-Manoj Ghimire
“तिम्रो नाम के हो नानी ?”
प्लस टु पछि कलेजको पहिलो दिनको पहिलो क्लासमै सरले यो प्रश्न गरेपछि सिता झसंग भइ, रिस पनि उठयो । हो, उमेर अनुसारको उसको जिउडाल छैन । संगैका ढ्याग्रे साथीहरुको कुम-कुम मात्रै छे ऊ ! घरमा त सानैदेखी नै हो, नानु भन्ने, अहिले पनि भन्छन । तर सानी भन्दैमा यो सरले पनि नानु भन्न मिल्छ ? रिसलाई मुठ्ठीभित्रै दबाएर उसले भनि, “सिता !” ।
सिताको बारेमा भन्नुपर्दा ऊ लगनशील र अनुशासित छात्रा हो । आफु पढेका कक्षामा उसले कहिल्यै दोस्रो हुनु परेन । उ चित्र बनाउन र कबिता लेख्न पनि मन पराउँछे । उसको एउटा बानि, राम्रो भन्ने कि नराम्रो, असाध्यै कम बोल्छे । त्यही हुनाले घरबाहिर उसका धेरै कम साथी छन् । तर जति छन्, उनीहरु सितालाई एकदमै माया र बिश्वास गर्छन ।
सितालाई श्रींगार पेटारमा कुनै रुची छैन । उ सोच्दछे, जो आफुलाई प्राकृतिक रुपमा कुरुप ठान्छन्, तिनीहरुले गर्ने हो, श्रिंगार ! क्रिम, पाउडर, नेलपलीस, ग्लस जस्ता कुराको उसले कहिल्यै प्रयोग गरिन, गर्न पनि आउदैन । लुगा पनि प्यान्ट, टिसर्ट वा सर्ट मात्र हो, “रफ ड्रेशअप” भन्छन् साथीहरु ।
यी सब कुराहरु उसले सोचेर वा योजना अनुसार गरेको होइन, ऊ त सानैदेखी यस्तै हो, सानैदेखीको बानी । उसले त आजसम्म यो पनि बिचार गरेकी छैन कि ऊ अरु केटीहरु भन्दा फरक छे र किन फरक छे !!
“मेरो नाम रश्मि, तिम्रो ??”
टिफीनको घन्टी लागेर कक्षाबाहिर निस्कदै गर्दा उसंगै बसेकी केटीले हात बढाउँदै सोधी ।
“सिता !”
“ए, हो त हगी, अघी क्लासमा पनि भनेको, म त कस्तो हुस्सु !”
सिता मुसुक्क मुस्काएजस्तो मात्र गरी ।
“अनि तिमीले प्लस टु कहाँबाट गरेको ?”
“लर्ड बुद्ध”
“तिम्रो प्लस टु का कोही साथी आएनन् यो कलेजमा ?”
“अहँ”
“मेरा पनि छैनन्, उस्तै उस्तै परेछौ, अब हामी साथी ल !”
फेरी हात बढाउँदै रशमीले भनि । सिताले पनि हात बढाइ । साथी हुने भनेर हात मिलाए पनि सितालाई लाग्यो, कस्ती बोलक्कड केटी, के साथी बनाउनु !!!
छुट्टी भएर घर जानेबेलामा पनि रश्मी सितासंगै निस्कि, गेटमा पुगेपछि सोधी,
“तिमी कहाँ बस्छौ ?”
“शान्ती नगर !”
“ए ! ल रमाइलो भो !!” हात पडकाउँदै रश्मीले भनि, “म पनि बानेश्वर बस्छु, आउँदा जाँदा पनि साथी हुने भो !”
सिताले फेरी मुसुक्क मुस्काएजस्तो मात्र गरी ।
“तिमी किन यती कम बोल्छौ ?”
माइक्रो चढने बित्तीकै रश्मीले फेरी सोधी ! सितालाई झर्को लाग्न थालीसकेको थियो, उसलाई भन्न त मन थियो, तँ चै किन यती धेरै बकबक गर्छेस ? तर फेरी मुस्काउँदै भनि,
“खै !”
“म संग डर लाग्यो कि क्या हो, म केटा हैन त हौ?”
फेरी हात पडकाउँदै रश्मीले भनि । सिताले मनमनै सोची, केटासंग किन डराउनु ? बाहिर चै फेरी पनि मुसुमुसु हाँसी ।
एकैछिन चुप लागेर रश्मी फेरी बोली,
“तिम्रो ब्वाइफ्रेन्ड छ ?”
सितालाई झनक्क रिस उठयो । के नचाहींदो कुरा गरेकी, कती बोलेकी यो केटी ! तर फेरी पनि रिस दबाएर मुन्टो हल्लाउँदै भनि
“छैन !”
“हो, एकदम राम्रो, बनाउनु पनि हुँदैन ! सबै केटाहरु उस्तै हुन्छन, पहिला आकाशका तारा झारिदिन्छु भन्छन्, पछि परेपछि केही न केही !”
