फ्रिजभित्रको उज्यालोमा
टमाटर अझै कलिलै देखिए। धनिया गिलासमा डुवेर टमाटर लाई नै नियाल्दै थियो, अह्ररो
धनिया अह्ररै देखियो।वस्तु,जीव अनी मान्छे सवैले आफ्नो आन्तरिक गुणहरु चेपेर
राख्छन्।छुट्याउन गाह्रो नै हुन्छ।लिसो जस्तो गरेर टाँसिन्छ अनि त्यहि नै परिचय
वन्छ उसको! परिचय भनेकै लिसो जस्तो त हुन्छ। एकचोटी टाँसिन्छ ,छुट्टिनै
गाह्रो।भित्र छिर्छ,कण कणमा गएर वस्छ, तन्तु तन्तुलाई आफुमा समेट्छ।
छेवैका सिमी त्यो रातमा लम्पसार निदाइ नै रहे भोलीको फिक्री नै नगरेर निदाए जस्तो। मलाई लाग्यो निन्द्रा पनि सिमी जस्तै हरियो हुन्छ। तर निन्द्राको रंग त कसलाई के थाहा र? निन्द्रा त मात्र निश्चिन्त हुन्छ भावमा अनी मस्त हुन्छ नशामा।निन्द्रामा नशा हुन्छ वा नशामा निन्द्रा छुट्याउनै गाह्रो, पानीमा रंग घोलिदिए जस्तै!
छेवैका सिमी त्यो रातमा लम्पसार निदाइ नै रहे भोलीको फिक्री नै नगरेर निदाए जस्तो। मलाई लाग्यो निन्द्रा पनि सिमी जस्तै हरियो हुन्छ। तर निन्द्राको रंग त कसलाई के थाहा र? निन्द्रा त मात्र निश्चिन्त हुन्छ भावमा अनी मस्त हुन्छ नशामा।निन्द्रामा नशा हुन्छ वा नशामा निन्द्रा छुट्याउनै गाह्रो, पानीमा रंग घोलिदिए जस्तै!
उसले वाइनको वोटल झिकेर
फ्रिज वन्द गरेपछि म फेरि वाहिरकै संसारमा फर्केँ। वाहिर सिर सिर हावा चलिरहेको
थियो।झ्यालको एउटा पल्ला खुलै हुनुपर्छ। पानी पर्दा पनि वन्द गरिनछे।आशा सँग रिस
पनि उठ्यो।केहि भन्न सकिन।
"रुमपार्टनरको
नाममा!" उसले गिलास उठाई !
"मेरो पनि
रुमपार्टनरकै नाममा !" मैले पनि गिलास उठाइदिएँ। गिलास जुधे।मैले जुधेका
गिलास हेरेँ। छचल्किएको अस्थिरता हेरेँ। मान्छेलाई कति धेरै मन पर्छ अस्थिरता ,
जुधाएर पनि अस्थिरता उत्पादन गर्छ मान्छे।भोको मान्छे!
"अजयमा केहि त थियो वुझिस् , आँखा गहिरो भएर होला भाव
हराउँथे,डुव्थे त्यहि आँखामा थाहै हुन्नथ्यो उ खुशी थियो वा दुखी थियो। थाहा
हुन्नथ्यो उसको आँखाले के खोज्थ्यो।थाहै हुन्नथ्यो उसको आँखाले के भेट्टाउँथ्यो
।अनि थाहै हुन्नथ्यो उसको आँखा सन्तुष्ट थियो वा थिएन !"
उसले दोस्रो घुट्कीमा
आफुलाई थोरै छचल्क्याई।मैले छचल्किएकी उसलाई हेरेँ । उ वाइनमा केहि नियाल्दै थिई।
त्यो वाइनको ग्लास उसले ठमेलको एउटा दोकानवाट किनेकी थीई। भन्थी "वाइन भन्दा
गिलास मा वढी नशा हुन्छ बुझिस् ? लोग्ने मान्छे त सवै एउटै नै हो नी अन्त्यको
सारांश एउटै चाहना एउटै मात्र प्रस्तुती भिन्न। वाइन पनि त्यस्तै हो, एउटै नशा
मात्र प्याला भिन्न!! " म टाउको हल्लाइदिन्थे। उ सन्तुष्ट हुन्थी।
"मलाई के थाहा ? उ त
तँलाई मन पराउँथ्यो तैँले नै चिनेकी होलिस् नि !" मैले रुखो जवाफ फर्काएँ।
वाइन तितो लागेर आयो।कुहिएको ह्वास्स गन्हाए जस्तो।
"तँ उसलाई मन
पराउँथिस् नि त !" उसले मेरो अनुहारमा हेरी। मलाई भाव लुकाउन मन छ।अनुहारले
साथ नदिए झैँ लाग्यो।
"त्यो त क्षणिक आवेग
थियो,अहिले सम्झिन्छु के नै थियो र उसमा गम्भिरता वाहेक ?"
