यो कथाको अन्त्य छैन

रजित ओझा

"यो टेलेकमको शेयर १०० को हामी कर्मचारिले ९० मा पाइराखेका छौँ अनि साधारण जनताले ६०० मा त्यो पनि लिलाम बढाबढमाँ भनेको मिनिमम १५ गुणा फाइदा ,बुझ्यौ?"
मेरो ऊत्साहको कुनै प्रतिक्रिया नआएपछि मैले आफ्नो रिमोट भएको हात पन्छाएर मेरो छातिमा ढेस लागेर पल्टिएकि सुधालाई हेरेँ ,निदाइसकेकि रहिछ । मेरो छातिमा पुर्ण रुप मा सुरक्छ्या पाएर निदाएको आरामको निन्द्रा निदाउँदा सन्तुष्ट देखिन्छे उ ,हुन त उ गलेकी पनि हो दिउँसोको सिफ्ट थियो आज उस्को हस्पिटलमाँ , बिरामी हेरेर थकित भएर खाना पकाएर ,ख्वाएर बुढाको छातिमाँ पल्टिन्छे बिचरी !म भने यति गुणा र उति गुणा भनेर हिसाबमात्र सुनाउँछु मानौँ म उस्को बुढो नभएर फगत एक क्यालकुलेटर हुँ ,गुणा ,जोड र घटाउ भएको ।मलाई त्यतिखेर भने आफु सित हाँस उठ्यो ।

"साँचि हिजो त्यो शेयर को हिसाब के के भन्दै हुनुहुन्थ्यो नि?"बिहान उठ्ने बित्तिकै सुधाले मेरो हिजोको कुरामा ईन्ट्रेस्ट देखाउन खोजे झै गरि !कुनै कुनै प्रश्न प्रश्न त हुन्छ हुन्छ अरु प्रश्नको उत्तर पनि हुन्छ ।यो प्रश्न प्रश्न त थियो थियो म तिम्रा हरेक कुरालाई अँगाल्छु भन्ने स्पष्टीकरण पनि थियो । मलाई उस्को यहि बानि सबै भन्दा प्यारो लाग्छ उस्ले तिमी मेरो आफ्नो हौ भन्ने कुरा प्रश्नहरुमा समेत जताईरहेकि हुन्छे ।मैले उस्लाई हिजोकै कुरा बेलिबिस्तार लगाएँ ।तरकारि काट्दै गरेकी उ मेरो मुख चुप नहुन्जेल मेरो मुखमा टुलुटुलु हेरीरहि।

"हेर्नु त यो काउलिको किरा ,किरा भएको काउलिलाई पनि यति महँगो लिएछ मोरोले!!!!!!!!!" मेरो कुरा भुईँमा फुत्किन नपाइ यो काउलि ,किरा अनि काउलिको दाम को कुराले म स्पष्ट भएँ उसले आज पनि कुरा बुझिनछ ।सुधा साँच्चै अचम्मकी छे ,मेरो शेयरको कुरा लाख ,दश लाखमाँ गईराखेको छ ,अब उ भने काउलिमा गएको दुई रुपियाँ मा चिन्तित छे ,खोई मेरी मात्रै हो कि अरुका पनि बुढि हरु यस्तै हुन्छन् ,उ त झन पढेलेखेकी भन्यो ,दुई दिन ग्यास धेर चल्दा खुशि हुन्छे , तरकारी मा एक रुपैयाँ घट्दा खुशी हुन्छे ।मैले कपाल मिलाउँदै तरकारि काट्दै गरेकी मेरी सुधालाई धित मरुन्जेल हेरे हेरिरहेँ ।
"के हेर्नुभएको नि फेरि?"
"काउलिको किरा !"
"मेरो अनुहार मा छ त?उ त्यहाँ हेर्नुस त भुईँमा त्यहाँ पो छ त ।"
म पनि हाँसे अनि सुधाको मुस्कानको त कुरै नगरुम् त्यो त डेरा बनाएर बसेको छ बर्षौँ देखी !त्यहि भएर त उ काली नै भए पनि बत्ति झै बल्छे ।
..................................................................................................................................................................................................................................................................................................................................................................................................................................................


टेलकमको शेयर बजारमाँ पुरै बिक्रि भएनछ ,मलाई एकछिन सम्म भुङ्ग्रे रिस उठीरह्यो मान्छेलाई डुबिसकेको बैङ्कको शेयर दुईदुई हजार हालेर किन्न हुन्छ तर डबल मुनाफा मा गएको शेयर छ सय , जाबो छ सयमा किन्न पनि अफ्ठ्यारो भयो ,किन मैले पत्ता लाउन सकिन । हुन त म टेलेकमको कर्मचारि भएकोले पनि अलि बायस्ड भएको हुनसक्छु तर सत्य त आखिर त्यहि नै हो!
आज अफिसमाँ त्यति काम गर्न मन लागेन ,के फोन गरेर सुधालाई यो कुरा सुनाउँ?के बुझ्छे र उ शेयरबजारको चक्कर?न पहिले बुझेकी थिइ न अहिले बुझ्छे,चुपचाप सुनीदिन्छे त्यत्ति हो ।जे भए पनि मैले सुनाउने उस्लाई नै हो उकुसमुकुस भए पछि क्यारे!टेबलमाँ राखीएका फायलहरु पल्टाउन खोजेँ मात्र ९०,१०० र ६०० घुमिरह्यो दिमाग भरि ,आखिर माँ सबै फायलहरुलाई भोलि थाँति राखी बाइक लिएर घरतिर हुईँकिएँ ।

