कल्पनाकुञ्ज(अन्तिम भाग)

दश मा थिएँ म जब मैले स्कुलको ट्वाईलेटमा चुरोट शुरु गरेको थिएँ ।मलाई लाग्थ्यो केटाहरु खान्छन् मैले किन हुन्न ? उनिहरु त्यसबाट मजा लिन्छन् भने What’s stopping me ? केटि हुनु के सिमा मा बस्नु मात्र हो वा स्वच्छन्द आकाशमा उनिहरुको पनि हक हुन्छ ? होला मैले गलत बाटो लिएँ तर शायद मेरो सोच ठिक थियो । तर सबै साँचो कुरा सबैले बिश्वास गर्नुपर्छ भन्ने रहेनछ ।

म एक छिन चुप भएँ बरण्डा बाहिर चरा छिरबिर चिरबिर कराईनै रहेको थियो उ त बोलि पनि त बुझ्दैन हाम्रो , मेरो कथाको औचित्य के उसलाई ? फगत एउटा प्रदुषित ध्वनि न हुँ म उसको लागि त । सुधा पनि नजिकैको कुर्सिमा बसिनै रहेकी थिई परिवर्तन उसमा पनि थिएन उ उत्तिकै दत्तचित्त थिई मेरो कथा सुन्न र कथाको निष्कर्ष निकाल्न ! परिवर्तन त मात्र म मा थियो । लामो समय देखी चट्टान बनेर जमाएर राखेको आफ्नो मुटुलाई पगाल्दै थिएँ कोहि आफ्नो सुन्ने पाएर । म फेरि शुरु भएँ ।

मलाई तिम्रो जस्तो औँलामा नेलपोलिस लगाउन , थोरै खस्केको कुर्ताको सललाई पनि एउटा कला लाई मुर्तरुप दिए जस्तो गरेर आफ्नो ठाउँमा ल्याउन , चौडा निधारमा सानो टिका लगाएर आफूलाई पुर्ण बनाउन कहिलै आएन तै पनि साथिहरु भन्थे म रफ स्केच नै भए पनि पर्फेक्ट थिएँ , कलेजमा आएपछि मेरा फाटेका ,खूईलिएका जिन्स and a pair of sneakers को अलग नै मौलिकता थियो ,अनि मैले खोपेको ट्याटुको चर्चा बारम्बार भईरहन्थ्यो केटाहरुको सर्कल मा । जुन मेरो attitude सँग match गर्थ्यो रे ! हुन त मलाई आफु कलेज को सेलिब्रिटि बन्ने रहर थिएन तै पनि धेरै चिन्थे मलाई शायद प्रिथक भएर शायद बिग्रेकि केटी भनेर !

अनि ? मेरो निमेश भरको मौनता पनि सुधाले सहन सकिन । म थोरै हाँसे उसको ब्यग्रता देखेर !

सेकण्ड यियरको फेयरवेलको प्रोग्राम थियो , नकिन अन हेभन्स डोर मा As a guitarist play गरिसकेर म स्टेजबाट तल झर्दै मात्र के थिएँ कसैको हात मेरो अगाडि तेर्सियो ।

“you play guitar really well , कस्को थियो त हात ?

जस्ले शायद मलाई म सँग चिनायो उसैको , नाममा के राखेको छ र उसलाई तिमी उ नै भनेर बुझ न ! मेरो सम्पुर्ण कथाभरिको उ सम्बोधन उसकै लागि मात्र हुनेछ । उसले म सँग अटोग्राफ माग्दै हात बढाएको थियो । उ कमर्स बाट रहेछ मेरो संगत बाट टाढा , म उसलाई चिन्दिनथेँ तर उसको नोटिसमा म धेरै दिन देखि परेको रहेछु ।

“sorry , I don’t like unnecessary showing off , मैले उसको हात पर सार्दै जवाफ फर्काएँ । मैले उ तिर ध्यान दिन जरुरि ठानिन केटाहरुको सबै केटिहरुलाई एउटै तराजुमा तौलने बानि मलाई पहिले देखिनै मन पर्दैन थियो ।

अनि ? सुधाको कौतुहलता कायम थियो , मैले एकछिन बाहिर हेरेँ । बाहिर आकाश कालो थियो । पर्खाल छेउको पारिजातको हल्का हल्का बासना मेरो बरण्डामा आईरहेको होला , किन उसलाई महकिनु पर्छ होला राति मात्रै ? फरक मानवमा र अन्य बाँचेका हरुमा यति मात्र छ कि मान्छे जे गर्छ अरुलाई देखाउन मात्र गर्छ । जंगलको बिचमा फुल्ने फूलहरुलाई के मतलब उनिहरुलाई हेरिदिने कोहि छन् वा छैनन् भनेर , रातमा सुगन्ध छर्ने पारिजातलाई के मतलब उसको सुगन्ध कसैसँग पुगिरहेको छ वा छैन भनेर ।