सितालाई झर्को लागीसकेको थियो । सुन्नेलाई चाख छ कि छैन, कती बकबक गरेकी यो केटीले ! गाडी सातदोबाटो, ग्बार्को, बालकुमारी हुँदै कोटेश्वर पुगिसकेको थियो । कोटेश्वर चोक पुगेपछी रश्मी फेरी बोली,
“हेरन, आफ्नो त परिहालो, परेपछी त माया लाग्दोरैछ । यहाँ भेटन बोलाको छ, म जान्छु ल, भोली कलेजमै भेटौ, बाई !!”
सिताले पनि हात हल्लाइदिइ । जाँदै गर्दा गाडीमै सिताले सोची, रश्मीले किन लभ गरेकी हो ?? अर्को केटामा परनिर्भर भएर, उसले भनेको मानेर के खुसी पाउने हो उसले !!!
-------------------------------------------------------------------------------
एक हप्ता यस्तै प्रकारले बित्यो । रश्मी बोलेर कहिल्यै थाक्दिनथी । सितालाइ पनि बिस्तार-बिस्तार बानी पर्न थाल्यो, सोच्थी, जे जस्ती भएपनि यो रश्मीको मनमा पाप चै छैन है । ऊ रश्मीलाइनै कलेजको एकमात्र साथी मान्न थाली । उनीहरुको बोली पनि तिमीबाट अझ नजीक भएर तँ-तँ भैसकेको थियो ।
“आज फिल्म हेर्न जौ ल, गुणमा, राम्रो फिल्म चलेको छ रे !”
शुक्रबारको हाफ छुट्टी पछि गेटबाट निस्कँदै गर्दा रश्मीले सितालाई भनी !
“नाइ, घरमा केही भनेको छैन, म त जान्न, तँ जा !”
“के तँ स्कुल पढने बच्चा होस् र जे कुरा पनि घरमा भन्नु पर्ने ? सोधे रश्मीकोमा थिएँ भन्दिनु, नभए अहिले नै फोन गरेर एकछीन रश्मीकोमा बस्छु भन्दे !”
उपायका खजाना थिए रश्मीसंग, सिताले नाइ भन्न सकीन । घरमा फोन गरेर ढिलो हुन्छ, रश्मीसंग फिल्म हेर्न जान्छु भनि ।
“टिकट काटन जौ न त !”
रश्मी काउन्टरको सिंडी तलै उभिएको देखेर सिताले भनि ।
“पर्दैन !”
“किन, तेरो हल हो र यो ?”
“त्यसै भने पनि हुन्छ, मैले यो हलमा फिल्म हेरेको पैसा तिर्नु पर्दैन !!”
यसो भन्दा रश्मीको मुखमा कुटील मुस्कान थीयो । त्यत्तीकैमा माथी काउण्टरबाट एउटा केटो मुस्काउँदै तल झर्यो, रश्मी पनि मुस्काउँदै भनि,
“उ, बिकास, मैले भन्थें नि के , मेरो साथी ! अनि बिकास, उ चै सिता, मेरो कलेजकी साथी !”
“हाइ”, बिकासले मुस्काउँदै भन्यो ।
“हाइ”, सिताले रश्मीको ढाड चिमिटदै भनी !
“ऐया, के गर्छे, ढिलो भैसक्यो होला, जौ भित्र !”
सितालाई मन त थिएन, पहिल्यै सबै कुरा नभनेकोमा रश्मीसैग रिस पनि नउठेको हैन, तर फर्कने अवस्था थिएन, तानिएर दुबैको पछि लागी ।
फिल्म सुरु भएको केही छिनमै खासखुस हुन थाल्यो । अँध्यारोमा यसो फर्केर हेर्छे त, अहो !!! लाज पचेकाहरु ! उसलाइ यती रिस उठ्यो, तर सधैझै रिस दबाएर बसि । सकेसम्म त्यता नहेरी फिल्म हेर्न खोजी, तर आँखा उसको बसमा कहाँ !
“कस्तो लाग्यो ?”
निस्कँदै गर्दा रश्मीले सोधी ।
“ठिकै !”
सिताले बिस्तारै उत्तर दिइ, के थाहा र उसलाइ ??
---------------------------------------------------------------------------------
घर पुगेर सितालाई लाग्यो, आज केही भिन्न छ, केही परिबर्तित भएको छ । मनमा कुराहरु खेलिरहेको छन्, यस्ता कुरा जसमा उसलाई आजभन्दा अगाडी कुनै लगाब थिएन । हो, आजभन्दा अगाडी, आज त उसलाइ एकान्तमा बसेर के-के सोचीरहन मन लागेको छ ।
आजसम्म सिताको हेराइ सगोल थियो, केटा होस या केटी, उ सम्पुर्ण हेर्थी । तर आज उ टुक्रयाउदै छे । उ रश्मीको सुन्दरता केलाउँदै छे ।
उ सोच्छे- गोरो बर्ण, चौडा निधार, काला-काला बाटुला आँखा, सुलुक्क मिलेको नाक, पोक्चे-पोक्चे गाला, सुरीलो गर्धन ! रश्मीको अनुहारमा खोट लागाउने कुनै ठाउँनै रैनछ, कस्तो बिचार नगरेकी ! त्यसमाथी हाँस्दा गालामा पर्ने त्यो खोबिल्टो, झन् कती खुलेको । पाखुरा, बक्ष, कम्मर, नितम्ब, पिंडुला, कति मिलेका, कति राम्रा !
