एउटा पर्दा अचानक खस्यो

"यता हेर ,के मुन्टो बटारिरहन्छस् ?" उनीहरु मध्येको एउटाले मेरो चिउँडोमा आफ्नो हात राख्दै क्रुर स्वरमा भन्यो । म घेरिएको थिएँ उनिहरुको समुहबाट । मान्छे हेर्दा त्यति निर्दयि नै देखिने त होईन तै पनि उसले क्रुरता देखायो म माथि ! हुन त रुप त खोल न हो ,आत्मा त मान्छेको लुकेकै हुन्छ । मैले विवशता मा उसलाइ हेरेँ । उसको हात मात्रैले पनि मेरो चिउडोमा पिडा रोपिरहेको थियो ,सहनशक्ति भन्दा बाहिरको ,मलाई उसले उसको आँखामा आँखा जुधाउन सम्म दिइराखेको थिएन । पिडाले बग्न आँटेका आँशुलाई थोरै रोक्न खोजेँ । तर असफल प्रयास ।

"तँपाईहरुलाइ मैले चिनेकै छैन ,किन म माथी अन्याय गर्दै हुनुहुन्छ ,म साधारण मान्छे न हुँ ! के छ मेरो कसुर त्यत्ति त भन्दिनुहोस् ! " मेरो हिकहिक रोकेर मैले उनिहरुलाई सोधेँ । छाति त्यत्तिकै गाँठो परेजस्तै भएको थियो । बोलि रोकिरहेको थियो बिच बिचमा एउटा अनौठो पिडाले मानौँ त्यति बोलि पनि मैले सोचेर बोल्नु परिरहेको थियो ।

"अन्याय हैन तँलाई त हामी ठुलो मान्छे बनाउँदैछौ ,संघर्ष भन्ने सुनेको छस् ,त्यो नगरी मान्छे ठूलो हुँदैन अरे क्या !" फेरि अर्को ले ठूलो खित्का छाड्यो र अरुले त्यो खित्का लाई लम्ब्याए , म उनीहरुको मनोरन्जनको साधन भए जस्तै !

मैले यता उता हेरे , सडक यथावत थियो ,भिँड यथावत थियो । कसैको मतलब नगर्ने भिँड । म सँग कसैको सरोकार थिएन । म घेरिएको सँग कसैको सरोकार थिएन । म अपहेलित भएको सँग कसैको सरोकार थिएन । साँच्चै भीँड मात्र तोडफोड जान्दछ ,रचना ,बचाव हरु त भिँडको शब्दकोशमैँ छैन । नत्र उनिहरुले मलाई समातेर झ्यापझुप्प पार्ने बित्तिकै मैले कराएको न हुँ ! कोहि पनि आएनन त बचाउन ! भोलि मलाई केहि भइहाल्यो भने टायर बाल्न ,अर्काको घरमा ढुङ्गा हान्न र पसल हरु बन्द गर्न भने अवश्य आउँनेछ भिँड ।

"ए यसलाई पोको पार बोरामा !"अन्तिम शब्द हरु त्यत्ति नै हुन मैले सुनेको ,मेरो होश रहुन्जेल ,त्यसपछि मेरो टाउकोमा नमिठो प्रहार भएको पनि थाहा छ ।अनि एक्कासि कालो भयो संसार ! जब होश खुल्यो त्यतिबेला पनि कालै थियो संसार ,एउटा सानो थोरै प्रकाश छिर्ने माथिको आँखीझ्याल बाहेक झ्याल ढोका थिएनन मलाई राखेको कोठामा । प्रकाशलाई पनि बन्देज लाउन चाहन्थे शायद मेरो कोठामा ! मैले त्यहि आँखिझ्याल हेरे अनि थाहा लाग्यो बाहिर अँध्यारो रहेनछ । बाहिरको पहेँलिएको प्रकाश बिस्तारै अँध्यारो हुँदै छ बाहिर भन्ने जानकारि दिँदै थियो मलाई !

......................... ............................... .......................................

