वार्ता

पुटिन जंगियो।मैले थम्थम्याएँ।
"वस वस उठिनै हाल्नु पर्छ त ?"
"नउठेर के गर्नु त ? म त्यसको खेतमा आगो लाइदिन्छु ।"
"हैन गाउँमा त छिमेकी छिमेकी मिलेर वस्नुपर्छ !" मलाई आशा छ उ मैले भनेको मान्नेछ।
"त्यो मिलेर वस्ने खालको मान्छे हो?"
"हैन भने सिकाउनुपर्छ !" म फेरि वुद्द वनेँ। अग्यानीलाई ग्यान सिकाउनुपर्छ।
"तेरो वारेमा गाउँकै नारद वा के के भन्छन् थाहा छ?" मैले फेरि पुटिन लाई सोधेँ।
"के भन्छन् ?"
"तँ खेत खन्ने खुर्पा कोदालो भन्दा खुकुरी वढी किन्छस् रे !"
"मलाई खुकुरीमै मोह छ त किन नकिनु ?त्यसको घाँटी त छप्काइदिन्छु म ।आज नभए भोली !"
" छ न चाहिँ काँ छ त्यो ?"
"भाग्यो होला नी , खाली ओडार ओडार लुकी वस्छ त्यो !"
त्यो मिटिंगमा आउन्नथ्यो। खै मलाई पनि मन पराउँथ्यो पराउदैनथ्यो थाहा छैन।
*********** ************** ************* ************ ************* ********* ***
"हैन त्यसलाई मार्नै पर्छ ! नभए पनि नंग्रा र दाँत झिकेर जंगलमै छोड्नुपर्छ।" माइकलको आँखामा अनौठो क्रोध थियो।
"पुटिन पनि त्यहि भन्थ्यो !"
"हो पुटिनले भनेको सहि हो !"
"तर उसलाई त तैँले जन्माएको रे नी, पुटिन ले भनेको !"
"हैन पुटिनले भनेको गलत हो!"
"घरी सहि हो भन्छस् घरी गलत । के हो पारा तेरो ?" उ न्यास्रियो अनी विस्तारै वोल्यो
"सहि लाई सहि भन्नै पर्यो ,गलत लाई गलत भन्नै पर्यो !"
"जे भन माइकल  रोग तैँले नै उमारेको हो निदान पनि तैले नै गर्न सक्नुपर्छ ।" मेरो फैसला यत्ति हो।
"त्यो सितिमिति भेटिँदै भेटिन्न ,ओडार ओडार लुकी वस्छ त्यो "
हो त्यो मिटिंगमा आउदैन थियो। खै मलाई पनि मन पराउँथ्यो पराउदैनथ्यो थाहा छैन।
************** ************ *************** ************ ************ ***********
"वावु तिमीले यो पुरा गाउको वागडोर सम्हाल्नु हुन्न। तिम्रो आफ्नो जहान लाई समय कति खेर दिन्छौ?"
कुनामा वसेका मेरा छीमेकी नरेन्द्र दाई मेरो कानमै आएर भने।
"तिमी वड्ता जान्ने नहोउ दाजु !"
"हैन छीमेकीको नाताले मात्रै भनेको भाइ , तँ किन कड्केको भन त?"
"तिमी कमको छौ? अस्ति मेरो करेसावारी चेपेर रायो र पालुंगो किन रोप्यौ?"
"हैन तेरै जहानलाई सोधेर रोपेको हौ कान्छा!" उ अलि हच्कियो। मलाई नरेन्द्र दाइको वानी मन परेको थीएन। खाली विना विथ्थाको सम्वन्ध जोडी हिँड्छन्। विना विथ्थाको सुझाव दिई टोपल्छन्। अस्ति मात्रै मेरी जहानलाई वुहारी तैँले वनाएको चियामा सुकमेल छैन त्यहि भएर मिठो भएन भन्दै थिए। आफ्नै घरको चियामा हाल्नु नी सुकमेल।उसकोमा गए चियामा दुध पनि हुन्न मेरोमा सुकमेल चाहिने!
"अव देखी छोलाउ,मेरो घरको माटो !"
"तेरो घर आउने वाटो त मैले नै देको हो नी कान्छा!" उनले आफुले गरेको गुन देखाए।
"पछाडीवाट खन्छु अर्को वाटो !" खन्ने विचारै नभए पनि भन्देँ । जे पर्ला पर्ला आ!
***************** *************** ************** ****************** ********** **

भख्खरै विउँझेको छु । कान्तिपुर समाचार चलिरहेको छ। हाम्रा प्रधानमन्त्री हावाबाट विजुली निकाल्ने कुरा गर्दैछन्।मेरो घरमा ग्याँस छैन। अफिसको क्यान्टिनमा हिजो दाउरा देखेको थिएँ। उतै खानुपर्ला। तर हिँडेर जानुपर्छ वाइकमा पेट्रोल छैन। आफ्नो सपनासित आफैलाई हास उठ्छ।हरेक नेपालीको दिमागमा दुनियाँ हल्लाइदिने एजेन्डा छन्। मेरा पनि छन्। कहिलेकाहिँ छचल्किन्छन्।

सरकार संवेदनशिल छ

पात्र-१
फेरि विउँझे,हिजो जस्तै मध्यरातमा।पोल्यो भतभति। छेउमा मामाको छोरो उँघ्दै थियो।मैले उसलाई हेरेँ।उसका आँखा वन्द थिए। थोरै हात उठाएर उसलाई झक्झक्याएँ।
"हजुर?" झसंग हुँदै भन्यो
"पोल्यो !" मैले सुस्तरी भनेँ।
"पर्खिनुस्,नर्सलाई वोलाउँछु।" उ वाहिर निस्कियो।छेवैमा टोइलेट छ।गन्हाउँछ ह्वास्सै,ढोका खोल्ने वित्तिकै।सरकारी अस्पतालमा सफा गर्दैनन्। प्राइभेटमा सफा हुन्छ भन्ने सुनेकी छु। छेवैमा अर्कि विरामी छटपटाउँदै छे, शायद उसलाई पनि पोलेको छ।आज पनि डक्टर आएनन्।किन ? मैले वुझेकी छैन।
************* ************* *************** ************* ******************** **
मेरो गाउँ
काठै काठले वनेका घरहरु। हाम्रो गाउँ भन्दा थोरै माथी लाग्ने वित्तिकै हिउँ पर्छ जाडोमा। झुरुप्प घर।म घरवाट खेत नियाल्छु । करिव विस मिनेट तल झरे पछि पुगिन्छ। तर मेरो घरवाटै देखिन्छ।खेत भख्खर हरियो हुन थालेको छ। अनि मेरो एस एल सी पनि नजिकिँदै छ। चिट चोर्न आरामले पाइन्छ भन्छन् एस एल सी मा । मैले जसरी भए पनि सेकेण्ड डिभिजन ल्याउनु छ। मेरो साथीहरुले भनेको एस एल सीमा सेकेण्ड डिभिजन नभएकालाई क्याम्पसमा इन्ट्रान्समा वस्न दिन्नन रे।मलाई तराइ झर्न मन छ। म नेपालमा एक दम कम डुलेकी छु । मलाई काठमाण्डौ पनि जान मन छ।नजिकैको जिल्लामा भने एस एल सी कडा हुने हल्ला छ। जिल्ला शिक्षाका हाकिम कडा छन् अरे।म राती नौ वजे सम्म पढ्छु। कहिलेकाहिँ त पढ्दा पढ्दै निदाउँछु।
वुवा मलाई असाध्यै माया गर्नुहुन्छ।सानो भाइलाई भन्दा पनि।सानो भाइ हिजो मावल गयो आमा सँग।म एस एल सीले गर्दा जान पाइन। नत्र मावलमा अहिले भैँसी व्याको छ अरे। मलाई विगौति मन पर्छ। जाने वेलामा भाइले मलाई जिस्क्यायो। मलाई रिस उठ्यो। सवै किताव वाहिर निकालेर जलाइ दिउँ जस्तो। तर सोचेँ तिनै किताव धेरै पढ्यो भने जागिर पाइन्छ। विए पास गरे पछि जागिर पाउन सजिलो हुन्छ अरे। मैले सुनेको। एस एल सी पछि अरु पाँच वर्ष। म कहिले काहिँ सपना देख्छु । म अहिले पढ्दै गरेको स्कुलमा जनसंख्या तथा वातावरण पढाउँदै छु।आफ्नै स्कुलमा। मलाई सपनामैँ कहिलेकाहिँ हाम्रो हेड गुरु अंग्रेजी पढाउन पठाउँछन्। मलाई आउँदैन। म अलमलिन्छु। विउँझिन्छु। एक्लै हाँस्छु,अंग्रेजीका किताव हेर्दै। सोच्छु यो एउटा चिट चोरेर भए पनि पास गर्नुपर्छ। अरु कट्छ। अनि सेकेण्ड डिभीजन आउँछ।
******** ********** ************ ************** ************* *****************
अचानक कोहि चिच्याए जस्तै लाग्यो, वुवा हुनुपर्छ। म उठेँ, भीत्र हप्प वाफिए जस्तै भयो। ढोका खोलेँ। चुकुल खोल्ने वित्तिकै आगोको लप्को छिर्यो। घरमा आगो लागेछ।वाहिर निक्लिन सकिन। जिउ पोल्दै गयो। झ्याल कता हो पनि पत्ता लाउन सकिन। नत्र हाम फाल्थेँ होला। विस्तारै के भयो ज्यानले पत्तो पाउन छोड्यो।विउँझिदा पनि जिउ पोली रहेको थियो। फर्किएँ,फर्के तिर पोल्यो।अस्पतालमा गुन गुन हुँदै थियो। आमा वोले जस्तो लाग्यो
"वुवाको खुट्टो भाँच्चिएको छ,अव कस्ले लग्छ?"
