खोइ गजल बन्यो बनेन?(भाग-३)

शुन्य लाग्छ पिर ब्यथा हेरेर मलाई हाँस्दा खेरि
दुई म्रित्यु एक जीवन तिमी बेगर बाँच्दा खेरि

टाढा तिमी नजिक तिमी पर तिमी वर तिमी
तिमी भित्रै थुनिन्छु म यादले तिम्रो गाँज्दा खेरि


तिमीलाई हेरेर मात्र म पुर्ण हुन्छु
आधा अधुरो मन मेरो तिम्रा कल्पना माँस्दा खेरि

उर्लँदो भेलमाँ हाम फालियो मर्ने बाँच्ने होश नभई
नाफा घाटा हेरिएन तिमीसँग माया गाँस्दा खेरि
शुन्य लाग्छ पिर ब्यथा हेरेर मलाई हाँस्दा खेरि
दुई म्रित्यु एक जीवन तिमी बेगर बाँच्दा खेरि
...............................................................

3 comments:

Anonymous said...

gajal ta banen tar dohori ko bhaka chanhi banla jasto 6.

Rajits said...

ho hai dai?

Anonymous said...

gajal bhanda dohari nai gajab hain ra Babu?