कल्पनाकुञ्ज(भाग-४)

सुधा गएको एकैछिनमा मलाई चिट चिट पसिना आएझैँ भयो । चुरोटका तस्विरहरु फेरि देखिन थाले कोठाका भित्ता भित्तामा । कोठा घुमे घुमे झैँ लाग्यो फनफनि । मैले झ्यालको पर्दा हेरेँ । कता कता त्यो मलाई झुण्ड्याउन राखेको डोरि झैँ लाग्यो । त्यसैले सेरिएर मुक्ति पाउँ झैँ लाग्यो ,म आजकल धेरै कुरालाई अर्कै अर्कै देख्छु घरि पर्दाहरु मलाई डोरि जस्तै लाग्छन् घरि कालो आकाश का ताराहरु भ्वांग परेर बाहिरको प्रकाश देखाउने दुलाहरु ! तर लरबरिरहेका खुट्टा र कामिरहेका आफ्ना हातलाई म अझै दरी छु भनेर विश्वास दिलाउन थियो मैले ,मलाई थाहा छ यो ठाउँबाट कसैले मलाई बाहिर निकाल्न सक्छ स्वच्छ आकाशको तलतिर भने त्यो मात्र मेरो बिश्वास हो । जब केहि गर्दा पनि मेरा हात गोडाले बिश्वास मानेनन् मलाई उनिहरुदेखी रिस उठ्यो म ढोका मा लात्तिले हान्न थालेँ । मलाई त्यो निर्जिव ढोका सँग के को रिसराग थियो थाहा छैन तर मलाई आफ्नो खुट्टा सँग भने अवश्य रिसराग थियो । मान्छेका हरेक क्रियाकलाप मा कारणहरु हुन्न ,मान्छे साँच्चै अवस्थाको दास हो मस्तिष्कले चलाउने खेलौना हो । आज मलाई आफ्नै हात खुट्टा देखि रिस उठेको छ दवाउन नसक्ने रिस ! भाँचेर पर घुईक्याईदिएर बरु अपांग बस्छु भन्ने सम्मको रिस !


ढोका को ढ्यांग ढ्यांग आवाज तल रिसेप्सनसम्म पुगेछ क्यारे ! तल बाट दुई चारजना गार्डहरु कुद्दै आए र मेरो दुवै हात समातेर कसे । त्यहाँको चिफ सुरेश पछि पछि बिस्तारै आईरहेको थियो ।

"खासै केहि होईन ,नर्मल रुपमा लेओ न ! यो प्यासेन्टको यहाँको पहिलो दिन हो ,लत बसेको छ । छुटाउनलाई अफ्ठ्यारो त भई नै हाल्छ , समातिराख ,एकछिन पछि बल सिद्दिए जस्तो होला अनि मात्र छोडिदिनु ! केटी हो बल जति नै गरे पनि तिमीहरुलाई गाह्रो नपर्ला । "

उसले मलाई हेरेको थिएन आफ्नै गार्डहरुलाई अराई मात्र रहेको थियो । म मान्छे नै हो जस्तो पनि ब्यवहार गरेन उसले मलाई ! प्यासेन्ट रे ! मेरो नाम थाहा छैन र त्यसलाई ? सुरुचि भन्न सक्दैन त्यसले ? अझ उहि भन्छ यो रिह्याब सेन्टर र अरु रिह्याब सेन्टरमा के फरक छ थाहा छ ? हामी तँपाईलाई साथि भएर केयर गर्छौँ ! यहि हो केयर ? मलाई रिस पनि उठ्यो !

एकछिन पछि बिस्तारै अघि उम्लिएको ज्वालामुखी सेलाए जस्तो भयो लावाहरुको अवशेष मात्र पनि नछोडिकन ,मलाई पक्डिरहेका हरिमुष्ठे गार्डहरुको अनुहार बल्ल हेरेँ मैले ,मैले जत्ति नै बल गरेको भए पनि उनीहरुबाट उम्किन नसक्ने रहेछु । एक्कासि जिउ शितांग भयो । गार्डहरुले शायद बल प्रयोग नगर्नु पर्ने थाहा पाएर होला मलाई बिस्तारै छोडिदिए । त्यसपछि सुरेशले मलाई बिस्तारै समातेर कोठा पुर्याउन खोज्यो ।

"I m ok ."
मैले अघिको रिस पोखेँ । अघि नै पनि त गार्डहरुको सट्टा आँफै आएर मलाई रोक्न पनि त सक्थ्यो । अहिले के को सहानुभुति देखाउँदैछ उ ? मलाई सहानुभुति पटक्कै मन पर्दैन ।
"you must be ,you r here to be ok ,मलाई थाहा छ you are a strong girl."
"यो पनि तँपाईहरुको उपचारकै कुनै अंश नै होला ,मलाई थाहा छ तँपाई मात्र सहानुभुति देखाउन कर्तव्य पालन गर्न जान्नुहुन्छ ,साथि बन्न जान्नुहुन्न । " यसपालि भने मैले उसलाई नमिठो दनक फर्काएँ ।

