मेरी हुन नसकेकी श्रीमती (भाग - २)

भाग - १ बाट क्रमश ...............
--मनोज घिमिरे

नहुनुपर्ने, तर त्यस दिनदेखि म चिन्तित हुन थालें । आखिर कारण पो के हो र ! मेरो के दोष ? कुरा आयो, गफ गर्न लगाए, गफ गर्दा केटी त त्यस्ती पो ! गफै नगरेको भए त झन !! गफै नगरी हाम्रो बिहा भएको भए ! यस्ता मानिसको मनोबिज्ञानमात्र फरक हो कि अंगहरुनै बेग्लै हुन्छ ? अंगहरु सकुसलनै भएको भए त बिहापाछि पनि मैले थाहा नपाउने रैछु । खोजेको कुरा पाएपछि म त त्यसैमा रमाउँथें होला नि ! तर के उनमा म नारित्वको भाबना जगाउन सक्थें होला ? धत् के सोचेको होला ! लायकको छु, सामान्य केटी नै पाइहाल्छु नि ! आफ्नो निश्कर्षप्रति आफैं हाँस उठयो, म बिहा गर्न सामान्य केटी पाउन संघर्षरत छु

एउटा सानु घटनाले मानिसको मनोबिज्ञानमा कस्तो फरक पार्छ ! आजकल म हरेक केटीका बारेमा ससंकित हुन्छु । लाग्छ यिनीहरु पनि यस्तै हुन के बेर ! हुन पनि हो ! यो बिचित्रको संसारमा जो जस्तो पनि हुन सक्छ ! कसैको निधारमा लेखीएको हुँदैन क्यारे, यो यस्तो हो है भनेर !

के छ साथी? बरन्डामा आफ्नै धुनमा मग्न मलाई राकेशको बोलीले झस्काउँछ । राकेश, मेरो हितैषी, सानैदेखी संगै पढेका, अहिले जागीर पनि एकै ठाउँमा छ ।

त्यतीकै, जाडोमा घाम तापेर बसेको । मैले सोझै ढाँटें, म त अहिले पनि त्यहि अस्तिको घटनाको बारेमा सोचेर बासेको थीयें ।

अनी के भो त? शुक्रवार केटी हेर्न हिंडेको साथी, खोज खबर नै छैन त ! केटी मन परेन ?

अब के भन्ने, साथी नै भएपनि उसलाई साँचो भन्न मन लागेन ।

अँ, त्यस्तै त्यस्तै

तैंले बिहा गर्लास जस्तो छैन !

छाडदे त्यस्ता कुरा, आज मुड पनि छ, मौसम ले पनि च्यालेन्ज गर्यो, के छ बिचार ?

मैले किन पो नाइ भन्नु छ र !

हामी रेष्टुरेन्टतीर लाग्यौं । नशाले त मलाई अस्तिको घटनाको छटपटीबाट मुक्त गर्ला !

धेरै पीयौ, अझ मैले त झन धेरै नै पीयें । नशाले असर देखाऊँदै गयो, म मा त्यो छटपटीको ठाऊँमा एकसुरे रमाइलोपन (मात) चढदै गयो । कोठा फर्केर दुबै गर्लम्म खाटमा ढल्यौ ।

अर्धनिन्द्रामा थीयें, निदाउने क्रममा, अलिक असजिलो जस्तो महसुस भयो । अरे, राकेशले त पुरै तीघ्रा मलाइ बोकाएर हातले मेरो पाखुरा सुम्सुम्याउँदै पो छ त ! धत्, हैन ! मलाइ आफैं बिश्वास लागेन । आखीर सानैदेखीका साथी हौं, यसअघी सयौं चोटि संगै सुतीयो होला ! के यो सपना हो त ? मैंले आफैंलाई चीमोटें, अहँ, हैन । मैले थाहा नपाएको पो रैछु त ! आखीर म सुतेपछि काटेको पनि थाहा नपाउने मान्छे ! डाकाले मेरो बानीको फाइदा पो लीएछ । मैले पर सार्न खोजेको त झन पो ढेपिन्छ ! अरे, मेरो पछाडी यस्को अंगले छुँदैछ कि क्या हो ! अब त अति भो ! त्यसलाइ पर हुत्याएर अर्को खाटमा गएर सुतें । आखीर कस्को पो बिश्वास हुन्छ र ! सानैदेखीको साथी त यस्तो रैछ, थाहै थिएन । तर भोगाइले मलाइ सिकाएको छ । डाका!, म मनमनै सराप्दै निदाउन खोजें, तर निद्रा के लाग्थ्यो र ! जाँडको नशा पनि उडिसकेछ ।

तपाइलाई आजकल चिन्तीत देख्छु, किन हो ? अफिसको टेबलमा झोक्राइरहेको मलाइ रश्मीले एक्कासि सोधी । रश्मी, मेरो अफिसकी कनीश्ठ कर्मचारी !

