आत्मा उज्यालो माग्दै थियो(भाग-६)

भाग-५ बाट अघि,

"अनि के भनी त कल्पनाले ?" मैले उत्सुकता का साथ उसलाई सोधेँ ।
"त्यसको पनि समय आउनेछ भनी ।" उ मुस्कुरायो ,गम्भिर देखियो उ यसपालि सँधै भन्दा । मलाई थाहा छ उसको यो घटना अरु केटी हरु सँगको घटना भन्दा भिन्न छ ।किनकि आजको उसको बोलि नै भीन्न छ गहिरो ,गढेको जति जति उ कथा मा डुब्दै थियो त्यति त्यति म उसको आयाम को खोजिमा थिएँ ।

"तैँले के मतलब निकालिस त ?" मैले पछाडि पट्टिको पर्खाल मा अडेस लाग्दै सोधे । मलाई साँच्चै उसले निकालेका अर्थहरु अर्थपुर्ण र कुनै पारङ्गत ले केलाएका झैँ लाग्न थाल्यो ।एउटा पारङ्गत खेलाडिको खेल जस्लाई दुवै कुरा को हेक्का हुन्छ ,उसले चलेका चाल सफल भए के गर्ने र असफल भए के गर्ने भनेर । एक चोटि अनायासै सोचेँ म र उ अघि नै साथि भएका भए उसको सल्लाहले नै पनि मेरो माया बचाउन सक्थेँ होला म । तर फेरि लाग्यो उ त मात्र झूट रोपिरहेछ ,माया त मैले गरेको पो हो त ? हार्ने हरुले बनाएको शब्द " साँचो माया " मलाई कहिले काहिँ आफू देखि अचाक्लि हाँस उठ्छ ,ऐनामा आफ्नो अनुहार हेरेर आफ्नो हार सम्झीन्छु अनि धित मरुन्जेल हाँस्छु ,कहिले काहिँ आँशु झर्न खोज्छ हाँस्दा तर आँशु रोकेर पनि फेरि अट्टहास गर्छु ।

"म ठीक ट्र्याकमा थिएँ ,किनकि उ यात्रामा म सँगै नै हिँडिरहेकी थिई ,मलाई अब उसलाई टाढा लान मात्र सक्नु पर्ने थियो समाज बाट ,नैतिकता बाट । थोरै बाटो त मैले हिँडाईसकेको थिएँ ,थोरै अझै डोर्याउन सके उ म सँगै टाढा टाढा पुग्ने निश्चित थियो ।"

"अनि ?" मेरा मनमा हजारौँ सोच हरु पौडिरहेका भए पनि मेरो मुखबाट यत्ति मात्र निस्कियो ।

"हामी दुईजना फिलिम हेर्न भनेर बाहिर निस्कियौँ हिँड्दै हिँड्दै ,उसले हाईवे नै हाइवे हिँड्दै जाउँ भनी ,त्यो बाटो सुनसान हुन्छ घरि घरि फाट्ट फुट्ट हिँड्ने धरान-हिले चल्ने माइक्रो र बसमात्रै हुन्छ त्यो बाटोमा ।सल्लाको सुकेको पातहरु ले चिप्लो भएको त्यो रोडमा मज्जा चाहिँ आउछ ।" उसले गाला कन्याउदै भन्यो ,मच्छडले टोकेछ क्यारे ।
"ति माथि कल्पना सँग ! मोज भयो होला है तँलाई ?"मैले प्रश्न राखेँ ।
"के को मोज नि ? मलाई लाग्यो खाना पाकेको छैन ,त्यति नै खेर हतार गरेको भए म काँचो मा पनि त पर्न सक्थे ।"
उ ङिच्च हाँस्यो ।उसले मेरो मोज को गलत अर्थ लगायो तर मैले प्रतिवाद गरिन । म चुपचाप उसका कुरा सुन्न थाले फेरि । आजको उसको कथा मलाई घर मा सानो हुँदाको कथा सम्झना दिलाइरहन्छ ,केटाकेटी हरु सबैजना गालामा हात राखेर चुपचाप सुनेर बस्ने । मेरो करिब करिब दुई चार चोटिको आङ्ग तन्याई बाहेक त्यस्तै त्यस्तै अवस्था थियो ।

"फीलिम हलमाँ अँध्यारोमा मैले उसको सिटमा हाथ राख्ने निहुँ ले काँधमा हात राख्न खोजेँ । प्रयास मा सफल पनि भएँ तर पहिलो चोटि जीवनमा मलाई यस्तो काममा डर लाग्यो शायद उ मलाई पवित्र लागि त्यतिखेर तेरो शब्दमा भन्नुपर्दा र थोरै आफुमाँ घ्रिणा पनि जाग्यो किन मेरो मन खालि एउटै मात्र कुरा सोच्छ भनेर ।तर फेरि लाग्यो यो बराबरि को नै सम्झौता हुनेछ , जति प्राप्त मैले गर्नेछु त्यति नै प्राप्त उसले पनि गर्नेछे होलि ,मेरो पुरुषत्व र उसको नारित्व नाप्ने कसि त एउटै नै हो नि आखिर । तर पनि डरले घरि घरि हात यता उता चलाईरहेँ ,उसको काँध भन्दा ज्यादा मेरो हात त्यो दिन बढ्न सकेन । हुन त उसले प्रतिवाद गरिन तर कसै कसै ले स्विकार गर्दा पनि डर लाग्छ ,उसले स्विकार गरेको पनि मलाई अनौठो लाग्यो । आखिर किन उसले प्रतिवाद गरिन ? के उसको र मेरो सम्बन्ध त्यो मोड सम्म आईसकेको छ त जस्मा उ मैले उठाउने हरेक कदम प्रति राजि हुनेछे ? हुन त म यस्तो कुराको लागि कमजोर हैन तर त्यो दिन मलाई अफ्ठ्यारो भयो उ तिर बढ्न । उ मलाई ढोका मै कुरेर बसे झैँ गर्दैथिई , मैले दोबाटो बाटै अर्को बाटो रोजेँ त्यो दिन । फिलिम सिध्धीए पछि पनि उ आलेटाले गरेँ झै गर्दै थिई म भने हतार हतार उसलाई डोर्याउँदै सल्लेरि तिर लागेँ ।"

मलाई उ अचानक सन्त झैँ लाग्यो अनि उसका कुराहरु प्रवचन झैँ । किनकि पहिलो चोटि लगभग लगभग केटीको स्विकारोक्ति हुँदा पनि आफुलाई उसको पवित्रता ले गलाएको कुरा गर्दै थियो हरेक मान्छे अवस्थाका बन्दि हुन्छन् ,जीवनका मोडहरुका कमारा हुन्छन् । अघि सम्म यो कथा उसको र मेरो हार जित को झैँ लागिरहेको थियो जस्मा उ ,म र मेरी अन्जान नायिका कल्पना थिई तर अब बिस्तारै उसको कथा विश्वत्व प्राप्त गर्दै थियो ।म उ र मेरो कथा भन्दा पनि उसको कथामा सम्पुर्ण जीवन जगतको शाष्वत सत्य देखीरहेको थिएँ । शायद यहि नै त्यो घटना थियो यहि नै त्यो कथा थियो जस्ले उसमाँ बुद्धत्व जन्माएको थियो ।अँध्यारोको साम्राज्यमा एउटा मैन रोपेको थियो ।होला त्यो दिपशिखाको आयु छोटो होला तर उसले आखिर लामो समय देखी प्रभूत्व मा रहेको पुरुषत्वलाई परास्त गरे झैँ लाग्यो मलाई । उ बग्दै गयो ।

"त्यस पछिको भेटहरु फेरि सामान्य भए ,शायद म आफ्नै स्वरुपमा आएँ उ आफ्नै स्वरुपमा आई ।" उ एक छिन चुप लाग्यो मानौँ उ आफ्ना शब्दहरु बाट मात्र होईन उ आफ्नो ह्दयलाई पनि बिस्राम दिन चाहन्थ्यो । मैले त्यसमाँ कुनै आपत्ति जनाईन उसलाई सुस्ताउन दिएँ ।

"त्यसबीचमाँ उसको परिक्छ्या आयो ,उसले दुई चार दिनलाई हाम्रो भेट पातलो बनाउँ भनि ,मैले पनि नाई भन्न सकिन ,शुरुवात देखी जहाँ सम्म मलाई लाग्छ म उसको शरिर बाहेक अरुकुराको पछाडि लागेको होइन ,न उसको परिवार ,न उसको परिक्छ्या ,न उसको आत्मा तर पनि उसका कुरा हरु नकार्न सक्दिनथेँ ,त्यो एउटा छ्यणीक अनुभुति जस्मा उसले मलाई आफ्नो शरिर दिनेछे , म उसलाई भोग्नेछु उ मलाई भोग्नेछु , म पनि खुशि उ पनि खुशी , त्यसपछि म आफ्नो बाटो लाग्नेछु , उ आफ्नो जानोस् यति नै त हो मैले सोचेको थिए ,तर किन मेरो सोच मा ढिलासुस्ति हुँदा खेरि मैले नकार्ने प्रयास सम्म गरिन यो चाहिँ अचम्म थियो ।"
"त्यो अचम्म हैन ,माया हो साथि , माया भोग चलन हैन नि त समर्पण हो बुझिस् ?" मैले बिचमा उसको बाक्य काटेँ ।
"कथा यो बिषयमा होइन कि माया के हो ,अथवा उसको र मेरो सम्बन्ध कहाँ सम्म गयो । कथा अलग्गै बिषयमा छ । " उ अचानक गम्भिर भयो ,म उसको गम्भिरता ले कथा कता लाने कुरा को सोचमा ब्यस्त भएँ ।

क्रमश:

3 comments:

Anonymous said...

ल ल यो अक पनि पढियो? यो ब्लग मेरा समुन्द्र पारीका साथी भयका छन। दिन नाइल नदिको किनार म बित्छ भने रातको केहीसमय यो ब्लग मा । अनी बाबु के कथा कबिता माया र प्रेम का मात्रै हुन्छन र?

Aakash said...

ल रजित, यो त धाराबाहीक हेरे जस्तो लागि रा छ यार मलाई त।

Anonymous said...

ल ल गजब छ। मैले यो भाग फेरी पनि पढे। पढ्धा बहिर पनिपरिरहेको छ। नाइल नदि आफ्नै गतिमा बगिरहेछ। नाइलमा फ्याट डुंगा हरुपनी आउने जाने गरिरहेका छन। साना सुन्दर डुंगामा जिन्दगीको गन्तब्यमा हिडिरहेका यात्राुहरु सबार छन। कोही डुंगा ३, ४ यात्राुछन त कोहिमा ५०, ६० सम्म यात्रा गरिरहेका छन । अहिले मैले देखिरहेकोछु २ वटा साना डुंगामा ५,५ जना अफ्रिका मुलका युबती हरु यात्रा गरिरह्र्काछन । ति युबतिहरु नाइल नदिको गति सँगइ रमाइ रहेकाछन। भारी झरिको करणले नाइल केहीधमिलो देखियपनी, डुंगामा सबार युबतिहरुको कालो अनुहार तलक्क टल्कियको छ। म आफ्नै ताल मा आनन्द मानिरहेको छु , यो कथा, नाइल अनी डुंगामा सबार ति अफ्रिकी युबती बिचमा।