"म खान्न खाना साना ! "दुई दिन त्यत्तिकै राखे पछि म खाना लिएर आउने सँग आवेशमाँ आएँ ।

"आज तेरो फैसला हुन्छ ,नडरा !" उसले मेरो घुर्किको नबुझ्ने किसिमको उत्तर दियो । मैले खाना खानु र नखानुमा मेरो फैसलाको के सरोकार ,मैले मनमनैँ सोचेँ । हिजो देखि उनीहरुले त्यो आँखिझ्याल पनि थुनिदिएका थिए थोरै किरणहरुले आँखिझ्याल यहाँ छ भनेर जनाउँथियो अनि बाहिरको संसारको कल्पना गर्दै त्यो आँखिझ्याललाई हेरिरहन्थेँ ।

"तँ खाना नखाने अरे ?" अस्तिको नाइकेले मलाई सोध्यो । शायद उ म सँग अन्तिम जवाफ जान्न चाहन्थ्यो ।
"अहँ नखाने ।" मैले जवाफ बदलिन ।
"ठिकै खाना त भौतिक कुरा न हो । तँलाई त हामी सन्त बनाउन चाहँदैछौँ ,जसमा भौतिकताको लालसा हुने छैन ,मात्र सन्तुष्टि र त्रिप्ति देखिनेछ आँखामा ! किन चाहियो खाना ,ए भोलि देखि यसको खाना बन्द गरिदिनु । "
उसले मेरो खाना बन्द गरिदिने हुकुम दियो ।मलाई आफुले देखाएको घुर्कि देखि आफैलाई रिस उठ्यो किनकि मेरो खाना बन्द हुनु मा अरु कोहि नभई मेरै हात थियो त्यतिखेर शायद म अडिग नभएको भए खाना खान्थे , स्वाभिमान को मलामि भोजको जस्तै हुन्थ्यो होला त्यो खाना। मैले बिवशतामा उसको अनुहार हेरेँ उसले आफ्नो फैसला बदलिनेछ कि भनी ,तर उ मुस्कायो मात्र ,अडिग देखियो उ ।
"किन हेरेको मेरो अनुहार ,पानी देखि पनि रहर पुगेको हो ?" उ जोडले हाँस्यो ,म सुख्खा आँखाले उसलाई हेरिरहेँ ।मुटु पग्लिए जस्तो थियो मेरो तर शायद आँखा आँशुलाई पनि जीवन रस मानेर सोसिरहेका थिए कतै !


.................................. ......................................... ..........................
म उठ्न नसक्ने नै भइसकेको थिएँ करिब करिब उनिहरुको नाईके आयो फेरि ! मलाई किन यस्तो गरिरहेका छौ भनेर म सोध्न चाहन्थेँ तर स्वर भाँसिएको थियो । मैले सोध्न सकिन । स्वर कुनै गहिराहिमा बिलाएर गयो ।

"अब दुई दिन दुख गर ,त्यसपछि जे हुनेछ तेरै त नाम हुनेछ ।" उसले मेरो लडेको शरिर नियाल्दै भन्यो त्यसपछि का आवाज सुन्ने पनि मेरो हिम्मत भएन ।अनौठो अँध्यारोमा म छिर्दै गएँ ,छिर्दै गएँ तर एकै छिनमा खुला आकाश मा पुगेझैँ भयो । मेरो शरिर ले शायद पिडाबाट मुक्ति पाएको थियो ।


मैले माथि बाटै नियाले ,मेरो सालिक तैयार भइसकेको थियो ,म शहिद घोषित भएको थिएँ र मेरो अपहरण गर्ने नाईके मेरो सालिक मा पुष्पगुच्छा पहिराउँदै थियो । भिँडहरु जुलुसमा थिए मेरो म्रित्यु को छ्यतिपु्र्ति माग्दै । र त्यो नाईके जसरि भए पनि कारवाहि र क्षतिपुर्ति र दोषिलाई कारवाहि को माग गर्नुपर्छ भनेर उर्लिरहेको थियो उर्लिरहेको थियो । नाटकको पर्दा खस्दै गयो ।

No comments: