कल्पनाकुञ्ज(भाग-३)

"भोलि तिम्रो ब्लड चेक हुन्छ होला ,अनि मात्र Admission procedure पुरा हुनेछ ।"
मेरो कोठा पुर्याउने क्रम मा प्यासेजमा नै सुधाले मलाई जानकारि दिई । हुन सक्छ उसको यो म सँग कुरा को शुरुवात गर्ने औपचारिकता थियो । मेरो जीवन को त्यत्रो ठुलो रिजल्ट कसैको लागि फगत आफ्नो जागिर चलाउने औपचारिकता भएको छ । मलाई औपचारिकता मन पर्दैन ! मैले उ तिर पनि हेरिन ,भुईँ तिर हेरेर हिँडिरहेँ । बुवा भन्नुहुन्छ भुईँ मा हेरेर ढुङ्गालाइ लात्ति हान्दै धेरै जसो केटाले हिँड्छन् रे र म मा यस्ता केटा मा हुने धेरै गुण छन् रे । हुनसक्छ वहाँहरुले मलाई छोरा जसरि पाल्नुभयो त्यसैले मेरो केटि मान्छेमा हुने सम्वेदनशिलता हराउँदै गयो ।

मेरो कोठाको बरण्डा घाम लाग्ने तिर थियो ढोका दुवै तिर थियो ,बास्तु ध्यान मा बनाएर भित्र बस्नेलाई राम्रो सकारात्मक सोच आओस् भनेर बनाएको होला । बाहिर फूलहरु मुस्कुराईरहेका पनि देखिन्थे बरण्डाबाटै सेकेण्ड फ्लोरमा थियो कोठा । घाँसमा पनि बिहान शितका थोपा हरु देखीँदा हुन् रमाईलो हुन्छ होला तर म बिहान उठ्न सक्दिन चाँडो म कसरि हेरुँला र ? फेरि सम्झेँ अघि सुधाले भनेकी थिई भोलि बिहान मैले योगाको क्लासमा जानुपर्छ रे ? उफ उहि रेगुलर स्टफहरु ! मैले जे जे गर्नुपर्छ भनेर सोचेको थिएँ त्यहि त्यहि ! मान्छे सुधार्ने योगा ,भरसक्के ब्याडमिन्टन कोर्ट पनि हुँदो हो कतै यहि कम्पाउण्ड भित्र जहाँ घुँडा मा भएका रौँ देखाउँदै केटा हरु बिहान बिहान ब्याडमिन्टन खेल्दा हुन् ! अब यहि बित्नेछ मेरो जीवन करिब ६ महिना अथवा एक बर्ष अथवा त्यो भन्दा बढि !

मलाई बिरक्त लागेर आयो ! मैले लिएर आएको सिड्नि शेल्डनको नोबलमा आफुलाई भुलाउने प्रयास गरेँ । वाकमेन त कानमाँ छँदै थियो ! यो पनि दुई तिन दिनमा सिध्धिनेछ ! बुवालाई किनेर ल्याईदिनु भन्नेछु अरु किताब हरु ! किताब किनीमाँगे भने त खुशि नै हुनुहोला नि ! चुरोट खान मन लाग्यो भने चाहिँ के गर्ने होला बाहिर जान पनि पाईने छैन । मैले चुरोट सम्झेँ ,चुरोट बिस्तारै मलाई एकदमनै मनमोहक लाग्न थाल्यो एक सर्को मात्र तान्न पाए पनि त्यसपछि अरु बिर्सिन्थेँ कि झै लाग्यो थोरै छटपटि भए जै भयो ,धेरै बेर चुरोट मात्र घुमिरह्यो । त्यो पाना धेरै अघि सिध्याएको थाहा लागेपछि मैले पाना पल्टाएँ ।

बाहिर बरण्डा तिर बाट कोहि मेरो कोठा मा जबर्जस्ति चढ्न लागे झै लागे पछि मैले हातमा लिएको "ईफ टुमरो कम्स "आफ्नो हातबाट ओछ्यानमा राखेर बाहिर बरण्डा मा निस्किएँ । एउटा गार्ड मेरो कोठाको बरण्डामा सिँढी राखेर चढ्दै रहेछ ।