बाहिर बरण्डामा निस्किने हो ? मलाई यहाँ उकुसमुकुस भयो । मैले प्रसङ्ग बदलेँ ।

“As u wish ! “

सुधाले नजिकैको दुईवटा कुर्सि बाहिर लिएर अघि लागि ! हामी बाहिर बरण्डामा बस्यौँ । गार्ड हाउसको धमिलो प्रकाश मेरो कोठाको बरण्डा सम्म आईरहेको थियो । मैले बाहिर बत्ति जलाउन आवश्यक ठानिन ।

भन न त कथा किन रोकेको ? सुधाले फेरि कथामा फर्कन आग्रह गरी ।

तर उसले हात हटाएन , उसको भनाईमा उ म सँग बोल्न खोजेकै करिब चार पाँच महिना भइसकेको थियो रे त्यतिबेला र सारै हिम्मत जुटाएर आएको थियो रे उ त्यतिबेला , मैले उसको अनुहार हेरेँ थोरै नै भए पनि सत्यता देखे ! म थोरै हाँसे अनि के जान्दछौ तिमी मेरो बारेमा भनेर सोधेँ , म सँग त्यो बाहेक उसलाई सोध्न अरु प्रश्नहरु थिएनन् । जे सोध ! उसले मेरो आँखामा आँखा मिलाउँदै जवाफ दियो । उसको आफु प्रतिको बिश्वास यति धेरै देखियो कि मलाई पनि उसलाई बिश्वास गर्न कर लाग्यो उ मेरो बारेमा सबै जान्दछ भनेर !

अनि ? यसपालि सुधा सुस्तरि बोली ।

मैले उसको हातमा अटोग्राफको सट्टा मेरो मोबाइल नम्बर लेखिदिएँ हाम्रो सम्बन्धलाई बढावा दिन मलाई लाग्यो उसका आँखाहरु विश्वास गर्न योग्य छन् , सबै केटीहरु जस्तै मैले पनि यहिँ गल्ति गरेँ ।

पहिलो भेटमैँ तिमी त्यति अघि बढ्यौ ?

म सम्बन्धहरु नापतौल गरेर बनाउँदिन जे गर्छु एउटा नशा मानेर गर्छु ,That’s Why I am an addict ! “

“ok ! अनि ?

सबै सम्बन्ध हरु जस्तै हाम्रो सम्बन्ध पनि चरमोत्कर्ष मा पुग्यो मैले उसलाई कहिँ पनि हामी बिचको लक्ष्मण रेखाको अनुभव हुन दिईन , coz I trusted him र यस्ता कुरामा हिच्किचाउनु मेरो स्वभावमा थिएन ! मैले उसलाई व्हिस्कि ,चुरोट देखी उसको बेडरुम सम्म साथ दिएँ ।

म एकछिन चुप भएँ ।

अनि एक दिन हामी विचको सानो misunderstanding मा He said I was cheap , If I can sleep so easily with him I can sleep with another guy too रे ! That created our break up ,मलाई पछि लाग्यो उ चाहन्थ्यो म उसको बाटो बाट हटुँ किनकि उसले चाहेको नै त्यहि थियो , मलाई थाहा छ केटाहरुको बिचारमा मेरो सोचका केटीहरु सँग जिवन गुजार्न सकिँदैन !

मलाई यो घटना ले केटाहरु प्रति बचेकुचेको बिश्वासलाई पनि चिहानमा गाड्यो ।

सुधा यसपालि चुप नै रहि , उसले केहि पनि बोल्न सकिन । मैले आफ्नो कथालाई निरन्तरता दिइराखेँ ।

उ सँग को बिछोड अरु कुराहरु सँगको सामिप्यताको कारण बन्यो शायद म चुरोट व्हिस्कि बाट एक स्टेप माथि चढे त्यहिँबाट ! जब घर परिवारको बारेमा सोचेँ ! म धेरै टाढा आइसकेको थिएँ , मेरो लागि कल्पनाकुञ्ज का ढोका खुलिसकेका थिए !