"म भने आजकल सोच्छु ,
के नै चाहिने रहेछ र गम्भिरता वाहेक , लोग्नेमान्छे पातलो हुन्छ वुझिस् धुवाँ
जस्तै पातलो ! फुकेर उडाउन सकिन्छ,एकैछिन विलाउने वनाउन सकिन्छ! तर विलाए पछि
फर्काउन गाह्रो,अर्को धुवाँको चक्का खोज्नुपर्छ फेरि फुक्न! जीवनको वाध्यता!
"
"एउटा पुरुषले किन
पुग्दैन तँलाई ?"
"त्यो कुरा छोड्दे, के
तँ मलाई दोषी नजरले हेर्छेस् ?त्यो भन मलाई !" उसले मेरो आँखा नियाली । उ
सत्यता खोज्दैछे।
म अतितमा फर्केँ। मैले आँट
गरेर अजयलाई भनेकै हो। उसले त्यतिखेर धेरैवेर मौनता पस्कियो मेरो भागमा ।अनि मौनता
तोडेर तिक्तता ! भन्यो "जीवन अचम्मको हुँदो रहेछ, खोजेको पाइन्न रहेछ, अनि
नखोजेकाहरु खोज आफु वनिदो रहेछ!" म त उसको लागे उसले नरोजेको,नखोजेको थिएँ।
आशालाई मैले त्यहि रात सुनाएकी थिएँ। त्यसको केहि दिन पछि आशाले अजयको खोजको
वारेमा खोली! मलाई थाहा भएन मेरो प्रतिकृया के हुनुपर्ने हो! दुइ दिनको घोत्ल्याई
पछि मेरो लागी पुरानी आशा र पछिकी आशामा केहि फरक नपार्ने निर्णय गरेँ। न आशाले
अजयको खोजको विचार गरी, न अजयले मेरो मनको विचार गर्यो। असन्तोक पर्याय वन्यो अजय
र म विचको।
"के थियो र तेरो दोष
?"
"थाहा छैन, शायद मेरो
अल्लारे वानी तेरो गम्भिर अजयलाई मन पर्यो ! "
"तँ मन पराउने खालकै
छेस् त !" मैले उसको प्रसंशा गरेँ।
" म त पोखिनुपर्छ,
खाली ठाउँ पुर्नु पर्छ भन्ने मान्छे पो त ! तेरै भाषामा भन्ने हो भने एउटा पुरुषले
नपुग्ने ,भोगी,ढोंगी !"
" मैले तँलाई कहिल्यै
त्यसरी हेरिन , तर खाली ठाउँ त खाली नै रहे पनि त हुन्छ नी !" मैले लठ्ठिएकी
उसलाई नियाँले। रसिली छे आशा!धेरै पटक पोखिएर पनि अझै भरी छे। म भने खालीको खाली
छु, उ माथीको इर्ष्या नै पोखेको हुनुपर्छ मैले।
"खाली राखे त म पनि
सुधा भइहाले नी ! आशाको आफ्नो परिचय के त ?" उसले मेरो जिव्रो खोसी।मेरो सोच
खोसि,मेरो इर्ष्या पनि खोसी अहिलेको अहिले।
"ठिकै भनिस् खाली
सुधा,अनि पोखिएकी आशा ,यहि वाइन जस्तै !" मैले हलुका गिलास उठाएर गिलासको
वाइन देखाएँ।
"अझै सिध्याएकी छैन
रैछे,भोली विहान सम्म जतन गरेरै राख्छेस् की के हो?"