केही बोल्नु न ! कि हामीसंग बोल्न नहुने हो ?

केही भएको छैन ! फेरी तिमीलाई के को चासो ! खुरुक्क आफ्नो टेबलमा गएर काम गर । "

म अनायस जंगीऐ, पछि आफैंलाई ग्लानी भयो । के पो गल्ती थीयो र बिचरीको, मलाइ झोक्राएको देखी, अनी के भएछ भनेर सोधी । मैले यो राम्रो गरीन । आजसम्म म रिसाएको अफीसका कसैले देखेका थिएनन् । म किन यस्तो भएको ? हैन यो भएन, हुँदै भएन । मैले अठोट गर्दै मुठ्ठी कसें । एकछिनमा गएर रश्मीसंग माफी माग्छु ।

थकीत शरीर लीएर अफीसबाट फर्कदै थियें, बाटोमा त्यहि केटी देख्छु । हो, मेरी हुन नसकेकि श्रीमती, बाइकको पछाडी बसेकि । अगाडी चैं ?? त्यही केटी त होला, उसकी मायालु । उत्सुकताबस मलाइ उसको पिछा गर्न मन लाग्यो ! यस्तो कुरामा अल्पज्ञानी मलाइ केहि ज्ञान पो मीलीहाल्छ कि ! बाइकमा भएका उनीहरुलाइ पछयाउन म ट्याक्सीमा चढछु र बाइकको पीछा गर्न भन्छु । ट्याक्सीवाला मलाइ एकतमासले हेर्छ र कुदाउँछ, उनीहरुकै पछिपछि । म भने पछाडीबाट त्यो बाइक चलाउनेलाई हेर्दै त्यो कस्ती होलि भनेर बिचार गर्न थाल्छु । अनायस म त्यसलाई आफ्नो प्रतीद्वन्दी बनाउँछु । केटी भएपनि ठुलो डाल परेकि, पछाडीबाट चौडा-चेप्टो छाति, तिघ्रा-पाखुरा पनि ठुला ठुला, केटाका जत्रै ! यस्तो केटी-केटीको सम्बन्धमा दुबैजना केटी भएपनि एउटी केटाको रुपमा र अर्की केटीको रुपमा ब्यबहार गर्छन भन्ने सुनेको थीयें, यी दुइमा केटा चै पक्कै यो बाइक कुदाउनेनै हुनुपर्छ । बाइक कुदाउनुले पनि त त्यसको पुस्टी गर्यो नी, जीउडाल हेर्दानै केटाको जस्तो छ । यो मेरी हुन नसकेकी श्रीमतिलाई पनि केटाले नभएर केटाजस्ती केटी चाहीएको !

गोदावरी पुगेर बाइक रोकीयो । मैले ट्याक्सी अली वरै रोकें, देख्लान कि भनेर । म यीनीहरुलाई आज दिनभर के छोडथें र ! के सोच्याछन् मलाई, एउटा पनि नछुटाइ James Bond को फिल्म हेरेको मान्छे पो हो त, म !!!

क्रमश ………

4 comments:

Anonymous said...

I felt as if Part II is background for part III. I am eager to read Part III with lots of excitement and heart touching.
I meant not to discourage but I liked Part I more than Part II. I know(and hope) part III will be breathtaking.

Anonymous said...

" तर के उनमा म नारित्वको भाबना जगाउन सक्थें होला ?"
"म बिहा गर्न सामान्य केटी पाउन संघर्षरत छु"

Common mate, If i was म, i would have proposed both couple to marry with me...think about it....i would be more than happy to be good assistant between you gals..

somewhereondearth said...

म बिहा गर्न सामान्य केटी पाउन संघर्षरत छु ।
मन छोयो यार, बाक्य ले। कहां बाट उ्ब्जाएको यस्तो बाक्य!!!!

सबैले सबै कुरा भन्न र पोख्न सक्दैनन् । मीठो प्रस्तुति का साथ समाज को अफ्ठ्यारो सत्य पोख्न सफल हुनुभएको छ ।

घटनाले उब्जाउने अनियन्त्रित तरंग को बहाबलाई केलाउनु भएको मा धन्यबाद छ ।

sex and only sex said...

Ye testo rahechha kura,haami jasto sojha saajha manchhe lai ke thaha ? Dui jana pagal milera blog suru garechhan pheri hare shiva...Tyo arko pagal mandipe lai pani misauna ye tyo rudai chha yaha.....