आत्मा उज्यालो माग्दै थियो (भाग-७)

भाग-६ बाट अघि,

"के बिषयमाँ हो त कथा ?" लामो समय को मौनता पछि पनि उ अड्किरहेकोले मैले थोरै मेलो सार्ने प्रयास गरेँ ।
"भन्छु साथी भन्छु , तैँले गर्दा नै त हो मैले मुटुमा एक ढिक्का जमेको रगत लाई थोरै थोरै गर्दै पगाल्ने प्रयास गरेको !" उसले खूइय सुस्केरा काड्यो पारि बसेको मैले समेत सुन्ने गरी ! उसको सुस्केरा धेरै गाँठो परेका रहस्यहरुमा एउटा अर्को गाँठो थपेर गयो ।
"उसको र मेरो सम्बन्ध एउटा अनौठो बिन्दुमा आइपुग्यो जहाँ पहिले आओस् भन्ने म चाहन्थे र उ त्यो चाहना बाट अनभिग्य थिई तर त्यहाँ ल्याई पुर्याउनु अहिले उसको चाहना थियो र शायद अहिले त्यहाँ आइपुग्दा भने भने मेरो चाहना अष्पष्ट भइरहेको थियो मलाई !"
"के शब्दहरु घुमाईरहन्छस् ? प्रष्ट भन न !"उसको कुराहरुको जालो बुनाई मन परेन ।
"उसको परिक्छ्या सिध्धियो ,हाम्रो भेट छुटेको करिब एक हफ्ता भइसकेको थियो । मलाई उ सँग बिछोडका अन्तराल अन्तराल थाहा छन् । कुनै दिन थिएन जुन दिन मैले उसलाई सम्झिन । मेरो मोबाईलमा उसले फोन गरी ,त्यो दिन उ खुशि थिई असाध्यै खुशी ,आवाज बाटै प्रष्ट झल्किरहेको थियो ,उ मलाई भेट्न चाहन्थि , म भने घर जाने भनेर त्यस दिनदेखि सात दिन को छुट्टि लिइसकेको थिएँ । बल्ल बल्ल मिलेको छुट्टि भनेर मैले सम्झाएँ पनि तर उसले एक चोटि भेटेर जाउ न त भनेर जोड गरि ,करिब तिन बजेको हुनुपर्छ त्यो बेला !"
उ एकछिन अडियो ,मैले आकाश नियाले अघिको बन्दि चन्द्रमालाई बादलहरुले स्वतन्त्र बनाई छोडिसकेका रहेछन् ,चन्द्रमा आफ्नो स्वतन्त्रतामा मुस्कुराईरहेको थियो । किन मुस्कुराउँछ चन्द्रमा घडि दर घडि उसको आयु छोट्टिरहेको बेला ? शायद उ म्रित्यु मन पराउँछ ,वा अर्को जीवन को आश मरेको छैन ।
"उ र मेरो भेट भएपछि उसको कोठामा गएर खाजा खाने आग्रह गरी ,मैले घडि हेरेँ !" उसले मेरो सोच को बिचमा रोकिएको कथालाई निरन्तरता दियो ।
"उ थोरै ठुस्किए झैँ गरी ,मलाई लाग्यो उ म माथि आधिपत्य जनाउन चाहन्छे ,म बुज्थेँ उसका ईशारा हरुलाई उ मलाई तिम्रो समयमा थोरै मेरो पनि हक छ भनेर जनाउनलाई न रिसाएकि थिई ।"
"अनि ?"
"मैले हत्तपत्त घडिलाई बेवास्ता गरेँ अनि उसको कोठा तिर लागेँ । उसको कोठा उ जस्तै सामान्य तर चिटिक्क थियो । सबै कुरा ठिक ठीक ठाउँमा राखेको ,स्टोभ थियो कोठाको एउटा कुनामाँ । कालो नलागोस् भनेर भित्ता मा साप्ताहिक को कुनै सुन्दरि को अर्ध नग्न तस्बिर टाँसिराखेको ,तिनवटा खाट थिए ,तिनवटा साथिहरुका होलान् । एउटा टेबल र कुर्सि पढ्नलाई , उसले मलाई बस्ने इशारा गरी । अनि बोकेर लिएर आएको चाउचाउ पकाउन आफु स्टोभमा दम दिन थाली । स्टोभको ज्वालाले साप्ताहिक को त्यो अर्धनग्न तस्विरलाई अझ रापिलो बनाईरहेको थियो । "
"अनि उसका साथिहरु नि ? थिएनन् त्यो दिन ?" मैले उत्सुक हुँदै प्रश्न सोधेँ ।
उ हाँस्यो मुसुक्क ।
"मैले पनि उसलाई त्यति खेर त्यहि प्रश्न सोधेको थीएँ उ एक छिन मुस्कुराई मात्र रहि अनि धेरै बेर को मौनता पछि मात्र उ आज कोठामा एक्लै रहेको साथिहरु जाँच सिध्धिएकोले घर हिँडिसकेको बताई , उ मलाई एउटा कुरा बताईरहेकि थिई म मतलब अरु नै निकालिरहेको थिएँ । उसले बनाएको चाउचाउ पिरो थीयो ,मलाई पिरो स्वाद मन पर्छ , मैले स्वाद लिएर पसिना पसिना भएर पनि खाएँ । मैले फेरि घडि हेरेँ ,हुन त त्यति खेर सम्म मेरो पनि घर जाने रहर हराइसकेको थियो तर म यति मात्र चाहन्थेँ कि उ मलाई रोकोस् । अनि म खुशि खुशि रोकिउँ । आखीर मा मेरो चाहना पुरा भयो । म त्यो रात उसैको कोठामा बस्ने भएँ । करिब एक महिना को प्रयास मा मैले यो सफलता हाँसिल गरेँ ,थोरै झुठो लाग्यो मलाई मेरो सफलता त्यो दिन सम्म मैले जे गरेँ रहरले गरेँ तर त्यो दिन रहर र असमन्जस्यता को दोसाँध मा उभ्भिएर त्यो सम्बन्ध लाई नाम दिने वा नदिने निर्क्यौल गर्न खोजिरहेको थिएँ शायद । तँलाई म आडम्बरि लागुँला किनकि मेरो भित्रि मन तैँले बुझेको छस् र मैले सफलता झूठो लाग्यो भन्नु पानी माथिको ओभानो हुनु मात्रै हो भन्ने पनि मलाई थाहा छ तर ऊसैको कसम खाएर साँचो भन्छु त्यो दिन मलाई के भइराखेको थियो अझै सम्म मलाई थाहा छैन । "

मेरो ढुकढुकि बढे झैँ भयो ,शायद कथाको अन्त्य आउँदै थियो किनकि उसको बिजयध्वज म यहिँ बाट नियाल्न सक्थैँ अब । अब त्यो बिजय पश्चात त पक्कै पनि कथा थिएन होला ।

"मन भरि के के उकुसमुकुस भए झै भएपछि , म बाहिर निस्किएँ बरण्डामा निस्सासिने वातावरण बाट मुक्तिको लागि । रेडियो नेपाल को टावर ठिङ्ग्रिङ्ग ऊभिएर मेरै पहरेदारि गरिरहेझै लाग्यो । म फेरि भित्र छिरेँ । भित्र छिर्दा उसले लुगा फेरेर खाना बनाउने तैयारि गर्दै रहिछे ।पहिलो चोटि जस्तो देखेको थिएँ ठ्याक्कै उस्ति नै देखिइ ,पहिरन पनि खासै फरक थिएन । उहि सेतो पातलो टि-शर्ट , भि गला भएको , तल भने हाफ पायन्ट लगाएकि थिई । म उसलाई नियालिरहेँ । के हेरेको , अचानक उसले प्रश्न गरि ।सबै केटिहरुको यो प्रश्न मलाई अचम्मको लाग्छ हेरोस भन्ने चाहन्छन् अणि हेरिराख्यो अचानक के हेरेको भनेर प्रश्न आउँछ । त्यति राम्रि देखिन्छ्यौ हेर्न मात्र मन लाग्छ मैले उत्तर फर्काएँ । उ फेरि खाना बनाउनमैँ ब्यस्त भइ । मलाई त्यो उसले खाना बनाउने समय एक दम नै लामो लाग्यो । छेवैमा म्यागजिन रहेछ त्यहि पढ्न थालेँ ।"

म चुपचाप उसको कथा सुनिरहेँ । अलग्गै संसारमा डोरिँदै गएँ ।
"उसले बनाएको खाना मैले मिठो मानेर खाएँ । खाना खाइसकेपछि करिब आधा घण्टा हामी गफ मैँ अलमलियौँ ,कलेजका साथिहरुका दुइचारवटा फोटो देखाई जस्मा मलाई खासै मतलब थिएन । उ धेरै नजिकै थिइ फोटाहरु चिनाउने बेला उसको कपाल मेरो छातिमा खसिरहेको थियो ।अनौठो आकर्षण हुन्छ जुन झरेका कपालको स्पर्श ले दिने गर्छ । मेले झ्वाट्ट उसलाई पक्डेँ , म निष्फिक्रि थिएँ उ बाट प्रतिवाद आउँदैन भनेर । उ लल्याकलुलुक भइ मेरो पक्डाईमाँ ,आँखा समर्पण देखाए जस्तो गरेर झुकाई ,त्यो रात उ पल प्रत्येक पल त्रिप्त हुँदै गई ,सम्पुर्णता पाउँदै गई ,शायद म एउटा माध्यम बनेँ उसले सम्पुर्णता प्राप्त गर्ने । उ कुमारि थिई वा थिइन त्यो मलाई थाहा छैन तर उ त्यो रात पछि कुमारि रहिन । "

क्रमश:

2 comments:

Aakash said...

वा ,यो भाग पनि असाध्य राम्रो छ । कथाले रोचक मोड लियी रहेको छ।

Anonymous said...

ल ल गजब छ। मैले यो भाग पढ्धा बहिर पनिपरिरहेको छ। नाइल नदि आफ्नै गतिमा बगिरहेछ। नाइलमा फ्याट डुंगा हरुपनी आउने जाने गरिरहेका छन। साना सुन्दर डुंगामा जिन्दगीको गन्तब्यमा हिडिरहेका यात्राुहरु सबार छन। कोही डुंगा ३, ४ यात्राुछन त कोहिमा ५०, ६० सम्म यात्रा गरिरहेका छन । अहिले मैले देखिरहेकोछु २ वटा साना डुंगामा ५,५ जना अफ्रिका मुलका युबती हरु यात्रा गरिरह्र्काछन । ति युबतिहरु नाइल नदिको गति सँगइ रमाइ रहेकाछन। भारी झरिको करणले नाइल केहीधमिलो देखियपनी, डुंगामा सबार युबतिहरुको कालो अनुहार तलक्क टल्कियको छ। म आफ्नै ताल मा आनन्द मानिरहेको छु , यो कथा, नाइल अनी डुंगामा सबार ति अफ्रिकी युबती बिचमा ।