म रोकिएँ एकछिन सुधा मेरो नजिकै थिई कुर्सिमा ढल्किरहेकी म थोरै उठेँ ।

मलाई लाग्छ तिमीले कथा मात्र भन्यौ यो तिम्रो कथा तिम्रो मुटु हलुका बनाउनलाई मात्र थिएन ! तिमी मलाई अरु पनि केहि भन्न चाहन्छौ ! भन न प्लिज ! for gods sake ! “

धेरै पछि कल्पनाकुञ्जमा कोहि साथि जस्ति कोहि आफ्नि जस्ति तिमी भेट्टाएँ ! तर जब मैले तिमीलाई कोहि केटा सँग देखेँ मलाई मेरो अतित याद आयो । मलाई थाहा छ तिमी यस्लाई गलत ठान्नेछौ ,तर म तिमी सँग यति जोडिएको छु आजकल कि तिमी सँग जोडिएका अन्यहरु देखी इर्ष्या लागेर आउँछ । मैले आफ्ना आँशुले भरिएका आँखाले सुधालाई हेरेँ सुधाले धेरै बेर मौनता को बिचमा मेरो हात सुम्सुम्याई अनि केहि नबोलि जुरुक्क उठेर बाहिर बिस्किई ।

म ओछ्यानमा पल्टिएँ , तन्नाका फूलबुट्टा हरुसँगै काँडाहरु पनि पोतिएछन् क्यार ! धेरै बेर सम्म सुत्न सकिन । केहिले घोचे जस्तो भईरह्यो । सुधाको अनुहार धेरै बेर आँखामा आईरह्यो । अनि सोचेँ उसको मौनताले नबोलिकन पनि धेरै कुरा बोलेर गयो ।

भोलिपल्ट

सँधैजस्तै म बरण्डामै थिएँ । साँझका सिरेटाहरु यथावत थिए । मलाई छोईरहेकै थिए शायद भित्र भित्रै म जलिरहेको ऊनिहरुलाई पनि थाहा थियो । सुधा बिस्तारै गेटबाट भित्र आई । सँधै भन्दा उसको चाल ढिलो थियो । मैले घडि हेरेँ उ करिब दश मिनट ढिला भइसकेकी थिई । छ बजे देखि उसको ईभिनिङ्ग सिफ्ट शुरु हुने गर्छ कल्पनाकुञ्जमा । सँधै उ पंक्चुउल नै हुन्छे बेलुका तिर डेटिङ्ग गएपनि । उ कामलाई नै धेरै प्राथमिकता दिन्छे रोहनलाई भन्दा जस्तो लाग्छ मलाई कहिलेकाहिँ ! उ भित्र छिरि , म पनि बरण्डा बाट भित्र छिरेर गिटार लिएर आएँ , बजाउन खोजेँ । थोरै मेलोडिमा प्रोब्लेम आए झैँ लाग्यो , थोरै स्ट्रिङ्गस कसेँ एक छिन बजाउन खोजेँ । बजाउँदै जाँदा खासै रमाईलो नभए झैँ लाग्यो फेरि भित्र गएर गिटार थन्क्याईदिए अनि बाहिर राखेको चियरमा ढल्किएँ । हिजोका याद हरु यथावत थिए । चित्र बनेर मेरो वरिपरि घुमिरहेकै थिए ।

बेलुका रुटिन चेक अपमा सुधा भित्र छिरी । मेरो अनुहारलाई धेरै बेर सम्म हेरी ।

के हेरेकी ? मैले उसको आँखामा आँखा जुधाउँदै सोधेँ ।

थाहा छैन यार , अनडिसाईडेड भएकी छु ! उसले बाहिर हेर्दै जवाफ फर्काई , शायद उ मेरो आँखामा आँखा जुधाउन चाहन्न थी ।

मैले हिजो जे भने त्यसले प्रोब्लेम दिएको भने लिभ ईट ! एउटा साथि पाएकि छु अरु कारणहरुले गुमाउन चाहन्न ।

बाहिर बस्ने हो एकछिन ? सुधाले प्रसंग बदलि ।

जौँ न त त्यसोभए म कोठा मा भएका दुईवटा कुर्सि बोकेर बाहिर बरण्डा तिर लागेँ ।

बत्ति बालौँ ? मैले सुधालाई एक चोटि सोधि टोपलेँ ।

छोडदेउ ,के फरक पर्छ अँध्यारो र उज्यालो को तिमीलाई र मलाई ?

तिमी शायद मलाई केहि भन्न खोज्दैछौ !

त्यस्तै केहि ,कहाँ बाट शुरु गर्ने नै थाहा छैन !

भन न प्लिज !

हिजो यहाँ बाट हिँड्ने बित्तिकै रोहन को फोन आएको थियो ! सुधाले मलाई नियाल्दै भनी ।

अनि मैले कुर्सिको खुट्टाको रङ्ग नङ्ले कोट्याउँदै सोधेँ । कुर्सिमा रङ्ग लगाएको धेरै समय भईसकेको रहेछ । अलि अलि खुईलिन थालेको थियो ,अलि अलि उक्किन थालेको थियो । ऊक्किन लागेको लाई त कोट्याउने सामन्यतय जस्को उपस्थिति कमजोर देखिन्छ त्यसैमा त हो दुनियाँले प्रहार गर्ने !

