमा धेरै काँडा हुन्छन् भनेर देखाएपछि त उ खीन्न नभएर के हुन्छे त ! म पो धेरै भोगेर दुख पचाउने भइसकेकि थिएँ ।

"परबाट हेर्दा राम्रो थियो ! तिमीलाई धेरै माया गर्छ जस्तो छ । "
"जहाँ सम्म लाग्छ एकदम धेरै !" उसले छिनमैँ आफ्नो खिन्नता बिर्सि , अघि हराएको गुलाबि मुस्कान फेरि कोठा भरि छरियो ।
"तिम्रो पनि त थियो होला नि हैन ?केहि sugest गर न म नयाँ नयाँ मान्छेलाई ! "
"के ? boy friend ? मलाई रोग पालिराख्ने शौक छैन , मैले धेरै पहिले त्यसलाई आफ्नो जीवन बाट काटेर मिल्क्याईदिसकेँ । " म फिक्का हाँसो हाँसे । उ केहि बोलिन ,शायद उसले म भित्रको घाउलाई देखी ! म उसलाई त्यो देखाउन चाहन्नथेँ तर उसले पर्दा भित्र पनि नियालि शायद !

"तिमी सकेसम्म सुत्ने प्रयत्न गर ! सकेनौ भने पुरानो उपाय छ एउटा १०० देखि उल्टो गन्ने ट्राई गर ! एकदम ईफेक्टिभ छ !" यति भनेर सुधा बाहिर निस्किई ! मैले ढोका को चुकुल लगाएँ अनि भोलि सुर्य पक्कै उदाउला भन्ने आशमा पल्टिएँ ।

................................... .................................. ......................................
एक हफ्ता पछि ,

योगाका कक्षाहरु एकदम झर्को लागेर आउँछ मलाई ! सँधै उत्तानो परेर घरि टाउको मा खुट्टा लगेको छ ,घरि एउटा नाकले सास लिएर अर्को नाकले फ्याकेको छ , घरि चट्टि मा सुतेको छ सिधा भएर ! सुत्नु नै छ त बिहान बिहान किन उठ्नु ? तर पनि एकहफ्ताको समयमा नै कल्पनाकुञ्जले मलाई बाँधेको छ ! के गुणले मलाई थाहा छैन तर कल्पना कुञ्जले मलाई बाँधेको छ । सुधा सानो समयमैँ मेरो मन मिल्ने साथी भई । उ सँधै रोहनका कुराहरु सुनाउँथि डेटबाट आएपछि , रोहनले एक्स्प्रेस गर्न सकेको थिएन ,सुधा त्यसैको प्रतिक्षामा थिई । म चुपचाप सुनिराख्थेँ उसको फक्रिन लागेको प्रेमका कथाहरु ! ,यता सुरेश भनेँ मेरो पछि लागिरहन्थ्यो , के को लागि मलाई थाहा छैन ,शायद म उसको लागि कल्पनाकुञ्जको सबै भन्दा इन्ट्रेस्टिंग केस थिएँ अरु भन्दा प्रिथक , तर आआफ्नो स्वभाव र पछिल्ला घाउहरुले गर्दाहोला मलाई हरेक केटाहरु घिनलाग्दा लाग्थे । मलाई उसको नजिक जान मन लाग्दैन थियो ।

"तिमी एकदम राम्रो प्रोग्रेस गर्दै छौ ! " सुरेश मलाई धेरै बेर देखि योगा गरेको नियालिरहेको रहेछ । उसले मलाई गरेको तिमी सम्बोधन मलाई मन पर्दैन ! उसको लागि त म आजकल डिस्टिंक्सनको नम्बर भएको रिजल्ट जस्तो न हुँ । एउटा केटी जो एक हफ्तामै यती बदलिई । उसको राम्रो पर्फमेन्स देखाउने एउटा सर्टिफिकेट ! हेर्नुहोस् हामी कल्पनाकुन्जमा बिरामिलाई साथि जस्तो गरी ब्यवहार गर्छौ ! र त्यसको प्रोग्रेस उ हाम्रो प्यासेन्ट सुरुचिमा हेर्नुहोस् । तर वास्तवमै म राम्रो प्रोग्रेस गरिरहेको थिएँ आजकल मलाई चिटचिट पसिना आउन बन्द भएको थियो त्यसबाट ध्यान हटाउन खोज्दा पनि म सक्न थालेको थिएँ ।

"थ्यांक्स ! " म टावेलले पसिना पुछ्दै आफ्नो कोठा तिर फर्किएँ ।
"सुधा पनि तिम्रो कुरा गरिरहन्छिन् ! मलाई तिमी धेरै दिन कल्पनाकुञ्ज बस्लिउ जस्तो लाग्दैन ! " कोठा तिर लाग्दै गर्दा उ पनि मेरो पछि पछि आयो ।
"कति चाँडो खेदाउने बिचार गर्नुभएको ?"
"हामीलाई त जति चाँडो खेदाउन पाईयो त्यति राम्रो ! " उ मुस्कुरायो । मैले उसको मुस्कुराहट पनि याद नगरि आफ्नो कोठाको ढोका ढ्याम्म लगाएँ ।

.......................... ............................... ............................... ......................

नुहाएर आज रिल्याक्स मात्र भएर नजिकै को कस्मोपोलिटन पल्टाएँ एकै छिन । आजकल मेरो पनि शरिर सुन्दर भएको छ झैँ लाग्यो मलाई । अनुभुतिले मात्रै पनि मान्छेलाई सुन्दर बनाउँदो रहेछ शायद ।
"अबुई तिम्रो पाखुरामा ट्याटु पनि रहेछ ,मैले यादै नगरेको !" सुधा अचानकभित्र छिरी ।
"छ त ,जमानामा त हामी पनि हट थियौँ नि ,तिमी जस्तो नभए पनि ।" मैले नजिकै को सिरक मा आड लागेर जिउ थोरै ठड्याउँदै जवाफ फर्काएँ ।
"प्लिज .............. तिमी जहिल्यै आफ्नो सुन्दरतालाई मेरो सँग किन दाँज्छौ ? हरेक केटी सुन्दर हुन्छे !"
"तिम्रो अघि त म के नै छु र ? मलाई कता कता आफ्नो नारित्व कतै बिर्सिएर आफू खालि खालि भौतारिरहे जस्तो लाग्छ । " मैले उसको आँखा मा आँखा जुधाउँदै जवाफ फर्काएँ ।
"तिमी अनि तिम्रा कुराहरु , बुझेर कहिल्यै बुझि नसक्नु , आज रोहन सँग डेट छ ?राम्री छु भनेर त भनी हाल्यौ ! के ड्रेस लगाएर जाउँ भनेर सजेष्ट गर्छौ ? "

"जाउ न ,राम्रि भएर जाउ , बा आज चाहिँ रोहन ले पर्पोज गरी पो हाल्छ कि !"
"त्यहि कुरेर पो बुढो भईयो , तिमी केहि सिकाउँदिनौँ , आफ्नो एक्सपेरियन्स केहि शेयर गर्दिनौ अनि ?" सुधा झ्यालमा अडेसा लागेर मलाई जिस्क्याउँदै बोलिरहेकी थिई ।
"मलाई आज तिमिले बुझ्ने केहि कुरा भन्न मन छ , मेरो अतितको बारेमा मेरो बारेमा एकछिन बस्छौ ?" मैले आग्रह गर्दै उसलाई भनेँ , उ चुपचाप मेरो छेउमा आएर बसी ।
क्रमश: