मलाई नलागेको रोग

-रजित ओझा
"पहिला वहाँ सँग कुरा गर्छु अनि मात्र तपाईँहरुसँग ,प्लिज एक छिन बाहिर निस्किदिनुस ल "
सेतो कपडा लाएको फुच्चेले म माथी हक जताउँदै भन्यो मैले उ सँग कुरा गर्नै पर्छ जस्तो गरेर ।साइक्याट्रिष्ट भन्छन् क्यार त्यो फुच्चेलाई ,आफ्नो दिमाग पाक्न भ्याएको छैन अरुको दिमाग जाँचेको ढोङ्ग गर्ने ढोङ्गि हो त्यो ! मेरो इच्छा के थियो कसैले सोधेनन् ,मानौँ म त्यहाँ उपस्थित भएर पनि अनुपस्थित छु ।शंका लाग्यो के म अद्रिश्य छु ?छैवैको ऐना हेरेँ त्यहाँ म देखिइरहेको थिएँ ,मेरो भुँडि ले त्यो कुर्सि थिचि नै रहेको थियो ,मेरो शर्टमाँ लागेको आलो मसि नसुकेको समेत ऐनाले देखाइरहेको थियो ,थोरै ढुक्क भयो ।
"पहिला परिचय गरौँ है ,म डक्टर अशोक ।"उस्को सौहाद्रता दङ्ग गनायो मलाई ,औपचारिकता सँधै हिलो जस्तै गनाउँछ मलाई ।के सौहाद्र छ र उ?मात्र बेच्छ सौहाद्रता भएको ढोङ्ग हरेक सँग ! नभए के म सँग मुस्कुराउनु जरुरि छ र उस्ले ?चिनजान नै नभएको ठाउँमा मुस्कान को के अर्थ ?
"म राहुल ,राहुल शर्मा "मैले शिष्टता निभाएँ ।
"तँपाईको नाम मैले प्रेस्क्रिप्सन मैँ पढीसकेको थिएँ ।"उ हास्यो एउटा आडम्बरि हाँसो ।उस्ले गरेको परिचय मात्र उ डक्टर हो भनेर चिनाउनलाई रहेछ ।
"तपाईँ बिमारि हो जस्तो लाग्छ आफुलाई ?"
"मैले नै भनिदिए तँपाईले पत्ता लाउने चाहिँ के नि ?"यस्पाली मैले पनि ठाडो जवाफ फर्काएँ।
"तै पनि ।"उ लाचार भयो अनि म बिजयी ,उसको खोक्रो आडम्बरको खोल त्यहिँ टेबल छैवैमा पछारिए झैँ लाग्यो ।अनि लाग्यो कोहि मलाई अबिर लिएर त्यो ढोका बाहिर लगाउनलाई तैयार बसिरहेछन् म मुन्टो थोरै मात्र निहुर्याउने छु अनि धेरै मालाहरु मेरो गला मा हुनेछन् ।अघिको ऐनामाँ आफ्नो मुख हेरेँ म गजक्क थिएँ ।
"लाग्दैन ,धेरै पहिले तँपाइ जस्तै फुच्चे ले मलाई डायबिटिज छ भनेको थियो ।"बिजयध्वज गाडेपछि म सामान्य भएँ ।
"अनि मानसिक रुपमाँ नि?"
मैले उस्का आँखाहरु हेरेँ चश्मा भीत्रका साना साना आँखा ,मेरा शब्द शब्द माँ चम्किन्थे ।बल्ल मैले उपस्थिति जनाएछु झैँ लाग्यो ।
"तँपाईले मलाई पागल भन्न खोज्नु भएको ?"म जङ्गिएँ ।
"मैले मात्र तँपाईको राय जान्न खोजेको ! अरुले त्यस्तो भन्छन् तर मलाई त्यस्तो लाग्दैन । "
उ पछि हट्यो ,धेरै अघि देखी उ घुम्ने कुर्सिमाँ अघिपछि अघिपछि गर्दै थियो लाग्थ्यो उ र कुर्सि एकै भएर पनि एक आपसमाँ प्रतिस्पर्धा गर्दैछन् ।तल घुम्ने चक्का हरु निरस स्वरले कुईँकुईँ गर्दै दुवैको युद्द मा सरिक भइरहेछन् ।
म थोरै मुस्कुराएँ ।
"म मौका दिनेछु तँपाइलाई मलाई चिन्ने ।एउटा मलाई घटेको घटना सुनाउँछु ,जस्लाई कसैले पत्याएनन् मेरो पागलपनको संग्या दिए र त्यो घटना को विवरण मैले जो कोहिलाई पनि सुनाएँ उस्ले मलाई पागलनै भन्यो ।तै पनि म तँपाईलाई सुनाउँछु ,सुन्नुहुन्छ?"