"तँपाइको कोही छैन ,काठमाण्डौमा?"
"मामाको छोरो त छ !"
"त्यसो भए उतै लानु !"
************ ****************** ***************** ************** ****************
वुवाको खुट्टो झ्यालवाट हाम फाल्दा भाँच्चिएछ।अहिले जिल्लाले राहत वाँड्दै छ अरे। घरको मात्रै राहत दिन्छ अरे। त्यो पनि विस हजार मात्र। वुवाको खुट्टा ठिक पार्न पनि पुग्दैन अरे। अरु पनि राहत नपाएकाहरु जिल्ला प्रशासन घेर्न गए अरे। आमा पनि जानु भएछ। सिडिओ ले ग्यापन पत्र मन्त्रालय पठाउने भनेछन्। त्यसपछि राहत पाइन्छ अरे। म आफ्नो अनुहार छाम्छु, देव्रे भाग डढेको छ। मलाई थाहा छ, सरकारले मेरो अनुहार फर्काउन सक्दैन।
******* ************* ************** ************** ************************ ****
पात्र २
शुरुमा खासै पोले जस्तो लाग्दैन थियो। अहिले डढे जत्तिकै पोल्छ।लगातार घटनाहरु वढ्दैछन्।नपरुन्जेल कथा जस्तो लाग्छ।जसमा एउटा केटा गुण्डा जस्तो आउँछ हावाको वेगमा,नायिकाको अनुहारमा एसिड फ्याँक्छ।भाग्छ। पत्रिका पछि लाग्छन्,पुलिस पछि लाग्छन्। केटो पक्राउ पर्छ।केटो पक्राउ परेपछि सवै ठिक भए जस्तो लाग्छ। केटीको कथा सेलाउँछ,केटाको कथाको अघी।केटीको जीवन अन्यौलमा पर्छ!
तर मेरो जीवनमा त्यस्तो भएन।वाहिर आन्दोलन भएन।घटनाहरु वढ्दैछन्,त्यसैले सवैलाई सामान्य लाग्न थालेको छ।पत्रिकाको एउटा पानो भएको छु म पनि।
 साथीहरु आए ,मलाई हेरे रोए गए। पुलिस आयो ,मलाइ सोध्यो अनि गयो।छेवैको वेडमा एउटा वहिनी छे।घर आगलागी भयो अरे,अनुहार डढेको छ।पोल्यो भनेर चिच्याउँछे।मलाई पनि पोल्छ। उसलाई हेर्छु अनि चित्त वुझाउँछु। डक्टर भने आएको छैन , किन थाहा छैन।
**************** ************* ************ ************ *********************
श्याम सर मलाई टिउसन पढाउँथे। कस्तो मिठो मुस्कान थियो उनको, म हेरी रहन्थे। उनलाई म्याथम्याटिक्स फरर आउँथ्यो।स्टेप स्टेप याद हुन्थ्यो। कम्प्युटरको मेमोरीमा वसे जस्तो। श्याम सर सँग म र संग्या टिउसन पढ्थ्यौँ।एक दिन म टिउसन गइन। त्यो दिनको भोलीपल्ट देखी संग्या टिउसन आउन छोडी। श्याम सरको मुस्कान पनि संग्या सँगै हरायो।
एक दिन मैले संग्यालाई पशुपतिमा भेटेँ। सोधेँ
"टिउसन किन नआकी ?"
उ केहि वोलिन।मलिन भई!
"के भयो भन न ?" मैले फेरि सोधेँ।
"त्यत्तिकै ,आजकल घरमैँ पढ्छु। कसले खर्च गर्ने टिउसनमा ?" उ अर्को तिर फर्किई। पशुपतिमा सोमवारले होला भिँड थियो।छेवैमा वाँदर मकैका दाना टिप्दै थियो। त्यो परेवालाई छरेको होला,वाँदर टिप्दै थियो।
"तेरो म्याथ राम्रो छैन, टिउसन पढेकै राम्रो नि हैन र?" मैले उसलाई फेरि सोधेँ।
"मैले भनेको मान्छेस भने तँ पनि नजा !"
उसले सुस्तरी भनी।म एक छिन मौन वनेँ। किन नजाउँ म त्यहाँ?
"के भयो भन त ? त्यो दिन म थिइन !"
"पात्तिएको मोरो, आइ लव यु भन्यो मलाई !"
************** ************* **************** *************** ***************** *
घरमा सुनाएपछि आमाले मलाई पनि टिउसन जान दिनु भएन। हामी एक अर्कालाई नै सिकाउन थाल्यौँ। एक दिन संग्याको झ्याल खूल्लै थियो। पढ्दा पढ्दै पानी ह्वात्त छिर्यो झ्यालवाट। कोही गडड कुदेर सिँढि उत्रे जस्तो लाग्यो। ओहो होइन, एसिड जस्तो छ ।पोल्दै छ। संग्याको हातमा परे जस्तो छ। रुँदै छे।म पानी खनाउन कुँदे।
"गुहार गुहार कोही एसिड फ्याँकेर फेरि भाग्यो!"
******************** ************ *************** ************* *****************
संग्या हातमा व्याण्डेज वानेर घर फर्की। इमरजेन्सीमा नर्सहरु मेरो मलमपट्टि गर्छन्। तर केस क्रिटिकल छ अरे डक्टर नआइ हुँदैन।पुलिस आउँछ,फर्किन्छ।समाचारकर्मीहरु आउँछन्,फर्किन्छन्।मेरो राम्रो अनुहार? शायद फर्किदैँन। शंका श्याम सरमा नै छ। पुलिस खोज्दै छ।
डक्टर आउँदैन,किन थाहा छैन?
**************** ***************** ****************** ***************** *********
पात्र ३
देशको वेथितिले म दंग पर्छु। हाम्रा गुरु हफ्ता दिन देखी अनसनमा छन्। अहिले शैयाँमा छन्, सरकारलाई मतलव छैन।
आज विहानै समचारपत्रहरु हेरेँ सरकार झन कठोर वन्दै छ। हाम्रो आन्दोलन चुलिँदै छ। शिक्षामा माफिया घुसेका छन् हामीले तिनलाई धपाउनै पर्छ।
म सम्झिन्छु मैले मेडिकल पढ्दा औँलामा गनिने कलेजहरु थिए। हाम्रो पेशाको सम्मान थियो। हामी भगवान मानिन्थ्यौँ।हाम्रो उपचारले मान्छेमा आश्वासन जगाएको थियो। आजकल त डक्टरी पनि व्यापार भएको छ। तरकारी किने जस्तो। भाटभटेनीमा दाम वढी, चिल्लो तरकारी। वाटोमा दाम कम कुहिएको तरकारी।
आफ्नो क्वार्टर वाट निस्केर गुरुवालाई हेरेँ। उनी सुक्दै छन्। छेवैमा गएर उनलाई जाँचे।उनको हर्टरेट पनि घटे जस्तो लाग्यो। हाम्रा यी गुरुको सम्मान किन हुन्न ? आज तेश्रो दिन भयो ओपिडी नचलेको , तर यो त युद्द हो ,हामीले केहि न केहि त माया मार्नै पर्छ। सरकारलाई घुँडा टेकाउनलाई।डक्टर जव सम्म आन्दोलन सफल हुन्न हस्पिटल छिर्ने छैनन्।
**************** ****************** **************** **************** ***********
पात्र ४
"होइन ! भनेकै हो त ?" मैले फोनमा झसंग हुँदै सोधेँ
"हो भनेकै हो!"
"कसले सुनेको?"
"मै थिएँ भित्र!"
पत्रिकामा आयो " मरे मरुन वाँचे वाँचुन"
"हैन अरे त भनेको !" मैले फेरि फोन गरेँ।
"अँ खोइ प्रेस विग्यप्ति त त्यस्तै आयो !"
"त्यो पनि छाप्दिम् त?"
"हट टपिक्स हो, कभर गरौँ !"
पत्रिकामा आयो "प्रेस विग्यप्ति सरकार सम्वेदनशिल छ।"