आज भेट्नको लागि कल गरेको रहेछ !

भेट्यौ त ? मैले उसको कुरामा रुचि कौतुहलता देखाउन आवश्यक थियो । नभए उसले सोच्नेछे म उसको कुरामा ध्यान दिन्न भनेर !

उसैलाई त भेटेर आएकि बेलुका !

तिमी आज दश मिनट ढिलो थियौ ! मैले उसलाई नियालिरहेको जानकारि तेर्स्याएँ ।

मलाई थाहा छ तिमी बरण्डाबाट हेरीरहेकी थियौ । उसले म तिर नियाल्दै जवाफ फर्काई ।

म थोरै हाँसे झैँ गर्न खोजेँ । आजकल बिवश भएको छु म उसको सामु । थाहा छ उ अरु कसैकी हो र उसको र मेरो बिचको भावनाको साटासाटको आयु लामो छैन । तै पनि आफ्ना मुटु र दिमाग लड्दैछन् उसका लागि । म चाहन्छु उसको र मेरो बिचको सम्बन्ध रहिरहोस् । र यो पनि थाहा छ थोरै दुरि आवश्यक पनि छ उसको र मेरो सम्बन्धको निरन्तरताको लागि । तै पनि किन किन मन अनायासै युध्द मचाउन पनि तत्पर हुन्छ उसको लागि । हिजो देखि उ सोचिरहेकि होली मैले उसलाई एउटा उत्तर नभएको प्रश्न दिएकी छु तर उसलाई के थाहा त्यो प्रश्न मलाई कति अघि देखी पिरोलिरहेको छ भनेर ! अझ म त तिरस्क्रित भईसकेकी केटी !

आज मलाई रोहनले पर्पोज गर्यो , उ मसँग बिहा गर्न चाहन्छ रे ! उसले चन्द्रमा नियाल्दै अघि रोकिएको गफलाई गति दिई । मैले केहि पनि बोल्न सकिन ।

तिमीकेहि पनि किन बोल्दिनौ ? सुधाले म तिर फर्किदै प्रश्न राखि ।

के भनौँ ? म स्वार्थि बन्न चाहन्न ।

खोई , कहिलेकाहिँ मनमाँ साँचेका सपनाहरु पनि पुरा नभइकन त्यसै बीहान भइदिओस् झै लाग्छ । रोहन को यो प्रस्तावलाई कुरेर म करिब तिन महिना देखि बसेकी थिएँ , आज उसको यो प्रस्ताव पछि पनि मैले मलाई दुई चार दिन समय देउ भनेर समय माँगे । किन थाहा छैन !

उसले आफ्नो आँखाको आँशु पुछि । मलाई उसको आँखाबाट आँशु पटक्कै कहिल्यै पनि नझरोस् झैँ लाग्छ ।

तिमीलाई पनि थाहा छ यो भावनाको आयु छोटो छ । मैले भित्रबाट रुमाल ल्याईदिँदै उसलाई भने ।

थाहा छ तर मनलाई बुझाउन सकिरहेकि छैन ।

तिमी भोलि नै गएर पर्पोज एक्सेप्ट गरिदेउ ! म पनि शायद यहाँ धेरै बस्दिन होला ,चिफले अब धेरै भए दुई तिन हफ्ता भन्दै थियो ।

मैले उसको अनुहार पट्टि पिठ्युँ फर्काएर जवाफ फर्काएँ , मलाई आफ्नो आँशु उसलाई देखाउन मन थिएन तर उ मेरो अनुहार हेर्न खोजिरहेकी थिई ।

उ बिस्तारै निस्किई । उसले भोलिपल्ट नै मैले भनेको मानेर पर्पोज एक्सेप्ट गरेको खबर रोहनलाई पनि दिई । मेरो निस्किने दिन को पर्सिपल्ट उसको बिहाको साईत तोकियो । म भने आउन नसक्ने उसलाई मैले जानकारि दिएँ । म हिँड्ने दिन उ मेरो कोठामा आएकि थिई । म धेरै बेर उसको काँधमा टाउको राखेर रोएँ । उसले मलाई अब फेरि कल्पनाकुञ्ज नआउने गरी निको भएर जाँदैछु भनेर वाचा खुवाई । तल बुवा आमा मलाई लिन आउनु भएको थियो । टाढा पुगुन्जेलसम्म कल्पनाकुञ्ज ,त्यसको पर्खाल र पर्खाल भीत्र थुनिएकि मेरी सुधालाई हेरिरहेँ ।

यो कथा यत्ति मैँ बिट मारेँ ।

No comments: