"गाडि खुल्यो है , छिटो छिटो आ-आफ्नो गाडिमा चढ्नुहोला"
फेरि एक पटक क्रम भंग भयो ,कुनै यात्रा नगरिकन पनि टाढा कतै पुगिसकेका सुधा र म फेरि पतलैयाको त्यो निरस चिया पसलको यथार्थमा फर्क्यौँ ।
"जौँ ।" उसले पर बल्न थालेका गाडिका हेडलाईट हरु हेरी , अनि सुस्तरि बोलि ! उसलाई पनि शायद म जस्तै हिँड्न मन लागेको थिएन तर सँधै कल्पना र यथार्थको बिचमा मात्र बिवशताको फरक हुन्छ ।
गाडिको सिट चिसिएको थियो ।अब हामीले त्यसैमा अरु दुई घण्टा जति डोरीनु थियो होला , यदि बिच बाटोमा अर्को बन्द भेटिएन भनेँ ,झिसमिसे उज्यालोमा मैले एक चोटि फेरि सुधालाई हेरेँ । रातभर नसुतेकी सुधाको अनुहार निन्द्रा को चपेटामा देखिएको थिएन उ खुलेकी थिई । मैले उसलाई छोड्नु पर्नेछ , आजको दिनभित्रैमाँ !!!!!!!!!!
उसलाई हेरिरहन सकिन बाहिर तिर नजर डोर्याउन थालेँ बाहिर हरेक कुरा चलायमान थिए शायद मलाई बुझाउन खोज्दै थिए केहि पनि शाश्वत छैन भनेर ! एउटा अनौठो निशब्दता करिब दुई घण्टा दौडिरह्यो गाडि सँगै !
नारायणगढ आउँदा शायद म निदाउन निदाउन आँटेको थिएँ सुधाले मलाई बिस्तारी झक्झक्याई । म उठेँ अनि सोचेँ जब नेपालगन्ज आउनेछ म फेरि निदाएझैँ गर्नेछु उ फेरि पनि आफ्ना कमला हात हरुले झक्झक्याएर मलाई उठ्ने ईशारा गर्छे होला ,फेरि आँफै सँग हाँस उठ्यो के के सोचिरहन्छु म पनि भनेर !
"के हाँसिरहेको ,निदाएको मान्छे उठ्ने बित्तिकै हाँस्ने अरे !!!!! लेखक हरुको संगत मलाई गारै पर्ला जस्तो छ , यहि हो नारायणगढ भनेको " उसले बाहिर देखाउँदै भनी ।
म चुपचाप थिएँ । हामी बिस्तारै पश्चिम बसस्टैण्ड तिर गयौँ । राम्रो भनौँ वा नराम्रो भनौँ मेरो भाग्य को नियतिलाई गाडि लागिरहेको थियो ।उसको टिकट को पैसा तिर्न खोजेँ सुधा मानिन । म यो सम्बन्धलाई दाँज्दै छु ,केटिहरुलाई के के कुरामा मान्छे आफ्नो र के के कुरामा पराई लाग्छ । हिजो को चियाको पैसा मलाई तिर्न उसैले लगाएकी थिई ।
रातभरि नसुतेर होला सुधा र म दुवै निदाएछौँ ।बिच बिचमा उसको स्पर्शले मलाई झक्झक्याउने गर्थ्यो । म उल्टो गन्ति गर्थेँ जब जब बिउँझिन्थे यति घण्टा बाँकि छ अब भनेर ।
"बुटवल आईसकेको ?" उसले आँखा मिच्दै भनी । बाहिर पारिलो घाम थियो । पहिलो चोटि आफ्नो शललाई अलग्याई ।मनमनैँ लाग्यो के म त्यो शलको ठाउँ लिन सक्छु भनीदिउँ कि भनेर । कालो रंग को टिशर्ट रहेछ भित्र । गोरो अनुहार हरु कालो रंग को आड मा अझ फक्रिए झैँ लाग्छन् ।जे होस् ड्रेसिंग सेन्समा उ बाठि छे ।
"आइपुग्यो !"मैले आफ्ना शब्दहरु बदलेँ ।
"अब चार घण्टा मा त पुगिएला !"
चार घण्टा कति थोरै ,भनेको दुईसय चालिस मिनट ! समयलाई लम्ब्याएको भान भयो ।
"आज धेरै चुपचाप छौ नि !"
"तिमीसँग छुट्टिने डरले होला !" मलाई कुरा लुकाउन मन लागेन ।
"धन्यवाद !" उ हाँस्दै थोरै हलुका हुन खोजी ।
"तिमीले हाम्रो भेट लाई कसरी हेरेको छौ ?"
"हरेक भेट आगामी भेटको योजना सहित हुन्छ ।"
"तिमी दोस्रो भेटमा बिश्वस्त छौ भनेपछि !"
"ल !!!!!!! मैले झन तिमी सँग हिजो एक दिन माँगेको हैन नेपालगन्जमा मेरो लागि !"
"मलाई बिश्वास लागेको छैन !"
"केहि कुरामा आँखा चिम्लिनु पर्छ ! आँखा चिम्लिएर सोच तिम्रो मुटुले के भन्छ ।"
आज उसको र मेरो बिच समबन्धले एक सिँढि चढे जस्तो लाग्यो । जे होस् हामी सतहमा थिएनौँ थोरै गहिरिएका थियौँ ।
"मैले फोन गरेर बोलाउँदा नाईँ भन्न पाउन्नौ है !"
"प्रश्नै उठ्दैन ।" करिब तिन बजेतिर नेपाल गन्ज बस स्टप मा च्यातिने बेलामा मैले उत्तर फर्काएँ । उसको आँखा मा आँखा जुधाउने साहस आएन । पर पुगिसकेपछि ओझेल हुन लागेको आक्रिति लाई धित मरुन्जेल नियाँले ।
अचानक फोनको घण्टिले मेरो हेराई भंग गर्यो । मनोज को रैछ ।
"कहाँ छस् तँ ?"
"म बसपार्कमा !"
"दाहिने पट्टि एउटा चिया पसल छ म बाईक लिएर त्यहिँ छु आईज त्यता !"
मैले पर हेरेँ कालो पल्सर मनोजकै थियो । आफ्नो कालो शरिर त्यहि कालो पल्सरमा राखेर पर्सिको दुलाहा मलाई पर्खिरहेको थियो ।
"बन्द मा त परिनस् ?"
"झण्डै हाँप्दिन आटेको थिएँ तेरो बिहे ,यात्रा रमाईलो भयो ।"
"केटी छेउ मा परी कि क्या हो ?"
"कसरी थाहा पाईस् !"
"तिमीहरुको बिछोड हेरीरहेको थिएँ पर बाट ,नसुध्रिने भइस हैन कहिल्यै !"
"हैन यार यो अरु भन्दा भिन्दै थिई ।"
"सबै पहिलो भेटमा त्यस्तै लाग्छन् ।" उसले बाईक स्टार्ट गर्दै भन्यो ।
म उसको बाईक पछाडि चढेँ बिस्तारै उसको बाईक नेपालगन्जको केहि सडक हरु छुँदै अघि बढ्यो ।
"त्यसो भए बिहा किन त ?" मैले उसलाई जिस्क्याउँदै भनेँ ।
"बटुवा जति चौतारिहरुमा सुस्ताए पनि आखिर रातमा ओत लाग्ने छानो खोज्नु पर्छ ।"
"पहिलो चोटि म सँग लुकेर गरेको एफेयर ! त्यहि बिहा मा परिणत भयो , मैले भनेको मान्छस् भनेँ तँ हरेक कुरा म सँग लुकाउने गर् ।"
उ हाँस्दै थियो । मैले उ सँग साना देखि का केहि कुराहरु पनि लुकाएको छैन न उसले म सँग ! आजको रात भरि हाम्रो गफ हुने होला आखिर धेरै दि पछि को भेट थियो त्यो !
"ल जा फ्रेस हो ,ब्याग मेरै रुम मा राख !"
अंकल आन्टिलाई नमस्ते गरीसकेपछि म घर भित्र छिरेँ ।
राती नौ बजे पछि मात्र आएका पाहुना हरुलाई मिलाएर मनोज कोठा भित्र छिर्यो ।म उसकै ल्यापटपमा नेटमा साझामैँ बढेका थ्रेडहरु हेर्दै थिएँ ।
"कति साझालाई नै काखि च्यापेर बस्छ यो !"
"मैले झलक्क सुधाले गरेका कुराहरु सम्झेँ अनि कम्प्युटर निभाएर बसेँ !"
"ल भन् भाउजुसँग को भेट ,बा म अर्को प्लट पाई हाल्छु कि !"
"तेरो प्लट हुनलायक केहि छैन यार ,जागिरको बेट ,दुईमहिनाको चिनजान मेरो प्स्ताव उसको स्विकार त्यत्ति हो !"
"आफ्नो त दुवै दिन मा पर्ने भइसक्यो !"
"ए बसमाँ भेटेकी ,साँच्चै त्यस्तै हो भन्या ?"
"त्यस्तै लाग्छ यार !"
"सुना न त ! तैँले जस्तो बुट्टा भरेर सुनाउन मलाई आउँदैन नि त !"
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
मैले कथा सुनाईसकेको थिएँ उ अर्को खाटमा सिराने लाई कसेर पक्डेर मेरो कथा सुन्दै थियो ।
"टु फास्ट , तँ अथवा त्यो केटीको एप्रोच थाहा भएन । तर त्यो केटी छिटी भए बचेर बस् ।" उसले मलाई सुझाव दियो ।
"होईन मेरी सुधा त्यस्ति छैन " मैले सुस्तरि जवाफ फर्काएँ ।
"साँच्चै तँ पर्पोज गर्ने अवस्था मै पुगिसक्या हो त ?" मनोजले म तिर अचम्म मान्दै सोध्यो ।
"खोई यार ,आर या पार अर्को भेट भयो भने !"
"धेरै चाँडो हो ,हतारिने काम नगर !"उसले फेरि पनि मलाई सुझाव पस्कियो ।
"हेरौँ !"
"कहिले फोन आउला भईराखेको होला है ?" उसले छेवैको जगमा राखेको पानि घुटुक्क पार्दै भन्यो अनि उठेर हाँस्न थाल्यो ।
"साच्चै सिरियस हो के म !" मैले उसलाई बुझाउन खोजेँ ।
"खोई मैले चाँहि केहि कुरो बुझिन ,न तेरो न त्यो केटी को ! यति चाँडो मान्छेहरु यति क्लोज हुन्छन् र भन्या !"
"उसको बारेमा त मलाई के थाहा र !मैले त मात्र मेरो नजरले उसलाई हेरेको छु ।"
"तैँले भने अनुसार त सि ईज सिरियस टु !"
"के गरौँ त म!
"जे सुकै गर , तर जे गरे पनि होश पुर्याएर गर ,Girls are the most difficult topics to handle ,त्यत्ति त तँलाई पनि थाहा छ नि !"
मनोजले अर्को तिर कोल्टे फेर्यो ,सिरक ओढ्यो अनि आफ्नो छेवैमा भएको बेड स्विच निभायो , म भने अध्यारोमा भोलिको दिन केलाउन मा ब्यस्त थिएँ ,टाढा कतै बाट मनोजको बोलि पनि मलाई झक्झक्याईरहेको भान हुन्थ्यो जे गर्छस् होस् पुर्याएर गर ।
आज कसार बाट्ने दिन , मनोजको घर भरी पाहुनाहरुको घुईँचो थियो , मलाई नचिनेका मान्छेहरुमा आज सम्बन्ध बढाउने कुनै चासो थिएन , त्यसैले म मनोजकै कोठामा टेलेभिजनको रिमोटसँग थन्किरहेँ ,घरि घरि आँखा मोबायलमा पुघ्थ्यो , म यो बिर्सिन्थेँ आँखा त्यहाँ पर्याउनु जरुरि छैन कानले नै रिंग सुनेर काम गर्न सकिहाल्छ भनेर ! दुईवटा कलहरुले झूक्याई पनि सकेका थिए । एउटा घर बाट मम्मिको र एउटा अफिसबाट थियो तर मैले चाहेको त "सुधा कलिंग " भनेर स्क्रिनमा आओस् भन्ने मात्र थियो ।
आखिर करिब एघार बजेतिर मैले मेरो प्रतिक्षाको फल पाऐँ ।
"हेल्लो !" मैले सकेसम्म आफ्नो ब्यग्रता लुकाउने प्रयास गरेँ ।
"सरि , हेर न हिजोको काम लम्बिएर आज बिहान कोठामा आएर पनि काम गर्नु पर्यो ।"
"तिमीले मलाई पुरा दिनको बाचा गरेकी थियौ!"
"जे तिमी भन्छ्यौ "
"कहाँ आउँ त म !"
"संगम अगाडि नै आउन त ! म त्यहिँ बसेकी छु !"
म हत्त न पत्त मोबायल राखेर मनोजको खोजिमा लागेँ यति ब्यस्तता को बावजुत उसले मलाई बाईक देला कि भन्ने आशा थियो , करिब दश मिनटको खोजि पछि त्यो भिँडमा मैले मनोजलाई भेट्टाएँ ।
"मलाई एकछिन लाई बाईक दे न ल !"
"एकछिन लाई मात्रै हो ?"
उसले मुस्कुराउँदै म तिर हेर्यो , मलाई यस्तो लाग्यो उसलाई थाहा भएको कुरा उ मात्र मेरा आँखाहरुको खुशि बाट कन्फर्म गर्न चाहन्छ ।
म मात्र हाँसे ।
"नसक्ने भएँ म तँ सँग !" उसले चाबि म तिर फ्याक्यो ।
म संगम तिर हुईँकिएँ तर मेरो मुटुको रफ्तार त्यो बाईक भन्दा धेरै नै ज्यादा थियो ।
पर सुधा मलाई संगम बाहिर पर्खिरहेकी थिई ।सुधाको सुन्तले रंगको कुर्ता सलवार उसलाई हिजो बाट भिन्न देखाईरहेको थियो शायद उ एउटा सुन्दरता र अर्को सुन्दरता बिच भिन्नता देखाईरहेकी थिई । कहिले काहिँ मलाई लाग्छ केटिहरु सँधै रहस्य बन्न चाहन्छन् कोहि उनीहरुलाई बुझ्न चाहुन् धेरै लाई उनीहरु प्रति कौतुहलता होस् भनेर !
"धेरै त पर्खाईन है !"
म मात्र हाँसे , उसलाई हेरीरहेँ ।
"ब्युटि एक्स्प्रेस गर्ने शब्दहरु पनि हुन्छन् !" उसलाई शायद मेरो मौनता मन परेन ।
"ए!!!!!!!!!! साँचि तिमी राम्रि देखिएकी छौ !"
मैले हलुका रुपमा भनेँ
"मैले अहिले सम्म यति निरस प्रसंसा सुनेको थिईन ,तिमी कसरि यति राम्रा राम्रा कथाहरु लेख्छौ !"
" जब प्रसंशा को पहाड थुपार्दा पनि प्रसंशा कम हुन्छ म त्यस्तो ठाउँमा बोल्नु उपयुक्त मान्दिन ,भन कहाँ जाने !"
"त्यहाँ पर आईसक्रिम पार्लर छ , कफि मिठो पाउँछ तिमिलाई भेज पिज्जा पनि !" उसले हाँस्दै भनी !
एकैछिनमा हामी त्यहाँ पुग्यौँ ।आज किन हो किन सुधा बाट नजर हट्न मानिरहेको थिएन ।
"सुधा मलाई एउटा कुरा भन्नु थियो , थाहा छैन , म यो कुरा चाँडो भनिरहेको छु भनेर दिमागले भन्छ तर मनले भन कि भन बनाइरहेको छ ।" मैले धेरै बेर पछि साहस बटुलेँ ,सुधा आफ्नो पिज्जामा ब्यस्त थिई ।
"मन र मष्तिष्कको लडाईँमा ईन्जिनियरले मष्तिष्कको सुन्छ लेखकले मनको तिमी आँफै डिसाईड गर !"
उ हाँसी ,मैले झ्यालको सानो कुनाबाट बाहिर हेरेँ बाहिर काला बादलहरु मडारिरहेका थिए ,एकैछिन मा तिनिहरु झरि बनेर झर्नेछन् र आकाश फेरि सफा हुनेछ ।
"मलाई लेखक ले जितिरहे जस्तो लागेको छ !"
उसले अचानक मेरो हात समाती अनि सुस्तरि बोली ,
"त्यसो भए भन न त !"
मलाई लाग्यो उसलाई थाहा छ उ मात्र मेरो एक्स्प्रेसनको तरिका हेर्न चाहन्छे । मैले धेरै बेर देखि लुकाएर राखेको रातो गुलाफ उ तिर तेर्स्याएँ , उसले एकछिन मलाई हेरिरहि अनि बिस्तारै म तिर अघि बढेर मेरो निधार चुमी । कहिले काहिँ जिवन पलहरुको खोजिमा बित्छ तर कहिलेकाहिँ एक पलमा हजार जीवन जिए जस्तो लाग्छ ।
"बुद्दु , यत्रो शब्दको धनिले पनि गुलाबको सहारा लिएको !"
"पहिलो चोटि हो आँटै आएन !"
उ यसपालि धित मरुन्जेल हाँसी , मैले बाहिर हेरेँ पानी चुहिएला जस्तो भइसकेको थियो ,हत्तपत्त कफि सिध्याएर हामी आफ्नो बाटो लाग्यो ।बाटोमा सुधाले मलाई कसेर पक्डिएकि थिई ,मनोजको बिहे मेरो लागि पनि फलदायक भइरहेको थियो ।
पानीले लुथ्रुक्क भिज्दै हामी संगम पुग्यौँ ।
"म जान्छु त ,अब बिराटनगरमा नै भेट्ने !"
"यस्तो पानी मा कहाँ जान्छौ ,भित्र आउ !"
"कति न अहिले चाहिँ नभिजेजस्तो !"
"फर्स्ट डेटमा पनि केटीले भनेको मान्दैनौ त ?"
मैले उसको आग्रह टार्न सकिन तेस्रो तल्ला मा उसले रुम लिएकि रहिछ ,कोठा छिर्ने बेला सम्म अघि मेरो बाईक पछि रहेकीलाई म नियालिरहेँ , उ पानीमा भिजेर पारदर्शक भएकी थिई ,उसको शरिर पक्कै पनि स्पर्शलायक देखिएको थियो ।मैले हत्त पत्त आफ्नो नजर अन्त तिर मोडेँ ।
क्रमश:
मनोजले छोडेको कथा(भाग-३)
Posted at
8:34 PM
2
comments
मनोजले छोडेको कथा(भाग-३)
"गाडि खुल्यो है , छिटो छिटो आ-आफ्नो गाडिमा चढ्नुहोला"
फेरि एक पटक क्रम भंग भयो ,कुनै यात्रा नगरिकन पनि टाढा कतै पुगिसकेका सुधा र म फेरि पतलैयाको त्यो निरस चिया पसलको यथार्थमा फर्क्यौँ ।
"जौँ ।" उसले पर बल्न थालेका गाडिका हेडलाईट हरु हेरी , अनि सुस्तरि बोलि ! उसलाई पनि शायद म जस्तै हिँड्न मन लागेको थिएन तर सँधै कल्पना र यथार्थको बिचमा मात्र बिवशताको फरक हुन्छ ।
गाडिको सिट चिसिएको थियो ।अब हामीले त्यसैमा अरु दुई घण्टा जति डोरीनु थियो होला , यदि बिच बाटोमा अर्को बन्द भेटिएन भनेँ ,झिसमिसे उज्यालोमा मैले एक चोटि फेरि सुधालाई हेरेँ । रातभर नसुतेकी सुधाको अनुहार निन्द्रा को चपेटामा देखिएको थिएन उ खुलेकी थिई । मैले उसलाई छोड्नु पर्नेछ , आजको दिनभित्रैमाँ !!!!!!!!!!
उसलाई हेरिरहन सकिन बाहिर तिर नजर डोर्याउन थालेँ बाहिर हरेक कुरा चलायमान थिए शायद मलाई बुझाउन खोज्दै थिए केहि पनि शाश्वत छैन भनेर ! एउटा अनौठो निशब्दता करिब दुई घण्टा दौडिरह्यो गाडि सँगै !
नारायणगढ आउँदा शायद म निदाउन निदाउन आँटेको थिएँ सुधाले मलाई बिस्तारी झक्झक्याई । म उठेँ अनि सोचेँ जब नेपालगन्ज आउनेछ म फेरि निदाएझैँ गर्नेछु उ फेरि पनि आफ्ना कमला हात हरुले झक्झक्याएर मलाई उठ्ने ईशारा गर्छे होला ,फेरि आँफै सँग हाँस उठ्यो के के सोचिरहन्छु म पनि भनेर !
"के हाँसिरहेको ,निदाएको मान्छे उठ्ने बित्तिकै हाँस्ने अरे !!!!! लेखक हरुको संगत मलाई गारै पर्ला जस्तो छ , यहि हो नारायणगढ भनेको " उसले बाहिर देखाउँदै भनी ।
म चुपचाप थिएँ । हामी बिस्तारै पश्चिम बसस्टैण्ड तिर गयौँ । राम्रो भनौँ वा नराम्रो भनौँ मेरो भाग्य को नियतिलाई गाडि लागिरहेको थियो ।उसको टिकट को पैसा तिर्न खोजेँ सुधा मानिन । म यो सम्बन्धलाई दाँज्दै छु ,केटिहरुलाई के के कुरामा मान्छे आफ्नो र के के कुरामा पराई लाग्छ । हिजो को चियाको पैसा मलाई तिर्न उसैले लगाएकी थिई ।
रातभरि नसुतेर होला सुधा र म दुवै निदाएछौँ ।बिच बिचमा उसको स्पर्शले मलाई झक्झक्याउने गर्थ्यो । म उल्टो गन्ति गर्थेँ जब जब बिउँझिन्थे यति घण्टा बाँकि छ अब भनेर ।
"बुटवल आईसकेको ?" उसले आँखा मिच्दै भनी । बाहिर पारिलो घाम थियो । पहिलो चोटि आफ्नो शललाई अलग्याई ।मनमनैँ लाग्यो के म त्यो शलको ठाउँ लिन सक्छु भनीदिउँ कि भनेर । कालो रंग को टिशर्ट रहेछ भित्र । गोरो अनुहार हरु कालो रंग को आड मा अझ फक्रिए झैँ लाग्छन् ।जे होस् ड्रेसिंग सेन्समा उ बाठि छे ।
"आइपुग्यो !"मैले आफ्ना शब्दहरु बदलेँ ।
"अब चार घण्टा मा त पुगिएला !"
चार घण्टा कति थोरै ,भनेको दुईसय चालिस मिनट ! समयलाई लम्ब्याएको भान भयो ।
"आज धेरै चुपचाप छौ नि !"
"तिमीसँग छुट्टिने डरले होला !" मलाई कुरा लुकाउन मन लागेन ।
"धन्यवाद !" उ हाँस्दै थोरै हलुका हुन खोजी ।
"तिमीले हाम्रो भेट लाई कसरी हेरेको छौ ?"
"हरेक भेट आगामी भेटको योजना सहित हुन्छ ।"
"तिमी दोस्रो भेटमा बिश्वस्त छौ भनेपछि !"
"ल !!!!!!! मैले झन तिमी सँग हिजो एक दिन माँगेको हैन नेपालगन्जमा मेरो लागि !"
"मलाई बिश्वास लागेको छैन !"
"केहि कुरामा आँखा चिम्लिनु पर्छ ! आँखा चिम्लिएर सोच तिम्रो मुटुले के भन्छ ।"
आज उसको र मेरो बिच समबन्धले एक सिँढि चढे जस्तो लाग्यो । जे होस् हामी सतहमा थिएनौँ थोरै गहिरिएका थियौँ ।
"मैले फोन गरेर बोलाउँदा नाईँ भन्न पाउन्नौ है !"
"प्रश्नै उठ्दैन ।" करिब तिन बजेतिर नेपाल गन्ज बस स्टप मा च्यातिने बेलामा मैले उत्तर फर्काएँ । उसको आँखा मा आँखा जुधाउने साहस आएन । पर पुगिसकेपछि ओझेल हुन लागेको आक्रिति लाई धित मरुन्जेल नियाँले ।
अचानक फोनको घण्टिले मेरो हेराई भंग गर्यो । मनोज को रैछ ।
"कहाँ छस् तँ ?"
"म बसपार्कमा !"
"दाहिने पट्टि एउटा चिया पसल छ म बाईक लिएर त्यहिँ छु आईज त्यता !"
मैले पर हेरेँ कालो पल्सर मनोजकै थियो । आफ्नो कालो शरिर त्यहि कालो पल्सरमा राखेर पर्सिको दुलाहा मलाई पर्खिरहेको थियो ।
"बन्द मा त परिनस् ?"
"झण्डै हाँप्दिन आटेको थिएँ तेरो बिहे ,यात्रा रमाईलो भयो ।"
"केटी छेउ मा परी कि क्या हो ?"
"कसरी थाहा पाईस् !"
"तिमीहरुको बिछोड हेरीरहेको थिएँ पर बाट ,नसुध्रिने भइस हैन कहिल्यै !"
"हैन यार यो अरु भन्दा भिन्दै थिई ।"
"सबै पहिलो भेटमा त्यस्तै लाग्छन् ।" उसले बाईक स्टार्ट गर्दै भन्यो ।
म उसको बाईक पछाडि चढेँ बिस्तारै उसको बाईक नेपालगन्जको केहि सडक हरु छुँदै अघि बढ्यो ।
"त्यसो भए बिहा किन त ?" मैले उसलाई जिस्क्याउँदै भनेँ ।
"बटुवा जति चौतारिहरुमा सुस्ताए पनि आखिर रातमा ओत लाग्ने छानो खोज्नु पर्छ ।"
"पहिलो चोटि म सँग लुकेर गरेको एफेयर ! त्यहि बिहा मा परिणत भयो , मैले भनेको मान्छस् भनेँ तँ हरेक कुरा म सँग लुकाउने गर् ।"
उ हाँस्दै थियो । मैले उ सँग साना देखि का केहि कुराहरु पनि लुकाएको छैन न उसले म सँग ! आजको रात भरि हाम्रो गफ हुने होला आखिर धेरै दि पछि को भेट थियो त्यो !
"ल जा फ्रेस हो ,ब्याग मेरै रुम मा राख !"
अंकल आन्टिलाई नमस्ते गरीसकेपछि म घर भित्र छिरेँ ।
राती नौ बजे पछि मात्र आएका पाहुना हरुलाई मिलाएर मनोज कोठा भित्र छिर्यो ।म उसकै ल्यापटपमा नेटमा साझामैँ बढेका थ्रेडहरु हेर्दै थिएँ ।
"कति साझालाई नै काखि च्यापेर बस्छ यो !"
"मैले झलक्क सुधाले गरेका कुराहरु सम्झेँ अनि कम्प्युटर निभाएर बसेँ !"
"ल भन् भाउजुसँग को भेट ,बा म अर्को प्लट पाई हाल्छु कि !"
"तेरो प्लट हुनलायक केहि छैन यार ,जागिरको बेट ,दुईमहिनाको चिनजान मेरो प्स्ताव उसको स्विकार त्यत्ति हो !"
"आफ्नो त दुवै दिन मा पर्ने भइसक्यो !"
"ए बसमाँ भेटेकी ,साँच्चै त्यस्तै हो भन्या ?"
"त्यस्तै लाग्छ यार !"
"सुना न त ! तैँले जस्तो बुट्टा भरेर सुनाउन मलाई आउँदैन नि त !"
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
मैले कथा सुनाईसकेको थिएँ उ अर्को खाटमा सिराने लाई कसेर पक्डेर मेरो कथा सुन्दै थियो ।
"टु फास्ट , तँ अथवा त्यो केटीको एप्रोच थाहा भएन । तर त्यो केटी छिटी भए बचेर बस् ।" उसले मलाई सुझाव दियो ।
"होईन मेरी सुधा त्यस्ति छैन " मैले सुस्तरि जवाफ फर्काएँ ।
"साँच्चै तँ पर्पोज गर्ने अवस्था मै पुगिसक्या हो त ?" मनोजले म तिर अचम्म मान्दै सोध्यो ।
"खोई यार ,आर या पार अर्को भेट भयो भने !"
"धेरै चाँडो हो ,हतारिने काम नगर !"उसले फेरि पनि मलाई सुझाव पस्कियो ।
"हेरौँ !"
"कहिले फोन आउला भईराखेको होला है ?" उसले छेवैको जगमा राखेको पानि घुटुक्क पार्दै भन्यो अनि उठेर हाँस्न थाल्यो ।
"साच्चै सिरियस हो के म !" मैले उसलाई बुझाउन खोजेँ ।
"खोई मैले चाँहि केहि कुरो बुझिन ,न तेरो न त्यो केटी को ! यति चाँडो मान्छेहरु यति क्लोज हुन्छन् र भन्या !"
"उसको बारेमा त मलाई के थाहा र !मैले त मात्र मेरो नजरले उसलाई हेरेको छु ।"
"तैँले भने अनुसार त सि ईज सिरियस टु !"
"के गरौँ त म!
"जे सुकै गर , तर जे गरे पनि होश पुर्याएर गर ,Girls are the most difficult topics to handle ,त्यत्ति त तँलाई पनि थाहा छ नि !"
मनोजले अर्को तिर कोल्टे फेर्यो ,सिरक ओढ्यो अनि आफ्नो छेवैमा भएको बेड स्विच निभायो , म भने अध्यारोमा भोलिको दिन केलाउन मा ब्यस्त थिएँ ,टाढा कतै बाट मनोजको बोलि पनि मलाई झक्झक्याईरहेको भान हुन्थ्यो जे गर्छस् होस् पुर्याएर गर ।
आज कसार बाट्ने दिन , मनोजको घर भरी पाहुनाहरुको घुईँचो थियो , मलाई नचिनेका मान्छेहरुमा आज सम्बन्ध बढाउने कुनै चासो थिएन , त्यसैले म मनोजकै कोठामा टेलेभिजनको रिमोटसँग थन्किरहेँ ,घरि घरि आँखा मोबायलमा पुघ्थ्यो , म यो बिर्सिन्थेँ आँखा त्यहाँ पर्याउनु जरुरि छैन कानले नै रिंग सुनेर काम गर्न सकिहाल्छ भनेर ! दुईवटा कलहरुले झूक्याई पनि सकेका थिए । एउटा घर बाट मम्मिको र एउटा अफिसबाट थियो तर मैले चाहेको त "सुधा कलिंग " भनेर स्क्रिनमा आओस् भन्ने मात्र थियो ।
आखिर करिब एघार बजेतिर मैले मेरो प्रतिक्षाको फल पाऐँ ।
"हेल्लो !" मैले सकेसम्म आफ्नो ब्यग्रता लुकाउने प्रयास गरेँ ।
"सरि , हेर न हिजोको काम लम्बिएर आज बिहान कोठामा आएर पनि काम गर्नु पर्यो ।"
"तिमीले मलाई पुरा दिनको बाचा गरेकी थियौ!"
"जे तिमी भन्छ्यौ "
"कहाँ आउँ त म !"
"संगम अगाडि नै आउन त ! म त्यहिँ बसेकी छु !"
म हत्त न पत्त मोबायल राखेर मनोजको खोजिमा लागेँ यति ब्यस्तता को बावजुत उसले मलाई बाईक देला कि भन्ने आशा थियो , करिब दश मिनटको खोजि पछि त्यो भिँडमा मैले मनोजलाई भेट्टाएँ ।
"मलाई एकछिन लाई बाईक दे न ल !"
"एकछिन लाई मात्रै हो ?"
उसले मुस्कुराउँदै म तिर हेर्यो , मलाई यस्तो लाग्यो उसलाई थाहा भएको कुरा उ मात्र मेरा आँखाहरुको खुशि बाट कन्फर्म गर्न चाहन्छ ।
म मात्र हाँसे ।
"नसक्ने भएँ म तँ सँग !" उसले चाबि म तिर फ्याक्यो ।
म संगम तिर हुईँकिएँ तर मेरो मुटुको रफ्तार त्यो बाईक भन्दा धेरै नै ज्यादा थियो ।
पर सुधा मलाई संगम बाहिर पर्खिरहेकी थिई ।सुधाको सुन्तले रंगको कुर्ता सलवार उसलाई हिजो बाट भिन्न देखाईरहेको थियो शायद उ एउटा सुन्दरता र अर्को सुन्दरता बिच भिन्नता देखाईरहेकी थिई । कहिले काहिँ मलाई लाग्छ केटिहरु सँधै रहस्य बन्न चाहन्छन् कोहि उनीहरुलाई बुझ्न चाहुन् धेरै लाई उनीहरु प्रति कौतुहलता होस् भनेर !
"धेरै त पर्खाईन है !"
म मात्र हाँसे , उसलाई हेरीरहेँ ।
"ब्युटि एक्स्प्रेस गर्ने शब्दहरु पनि हुन्छन् !" उसलाई शायद मेरो मौनता मन परेन ।
"ए!!!!!!!!!! साँचि तिमी राम्रि देखिएकी छौ !"
मैले हलुका रुपमा भनेँ
"मैले अहिले सम्म यति निरस प्रसंसा सुनेको थिईन ,तिमी कसरि यति राम्रा राम्रा कथाहरु लेख्छौ !"
" जब प्रसंशा को पहाड थुपार्दा पनि प्रसंशा कम हुन्छ म त्यस्तो ठाउँमा बोल्नु उपयुक्त मान्दिन ,भन कहाँ जाने !"
"त्यहाँ पर आईसक्रिम पार्लर छ , कफि मिठो पाउँछ तिमिलाई भेज पिज्जा पनि !" उसले हाँस्दै भनी !
एकैछिनमा हामी त्यहाँ पुग्यौँ ।आज किन हो किन सुधा बाट नजर हट्न मानिरहेको थिएन ।
"सुधा मलाई एउटा कुरा भन्नु थियो , थाहा छैन , म यो कुरा चाँडो भनिरहेको छु भनेर दिमागले भन्छ तर मनले भन कि भन बनाइरहेको छ ।" मैले धेरै बेर पछि साहस बटुलेँ ,सुधा आफ्नो पिज्जामा ब्यस्त थिई ।
"मन र मष्तिष्कको लडाईँमा ईन्जिनियरले मष्तिष्कको सुन्छ लेखकले मनको तिमी आँफै डिसाईड गर !"
उ हाँसी ,मैले झ्यालको सानो कुनाबाट बाहिर हेरेँ बाहिर काला बादलहरु मडारिरहेका थिए ,एकैछिन मा तिनिहरु झरि बनेर झर्नेछन् र आकाश फेरि सफा हुनेछ ।
"मलाई लेखक ले जितिरहे जस्तो लागेको छ !"
उसले अचानक मेरो हात समाती अनि सुस्तरि बोली ,
"त्यसो भए भन न त !"
मलाई लाग्यो उसलाई थाहा छ उ मात्र मेरो एक्स्प्रेसनको तरिका हेर्न चाहन्छे । मैले धेरै बेर देखि लुकाएर राखेको रातो गुलाफ उ तिर तेर्स्याएँ , उसले एकछिन मलाई हेरिरहि अनि बिस्तारै म तिर अघि बढेर मेरो निधार चुमी । कहिले काहिँ जिवन पलहरुको खोजिमा बित्छ तर कहिलेकाहिँ एक पलमा हजार जीवन जिए जस्तो लाग्छ ।
"बुद्दु , यत्रो शब्दको धनिले पनि गुलाबको सहारा लिएको !"
"पहिलो चोटि हो आँटै आएन !"
उ यसपालि धित मरुन्जेल हाँसी , मैले बाहिर हेरेँ पानी चुहिएला जस्तो भइसकेको थियो ,हत्तपत्त कफि सिध्याएर हामी आफ्नो बाटो लाग्यो ।बाटोमा सुधाले मलाई कसेर पक्डिएकि थिई ,मनोजको बिहे मेरो लागि पनि फलदायक भइरहेको थियो ।
पानीले लुथ्रुक्क भिज्दै हामी संगम पुग्यौँ ।
"म जान्छु त ,अब बिराटनगरमा नै भेट्ने !"
"यस्तो पानी मा कहाँ जान्छौ ,भित्र आउ !"
"कति न अहिले चाहिँ नभिजेजस्तो !"
"फर्स्ट डेटमा पनि केटीले भनेको मान्दैनौ त ?"
मैले उसको आग्रह टार्न सकिन तेस्रो तल्ला मा उसले रुम लिएकि रहिछ ,कोठा छिर्ने बेला सम्म अघि मेरो बाईक पछि रहेकीलाई म नियालिरहेँ , उ पानीमा भिजेर पारदर्शक भएकी थिई ,उसको शरिर पक्कै पनि स्पर्शलायक देखिएको थियो ।मैले हत्त पत्त आफ्नो नजर अन्त तिर मोडेँ ।
क्रमश:
Posted at
8:34 PM
0
comments
मनोजले छोडेको कथा(भाग-२)
भाग-१ बाट अघि,
रजित ओझा
खाना पछि गाडिको गुडाई एकनासे र निरस हुँदै गयो मानौँ गाडिलाई अरु कसै सँग केहि मतलब छैन उ मात्र दौडिन चाहन्छ एकनासे बेगमा , सुसेलिहरु पनि थिएनन् गाडि सँग किनकि बाटो निर्जन र एकनासे थियो र त्यो एकान्त मलाई म सँग मात्र सुधा रहेको भान दिइरहेको थियो । सुधा शायद निदाएकि थिई घरि घरि उसको कोल्टे फेराईले उसका छरिएका रेशमि कपालको स्पर्शले मेरो आंग जिरिङ्ग जिरिङ्ग बनाउने बाहेक उ केहि पनि गफ गरीरहेकी थिईन । शायद उ सपना मा हराईरहेकी थिई म भने म हराएको धरातल चाहिँ सपना हो की बिपना निर्क्यौल गर्न मा ब्यस्त थिएँ ।
अचानक गाडिको चर्को ब्रेक ले सुधा हुत्तिई अघिल्तिर अनि झसङ्ग भएर बिउँझिई म थोरै हाँसे ।
"कस्तो मान्छे होला अरुको टाउको ठोकिँदा पनि हाँस्ने ?" सुधा यो यात्रामा पहिलो चोटि झर्किई पनि !
मलाई थाहा छैन त्यो मलाई मात्र भईराखेको थियो वा सबै लाई हुन्छ तर मलाई उसको झर्काई पनि मन पर्यो ।
"के भएको अरे ?" गाडिमा अघिल्तिरका सिटका यात्रिमाध्ये एक भने गाडि रोकिनुको कारण पत्ता लाउन ब्यस्त देखिन्थेँ ।
"अगाडिको गाडि डकैति भयो रे ,ड्राईभरले गाडि हुईँक्याएर लैजान खोजेको गोलि चलेर ड्राईभर नै घाईते छ अरे !" बाहिरको मान्छे ले जवाफ दियो ।
"लौ फसाद ! बन्द मा परियो जस्तो छ !ति माथि यो त यातायत वालाको पर्यो अब सरकारले क्षतिपुर्ति कहिले दिने हो !" सुधा चिन्तित देखिई ।
मैले घडि हेरेँ रातको करिब दुई बज्न आँटेको थियो । ठाउँ पतलैया रहेछ ।मेरो रहर वा आवेगको गाडिमा कुनै असर नपर्ने हुनाले म मा कुनै किसिमको भाव परिवर्तन देखिएन !
"के हो निदाउनु पर्ने बेलामा ननिदाएर अहिले निदाएको हो तिमी ?" मेरो भाव परिवर्तन नहुनुमा भने सुधा आश्चर्यचकित भई ! म उसलाई कसरी बुझाउँ म सँग कति धैर्यता छ भनेर , त्यस माथि यो पल्ट त धैर्यतामा स्वयँ उसको साथ थपिएको छ , म लाई त गाडि नखुलेकै ठिक छ ।
"जौँ हिँड बाहिर , गाडिमा बस्दा बस्दा खुट्टा कुँजिई सक्यो !" मैले प्रसङ्ग बदलेँ उ चुपचाप बाहिर डोरिई ।
बाहिर शित परेर होला मौसम चिसो थियो ।उसले अझै पनि ओढ्ने लाई कसेरै पक्डेकि थिई । हुन त मैले पनि त्यो ओढ्ने मा ईर्ष्या गरेर केहि फाईदा छैन । गाडि देखि थोरै पर को चिया पसल बिस्तारै बिस्तारै घुईँचिँदै थियो । हामी पनि त्यतै तिर लाग्यौँ । धेरै को गफ यस्तो माहोल मा राजनैतिक अस्थिरता माथि हुनु स्वभाविक थियो , अरु बेला भएको भए म पनि दुई चार वटा देश पछि परेका कारण हरुमाथि आफ्नो भाषण छाँटेर त्यहाँको खरो बक्ता भईदिन्थेँ होला तर अहिले मेरो त्यसो गर्ने मन पक्कै पनि थिएन , म चुपचाप दुईवटा मुढा लिएर त्यो भिँड बाट छुट्टिएँ । एकछिनमा च्यात्तिएको सर्ट र हाफ पायन्टमा एउटा फुच्चे चिया लिएर आयो ।
"आज थुप्रै कप बिक्रि हुने भयो मस्ति हुने भयो तेरो !" मैले उसलाई जिस्क्याएँ । उ खिस्स हाँस्यो रातको निष्पट्टता मा मैले छुट्याउन सकिन तर उसको दाँत पहेँलो नै हुनुपर्छ ।
"बिचरा।।।।।।।त्यसको लवाई हेर , अझ तिमी उसलाई जिस्क्याउँदै छौ ! तिमी पटक्कै भावुक छैनौ , आफ्नो कथा जत्ति पनि छैनौ !"
"यो म माथिको गुनासो हो कि यसलाई मेरो कथाको तारिफ सम्झिउँ ?"
"जे सम्झ त्यो सत्य हो !"
"सत्यका दुईवटा पाटा हुन्छन् सुधा ,तिमी जे गर्न सामर्थ्यवान छैनौ त्यसमा सत्य खोज्न थाल्यौ भने विवश देखिन्छौ तिमी आफ्नै अघि !"
"भन्नाले ?"
"म मा उसको जीवन परिवर्तन गर्न सक्ने क्षमता छैन भनेँ म उसलाई सहानुभुति पनि किन दिउँ ? गाडि आफ्नो ईच्छा ले गुडाउन सकिँदैन भनेँ रोकिएको ठाउँ माथि रिस किन पोख्ने ? यो एउटा तरिका हो जीवन जिउने तिमी मलाई जे बुझ !" मैले चिया को सुर्को ताने मरिचको तातो मेरो घाँडि छेड्दै भित्र छिर्यो ।
"शायद त्यो तिमी भित्रको कायरता बोल्दै छ !"
"तिमी जे बुझ तर म त्यस्तै छु !"
उ चुप लागी । छेवैको समुह अझै देशकै राजनितिमा अल्झिरहेका थिए ।
"तिमी नेपालगन्ज के का लागि जाने अरे ?"मैले कुरा लाई थोरै हलुका बनाउने प्रयास गरेँ ।
"अफिसकै काम हो !" उसले सटिक उत्तर फर्काई
"चिया कस्तो लाग्यो त ?" मैले उ तिर नहेरी जुत्ताको चुच्चोले भुईँ कोर्दै प्रश्न राखेँ , मलाई माटोमा कोरिएका आक्रिति हरु सानै देखि रमाईला लाग्छन् । सानो समयमा धेरै थरि जिवन जिएर मेटिन्छन् ति आक्रिति हरु !
"पिरो थियो !"
"जाडोमा खाने नै यस्तै हो !"
"थाहा छ मलाई जुन कुरा तिमी बदल्न सक्दैनौ त्यसैमा रमाउन सिक !" सुधा हाँसी । उसको मुस्कान पक्कै पनि हजार गुना त्यो चिया भन्दा मिठो थियो ।
मैले घडि हेरेँ तिन बज्न आँटेको थियो । गाडि हिँड्ने नामो निशान थिएन ।आकाश बाट तारा खस्दै थिएँ म भने आकाशलाई धन्यवाद दिँदै थिएँ हिजो नै खसेको ताराको लागि!!!!!!!
"तिम्रो बिहा भएको छैन है ?" एकछिनको मौनता पछिको सुधाको यो प्रश्नले मलाई चकित तुल्यायो ! उसले अघिनै मलाई किन यो प्रश्न सोधिन !
"तिमीलाई के लाग्छ ?" मैले पहिलो चोटि उसको मनसँग खेल्ने मौका पाएँ ।
"खोई कथामा त धेरै चोटि लेखेको छौ पतिपत्निको बारेमा!"
"कथा सँधै सत्य कहाँ हुन्छ र !" मैले यति भन्दा उसले धेरै कुरा हरु बुझि होला
"पछि साँच्चै मेरो बारेमा पनि लेख्छौ ?"
"तिमीलाई के लाग्छ ?"
"मलाई आफु कथा बन्न लायक टपिक्स लाग्दैन ।"
"हरेक मान्छे मा एउटा कथा हुन्छ !"
"तिम्रो हातबाट लेखिने भएँ भनेपछि म !"
यसपालि भुईँमा हेर्ने पालो उसको थियो ।केटिहरु पक्कै पनि केटाहरु जति स्पष्ट हुँदैनन् । उसका अन्तिम शब्दहरुको आशय के थियो म त्यो खेलाउन ब्यस्त भएँ ।
"पछि हामी नजिकै छौँ , भेट त होला नी है !"
"तिमीले चाह्यौ भने !"
"मोबायल नम्बर देउ न त !"
मेरो मुटु यति जोडले धड्किरहेको थियो उसले नै सुन्लि भन्ने पिर भई सकेको थियो मलाई ! बन्द यिनै कुरा हरुका लागि हुन् भने नेपालमा बन्द सँधै हुन् ।
मैले हत्त न पत्त मोबायल नम्बर सेभ गरेँ अनि त्यहि मोबायल नम्बर मनमनैँ चार पाँच चोटी दोहोर्याएँ । शायद मलाई डर थियो कतै मोबायल भित्रै बाट सुधाको नम्बर हराउने पो हो कि भनेर , बिस्तारै बिस्तारै थोरै उज्यालो पुर्विय क्षितिजमा हुन लागेको भान भो मलाई ,पर आकाशमा पनि अब थोरै बेरमा मेरो मनमा जस्तै लालिमा छाउनेछन् ! घडि हेरेँ चार बजेको थियो !
"ड्राईभर बच्यो अरे !!!!!!" कसैले चर्को आवाजमाँ चिच्यायो ।
मलाई उ बचेकोमा गुनासो छैन तर अब शायद हाम्रो यात्रा छोट्टिदैँ छ त्यसको गुनासो भने मलाई अवश्य पनि थियो । कुनै कुनै यात्राहरु लक्ऋ बिनानै ब्रित्तमा घुमेको गुम्यै रहुन भन्ने खालका पनि हुँदा रहेछन् ।
सुधाको मुहारमा अचानक खुशिका रेखाहरु कोरिए उसले मलाई मुस्काउँदै नियाली !!!!!!!!!!!
"चुपचाप छौ नि , कोहि मन पराउने सँग बिछोड हुन लागे जस्तो !!!"
"तिमी नभनि कन धेरै कुरा बुझ्छौ !"
मैले उसको आँखा नियाँले अथवा भनौँ म उसको आँखा पढ्न चाहन्थेँ । उ कुरा बुझ्छे ,बुझ्दिन वा बुझेर पनि नबुझे झैँ गर्छे म त्यो कुराको निर्क्यौल गर्न चाहन्थेँ । गाडि अझै पनि घारघार घुरघुर गरिरहेका थिएनन् केहि कुरा मिलाउन अझै बाँकि नै थियो होला!!!!!!!!!!
"हरेक बिछोड नयाँ भेट को आश छोडेर जान्छन् होला नि ! हैन र ?"
"होला तर मलाई बिछोड मन पर्दैन !!!"
सुधाले मेरो हात समाति ,पहिलो चोटिको अथेन्टिक स्पर्श !!!!!!!! ,अथवा भनौँ उसले जानी जानी गरेको स्पर्श अनि मैले पछि सम्म सुबास महसुस गर्ने स्पर्श, यस्तो स्पर्श जस्ले धेरै कथाहरु लेख्नेछन् । मैले उसका लामा औँलाको रातो नेल पोलिस नियालिरहेँ ,गुलाबका पत्रहरु जस्तो देखिएका थिए ,थोरै समयमानै उसले आफ्नो हात छोडी अनि आफ्नो कपाल मिलाई ।
"एक कप चिया थपौँ । "
यो उसले आफुलाई फेरि पहिले कै अवस्थामा ल्याउन प्रयोग गरेको शब्दहरु हुनुपर्छ ।मैले पनि स्विकारोक्ति जनाएँ ।एक छिन मा उहि हाफ पायन्टमा उहि केटो उहि पहेँला दाँत देखाउँदै चिया लिएर आयो ।
"जीवन अचम्मको छ है ?"
"किन ?" सुधाको अनायास आएको प्रश्न मा प्रश्न थप्नु मेरो जिग्यासाको उपज मात्र थियो ।
"कुन मोडले कसलाई कसको साथ र कसको बिछोड दिने हो कसैलाई थाहा हुन्न !" उसले चिया सुरुप्प पारी !
"मलाई बिछोड मन पर्दैन !"
"थाहा छ अघि नै भनी सक्यौ !"
"मैले फेरि तिमीले मेरो हात समात्छौ कि भनेर मात्र भनेको हुँ !"
उसले पुलुक्क म तिर हेरी अनि मुस्कुराई ! मलाई यो कुरा मा खुशि छ उसलाई मेरा हरेक कुरा हरु मन परिदिन्छन् ।
"सबै लेखक हरु यस्तै हुन्छन् ?"
"यस्तै भन्नाले ?"
"गफाडि !"
"म गफाडि छैन !"
"त्यो त मलाई हिजो देखि अहिले सम्म मै पत्ता लागि सक्यो !"
"कसैलाई यति चाँडो जज गर्नुहुन्न !"
"शायद यो मेरो कमजोरि होला !"
"जहाँ सम्म मलाई लाग्छ तिमी मा केहि कमजोरी छैन !"
उ फेरि हाँसी , मलाई लाग्यो उ यसरि नै मुस्कुराईरहोस् जब जब म उसको प्रशंसा गर्छु ।
एक छिन हामी चुपचाप बस्यौँ , शायद यो हाम्रो एक अर्कालाई अघि देखि भनेका कुरा हरुको मनन् गर्ने समय थियो वा नयाँ गफहरुको शुरुवातको खोजि!!!!!!!!!!
"तिम्रो प्रोग्राम के अरे नेपालगन्जमा ?"
"तिमीलाई अहिले सम्म थाहा छैन ?मलाई त तिम्रो बारेमा अघि थाहा भईसक्यो !"
"सम्बन्धहरुको बिचमा मलाई तिम्रो बारेमा यति थाहा छ , म यति सोच्छु भनेर ईगो कहिल्यै ल्याउनुहुन्न ,ल अब भन न त !" मलाई थोरै आत्म ग्लानि पनि भयो ,मैले अघि किन त्यस्तो शब्द प्रयोग गरेछु भनेर !
"साथीको बिहे छ , आठ गते !"
"आज पाँच हैन ?"
"हो किन ! "
"तिमी चाँडो हिँडेछौ !"
"शायद तिमी सँग भेट हुन !"
"यो त तिम्रो भन्ने कुरा मात्रै हो !"
"म सँग त प्रशस्तै समय छ , बाँडिदिने कोहि नभएर होला !!!!!!!!!!"
"तिमी बिछोड देखि डराएका थियौ होईन ?"
"किन ?"
"मलाई त्यो बिछोड थोरै ढिलो बनाउन मन लाग्यो !"
"कसरी ?" यसपालि म उत्सुक भएँ । त्यसै पनि यो यात्रा मा जे भइरहेको थियो त्यो कल्पना भन्दा बाहिरकै कुराहरु थिए । मलाई लागिरहेको थियो त्यसमा अरु दुई चार वटा कुराहरु थपिँदैछन् अब !
"यदि आज गाडि चल्यो भने म सँग पनि बिचमा एक दिन बाँकि रहनेछ ,If u dont mind I want to Share With u !!!!!!!!!"
उ मुस्कुराईरही !!!!!!!!!!!मलाई उसलाई आफ्नो बाएको मुख देखाउन मन नलागे पनि मेरो मुख आँ को आँ नै भइरह्यो ।
क्रमश:
Posted at
6:34 PM
1 comments
मनोजले छोडेको कथा(भाग-१)
“छ्या गाडी थोत्रो रहेछ ! ” मनमनै सोचेँ । कोशि वारि बाटै टिकटको लागि भनेको थिएँ पारी बाट गाडिको चढाई भो । त्यो पनि नेपालगन्ज सम्मको यात्रा ! मैले नारायणगढ सम्म त्यो गाडिमा बाटो काट्नु थियो । साथिको बिहेमा हिँडेको ! उसको सुखमा म बुङ्गो यति दुख गरी गरी जाँदै थिएँ , मैले जाँगर र रहर पनि देखाएकै हो उसको बिहेमा जाने ! कोहि कोहि ठिकै भन्छन् फुच्चे मुडि छ । साँचो हो यथार्थको धरातलमाँ जस्ले भावना र सम्बन्धलाई महत्व दिन्छ उ सनकि नै हुन्छ एभरेज भिँडको अघि । साँचो कुरा त दुनियालाई मेकानाइज्ड लाईफ मन पर्छ मेरो सनक र मुड भन्दा ! मलाई पनि उनिहरुलाई गलत साबित गर्ने रहर छैन , मेरो जिवन मा अरुको सुझावको लागि ठाउँ छैन ।
“कहाँ सम्म हो ?” मेरो तन्द्रा भंग भयो । आवाज माला चुँडिएर मोति भुईमा खसे जस्तै थियो । मैले आवाजको भौतिकता नियाँले । अनुहारमा अघि चुँडिएका मोतिको दिप्तता थियो भने केश त्यहि मोति चुँडिएको रेशमि डोरी ! स्विटर माथिको गुलाबि ओढ्ने ले जोरले उनलाई कसेको हुनुपर्छ किनकि उनी पक्कै पनि छोड्न मन लाग्ने थिइनन् ।
शायद फुच्चेलाई यहि भएर नेपालगन्ज सम्म जाने झोँक चलेको रहेछ , आज भने फिल्मी ( बेगर विद द प्रिन्सेस) यात्रा हुने भयो । मनमनैँ सोचेँ ।
“यो गाडिमा त नारायण गड सम्म जाने हो !’ मैले उसलाई नियाल्दै भनेँ । गाडि बिस्तारै घ्यार घ्यार गर्दै चलायमान भयो । तर उसलाई नियाल्दा मैले आँखा यता उता चलाउने पनि फुर्सद पाएको थिईन । “नारायण गढ कति बजे पुगिएला ?”
“बज्ला बिहानको दुई तिन !”
“तँपाई त्यहिँ सम्म जाने हो ?”
“होइन नेपालगन्ज ।“
“हो र ! म पनि नेपालगन्ज नै जाने हो त , साथि हुने भइयो ।“ उ खुशि देखिई ,तर म ठोकुवा गरेरै भन्न सक्छु उसको खुशि भन्दा मेरो खुशि हजारौँ गुना ज्यादा थियो ।
“तँपाई पनि नेपालगन्ज जाने हो ?”मैले आफ्नो खुशि कन्फर्म गर्न फेरि पनि सोधेँ ।
“हो तर तँपाईले मलाई तिमी नै भने पनि हुन्छ । At least I have to get some liberty of being younger !!!!!!!! मेरो नाम चाहिँ सुधा हो , सुधा भनेर बोलाए पनि हुन्छ । ”
उसले मुस्कुराउँदै जवाफ फर्काई । अघिका सम्पुर्ण गुणलाई परास्त गर्ने त उसको मुस्कान रहेछ ।मन फुरुङ्ग भएर आयो ।म आफ्नो खुशी लुकाउन झ्याल बाट बाहिर नियाल्न थालेँ ।दुनियाँ चलायमान थियो ,मैले बिस्तारै दुनियाँलाई भनेँ “हेर तँ भन्दा पनि मेरो जिवन चलायमान छ ।“
जब मैले बाहिरबाट ध्यान हटाएर उ तिर आँखा फर्काए । उ केहि खुला पानाहरु पढिरहेकि थिई । प्रिन्ट सानो थियो मैले राम्ररि नियाल्दा पनि ठम्याउन सकिन ।
“साझा पढ्ने गर्नु भाको छ ?त्यसैको एउटा कथाको प्रिन्ट हो ।” उसले मैले उसले पढ्न खोजेको कुरा देखिछ क्यार ! मुटु एक चोटि बुरुक्क उफ्रियो ,अब कुरा अगाडि बढाउन अफ्ठ्यारो पक्कै हुनेछैन । मैले भगवान लाई धन्यवाद दिन एकचोटि माथि हेरेँ किनकि जब धेरै कुराहरु एकैचोटि मिलेर आउँछन् विश्वास गर्न पनि डर लागेर आउँछ ,कतै झल्याँस्स बिउँझिइने पो हो कि भनेर !
“थोरै थोरै पढ्ने गर्छु ,कस्को कथा हो त्यो ?”
“Somewhere on the earth!!!”
“Lucky सोम दाई , मेरो नाम किन आएन! “मैले मनमनैँ सोचेँ ,फेरि सोचेँ मान्छे साँचै असन्तोकि हुन्छ स्वभावैले ,यति सबै भइसक्दा पनि म त्यो कथा पनि मेरै होस् भन्ने चाहिराखेको थिएँ । “तिमीले फुच्चेकेटो को कति कथा पढेकि छ्यौ ?” मैले उसको आँखामा आँखा जुधाउँदै प्रश्न गरेँ । म मेरो नाम आउँदा उसको मुहारको परिवर्तन नियाल्न चाहन्थेँ ।
“सबै कथा पढेकि छु दुइटा कथा अधुरा छन् उसका ,किन?”
“त्यो फुचेकेटो म नै हुँ ।“
उसले एक छिन सम्म मेरो अनुहार हेरिरही ,शायद उ म सँग आफुले सोचेको फुच्चेकेटोको अनुहार कत्तिको मिल्दो रहेछ भनेर जुधाउन चाहन्थी ।
"मलाई फुच्चेकेटो थोरै कालो तर पाक्लाक पुक्लुक्क गाला भएको यति हँसिलो होला जस्तो लागेको थिएन उसका कथाहरुबाट !" उसले पहिलो चोटि मलाई जिस्क्याई ।
"के म यसलाई तारिफ सम्झिउँ ?"
'जे सम्झ त्यो तिम्रो ईच्छा , मैले त लागेको कुरा भनेको मात्र हो ,अर्थ निकाल्न त लेखक हरु स्वयं सक्षम हुन्छन् नि !"
उ बिस्तारै सम्बोधनहरुमा तँपाइ बाट तिमीमा झरिसकेकी थिई । तर यो तँपाईबाट तिमीको रुपान्तरण मलाई पनि रमाईलो लागिरहेको थियो । किन कि तिमी मा ज्यादा सामिप्यता हुन्छ तँपाइ भन्दा !
"तिमी विवाहित होइन है ?"
'होईन त किन ?"
"तिमी खालि परिकथा जस्तो मायाका कथाहरु लेख्छौ त्यहि भएर !"
"तिमी मलाइ यो भन्दा मायालु यो भन्दा यो भन्दा रमाइलो बिषय सजेष्ट गर्न सक्छौ?" मैले उसको प्रश्न उसलाई नै फ्याँके ।
उ मौन भई शायद उ सँग मेरो यो प्रश्नको जवाफ थिएन जसरी मैले जत्ति नै लेखे पनि उस्को रुपको अलौकिकता को बर्णन म सँग थिएन ।तर जे भए पनि मेरा कथाहरु ,मेरा विषयहरुमा छिरिरहेकी थिई ,त्यहि नै भइरहेको थियो जे म चाहिरहेको थिए । आखिर म मेरा कथाहरुलाई आफ्नो गहना मान्छु र गहना को सुन्दरताको बयान अरुको मुखबाट सुन्दा को सन्तुष्टिको स्वाद नै बेग्लै हुन्छ । अझ मेरो तारिफ गर्ने स्वयं तारिफ लायक थिईन यहाँ त !
पुरानो गाडि बिस्तारै बिस्तारै आफु पुरानो हुनुको परिचय दिँदै थियो हामीलाई ,गाडिको झ्याल जतातिर म थिएँ बिस्तारै बिस्तारै गाडिको गति सँगै खुल्दै थियो चिसो हावा बिस्तारै बिस्तारै मेरो शरिर लाइ छोइरहेको मलाई त्यति खेर सम्म थाहा भएन जब सम्म उ त्यो शिशा लगाउन म तिर लम्किईन ।
उसको सलले पनि मलाई उसको स्पर्शको अनुभुति दियो । थोरै नै भए पनि हावामा उसको सुबास महसुस गरेँ मैले ।गाडि भित्रका मधुरा बत्तिहरु पनि अहिले नबलुन् भन्ने चाहन्थेँ म !
"लेखक हरु सँधै गम्भिर हुनुपर्छ हो ?" एक छिन मौनता आखिरमा उसले नै भङ्ग गरी । झ्याल लगाईवरि उ आफ्नो सिटमा स्थिर भइसकेकी रहिछ ।
"मलाई त त्यस्तो लाग्दैन ।"
"त्यसो भए किन चुपचाप त ? कि साझाको नयाँ प्लट फुर्दै छ ?"
"यत्ति राम्रि केटी छेउमा भए पछि त प्लटमात्र किन मलाई त महाकाब्य नै फुर्नु पर्ने हो !' मैले पहिलो चोटि मौकाको सदुपयोग गर्दै उत्तर फर्काएँ । आखिर उसलाई पनि थाहा होस् न उ कति राम्रि छे भनेर !
"म त्यति पनि राम्रि छैन !"
"मलाई केटीहरुको यहि बानी मन पर्दैन !'
"कुन ?"
"बरु नराम्रा केटीहरुलाई आफु राम्री छु भन्ने भ्रम हुन्छ तर राम्रि केटीहरुलाई आफ्नो सुन्दरता माथि बिश्वास पटक्कै हुँदैन ।"
"तिमीले केटीहरुलाई राम्ररी बुझेकै रहेनछौ ।"
"म मात्र किन र ? जस्ले पनि बुझेको छु भन्छ उसले गलत भनेको हुन्छ ।"
यसपालि उ धक फुकाएर हाँसी , उसलाई चित्त बुझे जस्तो छ ।
"के गर्छौ त तिमी !" मैले उसको ब्यक्तिगत जिवन जान्न चाहेँ ।
"साझामा तिम्रा कथाहरु पढ्छु !"
उसलाई थाहा छ कस्को तारिफ कसरि गरिन्छ भनेर !
"मैले त्यो बाहेक सोधेको !"
" मास्टर्स गर्दै छु बिराटनगरमा ! पार्ट टाईम पढाउँछु पनि !"
" मेरो अबको कथा त्यसो भए "म स्टुडेन्ट भएको भए" हुन्छ होला !
मैले पनि तारिफको बदला तारिफ ले नै फर्काएँ
"म त्यसको प्रतिक्षामा रहनेछु ।' उसले हाँस्दै भनी ।
"तिमी त ईन्जिनियर हो होईन ?धनकुटा मा हो क्यारे ! कुन डिपार्टमेन्ट र अफिस चाहिँ याद भएन ?'
"कसरि थाहा पायौ ?" साझाका केहि पोष्टहरुबाट थाहा पाई होली भन्ने अनुमान हुँदा हुँदै पनि मैले उसलाई सोधेँ । म उसको मुखबाट सुन्न चाहन्थेँ ।
"कम अन यति पनि थाहा हुँदैन त फ्यानहरुलाई ?'
"हेर है तिमी मेरो नाक बढाउने काम नगर !"
'काम कसरि म्यानेज गर्चौ त राइटिङ्ग सँगै ?" उसको प्रश्न सामिप्यता ले भरिएको लाग्यो मलाई !
"म्यानेज भइ हाल्छ सरकारी जागिरमा !" मैले हलुका जवाफ फर्काएँ , मलाई थाहा छ मेरो जागिर त्यति सजिलो छैन जति म जनाईरहेछु उसलाइ ! एक हफ्ता बिदा लिन पनि हाकिम सँग झगडा गरेर हिँडेको हुँ म !
गाडिमा अचानक बत्ति बल्यो । सडक को पल्लो कुनामा पनि एक दुईवटा बत्तिहरु देखिए ।उसले आफ्नो सल मिलाइ ।आफ्नो कपाल पनि मिलाएर कानको पछाडि लगी । कानका साना टपहरु गाडिको पहेँलो प्रकाशमा टलक्क टल्किए ।गाडि बिस्तारै त्यो होटलमा रोकियो ,बाहिर बाट एउटा मोटे मान्छे खानाको लागि चिच्याउँदै थियो ।
क्रमश:
Posted at
4:33 PM
1 comments
अन्तर्प्रश्न
अपुर्णता एउटा ठूलो शिक्षक रहेछ जीवनको ! मान्छेसँग जे हुँदैन त्यसको कौतुहलता र ग्यान को नशाले अझ चाँडो बुझ्छ ति कुराहरु । कसै कसैले जीवन जिउन नपाएर पनि जीवन चाँडै बुझ्छन् । शायद त्यसमध्येकी म पनि एक हुँला ।
‘रमा दिदी , पाँच बजी सक्यो त ,कति कुर्सिमैँ टाँसीइ राख्नु भएको ! घर जाने होईन ? ’
घर शब्द मलाई सँधै चसक्क बिझाउने गर्छ । एक्लै निरस र उदेश्यहिन जीवन काट्ने छानो कुनै परिभाषामा पनि घर कहलाईँदैन होला ! मैले आफ्नो पावरवाला चश्मा को बिचबाट सुजातालाई नियालेँ । मेरी आमा भन्नुहुन्थ्यो मेरा आँखाहरु असाध्यै राम्रा र ठूला छन् रे ,आजकल त्यहि चश्मा बाहिरबाट गहिरो र नराम्रो देखिन थालेको छ । सत्यहरु सँधै शाश्वत रहँदैनन् । मलाई मन नपर्ने सत्यहरु मध्येको एक !
सुजाता सँधै जस्तै अफिसबाट बाहिर निस्किँदा मलाइ पनि आग्रह गर्दै हिँडेकी थिई । मैले कहिल्यै उसलाइ बहिनी मानिन न मलाई यि महत्वबिनाका सम्बन्धका गहिराई सँग मतलब छ , तै पनि कोहिकोहि बुझीदिँदैनन् मलाई ! मैले अफिसको घडि हेरेँ घडिमा पाँच पाँच भइसकेको थियो । म बिस्तारै उठेँ अफिसको सेक्युरिटि गार्ड अफिस बन्द गर्न मलाइ कुरेर बसिरहेको थियो । म रोकिएको छैन जीवनमा ,गतिशिल छु तर पनि कहिले काहिँ मेरो गति स्थिर बसेका प्रतिद्वन्दि सँग पनि हार्ने गर्छ ।
“साग कसरि मुठा ?” मैले मेरो कोठा तलतिरको दोकानदारसँग प्रश्न राखेँ । त्यो टोलमाँ उ म भन्दा पहिले आएको हो । म आएकै करिब पाँच बर्ष भइसक्यो । राम्ररि दोकान चल्दैन , कसरि धान्छ यस्तो महँगिमा काठमाण्डौमा ! सँधै जस्तो टाउको उठाएर मलाई हेर्यो अनी हेरिरह्यो । थाहा छैन के देख्छ उ म मा ! मलाई उसको अनौठो हेराई मन पर्दैन ।
“यो साग कसरि मुठा भनेको ?’ मैले क्रमभंग गरेँ ।
“पाँच रुपियाँ !” उसले टाउको उठाई उठाई जवाफ दियो । उसको हेराई यथावत थियो । सागको मुठाभन्दा म मा ज्यादा ध्यान थियो । मैले उसको ध्यानबाट आफ्नो ध्यान हटाउने प्रयास गरेँ ।
साग पहेँलो थियो ,ओइलिएको , तिनचार दिन देखी पानीकै भरमाँ बचाइराखेको जस्तो । मैले साग को गुण दोषको बारेमा छलफल गर्न पनि जरुरि ठानिन ।
छेउछाउमा अरु तरकारि पसल छैनन् ,टाढाबाट बोकेर आउन मलाई मन लाग्दैन । यो पनि एक किसिम को सम्झौता हो । दुइ किसिम को दुख बिचको । ति मद्ये जुन सानो लाग्छ त्यहि अपनाउन खोज्छु म !