"मलाई आशा वन्न मन छ
नि त , अजयकी मन पर्ने !" म अचानक भावुक भएँ। रित्तो आँखा रसाएर आयो।अतितले
थोरै निचोर्यो मलाई।
"मोरो, नहुँदा पनि दुख
दिन्छ,हुँदा पनि दुख दिन्छ मेरी सुधालाई !" उ ढलमलिदै मलाई अँगालो मार्न आई। उसको
पर्फ्युम दलेको शरिर ले मलाई टाउको दुखायो। तर पनि खपेँ। मेरो त उ रोल मोडेल हो।
अजयकी ढुकढुकी नै थिई।
"दुख त मनले पो दिएको
त !" मैले पनि एक घुट्की घुट्क्याएँ। अहँ स्वादमा अझै केहि फरक छैन। यो वाइन
अझै पनि तितै छ। मेरो पहिलो घुट्की जस्तो।खै आशा के देख्छे यसमा र घुट्की माथी
घुट्की थप्छे!
यो साँझ आकाश जस्तै शुन्य
छ। कोइला जस्तै कालो छ। अनि गुम्सिएको मन चुक जस्तै अमिलो छ।केहि फरक छैन न वाइनको
स्वाद, न साँझको प्रकृती।शुन्यता मा कालो विलाउँछ। कालो रंग नै शुन्य हुन्छ। हो
शुन्य को नै रंग हुन्छ भने त्यो कालो नै हुनुपर्छ।मेरा भावनाहरु पनि पानी उम्लिएका
फोका जस्ता।के के सोचीरहन्छु। आशाको जस्तो नसोच्ने मन भइदिए मलाई कति सजिलो
हुन्थ्यो। उसको मन किन सोच्दैन? वा उसँग मन छैन! वा मेरो मनले गर्नुपर्ने काम
गरिरहेको छैन! फैसला कसले गरिदिने? उ त मातेकी छे, अनी म आफ्नै तिक्तता मा छु
।हामी दुवै जना सहि गलत छुट्याउने अवस्थामा छैनौँ।
"तैँले अजयसँग कहिल्यै
केहि गरिनस् त ?" सोध्न नपर्ने प्रश्न सोधेँ मैले यसपाली!
उसले मलाई धेरै वेर
हेरी।दुइ चार मौन घुट्की मारी।अनी फेरि भनी,
"केहि त थियो अजयमा
!"
म मौन वनेँ ।मनमनै सोचेँ "पाखण्डी,भोगी,अजयलाई
यसले छोडिन पहिला मात्र शंका थियो ! आज कुरा वाहिर निस्कियो।"
लोग्नेमान्छे कति सिमित हुन्छ।
असिमित माया देख्दैन।मात्र तलाउमा डुव्छ,पौडी खेल्छ।मेरो समुन्द्र त नुनिलो छ। उ
मात्र किनारामा वस्छ।मलाई हेर्छ,स्वादको अन्दाज लगाउँछ। किनारावाटै फर्किन्छ। मेरो
गहिराइ सँगै म शान्त रहन्छु।कहिलेकाहिँ मेरा लहरहरु उसलाई पछ्याउँछन्। उ झन
डराउँछ, म पछि नै फर्किन्छु।फेरि अर्को प्रयास गर्छु,फेरि असफल हुन्छु।
"के थियो त? मैले त
टाढा वाटै मात्र हेरेँ उसलाई ! भन न मलाई !" मैले सल्किँदै प्रश्न गरेँ। मन
अनौठो गरी धुवाँ पत पत निकाल्दै गरेको महसुस गरेँ मैले।धुवाँ कसरी लुक्छ ? सोच्न
थालेँ।सोच पनि त वन्द भएको छ अहिले त !
"जतिखिर धेरै नजिक
हुइन्छ त्यतिखेर आँखा वन्द हुन्छ सुधा, देख्नलाई त थोरै टाढा नै हुनुपर्छ!"
"सपना देख्न त आँखा
वन्द नै भएको राम्रो ! "
"हुन त त्यो सपना
जस्तो नै थियो! मलाई थाहा छ म जे भन्छु तँलाई दुख्छ ,तर अजय मलाई मन पराउँथ्यो
,त्यो सत्य नै हो !"
"अनि ?" मैले
मेरो अघिको रित्तो ग्लास हेरेँ। गिलास अव मौन थियो।न छचल्किने केहि थियो,न पोखिने
केहि।मात्र रिक्तता थियो त्यसमा।रिक्तता वोकेर उभिएको थियो मेरो अघी।
"उ एकदिन मेरो नजिक
आयो अनि वल गरेर भन्यो, म तिमीलाई मन पराउँछु !"
आशाले कुर्सीमा पलेँटी
कस्दै काँक्रो टोक्दै भनी।
"तैँले यो पहिले
सुनाएकि थिइनस् त !" मैले विवश हुँदै उसलाई गुनासो गरेँ।अरु के नै गर्न सक्छु
र म ?
"नशामा आँट हुन्छ
वुझिस्, मेरो काँतरता तेरो विश्वासको अघि हार्यो, आज नशाले मलाई उधारिदिएको मात्रै
हो, म कुरुप नै भए पनि पत्र पत्र उक्किन चाहन्छु !" आशाको आँखामा अनौठो सत्य
देखियो।के मैले उसलाई अव क्षमा गरिदिनु पर्ने हो? के कारणले ? मेरो हक नै नभएको
वस्तुमा म किन दावी गरौँ, उसले जे गरी स्वतन्त्र भएर गरी, अजय पनि स्वतन्त्र नै
थियो, म त मात्र मुक हुन सक्थेँ,हेर्न सक्थे अनि सुन्न सक्थेँ।
मैले टाउको हल्लाएँ।
"एकचोटी मलाई तेरो
सम्झना आयो , अनि सोचेँ वैँश पनि कहिँ चोखो,जुठो हुन्छ र ?आज प्रस्ताव राख्छु माया
विनाको सम्वन्धको अजयसँग!"
मन अचानक तातेर आयो। लाग्यो
अव म सुन्न सक्दिन। मेरो कानको सिमा सकिएको छ। मेरो धैर्यताको परिक्षा हुँदैछ।
मेरो मौनताको तौल नापिँदैछ। अनि म च्यातिदैँछु।धुजा धुजा भएर च्यातिदैछु। आशा मेरा
टुक्रा टुक्रामा रमाउँदैछ। उ सिंगो म चाहन्न !
"भयो छोड्दे ,सुन्नु
छैन मलाई जे सुकै गरोस् ,सकिएको कुरा !" मैले कुराको विट मारेँ।
उ चुप भई। मलाई फेरि उकुसुमुकुस् भयो। चोटनै पनि पुरै लागेको
जाती।
" भन भन , तँलाई सवै सुनाउनु छ जस्तो छ
!" मैले कुरा फेरि सपारेँ।
" उ राजी भएन ! मात्र
माया गर्न जान्ने ,सिल्ली, मुर्ख " उसले गिलास तल राखेर धेरै वेर घोरीई ।मलाई
किन हो किन मेरो जीत भएको महसुस भयो। अजय आफु जस्तै लाग्यो। माया चिन्ने माया
वुझ्ने।
"मेरो रुप पहिलो चोटी
हारे जस्तो भएको थियो बुझिस् त्यतिखेर, म अनाहकै रिसाएकी थिएँ ,अनि सोधेकी थिएँ के
देखेको छौ तिमीले आफुमा ? मैले तिम्रो पछि लाग्नुपर्ने ! उसले जवाफ फर्काएको थियो
"मैले त नहेरी माया गरेको मैले तिमीलाई !"
"ढाँट, नहेरी माया त
कसैले गर्दैन, हेरेकै थियो र तँलाई माया गर्यो नत्र मलाई माया गरी हाल्थ्यो नी
!"
उ हाँसी।खिस्याएर हाँसी वा
सन्तुष्ट भएर उसैलाई थाहा छ।मैले त मात्र उसको हाँसोको आवरण देखेँ।
"तँ पनि त राम्री छेस्
!"
"तँ जति छैन नि त
!"
"त्यो दिन मेरो ठाउँ
मा तँ भइदिएको भए, एउटा कथा पुरा हुन्थ्यो ! म सुत्न हिँडे,अवेर भयो !"
उ उठी।मन पेण्डुलम वनी यता
उता फेरि हल्लियो। कस्तो दोधारे मन।
"के खोज्दै थियो त आज
वुकस्टोर मा उ ?" मैले उसलाई रोकेँ। म अझ जान्न चाहन्छु अजयको वारेमा।
"किताव विर्सेँ ,तर
त्यो किताव पर्सी मात्र आउँछ भन्यो पसलेले !"
"अनि पर्सी उ आउँछ रे
?" मनमा फेरि अनौठो आशा पलायो।