यस्तो सोच्दा-सोच्दै उसलाई आफैलाई केलाउन मन लाग्यो । ऐना हेरी । हानो चेहडा अनुसारको सानै अनुहार, चुच्चो नाक, मिलेका दाँत, फक्रेका ओठ, अनुहारमा त उसलाई आफु रश्मी भन्दा केही कम लागेन ।
सिता जुरुक्क उठी, कोठाको चुकुल लगाइ, अनि सम्पुर्ण निर्वश्त्र भएर आफुलाई ऐनामा हेर्न थाली । यि बक्ष, यो कम्मर, यो नितम्ब, यि तिघ्रा, पिडुंला । के कुरामा के कमी छ र उसमा । मनमनै सोची, आखिर को भन्दा के कम छु र म ??
-----------------------------------------------------------------------------
भोली कलेजमा सितालाइ कस्तो-कस्तो लागीरहयो । आफ्ना अगाडी आउने सबैलाई नियाल्थी, अंग-अंग केलाउँथी ।
रश्मी छिटो-छिटो पाइला चाल्दै आएको देखि सिताले, सोची आज पनि पक्कै केहि खबर बोकेर आएकि हुनुपर्छ यो । सारा संसारको सबै कुरा थाहा हुन्छ रश्मीलाई ।
“थाहा पाइस् ? रिनाको पनि हाम्रो सिनियर दाईसंग परेछ नि ! अब त तँ मात्र बाँकी रहिस, यो क्लासमा !”
सितालाई चसक्क भयो । के ले घोचेको ? किन घोचेको ?
रश्मी सधैझै एकोहोरो बोलिरही, सिता सधैझै चुपचाप सुनिरही ।
छुट्टीपछि घर फर्कने बेलामा गेटबाट निस्केपछि सिताले रश्मीको हात समाउँदै भनि,
“रश्मी, एउटा कुरा भन्छु, नरिसा ल ! आज तँ एक्लै जा ल, मेरो अन्तै जाने काम छ”
“के काम ?”
“मलाई यस्तो कुरा गर्न मन लाग्दैन, अपठ्यारो लाग्छ, त्यसैले आजसम्म तँलाई पनि नभनेको । मेरो दरबारमार्ग जानुछ क्या, कसैलाई भेटन !”
“कसलाई ??”
“मेरो ब्वाइफ्रेन्ड !”
यती भन्ने बित्तीकै सिता बाटो लागी । रश्मी एकछिन त हेरेको हेर्यै भइ, अक्क न बक्क । एकछिनमा हात उचाल्दै भनि,
“ए, पख पख । सबै कुरा त बता !”
उसको हिंडाइमा आज बेग्लै तेज थीयो ।
3 comments:
ल ल साथी, सिग्मड्फ्रायड, बि पि कोइराला को कथा भन्दा कम छैन।
ल ल मनोज एकदम गजब छ। कतै त्यो सिता बिकासलाई भेट्न त गयकी हैन? यस् ब्लगका मेरा समुन्द्र पारीका साथी भयका छन। दिन नाइल नदिको किनार म बित्छ भने रातको केहीसमय यो ब्लग मा ।
ल ल गजब छ। मैले यो भाग फेरी पनि पढ्धा बहिर पनिपरिरहेको छ। नाइल नदि आफ्नै गतिमा बगिरहेछ। नाइलमा फ्याट डुंगा हरुपनी आउने जाने गरिरहेका छन। साना सुन्दर डुंगामा जिन्दगीको गन्तब्यमा हिडिरहेका यात्राुहरु सबार छन। कोही डुंगा ३, ४ यात्राुछन त कोहिमा ५०, ६० सम्म यात्रा गरिरहेका छन । अहिले मैले देखिरहेकोछु २ वटा साना डुंगामा ५,५ जना अफ्रिका मुलका युबती हरु यात्रा गरिरह्र्काछन । ति युबतिहरु नाइल नदिको गति सँगइ रमाइ रहेकाछन। भारी झरिको करणले नाइल केहीधमिलो देखियपनी, डुंगामा सबार युबतिहरुको कालो अनुहार तलक्क टल्कियको छ। म आफ्नै ताल मा आनन्द मानिरहेको छु , यो कथा, नाइल अनी डुंगामा सबार ति अफ्रिकी युबती बिचमा ।
Post a Comment