सबैले मलाई सामान्य आइमाई भन्दा भिन्न देख्छन् होला , एउटा चालिस बर्ष कि अबिवाहित अनि एक्लि युवति । यति बाट मेरो बारेमा निष्कर्ष के निक्लिन्छ थाहा छैन । पक्कै पनि म एउटा निष्कर्षहिन कथा हुँला । तर मेरा पनि भोगाइहरु छन् । म र मेरो मुटुको कुनामा गाडिएका कसै कसैले वाचा बेगर छोडेका स्पर्षहरु छन् । मैले वाचा मागिन । त्यो सहि थियो वा गलत थियो थाहा छैन । पक्कै पनि उसकै जस्तो जीवन मेरो पनि भएको भए म अहिले सहि गलत तराजुमा जोखेर बस्ने थिईन होला ।
Posted at
9:27 PM
1 comments
फूल बेच्ने केटी(अन्तिम भाग)
rajeetz
बाटो भरि लाग्यो लोग्ने मान्छे ढोंगि हुन्छन् , दोमुखे हुन्छन् , म जे आफुलाई दर्शाउँदै छु त्यो पनि त म रहेनछु । म सँधै भन्छु म सुधालाई माया गर्छु त्यो पनि हदैसम्मको । तर म स्वयंलाई थाहा छैन यो हद मा किन कोहि छिर्दैछ , अतिक्रमण गर्दैछ भनेर , म पल प्रतिपल फितलो हुँदैछु । मेरो माया बाँडिदैछ , हुन सक्छ त्यो फुल बेच्ने केटी सँग माया होईन क्षणिक आकर्षण मात्र हो , त्यसो भए जुन आकर्षणमा सम्पुर्ण रुपमा सुधाको स्वामित्व हुनु पर्ने हो त्यो बाँडिदैछ ,अनि किन त यस्तो ? बिवशता भन्नु बाहेक मेरो बिकल्प छैन ।
लोग्नेमान्छेको मायाको हद र स्वास्निमान्छेको हद दाँज्न सकिँदैन । म जुन किसिम जानी नजानी लक्ष पनि स्पष्ट नभई त्यो फुल बेच्ने केटी सँग नजिँकिँदै छु तानीँदै छु पक्कै पनि सुधा त्यसरि तानिन्न होला । वा म त्यो सहन गर्न सक्दिन । म सुधालाई पत्निको रुपमा होईन एउटा जतन गरेर राखेको सामान जस्को उपयोग मेरो दिनहुँ जीवनमाँ सँधै आउने गर्छ अनि म त्यो कसैलाई दिन चाहन्न , तर आफु भने अन्य सामानपनि चलाउन चाहन्छु त ? म सँगै प्रश्न हरु सहयात्रि बने त्यो दिनको यात्राको । मलाई बाटो बितेको पत्तो भएन अन्तिम टर्निङ्गमा थोरै सजग भएँ अब घर नजिकै आउँदैछ त्यहाँ मैले रोक्नु पर्नेछ । नत्र म आफ्नै घर बाट टाढा हुनेछु जहाँ मेरी सुधा मलाई पर्खिरहेकी होली ।म उसलाई पर्खाई रहन पक्के पनि चाहन्न । म चाहन्छु म सकेसम्म उसको पर्खाई चाँडो अन्त्य गरौँ ।
सुधा उस्तै थिई जस्तो मैले उसलाई बिहान छोडेर गएको थिएँ निश्छल , निर्मल र मेरो बाटो हेरीरहेकी ! मलाइ कहिलेकाहिँ लाग्छ उसका आँखाले म बाहेक अरु कुरा हेर्न जानेको छैन ,उ गान्धारिले जस्तै आफ्नो आँखामा पनि पट्टि लगाईदिनेछे जुन दिन उसले मलाई देख्न पाउने छैन । मेरो माया उसको अघि कति निरिह छ ,कति क्षुद्र छ ,कति क्रित्रिम छ अनि कति सानो छ !
"के भयो , सन्चो भएन हो ?" उसले मेरो निधार छामी । म मुस्कुराएँ । म उसलाई मेरो लागि चिन्तित भएको हेर्न चाहन्न ।
" कसले भन्यो तिमीलाई , मलाई सन्चो भएन भनेर ?"
" छ्या अनुहार अलि उत्रे जस्तो लागेर मात्रै सोधेको , भाउ पल्टिहाल्नु पर्छ हैन तँपाईलाई ?" उ रिसाई , मलाई थाहा छ उसको रिस पनि क्रित्रिम हो मेरो मुस्कान जस्तै ।
"खाजा के खानुभयो ?"आज उसले फोन गरेकी थिईन अफिसमाँ नत्र उसले यो प्रश्न सोध्ने थिईन ।
"पहिला यो भन तिमीले मलाई आज फोन किन नगरेकी ? " मलाई उसको कुरामा केन्द्रित भएर उ भन्दा बाहिरका धेरै कुरा हरु बिर्सिनु थियो ।
"फोन गर्यो ,बेलुका आएर धेरै फोन गर्यो भन्नु छ ,गरेन किन नगरेकी भनेर सोध्नु छ , कुरै बुझि साध्य छैन कसै कसैको !"
उ लाडिन्छे जब म यस्ता प्रश्न हरु सोध्ने गर्छु , मानौँ मलाई घुर्कि लाउनु उसको शौख हो । अनि म पनि यस्ता प्रश्नहरु सोधिरहन्छु मानौँ उसको घुर्कि खानु मेरो रहर हो !
"खाएको छैन के बनाउँछौ भन त ?"
"खाएको भनेर सोधेको पो त , बनाउन त मलाई पनि मन छैन ।" उ हाँस्न थाली । सुख साच्चै साना साना कुरामा लुकेको हुन्छ । खोज्न जान्नु पनि एउटा कला हो ।
"तिमीले के खायौ भन त ?" मैले उसको अनुहारमा हेर्दै भनेँ ।
"छैन मैले पनि केहि खाएको !" उ आज दिउँसो सुकेका लुगाहरु पट्याउँदै थिई । पानी पर्ने मौसममा धोएका लुगाहरु भएर होला धेरै थिए लुगाहरु थाकमा !
"जौँ हिँड न त बाहिर खाजा खाएर आउँ !" मलाई अचानक एउटा नयाँ प्रस्ताव फुर्यो ।
"अहिले खाजा खान गएर खाना कति खेर खाने नि ? "
"त्यसो भए खानै खाउँ न त , मैले पनि एउटै भान्छेको खाना कत्ति खाने , कहिले काहिँ त स्वाद पनि फेर्नु पर्यो नि हो कि होईन भन त ?" म जिस्किएँ ।
"होला , कति बांगो पाराले घोचिरहनु हुन्छ ? सिधै नमिठो भयो भन्नु न !" उसले मेरो जिस्क्याईलाई यथावत राखी ।
"मलाई भोलि देखि अफिस भोकै जानु छ र ?"
"कति सम्मको गफाडि ? म लुगा फेर्छु है त !" उ लुगा फेर्न भित्र लागि । मलाई एउटा युध्द जितेको अनुभव भयो । अघि मैले जे सुकै सोचेको होस् म सुधालाई माया गर्छु । म मात्र उसको अनुहारमा मुस्कान देख्न चाहन्छु ।
हामी बाहिरै खाना खाएर फर्कियौँ । धेरै दिन पछि केहि छुटेका कुराहरुलाई समय दिए जस्तो भयो । एउटा भत्केका दुई पाटाहरुलाई जोड्ने पुल जस्तो । पुरुष शायद यसकारणले पनि दुई मुखे हुन्छ किनकि उसका स्वरुप नै दुई किसिमका हुन्छन् बाहिरि संसार लाई उ कडा भईदिनु पर्छ र घरमा उ नरम ,दुई वटा पात्रहरुको भुमिका निभाउँदा निभाउँदै उसले वास्तविक आफु के हुँ भन्ने नै बिर्सिन्छ र शायद मलाई पनि आजकल त्यस्तै केहि भईरहेको छ । सुधा सँग बाहिर ननिक्लेको धेरै भएसकेको रहेछ । हुन त उ कहिल्यै पनि यस्ता कुराहरुमा कर गर्दिन तर उ यस्ता कुरामा चासै नलिने भने होईन । म यति कुरा सबै थाहा हुँदा हुँदै पनि उसले चाहेका कुरा हरु गरिदिन सक्दिन भने त त्यो मेरै कमजोरि हो भनेर मैले मान्नै पर्छ ।
सुधा भित्र लुगा फेर्न तिर लागि , म उहि थोत्रे रिमोट बटार्न तिर लागेँ । अचानक मेरो अफिसको ब्यागमा भएको फूल याद आयो । मैले बिस्तारै सुधाले थाहा नपाउने गरी त्यो फूल झीकेँ र नियाल्न थालेँ ।
" कफि खाने ?" सुधाले भित्रै बाट सोधि । समय बेसमय चिया कफि खानु उसको बानी हो । बिस्तारै बिस्तारै मलाई पनि त्यो सरिसकेको छ ।
"खाने !" मैले सुस्तरि जवाफ फर्काएँ
"खाए पछि त त्यो रिमोट मलाई दिनुपर्छ , भोलि दिउँसो लोडशेडिङ्ग छ , मैले आजै हेर्न पाउनु पर्छ ।"
"हुन्छ ।" मैले मनमनैँ हाँस्दै भनेँ
त्यो फूल अझै मेरो हातमैँ थियो ।मलाई लाग्यो मेरी सुधालाई यो फूल को आवश्यकता छैन । म झ्याल छेउमा गएँ । झ्याल बाहिर निष्पट्ट अँध्यारो थियो । मैले त्यो फूल झ्याल बाहिर हुईँकाई दिएँ । सडक को कुन कुनामा गएर त्यो फूल बजारियो मैले हेर्ने पनि रहर गरिन ।
(यो कथाको अन्त्य छैन ! शायद यस्ता कथाहरुको अन्त्य हुँदैनन् !)
Posted at
2:53 PM
2
comments
फुल बेच्ने केटी(भाग-४)
भाग-३ बाट अघि
rajitz
मेरो आगमनसँगै फूलहरुको बिचमा उसको मुस्कान पनि देखियो त्यो फुल पसलमाँ ! मनमा लाग्यो भनिदिउँ म आज तिम्रो मुस्कान किन्न आएको यहाँ फूलको सट्टा । तर मेरो कुनै बिशेषता छैन यसमाँ जसले उसको मुस्कान लाई तानेर त्यहाँ ल्याएको होस् , मेरो सट्टा जो सुकै नै भएको भए पनि उ एउटा क्रित्रिम मुस्कान उपहार दिई दिने थि गेट बाट छिर्ने बित्तिकै ! मलाई थाहा छ उसको मुस्कान बिवशता हो उसको जीवनको , त्यो मुस्कान शतप्रतिशत झुटो हो । तर कुनै कुनै झुट झुट नै हो भन्ने थाहा हुँदा पनि सुन्दर लाग्छन् । मलाई उसको मुस्कान राम्रो लाग्यो अचुक लाग्यो । म पनि मुस्कुराउन बाध्य भएँ ।
"चिन्नु भयो ?" मलाई थाहा छ तँपाई उसको कलिलो उमेर को पर्याय होईन तै पनि परिचय जति औपचारिक रह्यो त्यति पछिका कुरा हरु सजिला बन्दै जान्छन् ! उसका निधारमा थोरै सोचका धर्का कोरिएँ । उ सोच्दै थिई मलाई उसले कहाँ देखेकी हो भनेर । शायद उ सिधै अहँ चिनिन त भन्न चाहन्नथि । उ मैले चिने भन्दा मात्रै पनि आजको फूल ब्यापार मा केहि सहयोग भई नै पो हाल्छ कि भन्ने सोचिरहेकि थिई ।
"हिजो यहिँ आउनु भएको थियो होइन , गुलाफ किन्न ?" अन्य केटीहरुको भन्दा भिन्न जवाफ । उसले मलाई चिनेरै छाडी । सामान्यतय केटीहरु मेरो अनुभव मा चिनेकैलाई पनि नचिनेको अथवा स्वाङ्ग पारेर मात्र चिनेको देखाउन चाहन्छन् । उ भिन्न थिइ । मैले स्विकारोक्तिमा टाउको हल्लाएँ ।
"आज पनि केहि किन्न भनेर आउनु भएको ?" उसको बोलिमा स्वाभाविक आग्रह थियो ।
"हो हुन त , तर खोई हिजो जस्तो गुलाफ आज देखीएन !" मैले यता उति हेरे जस्तो गरी जवाफ फर्काएँ ।
"त्यो फूल पनि राम्रो छ त !" उसले परको सेतो रङ्गको फुल देखाई । कुनै बिदेशि फूल हुनुपर्छ त्यो । म जान्दिन त्यसको नाम !
"हिजोको भन्दा कम दाम अनि धेरै दिन सम्म ओइलिन्न । " उसले फूलको बिशेषता थप्दै भनी ।
"होईन मलाई गुलाफ नै चाहिएको !"मैले आफ्नो जिद अगि सारेँ ।
मलाई थाहा छ यी सबै तुक नभएका कुरा हुन् । मेरो उ सँग रहर पुर्याउने गरी गफ गर्न मात्र म भित्र छिरेको हुँ र अन्त्यमा सान्त्वना स्वरुप उसको केहि न केहि मेरी सुधाको लागि अवश्य लागिदिनेछु यहाँ बाट । तर उसको र मेरो बिचको गफ लम्ब्याउनको लागि गफलाई फूल भन्दा अन्य टपिक्सहरु मैले सार्न सकिन ।
" आखिर के देख्छन लोग्ने मान्छे हरु गुलाफमा ? "
"के हुँदैन र भन्नुहोस त गुलाफमा ?" मलाई उसको प्रश्न अचम्मको लाग्यो त्यहि भएर मैले प्रश्नको उत्तर पनि प्रश्न नै दिएँ ।
"काँडा हुन्छ !" उ सोचमग्न थिई जब उ बोलिरहेकी थिई । के उ मलाई आफ्नो यथार्थ सँग परिचित गराएर मेरो नजिकै नआईज भन्न चाहन्थी । तर उसले कसरि थाहा पाई र म उसको नजिक आउन चाहन्छु वा उसलाई बुझ्न चाहन्छु भनेर ? यो पक्कै मेरो भ्रम मात्र हो ।
"मलाई काँडा भएकै फूल मन पर्छ । " मेरो ईशारा उ तिरै थियो ।तर शायद उसले त्यो बुझिन । उसको र मेरो गफमा म पहिलो चोटि मुस्काएँ । उ पनि हाँसि ।
"तँपाई गफ गर्न सिपालु हुनुन्छ ।"
"धन्यवाद । दुई दिन भेट भयो लगातार तँपाईको नाम के हो जान्न सकिन्छ ? " यसपालि मैले निर्लज्ज भएर मुख फोरेँ , कुनै माग्ने ले हात फैलाएर मागे जस्तो मैले उसको नाम मागेँ ।
"छाड्दिनुहोस् नाममा के नै राखेको छ र !" उसले हाँसी हाँसी मेरो आग्रह पचाईदिई । मानौँ मेरो आग्रहको केहि मुल्य छैन उसको अघि ! होस् पनि कसरी , क्रेता र बिक्रेता बिच नामको आदानप्रदान हुन पक्कै पनि धेरै समय लाग्छ , मैले अरु कुनै पसलमा गएर तँपाईको नाम के हो भनेर सोधेको छैन ।
"म एउटा कुरा सोध्छु नढाटिकन भन्नुहोस् है !" उसले फेरि हामी दुई बिच को मौनता भङ्ग गरी ।
"सोध्नुहोस न !"