..............................................................................................................................................................................................................................................................................................................................................................................................................................................

"शेयर पुरै बिक्रि भएनछ नि ,टेलकम को !"घर पुग्ने बित्तिकै मैले सुधालाई यो कुरा सुनाएँ ।
"साधारण मान्छेको लागि त अचाक्लि नै बायस्ड भएर बनाएको थियो अरे नि त रुल्सहरु होईन ?"
सुधाले कता कता बाट कुरा सुनी जस्तो छ ।
"कस्ले भन्यो र तिमीलाई ?"
"अफिसमाँ यस्तै कुरा भइराखेको थियो ।मैले पनि एकछिन सुनेकी थिएँ"
"सब वाहियात हो बुझ्यौ?तिम्रा अफिसका त मान्छे नै काम नलाग्ने छन् ,तिनीहरुलाई कर्मचारिलाई दिइने सुविधा के हो के थाहा?"
"टेलकम चलेको पनि त हामी जस्ताले फोन चलाइदिएर त हो नि ,फेरि अर्को कम्पिटेटर मार्केटमाँ आयो भने टेलकम डुब्न के बेर ?"
शायद यी सबै शब्दहरु पनि उसको अफिसको त्यहि गफको हिस्सा थिए।नत्र उ शेयरको यति धेरै कुरा गर्दिनथी ।नराम्रो कुरा को लत चाँडो लाग्छ ,नराम्रो गफ धेरै बुझिन्छ हो जस्तो छ ।
"यो पनि अफिसमैँ सुनेकि त हौलि नि ?"
सुधा यसपाली भने चुप लागी शायद मेरो तातेको अनुहार उस्ले देखि ,शायद मेरो तनाव बढाउन चाहिन वा अरु नै केहि !
...................................................................................................................................................................................................................................................................................................
"सुन्नुहोस न , पेट्रोल को लाईन बस्नुभो?"सुधाले खाना खाएर हात पुछ्दै मलाई सोधेकि थिई ।
"कहाँ ,अफिसबाट कसरि भ्याउने ?"मेरो बोलीमाँ अघीको तनाव यथावत थियो ।
"हाम्रो अफिसमाँ कोटामा मागेका रहेछन ,मैले पनि मेरो स्कुटरलाई भनेर माँगेकी छु ,तँपाईलाई चाहिन्छ भने!"
"पर्दैन । चाहिएको छैन तिम्रो अफिसले देको ,तिम्रो अफिसको कुरै नगर ।"म झर्किएँ ,दिउँसो देखिको सुधाको अफिस र अफिसका प्रतिको घ्रिणा बाहिर निस्कियो ।तर उसको लागि यो अचानक भए जस्तो थियो ,उ केहि बोलिन मात्र मेरो अनुहार हेरीरही एकछिन सम्म अनि किचन मिलाउन तिर लागी ।टाउको दुखे जस्तो भएको थियो मलाई पनि म ओछ्यान मा पल्टिहालेँ त्यो दिन यता उता नगरी,एक छिन पछि सुधा पनि घुस्रदैँ थिई तर हामी एक अर्का तिर पिठ्युँ फर्काएर सुत्यौँ त्यो दिन ।

भोलिपल्ट बिहान

चिया खान नपाएपछि मैले आङ तान्दै घडि हेरेँ ,सात बजिसकेछ ,आज त बिहिबार पो त !सुधाको मर्निङ्ग सिफ्ट भएको दिन ।सँधै त बिहिबार पनि चिया सम्म खुवाएर मात्र जान्थी आज रिसाईजस्तो छ मेरी बुढी हिजोको कुराले मैले मनमनै सोचेँ ,त्यति चाँडै रिसाउँदिन थी आज रिसाइ ।हुन त मैले नै हो नि हिजो धेरै गरेको, उसले मलाई पेट्रोल दिनु भनेको मलाई सघाउन खोजेको त हो नि ,त्यसमाँ पनि म झर्किदिएँ मेरो यहि बानि नराम्रो छ ,चाँडै रिसाउँछु ।तर उसले पनि रिस उठ्ने कुरा त गरेकी नै हो ,मेरो अफिसको बारेमाँ नचाहिने कुरा चाहिँ गरेकै हो ,पछि पेट्रोलको कुराले मलाई फकाउन मात्र खोजेकि हो ,तर मैले शायद त्यतिखेर चाहिँ फकिनु पर्थ्यो होला अलि बढि भाउ खोजे जस्तो छ मैले अनि रिसाई सुधा ,आ जे पर्ला पर्ला भरे नै कुरा गरुम्ला माफि नै माग्नु परे पनि मागौँला , मैले आफ्नो चित्त बुझाएँ ।आज पुल्चोक अगाडि नान खाएरै टार्नुपर्ला मनमनैँ सोचेँ ।

