म भित्रका महरु

भाग-३ बाट अघि
भाग-४
मैले फोनमा म पनि जाने कुरा बताउन पनि आफ्नो बढीरहेको सास को गतिलाई normal मा ल्याउनु पर्यो । फोन राखि सकेपछि आफै भित्र एकदम उकुसमुकुस भएझै लाग्यो । धेरै बेर सम्म बुरुक बुरुक उफ्रिरहेको मुटु लाई समातेर बसे । सुमन अचानक भित्र छिरेपछि मात्र मैले आफुलाई controll गर्ने प्रयास गरे।
"तँलाई एउटा कुरा भने तँ रिसाउन त रिसाउँदैनस नि है ?"
"त्यो कुरा कस्तो हो त्यसमाँ depend गर्छ , अब तैँले तेरो girl friend कै नाम अहिले सम्म लुकाएको रहिछस भने त रिसाउनै पर्यो नि ! कि कसो?"
उस्ले आफ्ना परेला पुलुक्क म तिर उठाउँदै , मुसुक्क हाँस्दै जवाफ दियो ।
"भयो त्यसो भए त म भन्दिन ।"
"साले ,,,,,,,,,,, indirectly भन्छ , तँलाई मैले मङ्गलबजार मै देखेको ! कहिले भन्लास भनेर पर्खेर बसेको ,बल्ल भन्यो ।"
साँच्चै म झुठ बोल्नमाँ कमजोर छु ।मैले ङिचिक्क दाँत देखाएँ अनि एउटा निर्लज्ज हाँसो हाँसे ।
"नाम के हो ,के गर्छे भन न त ,अझै हाँसेर बस्छ केटी जस्तो"
मैले उस्लाई सबै कुरा बेलिबिस्तार लगाएँ ।अनि आफुलाई त्यो केटी मन परेको पनि बताएँ । केटीहरुको psychology को बारेमाँ पक्कै उस्लाई म भन्दा धेरै थाहा छ । धेरै बेर गमेर उस्ले चिना हेरेपछि पन्डित ले दिने भाका माँ आफ्ना कुरा भन्यो ।
"केटी frank हुनु भनेको यो होइन कि तँ झ्याप्पै purpose गर ,अनि झ्याप्पै accept हुन्छ ।"
"अनि के हो त?"
"यो training माँ नभन , त्यसपछिको भेट माँ भन्नु ।"
"किन नि?"
"give time..........dude ,केटिहरु बाहिर जस्तो देखिए पनि भित्र लजाउँछन ,अनि मायामा maturity खोज्छन् । thats why you have to give time !"
उसले आफुले जाने जति मलाई अर्थ्यायो । म पनि बोधिसत्व प्राप्त भएपछिको बुद्द जस्तो रमाइ रमाइ घर फर्केँ ।

बिराटनगर

training भन्दा मलाई training पछि का पल हरु रमाइला लाग्थे ।हामी दुवै रिक्सामाँ डुल्न जान्थ्यौँ । उ कुरा गरिरहन्थि तर म सुनिरहन्थेँ । पानीपुरि कि शौखीन उनी ठेला देख्ने बित्तिकै रिक्सा रोकेर शुरु भइहाल्थि । अनि म उन्को बालापन माँ साथ दिन्थे ।हामी त्यहाँका अरु सहभागि चिन्दैनथ्यौ तर त्यो त झन मेरो लागि सहयोगि सावित भयो ।मैले धेरै मौका पाए हामी बिचको एकान्तमाँ तर सुमनका शब्दहरुले मलाइ रोके । हुन पनि एक महिना नै त हुँदैछ भेट भएको । केटिहरु बाहिर जस्तो देखिए पनि भित्र लजाउँछन ,अनि मायामा maturity खोज्छन् । त्यो training त्यत्ति चाडै कसरि बित्यो मलाई पत्तै भएन ।
अन्तिम दिन म आफ्नो room माँ कपडा मिलाउँदै जाने तयारिमाँ थिएँ अचानक निशा मेरो कोठामाँ छिरी ।
"मलाई तिमी सङ्ग केहि कुरा गर्नुछ ।"उ आफ्नो t-shirt को फेर माँ दुई औँला चलाईरहेकी थिई ।
"भन न ।"मैले स्वीक्रितीमाँ टाउको उठाउँदै भने ।
"तिमी असाध्यै सोझो छौ ।" उसले मेरो कोठाको ढोकामाँ ढेसिँदै भनी ।
के उसले भन्न खोजेको कुरा यहि थियो ?
"किन नि?" मेरो उत्सुकता बढ्यो ।
"बिराटनगर को बसाइमाँ मैले एउटा असाध्यै राम्रो सोझो साथी पाएँ ,जस्को साथमाँ दिन हरु कसरि बिते थाहै भएन ।"
"सोझो मान्छे पाएँ भन्दैमाँ जिस्काउनै पर्छ त ?" म अझ कपडा नै मिलाए झै गर्दै थिएँ ,तर मेरो ध्यान कपडामाँ थिएन ।
"I m serious .now I think I can move further ,म अलि लोभि छु ।मलाई त्यो साथीको साथ जीवनभरिलाई चाहियो ।"
उ मेरो नजिकै आई ,आफ्ना पैँतालाहरु थोरै उठाएर मेरो निधारमाँ चुमी अनि बाहिर निस्कि ।म भने सुमनका शब्दहरुको बिचमाँ आफु यन्त्रवत खडा भइरहेँ ।
क्रमश:

1 comment:

Anonymous said...

la la ramro 6 dherai din pachhi padhna panya, gajab 6