खोइ गजल बन्यो बनेन?(भाग-२)

तिमी भए जुनतारा नत्र कालो आकाश न हुँ
तिम्रो स्पर्श खोज्दै हिन्ने बरालिने बतास न हुँ

तिमीलाई थाहा छैन कति शक्ति तिमी भित्र
बसन्त बन्छु तिम्ले छुँदा नत्र मिनपचास न हुँ

तिम्रा हातले पिटेकाले त्यो ध्वनि तालि बन्यो
मौन भइ गुम्सिदिने फगत एउटा स्याबास न हुँ

उपस्थीती बल्ल तल्ल देखिने बनाकी हौ
तिमीले मात्र बुझेकि केवल तिम्रो आभाष न हुँ

भन्छन आजकल सबै मलाई जान्ने बुझ्ने भएको छु
तिमीले ग्यान छर्दै गर्दा बाँचेको त्यो सारांश न हुँ
तिमी भए जुनतारा नत्र कालो आकाश न हुँ
तिम्रो स्पर्श खोज्दै हिन्ने बरालिने बतास न हुँ

1 comment:

Anonymous said...

writer ko ho? yaso diyama hami pani chinne thiyau ki? ki sadak bat uthayar liyako ho?