"एउटा कुरा भनौँ ?"
"भन्नुहोस् " मैले अररो जवाफ फर्काएँ , अघि को मुठभेँडमा बिग्रिएका लुगा र कपाल हरु हातले फर्काउँदै !
"तिमि मुस्काउँदा मात्रै राम्री देखिन्छौ होला भनेको त रिसाउँदा पनि राम्री देखिँदि रहिछ्यौ ,अनि यो भनाई चाहिँ मेरो उपचारको अंस को रुपमा नलिनु है ! म केहि केहि कुरा साँचो पनि बोल्छु । "

उ यति भनेर मुस्कुराउँदै अघि लाग्यो । म एकछिन वाल्ल परेर उसलाई हेरिरहेँ । सारै fast छ मोरो ! साधारण केटा हरु भन्दा ! अनि राम्रो पनि ! बोलि ले लठ्ठ हुँदा हुन् साधारण केटीहरु त ! मलाई पनि त्यहि गरेर भोग चलन गर्दै आएका मेरा नजिकका चिजहरु बाट टाढा लैजाने र सुधार्ने प्रयास होला उसको । मलाई थाहा छ यो उसको उपचारकै अंश हो । र उसलाई पनि थाहा छ म कुलत मा लाग्नुको पछि पनि उ जस्तै फास्ट कोहि थियो भनेर !

म फेरि बाहिर बरण्डा तिरै निस्किएँ ,करिब पाँच बजेको हुनुपर्छ घडि भित्र बाथरुममा छोडेको रहेछु , बल्ल नाडि हेरे पछि थाहा लाग्यो । पहेँलो प्रकाश थियो बाहिर ,गर्मि नहुने मात्र प्रकाश भएको प्रकाश , अब एकै छिनमा सुर्य अस्ताउनेछ अथवा भनौँ बाह्र घण्टाकै लागि भए पनि प्रथ्वि ले तापबाट मुक्ति पाउनेछ शितबर्षि चन्द्रमा उदाउनेछिन् । मैले आंग तन्काएँ जिउ फूरुंग बनाउँने प्रयासमाँ । यता उता हेरेँ गार्ड कसैसित सोधपुछ गरिरहेको थियो ।

छिरेको केटाले नजिकै राखेको रजिस्टरमा केहि कोर्यो । नाम ,भेट्ने समय त होला नि ,अरु के हुन्छ र चौकिदार को छेवैमा राखेको रजिष्टरमा , कसैको रिलेटिभ भेट्न आएको होला , मेरो त पक्कै पनि हुन सक्दैन ! मलाई त आजै बुवा आमाले छोडेर जानुभएको । फेरि सोचेँ म मात्रै पनि त छुईन नि यहाँ अरु पनि त छन् । उसका कोहि सुध्रियो सुध्रिएनन् बुझ्न आएको होला । उ अनुहार देखिने परिधि भित्र आएपछि करिब छब्बिस सत्ताईसको केटो जस्तो लाग्यो । परबाट हेर्दा ठिकठाक नै लाग्यो । धेरै जसो केटाहरु बाहिरबाट ठिकै हुन्छन् ,आत्मा हो उनिहरुको कुरुप हुने ,केटिबाट हरदम एउटै आश ,केटिहरुमा हरदम एउटै नजर ,कहिले बुढिको रुपमा ,कहिले प्रेमिकाको रुपमा ,कहिले वेश्याको रुपमा ! चाहना केवल एउटा ! त्यो भन्दा भिन्न कुनै केटाले चाहँदैन ।

म त्यो केटालाई हेरिरहेँ । उ छेवैको शेडमा बस्यो । मान्छे रुंग्नलाई वेटिङ्गको रुपमा त्यो शेड बनाएको रहेछ कल्पनाकुञ्ज भित्र , गार्ड हाउस सँग एकदम सटेको शेड थियो । उ बारम्बार ढोका तिर हेरीरहेको थियो । एकछिनमा सुधा बाहिर निस्किई ,उसको आजको अहिले को ड्युटि सिद्दिएको होला ! त्यो केटालाई देखेर थोरै मुस्कुराई । अनि सँधैजस्तै आफ्नो कान छेउबाट कपाल मिलाई , उसका ठुला ईयरिङ्ग हरु पहेँलो प्रकाशमा टलक्क टल्किए । केटाले आफ्नो छेउमा राखेको हेल्मेट लियो अनि दुवै बाहिर निस्किए । मेरो द्रिष्टिको परिधिले पर्खाल बाहिर नियाल्न भ्याएन , न मैले परबाट मोटरसाईकल को आवाज नै सुन्न सकेँ ।

पक्कै बुढै हुनुपर्छ त्यो केटा सुधाको मैले भित्र छिर्दै अड्कल काटेँ । त्यसो भए उसको सिउँदो मा सिन्दुर खोई त ? फेरि योंग नै देखिन्छे भनेपछि boyfriend होला त्यो सुधाको ! होला , प्रत्येक राम्री केटीको boyfriend त हुन्छ नै ! मेरो पनि थियो ,मैले निष्कर्ष निकाले , कुनामा राखेको गिटार सँग एकछिन खेलौँ खेलौँ लाग्यो अनि गिटारको स्ट्रिंग्स कस्न थालेँ ।

क्रमश:

1 comment:

deepen said...

are all the boys so bad. Do all of them think alike?