उसले गहिरएर स्विकारोक्ति मात्र टाउको हल्लाएर गर्यो ।
"त्यो रात म फेरि नयाँ पात्र बिउँझाउने सोचमाँ कलम र कागत लिएर टेबल ल्याम्प अघि बसेँ ।"
"तँपाई लेख्नु पनि हुन्छ?"
"म लेख्दिन ,म जिउँछु म मसि बनेर तप तप चुहिएर क्यान्भास पोत्छु ।लेख्नै मात्र त जस्ले पनि लेख्छन् ।"
"सरि ! भन्नुहोस न अड्किनु किन भयो ?"
"मेरो ढोका ढकढकियो त्यति नै खेर !"
"को थियो ?"
"त्यतिखेर सम्म त मैले नै चिनेको थिइन तँपाईलाई म कसरि चिनाउँ ?तँपाईँ मेरो क्रम भङ्ग नगरिदिनुस् ।"
"हुन्छ ।"उस्ले ग्यानि बच्चाले झैँ मैले भनेको मान्ने प्रतिबद्दता जनायो ।
"मेरो ढोका अघिको आक्रिति केटीको हो भन्ने सम्म पत्ता लाएँ मैले त्यतिखेर ,त्यो रात गजबको झरि परिरहेको थियो ,निस्पट्टतामा उ खडा थिइ अग्यात उ ! हावा उस्को कपाल लाई यताबाट उता उता बाट यता दिशा दिइरहेका थिए जस्ले गर्दा उस्को अनुहार देखीएको थिएन ।"
"त्यसै त रातको अँध्यारो कसरि देख्नु हुन्थ्यो त?"डक्टरले मेरो गल्ति सपार्न खोज्यो ,यो पेशा नै त्यस्तै हो सबै आफै जान्ने हुँ भन्ने सोच्छन् ।
"झरि मा परेको चट्याङ्ग को निमेशमाँ मैले उस्लाई खुट्याउन खोजेको तर सकिन ।तर उ किन किन परिचित झै लाग्यो ।"
"अनि?"डक्टरमाँ कौतुहलता देखियो ।
"भित्र बोलाउनुहुन्न ? उस्ले मलाई सोधी ।"म एक छिन चुप भएँ
"अनि तँपाईले के भन्नुभयो?"
"के भन्ने ?मैले तँपाईलाई चिन्न सकिन भने नि !"
"मेरो सोचको बारेमाँ ,मेरो बनावटको बारेमाँ मैले गुजारेका रातका बारेमाँ लेख्ने तँपाईले मलाईनै चिन्न सक्नु भएन भन्दै उ म तिर खिस्सि गर्दै हाँसि ।"म निराश भएँ ।
डक्टर कुर्सिबाट उठ्यो अनियन्त्रित भए झै अनि भित्ता नियाल्दै भन्यो
"त्यतिखेर त चिन्नु भयो होला पक्कै पनि ।"
"चिनेँ उ त मेरो सन्तुष्टी रैछ ,मेरा कथाहरुकी आत्मा रहिछ ,जस्लाई मैले जन्म दिएँ भनेर गर्व गर्थेँ उ त्यो रहिछ ,मेरै कथाकि पात्र रहिछ ,रचना यहि नाममाँ मैले उस्को कथा जन्माएको थिएँ उ असन्तुष्ट भएकी रहिछ जुन ढङ्गले मैले उस्लाई प्रस्तुत गरेँ त्यसमाँ ।"
"मतलब तँपाइले आफुले लेखेको पात्र भेट्टाउनुभयो ।"डक्टरले थचक्क उहि पुरानो कुर्सिमाँ बस्दै अनिश्चित भावमा सोध्यो ।
"हो मैले आफैले लेखेको पात्र त्यो रात साछ्यात्कार गरेँ तँपाई पत्याउनुहोस् नपत्याउनुहोस् मैले आफैले लेखेको पात्र त्यो रात साछ्यात्कार गरेँ"मैले द्रिढ भएर जवाफ फर्काएँ ।
क्रमश:

1 comment:

Anonymous said...

कस्तो खालको डाकटरकोमा गयको होर ? आजभोलिका डक्तरहरु त्यस्तै हुन । त्यो भन्दा रामदेबको प्रणायाम गर्नु नै बेस हुन्छ । बरु नर्सको क्लिनिक तिर लगे हुन्छ निकै बिरामी पारीयो भने ।