पुतलिसडकमाँ मेरो मोबायल भाइब्रेट गर्यो ,अब यो नो पार्किङ्ग मा बाइक कता तेर्स्याएर गफ गर्ने होला!मैले जे होस कललाई ध्यान दिइन , अफिस पुगेर हेर्छु त सुधाको मोबायल बाट पो फोन छ ,रिस ठण्डा भएर फोन गरेकी होली मैले फेरी तताईदिएँ ।फोन गरौँ कि !मनमनै सोचेँ तर अफिसको फोन बाट फोन गर्ने आँट आएन ,केहि कथम रिसाइ भने उता पनि सबैले थाहा पाउँछन् यता पनि ,सानो कुराको पनि ठुलो हल्ला हुन्छ भरे घरमा नै कुरा मिलाउनु पर्ला भन्ने सोच्दै म थ्याच्च कुर्सिमाँ बसेँ अनि एक गिलास पानी मगाएर पिएँ ।

हिजोका फायलहरुको चाङ्ग त थियो थियो आज अरु दुई तिनवटा थपिएछन मैले नियालेर हेरेँ ,कुनै नेपाली कागजका ,कुनै राता ,कुनै टिप्पणी , कुनै गोप्य लेखीएका फायल फायल देखेर बिरक्त लागेर आयो ।जीवन यहि फायलमैँ बित्ने भयो मनमनैँ सोचेँ ,आज त साइन गरेर मात्र पनि हात गल्ला जति थिए कागजपत्र हरु !देखेर मन गल्यो अब लेखेर हात गल्ला नि त ! एक छिनमैँ गाली पनि खाईहालेँ दुई चार ठाउँमा हाकिमले गर्नुपर्ने ठाउँमा पनि धच्काईएछ सिग्नेचर ।रातो अनुहार मेरो पर्यायवाचि थियो हाकिम को कोठा बाट बाहिर निस्किँदा आज झन रातो भयो ।
काम गर्नै मन लागेन ,त्यहि भएर आज चाँडै क्यान्टिन तिर झरेँ ।कुनाको टेबल अँध्यारो थियो त्यहिँ नै गएर बस्न मन लाग्यो राजनिती ,घरका ,सिनेमाका गफ भन्दा टाढा भएर एक छिन आफ्नै मन सँग खेल्न मन लाग्यो । चिया सँधै जस्तै आज पनि मिठो थिएन तर समय लगाई लगाई सिध्याएँ ।
"आ जे सुकै परोस गाली गरे पनि गरोस आफ्नो बुढी सँग गाली खानलाई पनि के को दुनियाँ को डर कसैले घर माँ मात्रै खान्छन् कसैले पब्लिकमाँ खान्छन त्यति मात्र फरक त हो नि"मैले निर्णय गरेँ ,निर्णयले नै मन हल्का भए जस्तो भयो ।

"सुन न तिमीले कल गरेकी रहिछ्यौ नि?"
"तँपाईले भख्खर हेर्नु भयो मिस्ड कल ?खाना खानु भयो की भएन भनेर नि ,हिजो त रिसाउँदै फुर्सद थिएन ।"थोरै रिस ,थोरै हाँसो अनि धेरै माया मिसीएको यो रेस्पोन्स मैले पक्कै पनि एक्सपेक्ट गरको थिएन । खोई मेरी मात्रै हो कि अरुका पनि बुढि हरु यस्तै हुन्छन् मैले मनमनै सोचेँ ,एकछिन दङ्ग परेँ मन फुरुङ्ग भएर आयो ।त्यसपछि त्यो दिनका कामहरु सुचारुरुपले भए । गएर फायलमा आफैँले गर्नु पर्ने ठाउँमा साईन गरेँ । अनि हाकिम लाई जँचाएर बाहिर निस्किए आफ्नै रातो नभएको अनुहार को साथमाँ ,बाटोमाँ जाँदा एउटा गिफ्ट सपमा भएको रातो गुलाफ मा आँखा गयो ,सोचेँ सुधालाई पक्कै मन पर्ला !मोल तोल नगरिकन किनेर घर तिर लागेँ
समाप्त भन्न मन लागेन किनकी यस्ता कथाको अन्त्य हुँदैन ,अर्को चोटी अर्को कथामा

1 comment:

Manoj said...

Its the best from you. Really the best one, I liked it so much. Keep it up dude, story of an instance, haa ??