"ओई के गरेको तैले ? Administration लाई complain गरिदिउँ ?" म झर्किएँ ।
" Administration ले नै पठाको बहिनि !" उ बिचमा थियो , करिब आधा सिँढी चढीसकेको करिब आधा चढ्न बाँकि ! उसले तल देखायो ! तल सुधा उभिएर मेरो बरण्डा तिर हेर्दै हाँस्दै थिई ।
"यो पनि rehab को पार्ट हो कि क्या हो ?"
"हैन कोठा धेरै बेर नक गर्दा पनि नखुलेपछि हामीले यो प्रोसेस फलो गर्या हो ! माईन्ड नगर ल ! गर्न चाहिँ के गर्दै थियौ तिमी ? त्यत्रो बेर नक गर्दा त सुनिनु पर्ने ! "
मैले उसको अनुहार हेरीरहेँ । उ पेट मिचिमिचि हाँस्न थाली । उसले अनियन्त्रित भई हाँस्न थालेको ले मलाई पनि हाँस उठ्यो म पनि हाँस्न थालेँ बिचमा त्यो गार्ड हामी दुवैलाई हेर्न थाल्यो र हाँस्नुपर्ने होला भनेर उ पनि हाँस्न थाल्यो !
"होईन म वाकमेन सुनिरहेको थिएँ ! त्यहि भएर रहेछ । " एक छिन पछिमात्र मलाई जवाफ फर्काउने फुर्सद भयो ।
"म माथि आउँ त?"
"आउ न पुरै कल्पनाकुञ्ज तिम्रै नै हो मेरो कोठामा आउनलाई तिमीलाई सोध्नुपर्छ त ? After all you are the boss !"
"I m Flattered ! बरण्डा तिरै बाट आउँ कि ढोका खोल्छौ ?"
"खोल्छु खोल्छु ! "

सुधा माथि चढून्जेल सम्म मुस्कुराईरहेकि थिई म उसलाई नियालिरहेँ । उसको हाँसो मनमोहक लाग्छ मलाई यो रिह्याब सेन्टरका धेरै जसो केटा बिरामीहरु त सुधालाई देखेर मात्रै पनि नशा छोड्दा हुन । त्यस्तो आकर्षण छ उसमा । जब उ बिशेषत: हाँस्ने बेला मा मुख हातले छोप्छे अनि कपाल मिलाउने बहाना मा हाँसिरहेका मिलेका दाँत देखाउँछे कसैले जतनसाथ सन्दुकमा राखेको मोतिको माला देखाए झैँ लाग्छ ।

"ल भन के थियो ! "
"तिमी फ्रेश छौ कि छैनौँ मात्र हेर्न आएको ,जस्ट रुटिन चेक ! यो टाईम र बिहान म नै आउँछु तिमिलाई चेक गर्न ,ढोका थुनेर वाकमेन सुन्न थालिनौ भने ।" उ फेरि हाँस्न थालि ।
"यो त मेरो पनि रेगुलर बानि हो ? केहि छैन सिढी रहेछ नि त ! म बरण्डा तिर खुल्लै राखेर सुतौँला ! "
"केटी मान्छे ,डर लाग्दैन त ? "
"लाग्दैन ! के को डर ? समाज ,यहाँ सम्म कि आफैँले जन्म दिने बाउ आमा हामी सँग डराएर तिमीहरु जस्तो साहसिको हातमा पठाईदिएको न हो हामीलाई ! हामी भन्दा बिग्रिएका पनि को होलान र डर लाग्नु ? "
"तिमी धेरै पेसिमिस्टिक छौ ! कुरा त्यस्तो होईन ,समाजलाई तिमीहरुसँग के को डर ? तिमिहरु थोरै बाटो बिराएका मान्छे मात्र न हौ , सबै मनपराउछन् तिमीहरुलाई !"

उसले मेरो तन्नाको फूलको बुट्टा नियाल्दै म तिर अनुहार नजुधाईकन भनी !झूट बोल्न उसलाई पनि म जत्तिकै गारो पर्दो रहेछ ।

"यथार्थ त्यहि नै हो ! तिमी मलाई जे भन । मलाई थाहा छ , तिमी यहाँ चेक को लागि नै आएको पनि त ?कतै बाट केहि लिकेज नै भएको छ छैन चेक गर्नलाई त हो नि ! अथवा it is to find out whether i m trying anything silly or not . "
"हो बाबा हो ! तर तिमी बुद्दिमान छौ , I hope you ll show us the good result."
"I ll try ,म अब यो भन्दा बढि बुवा आमा को आँखामा आँशु देखाउन चाहन्न !" मैले आफ्नो टाउको भित्ता तिर फर्काउँदै जवाफ फर्काएँ ।

"ल म गएँ ल ! अल्छि लाग्यो भने तल टि.भी. रुम छ , तल सिढि ओर्ले पछि त्यहाँ बाट साईन बोर्ड छ त्यहिँ बाट you can find it ! त्यहाँ गएर टेलेभिजन हेरे पनि हुन्छ ! हुन त तिमी सित समय कटाउने अरु पनि माध्यम रहेछन् ! " उसले मेरो कोठाको कुनामा राखेको गिटार हो वा ओछ्यानमा राखिएको "ईफ टुमरो कम्स "नियाल्दै भनी ।
"तिमी र म मा फरक के छ थाहा छ ? तिमी जीवन कारणका लागि जिउँदै छौ , म बेकारण समय कटाउँदै छु , जाउँला अब समय नकटे टि.भी. रुम पनि जाउँला ! "

सुधा यसपालि बोलिन तर उसको गति थोरै कम भयो मेरो कोठाबाट बाहिर निस्किँदा !

1 comment:

नवराज said...

Good job Rajit. The stories are coming from different walk of life with different taste and flavour.

I am also addicted with your stories and always seeking to read the next part. Make your posting very frequent so that readers like us dont need to suffer. he.. he..