"के तँपाई आज मेरो पसलमाँ साँच्चै फूल किन्न नै भनेर आउनुभएको ?" म पहिलो चोटि त्यहाँ पक्राउ खाए झैँ भयो । हो म त्यो पसलमा फुल किन्नै आएको हो , साँचो वा झुटो दैव जानोस् ।
"कोहि मान्छे फूल पसलमाँ फूल किन्न नभएर किन आउँछ त ?"मैले आफ्नो मुस्कानले आफ्नो नर्भसनेस लुकाउन खोज्दै जवाफ फर्काएँ ।
"हेन तै पनि जुन किसिमले तँपाई गुलाफ खोजिरहनु भएको छ , फुल किन्न आउनु केवल बहाना हो कि जस्तो लागेको मात्रै हो ! "
उसको बोलि साँच्चै एउटा अचुक हतियार जस्तै नै थियो , अब मैले बाहिर निक्लिने बेला मा केहि न केहि लिएरै निस्किनु पर्नेछ कम से काम उसलाई झुटो साबित गर्न लाई नै भए पनि ।हुन त म एउटा न एउटा फूळ अवश्य लिएर जाने थिएँ सुधाको लागि ।
"खासमा मलाई मेरि स्रिमति लाई गुलाफ बाहेक अरु कुन फूल मन पर्छ भनेर थाहा नभएर मात्र हो ।" मैले सुधालाई सम्झिदै भने । सुधा बिहान दुवै हात आफ्नो गालामा राखेर मेरो बाईक उसको नजर बाट हराउँदै गरेको कसरि एक टक हेर्ने गर्छे । यदि पुरुष र नारीको सम्पुर्ण अभिभारा परिवर्तन गरियो भने शायदै सक्छु होला म सुधा जस्तै झ्यालमा बसेर एक टक हेर्न ।
"तँपाईले आफ्नो स्रिमतिलाई बुझ्नु भएकै छैन !" उसे मेरो तन्द्रा भंग गर्दै भनि । उसले ठिक भनी । हो मैले सुधालाइ बुझेको छैन । म मात्र के संसारमा कुनै लोग्ने ले पनि उसकि स्वास्निलाई बुझेको छैन । उसले देखेको रुपहरुमा नै उ दङ्ग पर्छ मैले सबै कुरा बुझेको छु भनेर । उसले बिर्सिन्छ स्वास्निमान्छेको नदेखिएका रुपहरु पनि हुन्छन् भनेर । जो लोग्ने मान्छेले आफ्नि बुढिलाई माया गर्छ उसलाई मात्र पिर हुन्छ उसले आफ्नि स्वास्नि लाई बुझेको छैन भनेर !
"किन ? तँपाई कसरि भन्न सक्नुहुन्छ मैले मेरी स्रिमतिलाई बुझेको छुईन भनेर ? " म उसको जवाफ चाहन्थेँ किन मैले मेरी स्रिमतिलाई बुझेको छुईन भनेर ।
"तँपाइले कसरि थाहा पाउनु भयो त तँपाईकि स्रिमतिलाई रातो गुलाफ मन पर्छ भनेर ?"
" उसले कहिल्यै नाक खुम्च्याएकि छैन जब मैले उसलाई रातो गुलाफ लगेर दिएको छु । " यसपालि मैले उसका शब्दहरुको तुलनामा थोरै हलुका गफ गरेँ ।
"तँपाई जे दिनुहोस् तँपाईको स्रिमतिलाई मन पर्नेछ फगत त्यसमा खोट र स्वार्थ मिसिएको हुनुहुँदैन ।" उ पनि यसपालि मुस्काई । उसका शब्दहरु ले नजानिँदो तरिकाले मलाई उठ्न कर गरे । म बिस्तारै उठेर त्यहि फूल तिर गएँ जुन उसले शुरु मा देखाएकि थिई । त्यो फूल बिदेशि हुनु पर्छ ,मलाई त्यो फूलको नाम थाहा छैन ।
क्रमश:
Posted at
3:58 PM
1 comments
फूल बेच्ने केटी(भाग-३)
भाग-२ बाट अघि -rajitz
आज बिहानको आकाश बाट उदेयमान प्रकाश अचम्मको थियो एकदम नै चर्को ,हिजो रात भरि चट्याङ्ग ,हावाहुण्डरि आएर एउटा ठुलै युध्दको समाप्ति पछि बल्ल बिहान आकाश खूलेकोले होला । म आलस्य मानेर ओछ्यानमै पल्टिरहेँ । सुधा भने उठिसकेकि थिई , तर सँधै जस्तै उसको पुजापाठ सिध्धिएको थिएन । मलाई यस्तै यस्तै सुधाका बानिले अचम्म लाग्छ , आजकल को जमाना मा पनि मैले यस्ति ब्रतालु ,भगवानमा आस्था राख्ने पत्नि पाएको छु । वास्तवमा धेरै कुराको फ्युजन छ सुधामा ! म हरेक दिन उसमा नयाँ गुण पाउँछु , उसको नयाँ प्राक्रितिक स्वरुप देख्छु र जत्ति उसको नयाँ गुणलाई म पुरानो गुण सँग दाँज्दछु मलाई नयाँ सुधा एकदम प्रिथक लाग्छे पुरानी सुधा भन्दा , उ हरेक चौतारिमा पुरानि सुधा छोडेर नयाँ काँचुलि लिएर अघि बढे जस्तो ।
"के हेर्नु भएको त्यस्तरि क्वारक्वार्ति , खाउँला जस्तो गरेर , रातभरि पनि सुत्न दिनु छैन ,बिहानै उठेर पनि हेरेको हेरै !"
उसले पुजाको थालि सँधै थन्क्याउने कुनामा नै थन्क्याउँदै मलाई आरोप लगाई । मलाई थाहा छ रात मेरो मात्र होईन उसको पनि हो । उसको समर्पण र मेरो ग्रहणको हो । यति समर्पित हुन्छे उ म मा कि उसले आफुलाई बिर्सन्छे त्यहि भएर त उ मेरी प्यारी हो । मलाई यो पनि थाहा छ उसको र मेरो सम्बन्धमा मात्र रात छैन , मलाई दिउँसो अफिस जाने बेलामा देखाउने उसको घुर्कि , उसको सानो सानो कुरामा ठुस्किने बानि ,अनि अनावश्यक बेलामा प्रकट हुने उसका बालापन पनि प्यारो छ र शायद यो उसलाई पनि थाहा छ कि उ रिसाएको मलाई मन पर्छ , उसको घुर्कि हेर्नलाई मात्र भए पनि बेला कुबेला म उसको अनुहार नियालिरहन्छु र त्यहि भएर त उ भित्र भित्रै आनन्दित नै भए पनि म सँग असन्तुष्टि जनाईरहन्छे , म सँग रिसाएझै ढोङ्ग गरिरहन्छे । उसको र मेरो अघोषित सम्झौता जस्तो म त्यहि मात्र मनपराउने छु जे सुधाले गर्नेछे र सुधा त्यहि मात्र गर्नेछे जे म मन पराउँछु भने जस्तो ।
"मेरो हेर्ने नै तिमी बाहेक अरु के छ भन त !" मैले उसलाई चिल्लो घस्दै भनेँ ,मलाई थाहा छ आईमाई मान्छेहरु प्रशंसाका भोका हुन्छन् । सुधा पनि ति मध्येका अपवाद पक्कै पनि होईन ।
"चेपारे !"
सुधा किचन तिर लागि ।म भने नजिकैको कान्तिपुर ओल्टाई पल्टाई गर्न तिर लागेँ । मेरो कान्तिपुर ओल्टाई पल्टाई गर्ने कुनै रहर हैन यो मेरो दैनिक बिवशता हो जति खेर सुधा म भन्दा थोरै नै सहि तर पनि टाढा हुने गर्छे । टेलेभिजन र दैनिक समाचारपत्रहरु मलाई दैनिक बिवशता मात्र लाग्छ आजकल । यहाँसम्मकि मलाई आजकल हरेक समाचार उस्तै लाग्छन् । मलाई लाग्छ मेरो सम्बन्ध आजकल कुनै समाचारसँग छैन । म आफुमै , आफु भित्रै र आफ्नो परिधिमैँ खूशि छु सन्तुष्ट छु । तै पनि म समाचारपत्रहरु पल्टाउँछु ।यो हरेक साधारण मान्छेको नियति होला ।
.................... .......................... ......................... ..................................
म आफ्नो उहि पुरानो तर पनि जतन गरेर चलाएको बाईक लिएर अफिस तिर लागेँ । सुधा मलाई झ्याल बाट हेरीरहेकी थिई । उ मलाई प्रायजसो म अफिस लाग्ने बेलामा झ्याल बाट हेर्न छुटाउँदिन । यो पनि हिन्दि सिरियलहरुको असर हुनुपर्छ । कहिले काहिँ लाग्छ एक्लै वाक्क हुँदि होला कोठामा बसेर । पढ्न लाई नै पनि मेरो लेभल मै पुग्न भ्याउने गरि नै पढेकि छे । अहिले ब्याचलर कम्प्लेट गरेकी केटी भनेपछि त , सि अभ्भिअसलि डिजर्भ्स ए जब ! जागिर खोज खा ,वा मैँ खोजिदिन्छु पार्ट टाईमनै भए पनि काम गर । खालि बस्नु भन्दा मान्छेहरु भेटिन्छ रमाईलो हुन्छ भन्छु भन्छु तर उ मान्दिन । यो पनि मैले सुधा मा अहिले सम्म बुझ्न नसकेको पाटो मध्येको एक होला ! शायद उसलाई समय कटाउन उसका आफ्ना सिरियल हरु नै प्यारा लाग्छन् ।
......................... .............................. ....................... ...........................
आज हाम्रो बिवाह पश्चातको धेरै यस्ता कम दिन हरु मध्येको एक दिन थियो जसमा न मैले सुधालाई अफिसबाट फोन गरेँ न सुधाले मलाई घरबाट फोन गरी । मेरो ब्यस्तता लाई म दोष दिन्न । किनकि मैले समय निकालेर चिया खान जान भ्याएकै हो ।मैले उसलाई फोन गर्नु पर्छ भनेर सम्झेको पनि हो ।
"के हो सर आज फोन आएन भनेर टेन्सन मा हुनुन्छ कि कसो ?" नारद ले मलाई जिस्क्याउँदै सोधेको पनि थियो ।
"हैन ! सँधै सँधै गर्नुपर्ने के नै गफ हुन्छ र ?"
मैले उसलाई जवाफ फर्काएको थिएँ । र शायद त्यसैले गर्दा होला मैले आज सुधालाई आफिसबाट मन हुँदा हुँदै पनि फोन गरिन । उसको चियो बाट थोरै मात्र बच्न पाएको भए पनि म सुधालाई फोन गर्ने थिएँ । तर त्यहि हो सुधा र मेरो बिच के गर्दैछौ ? ठिकै छ ? ल राखे ! जस्तो सानो गफ त अवश्य पनि हुने थिएन । त्यसैले उसको चियो बाट बच्नु आज सम्भव थिएन । साँचै साँचो मायाका शत्रु हरु कारण अकारण बाटो बाटोमा भेटिन्छन् । आज मेरो माया को शत्रु नारद होईन मेरो आफ्नो समाजवाद भयो । मैले उसको सामु हार मात्रै मानेको भए पनि म सुधा सँग निर्लज्ज भएर गफ गरिरहेको हुन्थेँ उसलाइ जलाई जलाई । मलाई आज अफिस सिध्धिउन्जेल थुकथुकि लागिरह्यो ।
............................. .............................. .................................................
अफीसबाट फर्किँदै गर्दा बाटोमा फेरि आज पनि त्यहि फूल पसलमा गएर आँखा अडियो । हुन त बाईक चलाउँदा यता उता भन्दा बाटोमा ध्यान दिनु भन्छन् तर बिवश आँखाले हेर्न कर गरे । मेरो चेतन मनमाँ धेरै समय त्यो फूळ पसल नआएको भए पनि मेरो अर्ध चेतन मनमाँ त्यसले धेरै ठाउँ बनाएको हुनुपर्छ । त्यसैले त बाईकको थोरै स्पिड भने स्लो गरेको थिएँ जब म उस्को पसलको नजिकै बाट गुज्रिरहेको थिएँ ।त्यो पसलको वरिपरिको हावामा पनि फूलको बासना छरे झै लाग्थ्यो आज ।
बाहिरबाट देख्नैलाई प्रष्ट त देखिएन तर उ रिसेप्सन मै रहेको उसको धमिलो आक्रिति ले नै पनि पत्ता लाग्यो । हुन पनि उ कहाँ नै जान सक्थि र ? म दिउँसो अफिस मा नभेटिने पोसिबिलिटि कति नै हुन्छ होला र ? मलाई उ सँग एकचोटि राम्ररि कुरा गर्ने रहर थियो । उसको बोलिचालि र मुस्कान त अचुक थियो । मैले झलक्क रिसिप्ट मा नाच्दै गरेका उसका औँलाहरु पनि सम्झेँ । उ सर्लक्कै मेरो नजिकै आएको भान भयो मलाई अघि देखिएको उसको धमिलो आक्रिति बिस्तारै मानसपटलमा नेगेटिभ बाट चित्र निक्ले जस्तै स्पष्ट हुँदै हुँदै आयो । मैले बाईक बिस्तारै रोकेँ ठिक्क उसैको फूल पसल अघि । सुधालाई फेरि एउटा रातो गुलाफ लिएर जानुपर्ला मैले मनमनैँ सोचेँ ।
क्रमश:
Posted at
3:08 PM
1 comments
फूल बेच्ने केटी(भाग-२)
भाग-१बाट अघि -रजित ओझा
"सरि !" धेरै बेरको प्रयास पछि बल्ल मैले यि शब्दहरु निकालेँ ।
" माया र सहानुभुतिमा एउटा झिनो अन्तर हुन्छ , तँपाईले म माथि सहानुभुति देखाउन खोज्नु भएको हो भने मेरो भन्नु केहि छैन तर यदि माया देखाउन खोज्नु भएको हो भने सरि नभन्नु भएको भए म ज्यादा खुशि हुने थिएँ ।" उसले आफ्नो मुस्कान यथावत राख्दै भनि ।काँडा बिचमा फूलेको फूलझैँ मुस्कान ।
म उसलाई हेरिरहेँ अनि काउण्टरको भित्रि भागमा छिरेर त्यो रातो गुलाफ झिकेर बाहिर निकालेँ र त्यहाँ लेखिएको प्राईस ट्याग अनुसारको पैसा पर्स बाट झिकेँ ।उसले आफ्ना लामा औँलाहरुले नजिकैको कालो कलम समाति र मेरो रिसिप्ट बनाईदिई । उसको औँलापनि कुशल नर्तकि जस्ता लाग्दथे जब रिसिप्टमा कुद्दथे कस्ले भन्छ उसलाई प्यारालाईसिस भएको छ भनेर !
................. ......................... .......................... ........................ ...............
बाहिर निस्किँदै गर्दा पनि मैले उसलाई फर्केर हेर्न सकिन । अथवा भनौँ उसको छाप यसरि गाडियो कि आँखा अगाडि नै थिइ बाहिर निस्किँदा पनि ! बाटो पनि उसको बारेमा नै सोच्दा सोच्दै कसरि बित्यो पत्तै भएन ।कोठा पुग्ने बित्तिकै मैले सुधालाई अँगालो मारेँ । उसले एकछिन मलाई साथ दिई त्यसपछि टावेल लिएर आई मेरो कपाल पुछिदिन , म खासै भिजेको त थिईन तर पनि उसको आत्मियता लाई म नाई पनि त भन्न सक्दिन !
"आज त साँच्चै चाँडो नै आउनु भएछ नि ! कहिले काहिँ त मैले भनेको पनि मान्नुहुन्छ जे होस् । " उसको अनुहारमा अनौठो किसिमको दिप्तता आउँछ जब म उसले चाहेका कुराहरु पुर्याउने गर्छु । मानौ उसको सम्पुर्ण खुशिको दायित्व म मा छ र उसले पाउने दुखको जिम्मेवारि पनि मैले लिनुपर्छ । उ म बाट शुरु भएर म मा नै अन्त्य हुन्छे । आफ्नो काखमा मेरो टाउको राखेर उ मेरो कपाल खेलाईरहेकि थिई । उसले पालेका नङ्ग हरुको तिखो स्पर्श मेरा केस्रा केस्रा केशमा पसिरहेको थियो , एउटा एनेस्थेसिया जस्तो , बिस्तारि बिस्तारै उसर गर्ने कुनै दवाई जस्तो !
"भन न त किन बोलाएकि आज चाँडै ? चाँडै आएर पनि कुनै उपलब्धि त भएन मलाइ , भयो भन त ? " मैले उसलाई जिस्क्याउँदै भने ।
"किन नि त्यसै नि ,आफ्नो लोग्ने मा पनि अधिकार जताउन नपाउनु ?" उसले उत्तर फर्काई ।
"पाउँछौ बाबा पाउँछौ ! " मैले आफ्ना दुई हात उसको कम्मर मा बेर्दै भनेँ ।
"छाड्नुस त मलाई एकछिन , म तात्तातो चिया खुवाउँछु ,पानीमा भिजेर आउनुभएको त्यहि पनि बाईकमाँ , जाडो भइरहेको होला ! "
उ हत्तपत्त उठी कपाल को जुरो मिलाउँदै ,वास्तवमै बाठि छे सुधा जब थाहा पाउँछे उसको स्पर्शको , उसको अँगालोको उसको न्यानोपनको सबैभन्दा बढि आवश्यकता छ मलाई उसलाई चिया , बिहान नमाझेका भाँडाहरु , टेलेभिजन माथिको धुलो सफा गर्नुपर्ने , बिहानको निउजपेपरको कुनै सडेको निउज , अनि भख्खर सिक्न खोजेको कुनै डिसको रेसिपि जस्ता कुराहरु याद आउँछ । हुन त यो उसको म माथि आधिपत्य जमाईराख्ने एउटा नया उपाय पनि हुनसक्छ । उ किचन तिर लागि । म समय कटाउन रिमोट बटार्न तिर लागेँ । हुन त मलाई त्यहाँका कुनै च्यानलमा खासै चासो छैन तै पनि एउटा नयाँ म्याराथन मा भाग लिए जस्तो चिया नआउन्जेल म रिमोट बटारिरहेँ ।
सुधा चिया लिएर भीत्र छिरी , मैले रिमोट खेलाउन छोडिन ।
"चिया आयो हेर्नुहोस् त हरर बास्ना आउने तात्तातो ,,,,,,,,,,,,,,,,,,,,कत्ति केटाकेटीले जस्तो रिमोट खेलाउनुभएको ?" सुधाले मेरो हातको रिमोट खोस्दै भनी !
"अब प्लिज सिरियल चाहिँ नहेर है ! अफिस बाट चाँडो बोलाएर सिरियल हेराउने प्लान त हैन होला तिम्रो !" मैले पनि उसको हातबाट रिमोट खोसेँ ।
"हेर त सध्येको केटाकेटी जस्तो जिस्केको !" उसले यसपालि फेरि मेरो हातबाट रिमोट खोस्दै मुस्कुराउँदै जवाफ फर्काई ।
"न केटाकेटि हुन दिन्छ्यौ न ठुलोमान्छे हुन दिन्छ्यौ !" मैले टेलेभिजन तिर अनुहार फर्काएँ ।
"मैले कहिले तिमीलाई ठूलो मान्छे हुन दिईन भन त ? " सुधाले मेरो अनुहार आफ्ना दुई हातले मेरो तिर फर्काउँदै प्रश्न सोधी ।मैले उसको अनुहार हेरेँ उसको अनुहार मा बल्ल आग्रहको भाव देखियो ।
"ल भयो मलाई रिमोट चाहिएन ,जे हेर्नु छ हेर न त ! " मैले सोफामा अडेसा लाग्दै सुधाले बनाएको तात्तातो हरर बास्ना आउने मिठो चिया सुरुप्प पार्दै जवाफ फर्काएँ ।
सुधाले टेलेभिजन निभाईदिई रिमोट सोफा मा फ्याकिदिई अनि बिस्तारै मेरो छातिमा अडेसा लागि ।उसको आग्रह बढ्दै गयो । यसपालि केश सुम्सुम्याउने पालो मेरो थियो ।
................... ......................... ...................... ....................... ..................
"मैले तिमीलाई केहि ल्याईदिएको छु ।" ओछ्यान बाट अलिकति तन्केर मेरो झोला तानेँ । सुधाले त्यो मेरो अफिसको झोला सँधै मेरो सिराने को छेवैमा राखिदिने गर्छे । बिहान खोज्नलाई सजिलो हुन्छ अरे । मैले झोला बाट प्लास्टिकमा बेरिएको रातो गुलाफ निकालेर उसलाई दिएँ । मन त मलाई त्यो रातो गुलाफ सँग जोडिएको घटना पनि भन्ने थियो तर किन किन भन्न सकिन । सुधा अझै मेरो छातिमै टाँस्सिरहेकि थिई ।
"यो गुलाफ कत्ति राम्रो छ हगि ?" धेरै बेर खेलाएपछि सुधाले मलाई प्रश्न राखि !मलाई भने त्यो गुलाफ ले फेरि आज दिउँसोको घटना ,त्यो फूल बेच्ने केटी , उसको बिवशता ,बिवशतामा पनि मुस्काउन सक्ने उसको साहस याद दिलाईरहेको थियो ।
"छन त छ केहि यसमा ,काँडा बिचमा पनि मुस्कुराउँछे ,चोट खपेर तै पनि तिमी जति राम्री छैन । " मैले उसको केश खेलाउँदै जवाफ फर्काएँ । सुधाले अझ मलाई जोरले कसी । म भने उसको कसाई लाई दाँजिरहे । मलाई आज एउटा प्रश्नले धेरै सताईरहेको छ मेरो खुशीको सिमा सुधा बाट शुरु हुन्छ वा सुधामा गएर अन्त्य हुन्छ ?
क्रमश:
Posted at
2:27 PM
1 comments
पेट्रोल को लाईन
"बुधबारको दिन। अफिसमा थुप्रो काम थियो। के गर्नु? हिजो नै राखेको त हो नि। हिजो बेलुका नै पाउनु पर्ने।" मनमनै गम्दै थिए । पछाडिको स्कुटरले हल्का ठक्कर दिएपछि झल्यास्स भँए। हल्का मुन्टो बटाँरे। उनी मुसुक्क हाँसिन।
वरिपरि हेँरे। मेरो जस्तै समस्या भएका धेरै छन जस्तो लाग्यो। सामिप्यता महशुश गँरे। मैले जानिजानि छाडेको हो र। हाकिम पनि त बाईक नै चढ्छ त। त्सले चाँहि बस्नु पर्देन र लाईन?
लाईन बस्नु कुनै नौलो कुरो होइन् , लाग्दैन पनि। लाइन बस्दाको सोडाको चुस्कि, भुँईकट्हर, कहिलि काँहि त्यसै पनि मिस हुन्छ ।
न्यूरोडको सोडाको स्वाद फरक छ।
लाइन धेरै बेर अडेपछि म ओर्ले। पछाडिबाट लाइन काट्दै उनलाई सोडाको प्रस्ताब राखेँ। उन्ले स्वीकार्छिन जस्तो लागेको त थिएन। तर मुस्कानले त उनले नै बाटो खोलेकि थिइन।
"सोडा खानुहुन्छ? यहाँको सोडा साह्रै स्वादिलो हुन्छ्?"
"खुवाउनु हुन्छ?"
"अफ कोर्स।"
उनीपनि स्कुटर छाडेर मेरै साईडमा बसिन। सामान्य प्रशासनको पर्खाल,डेढ ईन्छको पेटि सकि नसकि टाँसिएको थिएँ म। उनि पनि त्सै गर्दै थिइन सायद।
म उनलाई नियाल्दै थिँए।
"गोरो मुहार। सर्लक्क मिलेका दाँत। लामो कद। लामा औँला। बिना नङपालिस नै राम्रा। उत्सुक ओठ। ग्लस हुनुपर्छ। " आकर्सन नै थियो उनीमा।
राम्रा केटीहरु मिजासिला हुँदैनन्। मेरो अनुभव। तर उनी अपवाद थिइन। मलाई सङ्कोच थिएन।
लाईन आफ्नै गतिमा अगाडि बढ्दै थियो। गेट अगाडि प्राय जसो भिडनै हुन्छ र भिडन्त पनि। कमिशनमा तेल भरिदिने पुलिस र पछाडिका लाइन वालाहरुको। अगाडिका लाई त बाईक सार्दैमा ठिक्क हुन्छ। पाँउछु भन्ने लागेपछि त झन बालै हो। औचित्यहिन लाग्दै थियो प्रश्न। तर रोक्न सकिन। यसो हेरेँ। आवेशमा देखिन्थ्यो। मलाई पनि पहिले तेस्तै हुन्थ्यो। तर अरुले गरेपो पुलिसको आश। पुलिसले नै गरेपछि त सहनु बाहेक उपाय नै भएन।
"के भएछ दाई?" मैले सायद कुनै उत्तरको अपेक्छ्यानै राखेको थिईन। मात्र बाहाना थियो। म उस्लाई मेरा झग्डाका किस्सा सुनाउन चाहन्थेँ। अनि सम्झाउन चाहन्थेँ। किनकि मलाई थाहा थियो त्यो रोक्नु असम्भव छ। म अर्को एउटा म लाई लज्जाबाट बचाउन चाहन्थेँ।
"तेल सकियो रे"। अपर्त्यासित उस्को उत्तरले म झसँग भए। बेकार सोधेछु जस्तो लाग्यो। नसोधिको भए तेल पाईन्थ्यो कि?
तिन बजे देखि बसेको। तीन घन्टा त् भैसक्यो। कोहि प्यासीहरु लाइन छाडेरपनि गए। तर मनले मानेन् । अगाडि गँए ।
"आज आँउदैन?"
"आँउदैछ ।"
"अघिनै आउनुपर्ने । कलँकिको जाम ।"
"एक घन्टापछि मात्र आउँछ रे।"
अलिक हौसला मिले जस्तो भयो ।
"जाँऊ कतै ।"
मेरो मनमा पनि तेहि थियो । तर मैले फुटाउन सकेको थिइन ।
आफैंलाई लाज लाग्यो । कस्तो कातर त म?
नेत्रितो उनैले लिइन । हेलमेट लक नगरिकन नै हिड्औ । पाटन लाग्ने गल्लि । यसैको पछाडि मेरो जिवनको लामो अंश बितेको छ । अजै भन्दा यसैले दिएको जिन्दगि म जिउँदै छु । तर कति गोप्य छ जिवन । नभएको भए सायद अहिले ऊनि मसंग हुँदिन्थिन होला ।
"उस्को पनि त गोप्य नै छ नि ।"
...........................................................क्रमश...........................................................................
Posted at
10:51 PM
1 comments